Wednesday, April 8, 2020

शिक्षक सेवा आयोगको परिणाम र लिम्बु शिक्षकहरूले ल्याएका आशाको आयाम

प्राज्ञ अमर तुम्याहाङ

विषय प्रवेश

लिम्बुहरूले सरकारी जागिर खाएको इतिहासका बारेमा तथ्यपरक खोजी भएको छैन । सबैभन्दा पहिला लिम्बुहरूले स्वदेशमा सरकारी जागिर खान पाएनन् होला । उनीहरूले सबैभन्दा पहिला बृटिस इन्डिया कम्पनीको गोर्खा सैनिकको रूपमा जागिर खाएको हुनुपर्छ । तर २४ अप्रिल १८१५ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनी सरकारका गभर्नर जनरल हेस्टिङ्सको अनुमतिमा खुलेको सिरमोर बटालियनमा त पक्कै पनि लिम्बुहरू पर्ने कुरा थिएन किनभने त्यस बटालियनमा २८ नभेम्बर १८१५ मा भएको सुगौली सन्धि (शर्मा, २०३३ः २७३) पूर्व १८१४ देखि नेपाल अङ्ग्रेजबीच भएको युद्धताका युद्धबन्दीका रूपमा रहेका ३००० गोरखालीहरू सामेल थिए जुन समयमा लिम्बुवान स्वतन्त्र मुलुक थियो ।

पहिलो विश्वयुद्धमा दुई लाख र दोस्रो विश्वयुद्धमा दुई लाख ५० हजार (के.सी., २०५९ः ४—५) गोरखाली युवाहरू बृटिस सरकारले लडाइँमा लडाकु सेनाका रूपमा लगेको थियो, जसमा अवश्य पनि धेरै लिम्बुहरू परेका थिए । त्यस समूहमा कति लिम्बुहरू थिए ? यसको कुनै एकिन सङ्ख्या छैन । अवश्य हजारौँको सङ्ख्यामा थिए होलान् भनी अनुमान मात्र गर्न सकिन्छ ।

स्वदेश नेपालमा नै लिम्बुले कुन समयदेखि जागिर खाए भन्ने विषयमा कुरा गर्दा हर्कजङ्ग मादेन फेन्दुवाले अमिनी अदालतको हाकिम लेप्टिनेन्ट न्यायाधिशको रूपमा २००७ सालमा भएको नियुक्ति (सेर्मा, २०६५ः ८५) पाएको घटनालाई नै प्रथम मान्नु पर्ला । २००७ सालको क्रान्तिका क्रममा जी.बी. याक्थुम्बाको कमान्डमा क्रान्ति गरेको जनुमक्ति सेनामा धेरै लिम्बु योद्धाहरू होमिएका कारण क्रान्ति सफल भएपछि केही लिम्बुहरूले जागिर पाएको देखिन्छ । तर त्यो सङ्ख्या कति थियो भन्ने विषयमा कुनै आधिकारिक जानकारी छैन । त्यसपछि २०७० सालसम्म के कति लिम्बुले कुन कुन क्षेत्रमा जागिरमा नियुक्ति पाए र जागिर खाए भन्ने विषयमा तथ्यगत जानकारी प्राप्त हुन सकेको छैन ।

यहाँ चर्चा गर्न खोजिएको विषय भने शिक्षक सेवा आयोगले २०७१ असार २३ गते सोमबार सिफारिस गरेको १२,७४३ शिक्षकमध्येमा परेका लिम्बु शिक्षक शिक्षिकाको सन्दर्भ हो ।

शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएका लिम्बु शिक्षकहरू

शिक्षक सेवा आयोगले नियुक्तका लागि सिफारिस गरेको शिक्षकहरू तहगत रूपमा निम्नअनुसार रहेका छन् ।

क) प्राथमिक तहमा नियुक्तका लागि सिफारिस भएका लिम्बु शिक्षक शिक्षिकाहरू

प्राथमिक तहमा जिल्लागत र क्षेत्रगत आधारमा निम्न प्रकार लिम्बु शिक्षकहरू नियुक्तिका लागि सिफारिस भएका छन् :

ताप्लेजुङः १. विष्णु कुमारी आङ्बुहाङ, २. विष्णु कुमार लिम्बु, ३. कोपिला पालुङ्वा, ४. विमला सावाँ लिम्बु, ५. हरि कुमार लिम्बु, ६. बुद्धि मान लिम्बु, ७. लक्ष्मण थलङ, ८. सन्जिव मादेन लिम्बु, ९. बाग वीर लिम्बु, १०. भिम कुमार लिम्बु माबो, ११. सन्त कुमार लिम्बु (खुला) । १२. राम कुमारी थेबे, १३. पवित्रा थलङ लिम्बु, १४. चन्द्र कुमारी सिगु, १५. प्रमिला लिम्बु, १६. शान्ता आङ्बुहाङ (महिला = म.) । १७. मान बहादुर नैदेम्बा, १८. हर्क राज पालुङ्वा, १९. सन्जमान सावाँ लिम्बु, २०. नरशमशेर लिम्बु, २१. विनम माबो, २२. विजय लिम्बु, २३. कुमार ध्वज लिम्बु र २४. वीर बहादुर लिम्बु (आदिवासी जनजाति = आ.ज.) र २५. दीपेन्द्र कुमार लिम्बु । २७. मिना कुमारी लिम्बु (दर्लाङ) ।

पान्थरः १. राजभक्ति नेम्बाङ, २. वीरेन्द्र सम्बाहाम्फे, ३. डकेन्द्रकुमार फियाक, ४. नरेश कुमार लिङ्देन, ५. हिमालय विक्रम कुरुम्बाङ, ६. प्रत्युष कुरुम्बाङ, ७. वीरनर सिंह चेम्जोङ, ८. मनिला मेन्याङ्बो र ९. श्रीजङ्गा लिङ्देन (खुला)। १०. रूपा लावती, ११. तुलसा सुब्बा योङहाङ, १२. सजना जबेगु आङ्बो, १३. ओजस्वीकला सुब्बा (म.) । १४. रणवीर आङ्देम्बे, १४. ऐतराज हाङसरुम्बा, १६. दिल बहादुर सेर्मा, १७. सर्ण कुमार येक्तेन, १८. नरेन्द्र कुमार सेर्मा, १९. चन्द्र बहादुर आङ्देम्बे, २०. योगेश रत्न योङ्या, २१. गजेन्द्र चेम्जोङ, २२. भीम योङहाङ, २३. सन्तविर आङ्देम्बे, २४. रूप  सुन्दर सेर्मा, २५. सविता जबेगु (आ.ज.) । २६. पूर्ण कुमार लिम्बु र २७. रमेश सुब्बा (अपाङ्ग) ।

इलामः १. रविन्द्र कुमार साउदेन, २. कुल बहादुर थेगिम, ३. तारा विर नेम्बाङ, ४. गङ्गा बहादुर चेम्जोङ, ५. ऋमा माखिम सुब्बा (खुला) । ६. मुन कुमारी इधिङ्गो लिम्बु (महिला) । ७. प्रेम राज लिम्बु, ८. सुर्य प्रसाद थेबे, ९. सागर लिम्बु, १०. टङ्क बहादुर लिम्बु, ११. आइन्द्र कुमार योङहाङ, १२. कृष्ण बहादुर लिम्बु, १३. बलराम बेघा लिम्बु, १४. राज कुमार थेबे, १५. कोकिला लिम्बु र १६. गङ्गा इधिङ्गो (आ.ज.) ।

झापाः १. बाल कुमारी लिम्बु र २. सुरेन्द्र कुमार लिम्बु (खुला) ।

मोरङः १. खड्ग बहादुर लिम्बु र २. बुधमाया लिम्बु (खुला) । ३. पार्वती देवी लिम्बु (म.) । ४. धन प्रसाद लिम्बु, ५. लोक नाथ लिम्बु, ६. टेक प्रसाद लिङ्देन लिम्बु, ७. गङ्गा नेम्बाङ, ८. सुन माया पहाङ्गो (अ.ज.) ९. कृष्ण बहादुर लावती ।

सुन्सरीः १. निलिमा नि¬ङ्लेकु लिम्बु (खुला), २. रेणुका लिम्बु (म.) ।

धनकुटाः १. गजेन्द्र इवाहाङ, २. तीर्थ कुमार लिम्बु, ३. गङ्गा माया सुब्बा, ४. खोम कुमारी लिम्बु, ५. उसम लिम्बु (खुला) । ६. गुरु प्रसाद लिम्बु, ७. त्रिथ माया लिम्बु, ८. बेल बहादुर लिम्बु, ९. पूर्ण चन्द्र लिम्बु (आ.ज.) ।

तेरथुमः १. कृष्ण बहादुर लिम्बु, २. उपेन्द्र बहादुर लिम्बु, ३. जित माया लिम्बु, ४. चलन चन्द्र प्रसाद कन्दङ्वा, ५. अनिशा लिम्बु, ६. समीक्षा माबोहाङ, ७. सन्तोष लिम्बु, ८. गोबिन्द लिम्बु, ९. रमेश कुमार लिम्बु, १०. महेन्द्र संयक (खुला) । ११. सुमित्रा राई माबुहाङ, १२. यमता पन्धाक, १३. सोनिला माबोहाङ, १४. बालिका सम्बाहाम्फे (म.) । १५. रुद्र कुमार फोम्बो, १६. सुशीला चोङ्बाङ, १७. विष्णु लिम्बु, १८. मनिन्द्र कुमार साँवा लिम्बु, १९. चन्द्र कुमार लिम्बु, २०. विष्णु कुमार लिम्बु, २१. ममिता कन्दङ्वा, २२. डम्बर इस्बोहाङ लिम्बु, २३. क्रिस्न माया पन्धाक, २४. मुगाहाङ लिम्बु (आ.ज.) ।

सङ्खुवासभाः १. दीपक सुब्बा (आ.ज.) ।

काठमाडौँः १. सही कुमार लिम्बु, २. एकु कुमारी निङ्लेकु (आ.ज.) ।
नुवाकोट : १. जित कुमारी लिम्बु (अपाङ्ग) ।

ख) निम्न माध्यामिक तहमा नियुक्तका लागि सिफारिस भएका लिम्बु शिक्षक शिक्षिकाहरू

निम्न माध्यामिक तहमा जिल्लागत, विषयगत र क्षेत्रगत आधारमा यस प्रकार लिम्बु शिक्षकहरू नियुक्तिका लागि सिफारिश भएका छन्ः

ताप्लेजुङः १. भक्त बहादुर लिम्बु (आ.ज.), २. सविता मादेन (खुला), ३. गणेश मादेन (आ.ज.), ४. धन कुमार चोङ्बाङ (खुला), ५. हिमकला लिम्बु (म.), ६. लक्ष्मी प्रसाद लिम्बु (आ.ज.) — गणित । ७. मोहन चन्द्र साँवा (खुला), ८. बिनोदा थेबे (आ.ज.) — नेपाली । ९. विजय बहादुर माबो लिम्बु (खुला), १०. खड्ग केदेम (खुला), ११. भिम कुमार लिम्बु (खुला), १२. ऐन्फुङ्मा लिम्बु इजम (म.), १३. मन कुमार सेन्दाङ (आ.ज.), १४. गङ्गा प्रसाद लिम्बु (आ.ज.) — अङ्ग्रेजी ।

पान्थरः १. बाल कुमारी तुम्बापो र २. शान्ता कुमारी खजुम (खुला), ३. बिनिता नेम्बाङ (म.), ४. पूर्ण कुमार सेर्मा (आ.ज.) — विज्ञान । ५. चन्द्र कुमारी चेम्जोङ (म.), ६. अम्बर बहादुर सम्बाहाम्फे (आ.ज.), ७. गोबिन्द पयाङ्गु (आ.ज.) — नेपाली । ८. युवीरहाङ चेम्जोङ (आ.ज.), ९. सेरिङ सेर्मा (आ.ज.) — अङ्ग्रेजी । १०. भीम बहादुर सुब्बा सोङ्मी (खुला), ११. मन कुमार योङहाङ (खुला), १२. शेर बहादुर चेम्जोङ (आ.ज.) — गणित + विज्ञान । 

इलामः १. सन्तोष कुमार लिम्बु (आ.ज.) — अङ्ग्रेजी । २. टेक धोज होङहाङ (खुला), ३. अमर बहादुर लावती (आ.ज.) — गणित + विज्ञान ।

झापाः १. सन्जय कुमार पेघा लिम्बु (आ.ज.) — अङ्ग्रेजी । २. शिव कुमार आङ्बो (आ.ज.) — नेपाली ।

मोरङः १. अर्जुन आङ्देम्बे (खुला), २. देउमान लिम्बु (आ.ज.), ३. वीरेन्द्र कुमार लिम्बु (आ.ज.) — अङ्ग्रेजी ।

सुनसरीः १. योगेन्द्र पालुङ्वा (आ.ज.) — सामाजिक । २. भुमिका सुब्बा (खुला) — नेपाली । ३. सुनिता लिम्बु (म.) — गणित । ४. हस्त माया लिम्बु (खुला) — अङ्ग्रेजी ।

तेरथुमः १. अनिता तुम्बाहाम्फे (खुला), २. राजु लिम्बु (आ.ज.), ३. कुल बहादुर लिम्बु (आ.ज.), ४. लोक बहादुर लिम्बु — अङ्ग्रेजी । ५. कृष्ण बहादुर लिम्बु (खुला), ६. उपेन्द्र बहादुर लिम्बु (आ.ज.), ७. जनक सुब्बा लिम्बु (खुला) — विज्ञान । ८. सन्तोष लिम्बु (आ.ज.) — नेपाली । ९. टोपेन्द्र कुमार लिम्बु (खुला) — गणित ।

सङ्खुवासभाः १. तारामणि लिङ्थेप (आ.ज.) — सामाजिक । २. मन कुमार सुब्बा (आ.ज.) — नेपाली ।

ललितपुरः १. पुष्पा चेम्जोङ (आ.ज.) — नेपाली ।

दोलखाः १. रत्न बहादुर सुब्बा (आ.ज.) — अङ्ग्रेजी ।

ग) माध्यामिक तहमा नियुक्तका लागि सिफारिस भएका लिम्बु शिक्षक शिक्षिकाहरू

माध्यामिक तहमा जिल्लागत र विषयगत र क्षेत्रगत आधारमा यस प्रकार लिम्बु शिक्षकहरू नियुक्तिका लागि सिफारिश भएका छन् :

ताप्लेजुङः १. अमित बेघा (आ.ज.)— नेपाली ।

पान्थरः १. राम बहादुर जबेगु सुब्बा (आ.ज.)— विज्ञान । २. प्रेम ध्वज सम्बाहाम्फे (आ.ज.) — शिक्षा ।

इलामः १. हरि प्रसाद आङ्देम्बे (खुला), र २. राज बहादुर चेम्जोङ (आ.ज.)— नेपाली । ३. दिलमान सुब्बा (आ.ज.) — अङ्ग्रेजी । ४. लोक बहादुर थाम्सुहाङ (खुला) — विज्ञान । ५. मताप सिंह लिम्बु (खुला) ६. फणेन्द्र राज चेम्जोङ (आ.ज.) — गणित

तेरथुमः १. महेश कन्दङ्वा (खुला) र २. दिल कुमारी लिम्बु (आ.ज.)— नेपाली । ३. काजीमान लिम्बु (खुला) — अर्थशास्त्र ।

झापाः १. जानकी चेम्जोङ (म.)—शिक्षा ।

मोरङः १. ओम प्रकाश सुब्बा लिम्बु (आ.ज.) — अङ्ग्रेजी ।

सुनसरीः १. अमर सिंह सुब्बा (आ.ज.) — नेपाली । २. लक्ष्मी प्रसाद लिम्बु (आ.ज.) — गाणित ।

धनकुटाः १. सुजाता सुब्बा (म.) — अर्थशास्त्र ।

रामेछापः १. पन्च प्रकाश चेम्जोङ (आ.ज.) — अङ्ग्रेजी ।
माथि उल्लेखित प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा नियुक्तिका लागि सिफारिस गरिएका लिम्बु शिक्षकहरू लैङ्गिक सङ्ख्यात्मक आधारमा तुलनात्मक अवस्था यस प्रकार रहेको छ :
यस तथ्याङ्कको आधार प्राथमिक तहदेखि जति माथिल्लो तहमा गयो उति लिम्बु महिलाहरूको उपस्थिति न्युन हुँदै गएको देखिन्छ भने लिम्बु पुरुषहरूको सङ्ख्या जति माथिल्लो थहमा गयो उति उनीहरूको सङ्ख्या राम्रो भएको देखिन्छ । पछिल्लो समयमा विश्वविद्यालमा पढ्ने लिम्बु विद्यार्थीहरूमा महिला विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको पाइए पनि त्यो यहाँ प्रतिबिम्बित भएको पाइएन ।

लिम्बु शिक्षकको अनुपात

जनगणना २०६८ अर्थात् २०११ अनुसार नेपालको कुल जनसङ्ख्या २६,४९४,५०४ रहेको छ भने लिम्बु जातिको कुल जनसङ्ख्या ३८७,३०० रहेको छ । यस तथ्याङ्क अनुसार लिम्बु जनसङ्ख्याको प्रतिशत १.४६१ हुन आउँछ ।

यता शिक्षक सेवा आयोगले नियुक्तिका लागि सिफारिस गरेको कुल शिक्षकको सङ्ख्या १२,७४३ रहेको छ भने यस सङ्ख्या अन्तरगत लिम्बुहरूको सङ्ख्या १८८ रहेको छ । यस तथ्याङ्क अनुसार नियुक्तिका लागि सिफारिसमा परेका शिक्षकहरूको प्रतिशत १.४७५ हुन आउँछ । जनसङ्ख्या अनुपातमा यो उतीर्ण लिम्बु शिक्षकहरूको अनुपात प्रतिशत राम्रो रहेको देखिन्छ ।

आशालाग्दो परिणाम

लिम्बु जाति मूलतः लाहुर जाने या विदेशमा गएर काम गर्ने या आफ्नै जग्गाजमिनमा कृषि पेशा अपनाएर गुजारा गर्ने जातिको रूपमा चिनिआएको थियो । सङ्ख्यात्मक हिसाबले १८८ जना शिक्षकहरू आयोगको परीक्षामा छनौट हुनु सानो सङ्ख्या भए पनि प्रतिशतको आधारमा हेर्दा यो ऐतिहासिक उपलब्धिको रूपमा लिन सकिन्छ । हुन पनि एकै लटमा यति ठूलो सङ्ख्यामा सरकारी जागिरमा लिम्बुहरू प्रवेश गरेको सम्भवत यो पहिलो घटना हो ।

लिम्बु शिक्षकहरू जागिर प्रवेशका आयामहरू

यसपटक विभिन्न तहका सरकारी विद्यालयहरूमा शिक्षकका रूपमा पर्न सफल शिक्षकहरूले आफ्नो भविष्य त अवश्य पनि केही हदसम्म सुरक्षित गरेका छन् । यस अलावा यस घटनाका निम्न केही आयामहरू रहेका छन्ः

क) बहुभाषिक शिक्षाका लागि जनशक्ति

मातृभाषी समुदायले संविधानमा व्यवस्था भएबमोजिम लिम्बु मातृभाषामा पठनपानठन गर्नका लागि लिम्बु शिक्षकहरूको कोटा दिनुपर्ने माग गर्दै आए पनि सरकारले सो माग पूरा गर्न सकेको थिएन । अर्कोतिर नेपाल सरकार आफैले पनि बहुभाषिक शिक्षा लागू गर्ने कार्यक्रम तयार गरेको थियो तर त्यो कार्यान्वयन हुन सकेको थिएन । यस परिप्रेक्षममा लिम्बु बाहुल्य माथि उल्लिखित जिल्लाहरूमा लिम्बु शिक्षकहरूको नियुक्तिले बहुभाषिक शिक्षा अन्तरगत लिम्बु भाषा माध्यमका रूपमा र लिम्बु भाषा विषयका रूपमा कार्यान्वयन गर्न केही हदसम्म जनशक्ति जुटेको छ ।

ख) निर्णय प्रक्रियामा सहभागिता

लिम्बु जातिको सघन बस्ती भएका गाउँहरूका विद्यालयमा यस अघि लिम्बु शिक्षक शिक्षिकहरू विरलै हुन्थे । यस्तो अवस्थामा प्रायः जसो लिम्बु अभिभावकका चासोका विषयहरू विद्यालयका शिक्षकले सुनुवाइ नगर्ने र लिम्बु विद्यार्थीसँग सम्बन्धित विषयवस्तुहरू प्राथमिकतामा नपर्ने गरेको गुनासाहरू सबैतिरबाट आउँथे । अब भने केही मात्रामा भए पनि लिम्बु समुदायकै शिक्षकहरू आफ्नो गाउँका विद्यालयमा हुने भएपछि यसप्रकारका निर्णय प्रक्रियामा सहभागी हुने अवस्था निर्माण भएको छ । यसले विद्यालयप्रति लिम्बु समुदायको लगाबमा बृद्धि हुने सम्भावना पनि बढेको छ भने मातृभाषी लिम्बु विद्यार्थीहरुको विद्यालय छोड्ने दर पनि घट्ने आशा गर्न सकिन्छ ।

ग) प्रस्थापना

स्थायी शिक्षकमा लिम्बुहरू छानिएरपछि यसले केही हदसम्म मुलुकको सरकारी जागिरका अवसरहरूमा प्रयास र प्रयत्न गरेमा सफल हुन सकिने रहेछ भन्ने सन्देश लिम्बु शिक्षित युवा समुदायमा गएको छ । निकै लामो समयदेखि स्वदेशमा केही हुँदैन, विदेश नै जानुपर्छ भन्ने लिम्बु लिम्बुनीहरुको मानसिकतामा परिवर्तन आई स्वदेशको नोकरीका लागि लागिपर्नु पर्ने सोच्ने परिवेश निर्माण गरेको छ र आफ्नो बुताको पनि पहिचान दिलाएको छ ।

लिम्बुजन्य संस्थाको जिम्मेवारी

लिम्बुजन्या संस्थाहरू त्यसमा पनि मूलतः लिम्बु जातिको साझा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले लिम्बु समाजमा जनचेतना जगाउनका लागि आवश्यक कामहरू गर्नु यसको पहिलो प्राथमिकको विषय हो । किरात राई यायोक्खाजस्ता संस्थाले केही वर्ष लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नाले राई समुदायका नयाँ पुस्तामा सरकारी जागिरका लागि तयारी गर्ने र आयोग भिड्ने चेतना व्यापक रूपमा आएको छ र उनीहरूले सफलता पनि राम्रै प्राप्त गरेका छन् । तर याक्थुङ चुम्लुङले भने यसबारेमा चासो राखेको र चिन्ता लिएको कम्तीमा व्यवहारमा देखिएको छैन । चुम्लुङले यस प्रकारको काम नगरे पनि नयाँ पुस्ताका युवा युवतीहरूले शिक्षक सेवामा सफलताको निकै ठुलो परिणाम निकालेका छन् । यसमा चुम्लुङले पनि होस्टेमा हैँसे गर्ने हो भने सरकारी सेवामा लिम्बु युवा युवतीले राम्रै परिणाम निकाल्नेमा कुनै शङ्का छैन । यथाशीघ्र लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि चुम्लुङले पहल र प्रयत्न गर्नु आवश्यक छ जसले सबै शिक्षित युवा युवतीमा सरकारी जागिरका लागि आयोग भिड्नुपर्छ भन्ने चेतना फैलाउन सकोस् ।

टुङ्ग्याउनी

राष्ट्र मात्र हाम्रो होइन, राज्य पनि हाम्रो हो । राज्य पनि हाम्रो बनाउन राज्यका सबै अङ्गमा हामी लिम्बुहरू अरू जातिजस्तै सहभागी हुनुपर्छ । यसका लागि नेपालका अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेको प्रावधानहरूमा आफ्नो पहुँच पुराउनका लागि शिक्षित युवाशक्तिले अथक प्रयत्न गर्नुपर्छ भने लिम्बुजन्य सङ्घ संस्थाहरूले त्यसमा उत्प्रेरकको भूमिका खेल्नुपर्छ । वैज्ञानिक थोमस अल्बा एडिसनले भने जस्तै "हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयास गर्न छाड्नु हो । सपफलताको सबैभन्दा ठूलो सूत्र भनेको जहिल्यै थप एक पटक प्रयास गर्नु हो ।" अब भने लिम्बुहरूले आफ्नो कम्जोरीलाई लात मार्नुपर्छ र सफलताका लागि अनन्त थप एक पटक प्रयास गर्नु छाड्नु हुन्न, अकल्पनीय सफलता प्राप्त गर्ने क्षमता हामीमा रहेछ र छ ।

नोटः वैकल्पिकमा परेका करिब साढे छ हजार उम्मेद्वारमाहरुलाई अस्थायी शिक्षक नियुक्ति प्रयोजनका लागि करार योग्यता सूची (रोस्टर) मा समावेश गरिएको छ । सो रोस्टरमा परेका लिम्बु शिक्षक शिक्षिकाको नामावली यहाँ समावेश गरिएको छैन ।

सन्दर्भ सामग्री


  • के.सी., सुरेन्द्र. (२०५९). बृटिस — गोर्खा (सन्धिदेखि सर्वोच्चसम्म (सम्पदकः राधेश्याम लेकाली र महेन्द्र विष्ट). प्रकाशकः बृटिस—गोरखा अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल.
  • गोरखापत्र दैनिक. २०७१ साल वैशाख ३१ गते; २०७१ साल जेठ २ गते; २०७१ साल जेठ ८ गते (मा.वि. तहको नतिजाका लागि). गोरखापत्र दैनिक. २०७१ साल जेठ १७ गते; २०७१ साल जेठ १९ गते; २०७१ साल जेठ २० गते; २०७१ साल जेठ २१ गते (नि.मा.वि. तहको नतिजाका लागि). गोरखापत्र दैनिक. २०७१ साल असार १४ गते; २०७१ साल असार १७ गते; २०७१ साल असार १८ गते; २०७१ साल असार १९ गते र २०७१ साल असार २० गते (प्राथमिक तहको नतिजाका लागि) र गोरखापत्र दैनिक. २०७१ साल असार २४ गतेका अङ्कहरु.
  • शर्मा, वालचन्द्र. (२०३३, तेस्रो संस्करण). नेपालको ऐतिहासिक रुप—रेखा. प्रकाशिकाः कृष्णकुमारी देवी. वाराणसी.
  • सेर्मा, साम्जीरी. (२०६५). किरात लिम्बुवान र लिम्बुहरु. प्रकाशकः क्या. दिगमबहादुर सेर्मा र अन्य.
  • CBS. (2011). Population Monograph of Nepal: Thapathali Kathmandu: Central bureau.


(२०७१ मा लेखिएका यो लेख २०७४ मा प्रकाशित "याक्थुङ जाति चिनारीका आयामहरु" पुस्तकमा सग्रहित रहेको छ ।)

No comments:

Post a Comment