Wednesday, September 14, 2016

याक्थुङ जातिमा तान बुन्ने परम्पराः आख्यानदेखि यथार्थसम्म

 प्राज्ञ अमर तुम्याहाङ

लेख सार 

यस कार्यपत्रमा याक्थुङ जातिमा रहेको तान बुन्ने परम्परा बारेमा चर्चा गर्दा मुन्धुम वा मिथक, किंवदन्ती र लोककथाको कोणबाट हेर्ने प्रयास गरिएको छ । यसक्रममा विश्वका केही जातिगत सभ्यातामा तान बुनाइसँग अन्तरसम्बन्धित आराध्य माङ या देवीको परिचयात्मक जानकारीबाट प्रवेश गरी याक्थुङ सभ्यतामा पाइने तान बुनाइ मुन्धुम वा मिथक, किंवदन्ती र लोककथाहरूमा केकस्तो आख्यान रहेका छन् सोको प्रस्तुती गरिएको छ । यसका साथै याक्थुङ भाषामा पाइने तानसम्बन्धी पदावली, तानसम्बन्धी लोक विश्वासका बारेमा पनि सङ्क्षेममा चर्चा गरिएको छ ।

विषय प्रवेश

मुन्धुम अनुसार उत्तरमा साया मुदेÞन (चीन—तिब्बत), दक्षिणमा तेमेÞन वलङ (भारतवर्ष), पूर्वमा सुम्रोती उम्रोती (ब्रहमपुत्र) र पश्चिममा थोसु वरुम्मा परुम्मा ओनु योसु पारामावा ककामावा (माथि अरून बरुनदेखि तल कोसी) (तुम्याहाङ, २०१४ क, तिगेला, २०७१) भित्र रहेको याक्थुङ लाजे अर्थात् लिम्बुवानमा बसोबास गर्ने याक्थुङ जातिको मुन्धुम मूलतः सृष्टिसम्बन्धी मुन्धुम, माबोहाङ राजाको मुन्धुम कथाको किंवदन्ती र केही लोककथा आदि याक्थुङ तान बुनाइसम्बन्धी जानकारीका स्रोत हुन् । यहाँ याक्थुङ तान बुनाइ र तानको ईश्वर तागेरा निङ्वाफुमा माङ र उनको अवतार चरित्र युमा माङ “थाक्पेदाङ्मा खिबेदाङ्मा” अर्थात् तानको मालिक देवीको आख्यानको चर्चा गर्नुपूर्व मिथक, किंवदन्ती र लोककथाबारेको अवधारणा बारेमा सानो चर्चा गरौँ ।

मुन्धुम वा मिथक, किंवदन्ती र लोककथा 

मुन्धुम वा मिथकहरू (Myths) भगवान्, देवीदेवता, देवतुल्य महामानवहरू (supernatural beings and super natural human beings) को आख्यान वा महाआख्यान हो । यो धर्मसम्बन्धी सिद्धान्त र गम्भीर दार्शनिक अवधारणा (religious principles, theories and serious philosophical concepts) बारेमा केन्द्रित हुन्छ । मिथक कुनै पनि जातिको सामाजिक रीतिथिति र पावन चाडपर्व मान्ने प्रक्रिया (social ritual set forms and procedures in sacred ceremonies) को रूपमा मुखरित हुन्छ ।

किंवदन्ती (Legends) भनेको मानव समाजका जिवित सन्त महन्तहरूको जीवन गाथा हो जसले समाज निर्माणमा अतुलनीय योगदान गरी देवतुल्य स्थान ग्रहण गरेका हुन्छन् ।  यस्ता देवतुल्य विभूतिहरूको पवित्र जीवनी (hagiography) को कथागाथा नै किंवदन्ती हो ।

लोककथाहरू (Folk tales) जनजनको मुखबाट सुनिल्याइएका कथाहरू हुन् । यी कथाका स्रोत मुन्धुम, मिथक, किंवदन्ती, देवीदेवता र दानवका कथा, राजामहाराजा, रानीमहारानी, राजकुमार, राजकुमारी, परिकथा, भाग्य र दुर्भाग्यका कथा, जादु, रहस्यका कथा आदि हुने गर्दछन् । यस्ता कथाहरूले निश्चित मानवीय मूल्यहरू पस्किने काम गर्दछन् जस्तो कि सत्य, सुन्दरता, बहादुरी, सेवा, निस्वार्थभाव, मानवता, करुणा, महानता, प्रेम, स्नेह आदि ।


संसारका विभिन्न जातिगत सभ्यतामा कपडा बुनाइसम्बन्धी आख्यान वा मिथक, किंवदन्ती र लोककथा

प्राचीन इजिप्टबासीले युद्धकी देवीको रूपमा लिइने नेइथ (Neith) लाई तान बुन्ने देवीको रूपमा पनि मान्थे । ग्रीसअन्तरगतको ओलम्पियाबासीले भने एथेना (Athena) लाई तान बुन्ने देवीको रूपमा मानेको देखिन्छ । महाकवि होमरले आफ्नो ओडिसी (Odyssey, 1000 BC) महाकाव्यका नायक ओडिसस (Odysseus) को पत्नी पेनेलप (Penelope) लाई तान बुन्ने आराध्य पात्रको रूपमा वर्णन गरेका छन् । यसरी नै ओभिड (Ovid) ले रचेको मेटामोर्फोसिस (Metamorphoses; VI, 575-587) नामक रोमन साहित्यिक कृतिमा फिलोमेला (Phelomela) भन्ने महिला पात्रको दर्दनाक आख्यान वर्णन गरेका छन् । उक्त आख्यान अनुसार ती फिलोमेला नामकी पात्रलाई नृशंस रूपमा बलात्कार गरी उनको जिब्रो काटिदिएकाले उनी बोल्न नसक्ने भइन् । आफूमाथि भएको अत्याचार उनले आफ्नो तान बुनाइ कलाको माध्यमबाट व्यक्त गरिन जुन उनकी बहिनी प्रोक्नी (Procne) ले बुझेर वर्णन गरिन अनि लोकले त्यो अत्याचारको बदला लियो ।

जर्मनहरूमा पनि तान र तान बुन्ने आराध्य पात्रका बारेमा आफ्नै खालको आख्यान वा मिथक (Myth and mythology) हरू रहेको पाइन्छन् । नोर्स (Norse) जातिले तान बुन्ने देवीको रूपमा फ्रिग (Frigg) लाई मान्दछन् भने स्केन्डिनेभियनहरू भल्किरिज (Valkyrise) आफ्नो समाजको तान बुन्न सिकाउने आराध्य देवीको रूपमा लिन्छन् । जर्मनको अर्को मिथकअनुसार होडा (Holda) र पर्छा (Perchta) गरी दुईजना तान बुन्ने देवी भएको विश्वास गर्दछन् । होडालाई फ्राउ होली (Frau Holle) र पर्छालाई फ्राउ पर्छा, बर्छा, बर्था (Frau Perchta, Berchta, Bertha) नामले पनि पुकारर्दछन् । बाल्टिक जातिको मिथक अनुसार साउली (Saule) सूर्य किरणहरूले जीवन बुन्ने देवी हुन् । इङ्का (Inca) जातिमा प्रचलित मिथकअनुसार मामा ओक्लो (Mama Oclllo) ले पहिलो पटक तान बुन्न सिकाएका थिए ।

यता चीनको राजवंशहरूमध्ये ताङ राजवंशीय शासनकालमा प्रचलित तानसम्बन्धी रोचक आख्यान छ । तान बुन्ने राजकुमारी तारा (Weaving Princess Star) आफ्ना दुई सहेलीहरूसँग चन्द्रमाको किरणको माध्यमबाट दरबारको वगैँचामा झरिन र भारदार गुवो हाङ (Guo Han) लाई आफ्नो कलात्मक पोशाक देखाइन जुन सर्वगुण सम्पन्न थियो । ती तान बुन्ने राजकुमारी स्वर्गकी रानी (Celestial Queen Mother) र जेड सम्राट (Jade Emperor) का छोरी थिइन् । उनले तारा र ताराका प्रकाश बुनेर स्वर्ग र मत्यलोकका लागि चाँदीको नदी (The Silver River) बनाइन् जसलाई अन्तरिक्षको आकाश गङ्गा (The Milky way Galaxi) भनिन्छ । चारहजार (४,०००) वर्षभन्दा पुरानो किंवदन्ती (legendry) अनुसार तिनी स्वर्गासन (Celestial Court) बाट मत्र्यलोक अर्थात पृथ्वीमा झरिन र साधारण भैँसी गोठालोसँग प्रेममा परिन । उनकी आमा इष्र्यालु स्वभावकी भएकीले यी दुईजनालाई छुट्याइन् । तानकी देवीले ताराहरूको नदी बनाउन छोडिदिइन् अनि स्वर्ग र मत्र्यलोकमा अन्धकार छायो । यी दुवै प्रेमी प्रेमिकालाई छुट्याए पनि वर्षमा एकपटक भेट हुन सफल भए— वर्षको सातौँ पूर्णिमाको सप्तमी तिथिमा (http://en.wikipedia.org/wiki/Weaving _mythology) ।

तानसम्बन्धी जापानी मिथकमा चाइनिज मिथक नै आएको देखिन्छ तर पात्रका नाम परिवर्तित छन् । जस्तो कि तान बुन्ने राजकुमारी तारा (Weaving Princess Star) को नाम जापानी मिथकमा ओरिहाइम बोसी (Orihime Boshi), भैँसी गोठालोको नाम केङ्युयु बोसी (Kengyuu Boshi), आदि (http://japanesemythology.wordpress.com/ weaving-goddesses-of-japan-and-elsewhere-in-the-world/) ।

याक्थुङ मुन्धुम, किंवन्ती र लोककथामा तान बुन्ने आख्यान

याक्थुङ जातिको मुन्धुम (मिथक) अनुसार सर्वशक्तिमान ईश्वर तागेरा निङ्वाफुमा माङ् हुन् । उनी स्त्रीरूपा शक्ति हुन् । उनी युमा (बज्यू) को रूपमा अवतरित हुन्छिन् । तागेरा निङ्वाफुमा माङ् अनि उनी अवतरित हुने युमा दुवैले तान बुन्छन् तर तान बुन्ने ज्ञानको मूल मालिक तिनै सर्वशक्तिमान तागेरा निङ्वाफुमा माङ् हुन् । यहाँ मुन्धुम, किंवदन्ती र लोककथाहरूमा उल्लेख भएका तान बुनाई र तान बुन्ने आराध्य पात्रहरूसम्बन्धी मुन्धुम र कथाहरूबारेमा छलफल गरौँ ।

क) याक्थुङ मुन्धुममा तान बुन्ने आख्यान

प्रथम मानवपुत्री मुजिङ्नामा खेयङ्नामा ढुङ्गा माटोको सन्तानको रूपमा जन्मिई उमेर बढ्दै गएपछि लगाउने लुगा नहुँदा परम परमेश्वर तागेÞरा निङ्वाफुमा माङ्को पाउमा पुगिन् । अनि आफ्नो समस्या सुनाइन् र समस्या समाधान पनि भयो । यसै क्रममा परमपरमेश्वर तागेरा निङ्वाफुमा आफै तान बुन्दै गरेको र मुजिङ्ना खेयङ्नालाई पनि तान बुन्न सिकाएको मुन्धुम साम्बाहरूले निम्न अनुसार गाउँदछन्ः
ए — उन्छोःन् — तागेÞरा हिम्धो निवा?फुमा हिम्धो ।।
वसानि पेरो लाङ्धोनि पेरो ।।
आल्ल — तेÞल्लेÞयुमाए आसुनु युमाए ।।
थामेलामाए मानु यम्माए ।।
चाङ्मानि होःप्लो खुङ्मानि होःप्लो ।।
सेवा युक्तुरो सेःन्दो युक्तुरो ।।
ए — आल्ल — तागेÞरामाग निङ्वा?फुमाग ।।
थाक्थाक्कुम्माग निङ्वा?फुमाग ।।
साघि के?रुर माघि के?रुर ।।
लाङ्भोलो फोलो थाक्साङ् युङेÞरो ।।
हुक्फोलो फोलो खिजङ् युङेÞरो ।।
ए — उहिले— तागेरा निङ्वाफुमाको बासस्थलमा घस्रीपस्री पुगेर
तब हे मेरी मातारी, हे बज्यै
पहिरने वस्त्र र ओढ्ने बर्को ता छैनन् नि !
भन्दै विन्ती बिसाई है !
ए — तब तागेरा निङ्वाफुमाले, तानको धनी आदि माता त
तान फिँजाएर, फिँजाएका
ठाडा र तेर्सा धागाहरू केलाउँदै
खुट्टा बिस्तार चलाउँदै तान बुन्दै बसेकी थिइन् ।
हात विस्तार चलाउँदै तान बुन्दै बसेकी थिइन् ।

ए — आल्ल — तागÞेरामारेÞ निवा?फुमारेÞ ।।
                        मुजिङ्नामाःन्ना खेÞयङ्नामाःन्ना ।।
                        लाङ्भोलो फोलो थाक्साङ्नि हु?रु ।।
                        हुक् फोलो फोलो खिजङ्नि हु?रु ।।
उन्छोःन —वयामु चोगु चिरिक्मु चोगु ।।
तुङ्गुन् काप्लामा सिम्बो काप्लामा ।।
तुङ्गुन् चाक्सिङ्लो सिम्बो चाक्सिङ्लो ।।
आल्ल थाक्खुःक् खुक्सिङ्लो थाक्मेःत् खुक्सिङ्लो ।।
मुजिङ्नामाग खेÞयङ्नामाग ।।
क?यो लाङ्घेःक् अत्तु थासिङ्लो ।।
अत्तु नोःक्खेÞरो याङ्नोःङ् नोःक्खेÞरो ।।
ए — अब माता निङ्वाफुमाले मुजिङ्ना खेÞयङ्नामालाई
खुट्टाले चाल दिँदै तान बुन्न सिकाइन्
हातले छाम्दै धागो केलाउन सिकाइन्
उहिले यसरी लुगा बुनेर
गुन्यू बुनेर लगाई है !
अब अब बर्को पनि बुनेर ओढी है ।
मुजिङ्ना खेयङ्ना आफ्नो लोकमा फर्की है ! (काइँला, २०७०ः ६—५)

मुजिङ्नामा खेयङ्नामा जवान तरुनी भएपछि हावासँगको संसर्गबाट सावा युक्फुङ्गेम्बा नामक छोरा जन्माइन् जसलाई सुसुवैन लालावैन पनि भनिन्छ । सावा युक्फुङ्गेम्बा याक्थुङ मुन्धुम अनुसार पहिलो सिकारी हुन् । उनी सिकार खेल्नेक्रममा विभिन्न महिलाहरूसँग भेट भई सम्बन्ध राखी सन्तानहरू जन्माएको कुरा यस प्रकार उल्लेख भएको पाइन्द्ध— ...उनी आफ्ना शिकारी कुकुरहरूसँग उत्तरको बाटो जाँदाजाँदा माथि सिद्धिलेकमा पुग्दा एउटा मृग देखेर धनुवाण चलाउँदा तीर लागी घाइते भई भागेर गयो । त्यो घाइते मृग फियात्लुङ्मा र सुसारीमा बसेका ठाउँमा पुगेपछि त्यो मृगलाई फियात्लुङ्माले आफूले बुनिरहेको तानको थोलीले हिर्काइ मारी तानमुनि लुकाइबसिन् । त्यसैबेला सुसारीमाचाहिँ पानी लिन पँधेरामा गएकी थिइन् । काँधमा धनु बोकी हातमा तीर बोक्ने एउटा सुन्दर केटा दुर्ई शिकारी कुकुरहरूका साथ आउँदै गरेको देखी हतपत पानी लिएर आई एउटा सुन्दरकेटा आउँदै गरेको खबर दिदी फियात्लुङ्मालाई सुनाइन् र त्यसैबेला त्यो सुन्दर केटा त्यहाँ आइपुग्यो । फियात्लुङ्मालाई तान वुनिबसेकी देखी “हे बहिनी यौटा घाइते मृग यतातिर आएको देखिनौ ?” भनी सावा युक्फुङ्केÞम्बाले सोध्यो । “अहँ मैले त देखिनँ” भनी ढाँटेर फियात्लुङ््माले जवाफ दिइन् । शिकारी कुकुरहरूले भने तानको वरिपरि घुमिघुमी भुक्न थाले । तपाइँले देखिन भनी भन्नुभयो तर मेरा शिकारी कुकुरहरूले यहाँ नै लुकाइराखेको कुरा पत्ता लगाइसकेको कुरा सुनाउँदा फियात्लुङ््मा हाँस्दै आफूले लुकाइराखेको शिकार झिकेर दिइन् । आफ्नो शिकार फेला पारेकाले त्यहीँ चिरफार र पोलपालगरी गुरु शिकारीलाई चढाई पोलिपकाई फियात्लुङ््मा, सुसारीमा र आफूलगायत भई खाए । युक्फुङ्कÞेम्बाले आफ्नी आमालाई सम्झेर घर फर्किजान नै विस्र्यो ...। 

उत्तरदिशामा शिकार खेल्न जाँदा दुइटी श्रीमतीबाट दुइछोराहरू जन्माएपछि दक्षिणतिर चित्तलको शिकारगर्न जाने विचार गरी फियात्लुङ्मा र सुसारीमालाई आ–आफ्ना छोरा आफैले पालनपोषण गर्नु । म दक्षिणदिशातिर चित्तलको शिकार गरेर केही दिनमा फर्केर आउँछु भनी सावा युक्फुङ्केÞम्बा दक्षिणतिर लाग्यो । तेमेÞनदेश पुगेर यौटा चित्तल भेटेर धनुवाण हान्यो । तीर लागेर चित्तल भाग्यो । योसु मुगुप्लुङ्मा र योसु फन्दारीमा बसेकै ठाउँमा त्यो घाइते चित्तल पुग्यो । तान बुनिबसेकी योसु मुगुप्लुङ्माले यो घाइते चितललाई आफूले बुनिरहेको तानको थोलीले हिर्काइ मारी आफ्नो तानमुनि लुकाइराखिन् । आफू पनि चुपचाप तान बुनिरहन् । त्यसैबेला सावा युक्फुङ्केÞम्बा पनि त्यहाँ आइपुग्यो । मुगुप्लुङ्मा त्यसरी तान बुनिरहेकी देखेर “बहिनी ! एउटा घाइते चित्तल यतातिर आएको देख्नुभो ?” भनी सावा युक्पुङकेÞम्बाले सोधनी गर्दा मुगुप्लुङ्माले “अहँ मैले त देखिनँ” भनी जवाफ दिइन् । तर मेरा कुकुरहरूले त यहीँ कतै शिकार लुकाएको सङ्केतगर्दै भुकिरहेका छन् भनी युक्फुङ्केÞम्बाले भनेपछि हाँस्दैहाँस्दै आफूले लुकाइराखेको शिकार तानमुनिबाट झिकेर दिइन् । आफ्नो शिकार फेलापारेकाले त्यसलाई काटकुट चिरफारगरी पोलिपकाई गुरु शिकारीलाई चढाई मुगुप्लुङ्मा, फन्दारीमा र आफूसमेत भई सावा युक्फुङ्केÞम्बा खानपिनगरी त्यहीँ बस्यो .... (फोपाहाङ, २०७०ः ५६—५८)।

ख) याक्थुङ किंवदन्तीमा तान बुन्ने आख्यान

याक्थुङ जनजीवनमा किंवदन्तीहरू धेरै पाइन्छन् । ती मध्ये तान बुनाइसँग सम्बन्धित माबोहाङ राजाको कथाको रूपमा रहेको किंवदन्ती यहाँ प्रस्तुत छः

(१) उबाहाङ्पछि किरात देशमा उसैको छोरो माबोहाङ् राजा भयो । उसले पनि प्रजावर्गमा युमाधर्म सिकायो । ऊ युमाधर्मको बढो भक्त थियो । उसले उसको राजधानी चेम्फुजोङ्बाट यासोक जोङ्मा सा¥यो ।
(२) एकदिन माबोहाङ् राजा खोजुम मन्त्री र अरू सिपाहीहरूसँग सिकार खेल्न लेकका वनमा गएका थिए । राजाका चारवटा चिजिङ्ना, तकादोङ्, तकेदोङ् र परादेन नाउँ गरेका सिकारी कुकुरहरू थिए ।
(३) लेकका वनमा पुग्नासाथ ती कुकुरहरूले यौटा मृग देखे । कुकुरहरू भुक्दै मृग खेद्न लागे । राजा, मन्त्री र अरू मानिसहरू पछिपछि पछ्याउन लागे ।
(४) अलिक माथि पुगेपछि कुकुरहरू हराए । मृग पनि हरायो । राजा छक्क परे ।
(५) तिनीहरू सबै थाकेकाले अलिकमाथि गएर सबैजनाले एउटा सानो टारमा विश्राम गरे ।
(६) त्यस बखत त्यो टारदेखि अलिक टाढा गुराँसका रुखको फेदमा एउटी सुन्दरी युवतीले रेसमको तान बुन्दै गरेकी सबैले देखे । खोजुम मन्त्रीले भन्यो राजसिंहासन सुहाउँदी रानी देखियो । अब सँगमा लाने बन्दोबस्त गर्नुपर्छ ।
(७) राजाले भने  एकक्षण चुप लाग । आज मृग र कुकुरहरू सबै हराएका छन् । यस्तो वृन्दावनमा यस्ती सुन्दरी युवती कसरी प्रकट भइन्, बुझ्नुपर्छ । खराब चिताउनु हुँदैन । म नजिक गई बिन्ती चढाई सोधनी गर्नेछु ।
(८) यति भनी हातमा फूलपात लिएर राजाले त्यस तान बुन्ने युवतीका सामुन्ने गई फूलपात अघि राखी, घुँडा टेकी दुई हात जोडी सोधनी ग¥यो ।
(९) हजुर मालिकिनी ! हामी मानिस जाति हौँ । कुरा बुझ्न सक्तैनौँ । यस्तो वृन्दावनमा हजुर कताबाट प्रकट हुनुभयो ? हजुर को होइबक्सिन्छ ? हजुर देवी होइबक्सिन्छ कि मानिस होइबक्सिन्छ ? कृपया मलाई भनिदिनुहोस् ।
(१०) ती युवती रूपधारी देवीले भनिन्— महाराज तिम्रो मन बुझ्न आज म यहाँ प्रकट भएकी हुँ । अब मैले तिम्रो स्वच्छ मन बुझेँ । तिमीले साँझ बिहान परमात्माको जपना गरेको स्वच्छ हृदयको भक्ति रहेछ भनी बुझेँ । अब म को हुँ तिमी आफै जान्नेछौ भनी त्यो युवती राजाका सामुन्ने अन्तध्र्यान भइन् (चेम्जोङ, २०१८÷२०६१ः १०४—१०६) । 

ग) याक्थुङ लोककथामा तान बुन्ने आख्यान

धनहाङ सुब्बा सङ्कलित ‘लिम्बुवानका लोककथा’ पुस्तकमा सङ्ग्रहित ‘थाक्केÞलुङ’ लोककथाले याक्थुङ समाजमा रहेको तान बुन्ने परम्पराबारेमा थप जानकारी दिन्छ । उक्त लोककथा यस प्रकार रहेको छ ः
धनकुटाबजारबाट आठप्रेहरूको गाउँ सान्ताङ हुँदै ५ किलोमिटर ओह्रालो जाँदा तमर नदीको याकचाना घाट पुगिन्छ । तमोर नदी तर्न त्यहाँ फलामको खोङ्गीसहितको घिर्लिङको व्यवस्था छ । घाट तरेपछि  खुवाफोकको माझी गाउँ याक्चाना छिर्दै गएपछि तमर नदीको गडतिरमा अवस्थित मुरकुटे भन्ने ठाउँमा पुगिन्छ । यो बोधे गाविसमा पर्छ । मुरकुटेमा ऐतिहासिक एउटा सानो थुम्को छ । त्यही थुम्कोमा तागेरा निवाभुमाङले नारीरूपी युमा (बोजू) को रूप धारण गरेर तान बुनेको मुन्धुममा पाइन्छ । यहाँ युमा (बोजू) ले तान बुनेको ढुङ्गाको आसन अझ छँदैछ । लिम्बू भाषामा यसलाई थाक्केÞलुङ (तान बुनेको ढुङ्गा) भन्दछन् । ढुङ्गाको आसन, पिठ्यूँ राख्ने, शिर अडिसिने ठुरी (साँचो डोरीमा राख्ने ठाउँ) र दुईवटा खुट्टा राख्ने लाङ्गेÞन्जो (तान चलाउने खुट्टा) को डोबसमेत छ । यही थाक्केÞलुङमा युमा बस्थिन् । युमा बसेको आसनपछिको ढुङ्गामा मान्छे, गाई र हात्तीको पाइलाका डोबहरू देखिन्छन् । थाक्केÞलुङ पारिपट्टि खिबेकलुङ् (धागो तन्काएको ढुङ्गा) देखिन्छ । यो तान बुन्न धागो टाँगिएको ढुङ्गा हो । किरात स्वास्नी मान्छेहरूलाई लुगा बुन्ने, धागो काट्ने, बुट्टा हान्ने सीप र कला भर्न युमाले सिकाएको मानिन्छ । यस कलामा युमा सबैभन्दा सुसम्पन्न र सुसंस्कृत थिइन् भन्ने छ । त्यसैले थाक्केलुङ किरात चेलीहरूको लागि मिथकीय महत्व बोकेको स्थल हो ।

मुन्धुमअनसार लिम्बू जातिमा छोरीचेलीले तान बुन्ने सीप, कला युमाबाट पाएका हुन् । लिम्बुनी चेली र थाक्पेÞक (तान) को सम्बन्ध परापूर्वककालदेखि जोडिएको छ । लिम्बुनी चेलीहरू पेशा वा पेवाको रूपमा तान बुनेर जीविकोपार्जन गर्ने चलन अझसम्म छ । युमामाङ (बोजू देउता) ले किरात चेलीहरूमध्ये सबैभन्दा पहिले चेम्जोङ चेलीहरूलाई यही थाक्केलुङमा तान बुन्न सिकाएका हुन् भन्ने जनश्रुति छ (सुब्बा, २०६५ः ३१—३३) ।


याक्थुङ भाषामा तानसम्बन्धी शब्दहरूको प्रयोग र प्रचलन

याक्थुङ समाजमा तानसँग सम्बन्धित धेरै शब्दहरू प्रयोग हुने गर्छन् । तर पछिल्लो समयमा लोकजीवनमा तान बुन्ने चलन हराउँदै गएपछि ती शब्दहरू पनि लोप हुँदै गएका छन् । यहाँ वैरागी काइँलाद्वारा सङ्कलित तथा तान्छोप्पा पत्रिकामा प्रकाशित तानसम्बन्धी याक्थुङ शब्दहरू प्रस्तुत गरिएका छन् जसले तान याक्थुङ समाजको अभिन्न पक्ष भएको कुरा प्रमाणित गर्दछ ।

१. इजो (तानमा प्रयोग हुने एक विशेष ठाउँको डोरी), २. उङ्ला (तानको एक अङ्ग विशेष), ३. कुरुसिङ् (तान बुन्दा धागो तन्काउने मूल बाँस), ४. केÞक्का (कपासबाट बियाँ छुट्याउने काठको यन्त्र), ५. खि (धागो), ६. खिइ÷खिजोरा (धागोको पोयो), ७. खिदिक्÷खिदोःक् (सुइरो, कपासबाट धागो कात्दै यसमा बेरिन्छ), ८. खिदाम्बा (ओइँट्याएको कपास), ९. खिनाम्लान् (धागो राख्ने सानो ढाकी), १०. खिबन् (कातेको कपासको डल्लो), ११. खिबो (कपासको घारी), १२. खिबोःक् (कातेको कपास), १३. खिभेत्लेÞे (बोटमा फुलेका कपासका कोसा), १४. खिसुप् (धागोको डल्लो, लरी), १५. खिलाङ्जङ्÷खिसिङ् (कपासको बोट), १६. खिहिःमा÷खिखिया (फिर्के, उल्टो त्रिभूजाकारको काठको यन्त्र, जसमा उसिनेर माड लाएको धागोका लच्छीलाई सिउरेर फेदमा समाती मानेझैँ घुमाउँदै तान फिँजाउने काम गरिन्छ), १७. ताक्वा (कतुवा, फिर्के, धागो कात्ने सुइरो), १८. तुक्कि (धागाोको रोल, कुरो झारको खोक्रो डाँठका टुक्रा काटेर धागो बेरेर बनाएको यो टुकीलाई थुरीभित्र राखिन्छ), १९. थाक्खि — खेःङ्खि (तानको कपडाको बुनोट र दुनोट), २०. थाक् (तान), २१. थाक्युक् (तानबुन्न बस्ने अल्गो आसन), २२. थाक्वा (बुनेको तान कपडा), २३. थाक्किसिङ् (तान टाँग्ने ठूला डोरीहरू÷भादुरी बाँध्न र बुनिँदै गरेको कपडा बेर्नका लागि गाडिएको बाँस), २४. थाक्किसे (तानको धागो सम्याउन वा मिलाउन प्रयोग गरिने थाँक्रो), २५. थाक्कुरि (तानको जुवा, तानबुन्दा थुरीले यतादेखि उता छिराएको धागोलाई छिराउँदैपिच्छे थिच्ने काममा प्रयोग हुने काठ), २६. थाक्कुसेप् (तानको काइँयो दुईतिरबाट च्याप्ने काठ), २७. थाक्केÞसिङ् (तानबुन्दा धागो मिलाउन प्रयोग गरिने बाँसको भाटा वा काठविशेष), २८. थाक्केÞवा÷थागेःक्वा (तान झुण्ड्याउन दायाँबायाँ गाडिने बाँस वा काठको कीलो), २९. थाक्चो (तानको लासीको दुई सुरमा इजोद्वारा झुण्ड्याइने चराआकारको काठको यन्त्र लाङ्गेजा खुट्टाले चलाउँदैपिच्छे तलमाथि गर्दछ), ३०. थाक्तक्मा (तानलाई बाँध्ने पाट वा चोयाको दाम्लो), ३१. थाक्नाम् (तान टाँग्ने डोरी), ३२. थाक्मिक् (कोका, तानबुन्दा धागाोको टुकी घुसारेर कपडाको बुनोट मिलाउने काठको साधन), ३३. थागेःक्पा (बुन्नका लागि फिंजाएको तानको धागाहरू), ३४. थोलि (थुरी, तानबुन्दा धागो यतादेखि उता र उतादेखि यता गर्न प्रयोग हुने एक साधन), ३५. परि (तानबुन्दा धागो मिलाइरहन पर्ने हुँदा चलाइने काइँयो), ३६. पित्तके÷पित्तुके (तानको चरो, तान बुन्दा धागोभित्र थुरीलाई छिराउन सजिलो होस् भन्नाका लागि खुट्टाको औँलाहरूले च्यापेर अङ्कुसे चलाउँदा तलमाथि सरिरहने चराआकारको साधनविशेष), ३७. पुसिङ् (तानमा प्रयोग हुने चराआकारको साधन विशेष), ३८. पुङ्सिङ् (तानको धागोलाई डोरीले तानेर राख्ने कीलो विशेष), ३९. पोला (धागोको ससानो गोलो लच्छी, धागोको एकै प्रकारको मुठा जसलाई मकैको÷कोदाको पीठोमा उसिनेर माड लगाई सुकाइन्छ र फिर्केमा सिउरेर तान फिँजाइन्छ), ४०. फइसिङ् (तानमा बुनेर तयार भएको कपडा बेर्ने गोलो काठ), ४१. फादुरि (तानलाई फिँजाउँन अल्गो बाँसको लिङ्गो (थाक्किसिङ्) सँग बाँधेर तन्काउने बलियो ठूलो डोरी जसलाई थाक्पा पनि भनिन्छ), ४२. लाङ्जाःङ् (टिटिनी, तान बुन्दा तान बुन्नेले खुट्टा राख्ने ठाउँ), ४३. लाङ्गेन्जा (तानमा डोरीले झुण्ड्याएको पाङ्ग्रो, जसलाई खुट्टाका औँलाहरूले च्यापेर खुट्टाले उँधो तान्ने र छाड्ने गरिन्छ, यसो गर्दा तान चल्दछ र थुरी छिराउँदै धागो यताबाट उता र उताबाट यता गरिन्छ । यसबेला तानको चरा तलमाथि गर्दै नाच्दछ), ४४. लाःत्छि/लःत्छि (कपासबाट चर्खाले घुमाउँदै निकालेको धागोको निश्चित परिणामको लामा मुठाहरू), ४५. लाःसि/लःस्सि अथवा चेÞप्फाःत् (तानको काइँयो हो, यसैभित्र धागोका पोयाहरू बुनोट र दुनोट मिलाइकन छिराएर तान फिँजाइन्छ) (काइँला, २०५९—ख)।

याक्थुङ लोकजीवनमा तानप्रतिको लोक विश्वास र तान बुन्ने सीप

तान बुन्ने सीप र कौशल याक्थुङ महिलाहरूको परम्परगत सीप र कौशल हो । याक्थुङहरू तानलाई मनुष्य जीवनको पर्याय र प्रतीकको रूपमा लिन्छन् । फिँजाएका तानका डोरीहरू चुँडिनुलाई मृत्यु हुनुको रूपमा लिइन्छ । त्यसैले तानको धागाहरू चुँडिन नदेऊ है ईश्वर भनेर पुकारा गरिन्छ भने तानको डोरीहरू गाँठो परेमा वा गुजुल्टिएमा मनुष्य जीवनमा सङ्कट र व्यवधान आइलागेको मानिन्छ । याक्थुङजातिको मिथकमा ईश्वरलाई र उसको अवतार चरित्र युमा माङलाई “थाक्पेदाङ्मा खिबेदाङ्मा” अर्थात् तानको मालिक भनेर सम्बोधन गरी “कहिले पनि तानका डोरी नचुँडिउन्, गाँठा नपरुन् प्रभु, हे माङ ! गाँठा परेमा फुकाई दिनु, गुजुल्टा परेमा खोलेर तान राम्रो फिँजाइदिनु, प्रभु, हे माङ !” भनेर याक्थुङजातिका फेदाङ्माहरूले आदिकालदेखि नै मुन्धुम् गाउँदै आएका छन् । याक्थुङजातिको मुन्धुम्अनुसार भगवान्ले दया गरेर मनुष्यजातिमध्येको सबैभन्दा कान्छो आफ्नो सन्तान याक्थुङजातिलाई उद्धार र कल्याण गर्नका लागि सुनका र चाँदीका गहनाले सिँगारिएकी नवयौवना स्त्रीरूप धारण गरेर अघि तमोर नदीको सेरेक सुरुङ्मामा तान फिँजाई बसेको अवस्थलबाट उत्तरदिशामा आई हाल पान्थर जिल्लामा बहने निभू खोलाको किनारमा सुनका र चाँदीका थुरीले तान बुन्दै दर्शन दिएर मनुष्य चोलामा तिनीहरूसँग केही काल व्यतीत गरिन् (काइँला, २०५९—क को सम्पादित अंश) भन्ने विश्वास गरिन्छ ।
याक्थुङ लोक जीवनमा पुरुषमा हलो जुवा बनाउने र जोत्ने, डोको, नाम्लो, डालो, नाङ्लो, चाल्नी, पेरेङ्गो, थुन्छे आदि बुन्ने सीप अनिवार्य थियो भने महिलामा तान बुन्ने सीप हुनु अनिवार्य थियो । ईस्वी सन्को १४ औँ सताब्दीमा धागो कात्ने मेसिन (wheel) आविस्कार भएर औधोगिक क्रान्तिको परिणामस्वरूप आधुनिक किसिमले उत्पादित कपडाले याक्थुङ जनजीवनमा रजगज नगरुन्जेल याक्थुङ महिलाले तानमा बुनेको कपडाबाट नै उनीहरूले लगाउने लुगाफाटाको परिपूर्ति गर्दथे । बुट्टाका लागि धागो वा बुनेको कपडा सिमसारमा गाढेर वा मझिटो वा मौवाको बोक्रासँग उसिनेर रङ्गाउने चलन थियो । पहिला पहिला हरेक याक्थुङ घरमा तानका सामान हुन्थे र हिउँदभरि हरेक घरमा तान बुनेको आवाजले गाउँ नै गुञ्जायमान हुन्थ्यो । हाल आएर विश्वव्यापीरकणले ल्याएको रेडिमेड कपडाले यी सब विस्थापित भएका छन् र व्यवसायिक रूपमा सीमित ढाका बुन्ने लिम्बु महिलाहरूले मात्र यो व्यवसायको घिडघिडो थामिरहेका छन् ।

निष्कर्ष 

परापूर्वकालमा संसारका विभिन्न जातिले आआफ्नै किसिमले तान बुन्ने मिथक, किंवदन्ती विकास गर्नुका साथै तान बुनेर आफू र आफ्नो समाजलाई चाहिने वस्त्र आपूर्ति गरेजस्तै याक्थुङ जातिले पनि तान बुनिल्याए । याक्थुङ जातिमा तान बुनाई सम्बन्धी मुन्धुम वा मिथक, किंवदन्ती, लोककथा, लोक विश्वास त्यतिकै सघन रूपमा रहेको देखिन्छ जसले जीवन यापनका लागि अनिवार्य चाहिने गाँस, बास र कपासमध्ये तेस्रो आवश्यकता परिपूर्ति गर्न सहयोग ग¥यो । तर विज्ञानका आविष्कारले ल्याएको आधुनिकताले यो पूर्णत सङ्कटमा परेको छ र याक्थुङहरूको पहिचान र सभ्याताको एउटा आयाम पनि विलुप्तिको सङ्घारमा पुगेको छ ।
२०७१/०७/२३

सन्दर्भ समग्री


  • काइँला, वैरागी (ख). भाषामा लिम्बूजातिको तानबुन्ने संस्कृति. ताःन्छोःप्पा, वर्ष ७ अङ्क ६, पृ. ७, असार ६, २०५९. 
  • काइँला, वैरागी (क). भाषामा लिम्बूजातिको संस्कृति. राजधानी दैनिक, ७ वैसाख, २०५९, पृ.७ ।


  • काइँला, वैरागी (सङ्कलक, सम्पादन र अनुवाद, २०७०). मुजिङ्ना खेयङ्ना मुन्धुम. प्रकाशकः याक्थुङ पान नु साप्सक साप्लन, बेलायत/ब्रुनाइ.
  • चेम्जोङ, इमानसिंह (२०१८/२०५९). किरात मुन्धुम (किरात वेद). प्रकाशकः किरात याक्थुङ चुम्लुङ. 
  • फोपाहाङ, दुर्गाप्रसाद (सं. मञ्जुल याक्थुम्बा, २०७०). मुन्धुम र मिथकहरू. प्रकाशकः मञ्जुल याक्थुम्बा. 
  • लिम्बू (खेवाहाङ), कमल तिगेला. लिम्बूको आदिवासीको सन्दर्भमा ः पहिचान र प्रतिष्ठा. २०७१ वैशाख ११—१३ मा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित लिम्बु अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र । 
  • सुब्बा, धनहाङ (२०६५). लिम्बुवानका लोककथा. प्रकाशिकाः हाङ्मा लाबुङ (साँवा). 
  • Awasthi, Jai Raj, Bhattarai, Govinda Raj, Khaniya, Tirtha Raj (2011). Exploration in English. Ratna Pustak Bhandar, Kathmadnud, Nepal.
  • Tumyahang, Amar. Limbu Folk Culture related to Food Habits: With special reference to Limbu Folklore. A paper presented on 23 February, 2014 in an International Seminar on the theme 'Ethno-Folk Literature of Limboos', organized by Sahitya Akademy, Agratala and managed by Department of Limboo, Namchi Govt. College, Sikkim. 


हेरिएका भेवसाइटहरू
  • http://en.wikipedia.org/wiki/Weaving_(mythology) (Visited on 5 September 2014).
  • http://japanesemythology.wordpress.com/weaving-goddesses-of-japan-and-elsewhere-in-the-world (Visited on 5 September 2014).