Friday, December 1, 2017

किरात चाड ‘चासोक तङनाम’ : संक्षिप्त परिचय

किरात चाड ‘चासोक तङनाम’ : संक्षिप्त परिचय 

किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो। कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरिन्छ भने चासोक -न्वागी_ पुजा उधौली याममा बालीनाली भित्र्याउने याममा सम्पन्न गरिन्छ । माछा, चराचुरूङ्गीहरू उत्तरतिर लागेको र विशेष गरी आरूको फूल फूलेको ऋतुलाई उधौली याम -उत्तरायन_ सुरू भएको तथा माछा, चराचरूङु्गी दक्षिणतिर लागेको र पैंयूको फूल फूलेको ऋतुलाई उधौली याम -दक्षिणायन_ सुरू भएको संकेतका रूपमा लिम्बूहरूले लिने गर्दछन् । उभौली र उधौली याममा सम्पन्न गरिने यी दुवै कृषिकर्मसँग सम्बन्धित चाडहरूलाई लिम्बूहरूले समान महत्त्व दिई मनाउँदछन्, तथापि उधौली याममा आफ्नो परिश्रमको फल—विविध अन्नपातको उपलब्धता र उपयुक्त हावापानी हुने भएकोले लिम्बूजातिले चासोकलाई ‘चासोक तङनाम’ -न्वागीपूजा_को रूपमा भव्यताका साथ मनाउने गर्दछन् । लिम्बू भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी  हो र ‘तङनाम’ को अर्थ चाडपर्व भन्ने हुन्छ । किरात लिम्बूहरूको मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्वन्धमा सविस्तार वर्णन गरिएको पाइन्छ । मुन्धुमअनुसार कृषियुग सुरू हुनुुअघि लिम्बूहरूका आदिम पुर्खा सावा येत्हाङहरूले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यस स्थितिबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान, निराकार, सर्वज्ञाता तागेरा निङवाफु माङको प्रार्थना गरे । प्रार्थनाको फलस्वरूप तागेरा निङवाफु माङ -भगवान_को कृपाबाट उनीहरूलाई पेना÷माङदःक् -कोदो_, परामा -कोदोसँग नै उम्रने फल्ने_, ताक्मारू -घैया_, तुम्री -जुनेलो_, साङ्घामा, लिङ्घामा र लङवामा आदि अन्नका बीउबिजन प्राप्त भयो । लिम्बूजातिको आदिम पुर्खा सावा येत्हाङहरूले यसरी अन्नको बीउबिजन पाएपछि तिनका चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्माले काठको खन्ती र अङ्कुसेको सहयोगले खोरिया फाँडेर भस्मेमा ती अन्नको बीउ छरी फलाइन् । त्यसपछि नै सावा येत्हाङहरूले खेतीपाती गर्न सिके तथा खेती गरेर फलाएको अन्न आगोमा पकाई खान थाले । पकाएको अन्नबाली खान थालेपछि सावा येत्हाङका सन्तानहरूले रोगव्याधीबाट छुटकारा पाई उनीहरूको जनसङ्ख्या बढ्न थाल्यो र डाँडाकाँडा ढाके । खेती गरेर अन्न फलाइकन खान सिकाउने आफ्ना चेलीको यो पूण्य कामदेखि खुशी भई सावा येत्हाङहरूले उनलाई आशिष र वरदानका रूपमा आफूले फलाएको अन्नपात चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्मालाई नाली कुजेन भनी ज्ञछ
चढाएपछि मात्र खान पाउने वाचाबन्धन पनि गरे । यसपछि नै लिम्बूजातिमा न्वागी पूजाको परम्पराको थालनी भएको लिम्बूजातिको मुन्धुममा वर्णन गरिन्छ । मनुष्यजातिलाई सर्वप्रथम खेतीपाती सिकाउने देवीका रूपमा सावा येत्हाङका चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्मा हुन् भनेर लिम्बूजातिले मान्दछन् । मानवको हित गर्ने उनको यस कार्यप्रति आभार व्यक्त गर्न चासोक पूजाको अवसरमा उनको पूजाअर्चना गर्ने र तागेरा निङ्वाफु माङसंगै सर्वप्रथम उनलाई पनि पाकेको अन्नको प्रसाद चढाउने गरिन्छ। यसरी प्राचीनकालदेखि नै लिम्बूजातिले आफूले खाने बस्तु आफूले खानुअघि मानी आएका देवीदेवतालाई चढाईकन मात्र ग्रहण गर्ने परम्परा रहिआएको हो । यसरी खेतीपातीको युगमा सावा येत्हाङ -मानववाति_ले प्रवेश गरेपछि नै विशेष महत्त्वका साथ अन्नपानी आºना इष्टदेवताहरूलाई चढाएर मात्र आफूले खाने परम्पराको थालनी भएको मुन्धुमबाट थाहा हुन्छ । अन्नबाली राम्रो हुनुमा, हावापानीले साथ दिनुमा, फलिफाप हुनुमा मानी आएको देवीदेवताको दयामाया र आशिर्वाद रहेको धार्मिक विश्वास लिम्बूजातिको रहेकाले नै आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा निम्नानुसारका रोगव्याधिले दुःख दिने विश्वास लिम्बू जातिमा छ, जस्तैः 
१. धताउने÷बौलाउने, 

२. रगत छदाउने÷हगाउने, 

३. कुजे वा साँपे बनाउने 

४. सोला हान्ने, जिउ सुकेर जाने, 

५. गाँड निस्कने, 

६. आँखा दुखाउने -अन्धा बनाउने_, 

७. कान दुखाउने -बहिरा बनाउने_ । 

चासोकM पूजिने देवी देवताहरू र विधिविधान 
देवीदेवताहरू प्रसन्न हउन् र अन्नवाली सप्प्रोस्, रोगव्याधी नलागोस्, दीर्घायु, सुखसमृद्धि आवोस् भन्ने कामनाकासाथ न्वाँगी पूजा आज पनि लिम्बू जातिले सम्पन्न गर्दै आएका छन् । यसरी पूजा सम्पन्न गरिंदा सर्वप्रथम कुदाप साम्माङ अर्थात कुइकुदाप वा ताम्भुङ्नाको पूजा घरबाहिर सम्पन्न गरेपछि घरभित्रका देवीदेवताको अर्थात् युमा, थेबा र हिम साम्माङहरूको पूजा गरिन्छ । पूजा गर्ने क्रम भने मिसेक, थुङ्दाङ्बा, युमा, थेबा र हिम साम्माङ गरेर क्रमशः गरिन्छ । चासोकमा पुजिने देवीदेवताहरू र पूजाको विधिविधानलाई यहाँ विस्तारपूर्वक प्रस्तुत गर्नु सान्दर्भिक हुनाले दुई खण्डमा -क_ चासोक पूजामा पूजिने देवी देवताहरू तथा -ख_ किरात चाडः चासोक तङनाम चासोक पूजाको विधिविधान प्रस्तुत गरिन्छ ।

-चासोक गर्दै फेदाङ्मा_

-क_ चासोक पूजामा पूजिने देवी देवताहरू 

-१_ कुइकुदाप वा ताप्फेङ् 
चासोक पूजामा मुख्यतः यूमा, थेबा तथा थुङदाङबा देवी र देवताका पूजा गरिने भए तापनि पूजाप्रर्थनामा विध्नबाधा नहोस्, प्रार्थना गरेअनुरूप फल प्राप्त होस् भनेर अन्य अनिष्टकारी जङ्गली देवीदेवताको पनि पूजाआजा गरिन्छ । तिनमा मुख्यतः कुदाप÷कुइकुदाप वा ताप्फेङ् वा ताम्भुङ्नाजस्ता शिकारी वनदेवता र वनदेवीहरूले पूजामा र गृहस्थी जीवनमा समेत विध्नवाधा नदिउन् भनी मनाइने -मन्साउने_ काम गरिन्छ । मुख्य शिकारी वनदेवता र वनदेवीहरू निम्नानुसार छन्, जस्तैः 

-क_ तक्सङ्बा– विध्नवाधानाशक रिसाउंदा अनिष्ट गर्नसक्ने लेकमा निवास गर्ने शिकारी देवता । 

-ख_ सिरिङ्मा वा मुदेनहाङमा -साया मुदेन_– किरात लिम्बूहरूको रक्षा गर्ने उत्तरबाट याक्थुङलाजे प्रवेश गरेकी  वा उच्च पहाडी र पर्वतीय क्षेत्रमा निवास गर्ने वनदेवी । 

-ग_ तेन्छामा– दक्षिणबाट याक्थुङलाजे प्रवेश गरेकी देवी वा निम्न औल र खोंच क्षेत्रमा निवास गर्ने वनदेवी । 

-घ_ खञ्जमा वा खजमा– कहिले उत्तर कहिले दक्षिणतिर घुमी हिँड्ने वनदेवी । 

-ङ_ वागङ्मा÷वाजमा– विजुवा, येवा, येमा आदि तान्त्रिकहरूले गुरू मानी उनीहरूमा शक्ति प्राप्त गर्ने तथा जलमा निवास गर्ने वनदेवी । 
-२_  मिसेक रिसाउँदा पूजाआजामा विध्नबाधा दिने, मानिसलाई अघोर पिर्नसक्ने शिकारी देवता हुनाले सम्पन्न गरिन लागेको पूजा विध्नबाधारहित सम्पन्न होस् भनेर सर्वप्रथम मिसेकको पूजा गरिन्छ । 

-३_ थुङ्दाङबा अन्नबाली उत्पादनमा उचित समयमा घाम र पानी दिएर बालीनाली राम्रो बनाइदिने, असल उब्जनी गराइदिने, राखनधारन, खानपिन, कलाकौशल समेत सिकाउने चासोक थिसोक तङनाममा अनिवार्य रूपमा पूजिने इष्टदेवता । खस भाषामा यस देवतालाई सूर्यदेवता भनेर पनि सम्बोधन गरिन्छ । 

-४_ युमा साम्माङ तागेरा निङवाफु माङले मातृशक्तिको रूपमा प्रकट भएको लिम्बूहरूको सर्वोपरी इष्टदेवीलाई  यूमा साम्माङ भनिन्छ । महत्त्वको होस् वा सानो अर्थात संक्षिप्तमा सम्पन्न गरिने पूजाआजा होस्, सबैमा युमाको आराधना र पूजा नगरी फल प्राप्ति हुँदैन भन्ने लिम्बूहरूको जनविश्वास छ । 

-५_ काशीहाङ्मा यूमा साम्माङसँग साथ लागी आएकी उनको सहयोगी देवी अर्थात उनकै अर्को चरित्र अवतार हो काशीहाङ्मा । यिनको थान युमाको थानसँगै एकै ठाउँमा बनाइन्छ । 

-६_ थेबा साम्माङ
तागेरा निङवाफु माङ्ले पितृशक्तिको रूपमा प्रकट भएको लिम्बूहरूको आदि पुरूष देवता अर्थात बाजे देवता । बल र शौर्य प्राप्तिका लागि, शत्रूदमन र विजय प्राप्तिका लागि अथवा अन्नपात, धनदौलत र समृद्धिका साथ सुस्वास्थ्य, दीर्घायु र सन्तान प्राप्तिका लागि गरिने कुनै महत्त्व वा संक्षिप्तमा सम्पन्न गरिने पूजाआजा होस्, सबैमा थेबाको आराधना र पूजा नगरी फल प्राप्ति हुँदैन भन्ने लिम्बूहरूको जनविश्वास छ ।

-७_ काप्पोबा 
हिम्साम्माङ घरको रक्षा गर्ने बूढा देवता । 

-८_ फाक्मुरा 
यो देवतालाई हिम साम्माङको सहयोगी अथवा अवतार चरित्र मानिन्छ । हिम साम्माङ र फाक्मुराको थान एकै ठाउँमा बनाइन्छ । 

-९_ चखोबा 
कहीँ कसैकसैले चखोबा नामक देवताको पनि पूजा गरेको पाइन्छ । यो नयाँ देवता हो, र यसको थान लहरको अन्तमा बनाइन्छ । 

-ख_ चासोक पूजाको विधिविधान 
अन्नवाली मकै, कोदो वा धान पाके पछि चासोक पूजा गरिन्छ । खेतीबारी धेरै टाढा भए अन्नका बाला घरमै ल्याई पूजा गरिन्छ भने नजिकै खेतबारी भएमा त्यतै गई भुइँ सम्याई सफासुग्घर बनाई थानको निर्माण गरी पूजा गरिन्छ । अन्नका बाला घरमै ल्याई वा खेतबारीमा गई चासोक पूजा गर्दा पनि घरभित्रका देवीदेवताको घरभित्र  र घरबाहिरका देवी देवताको घरबाहिर नै पूजा अर्चना गरिन्छ । तर दिउँसो नै चासोकको पूजा सम्पन्न गरिने हुँदा प्रायसः युमा, थेबा, हिम साम्मङको पूजा पनि घरबाहिर खेतबारीमा गर्ने गरेको पनि पाइन्छ । 

-१_ नयाँ अन्न मकै, कोदो वा धान आदि पाकेपछि घरको मूली आइमाईले चोखोनितो गरी हतियारले नकाटी हातैले चुँडाएर मकै, कोदो वा धानको बाला ल्याउँछन् । धानको बालाबाट नङ्ले छोडाएर अक्षताको लागि चामल बनाइन्छ । हातैले धान माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चढाउंने चिउरा बनाइन्छ । पकाएको भात चढाउँदा भने चोखो चामल भाँडामा हालेर कुनै पात्रले नछोपी तथा कुनै वस्तु (पन्यू) आदिले नचलाइकन पकाएको मात्र चढाउनु पर्दछ । 

-२_ कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ । कोदोको गेडामा मर्चा र पानी मिसाएर पूजाको लागि जाँड साप्तोक बनाइन्छ । 

-३_ बांसको वा बाँस नपाएमा केराको पातको बीचको डाँठलाई तल्लोपट्टी भूईमा गाड्न हुने पारी चुच्चो वा छड्के काटेर माथिल्लो भागलाई मुठारेकोे ५ – ६ इञ्च लामो बनाई त्यसभित्र साप्तोक हाली थिः तोङबा बनाइन्छ । तोङ्बा बनाउने वस्तुबाटै सिन्का बनाई पित्छिङ -पिपा_ तोङ्बामा हाल्ने र तोङबालाई केराको पातले छोपी पित्छिङले छेंडेपछि पूजाको लागि तोङबा तयार हुन्छ । तर प्रायसः ठूलो पूजा नगरेर संक्षिप्तमा गरिने पूजामा त मुख छड्के काटेको तोङ्बा अर्थात पेहेङ नै चलाइन्छ ।

-४_ डबकामा वा बटुकोमा वा त्यस्तै पात्रमा वादुम्पकवा -चोखो पानी_ हाली वासाङना वा लाइकइक्सो (केराको पातलाई बेह्रेर बनाएको पानी छर्कने वस्तु_ तयार गरिन्छ । 

-५_ विभिन्न प्रकारका पाकेका फलफूल, सुकेको तीतेपाती र धुपीको धुप, भेटी, च्यूरा, अक्षता तयार गरिन्छ । 

-६_ पूजा गरिने घरपरिवारको घरमूली स्त्रीको -हिजोआजभने सकेसम्म सबै सदस्यहरूको_ कमरभन्दा माथि प्रयोग गरिने चोखो कपडाहरू तिनको प्रतीकको रूपमा राखिन्छ । यसलाई लिम्बूभाषामा मैनाम वा येबो भनिन्छ । ती वस्त्रहरू पूजा गर्दा लास्सो पिच्छे क्रमसः अगाडीपट्टी राखी पूजा सेवा गर्ने र आशिर्वाद माग्ने काम गरिन्छ । 

-७_ घरवाहिर चासोक पूजा गर्नुपर्ने अवस्था भएमा जमिन सम्याउने र त्यसरी सम्याइएको जमीनमाथि पूजा गरिने विभिन्न देवीदेवताहरूको लागि सुल्टो पारी केराको पात दुईसरो तोकेको किसिमले ओछ्याई पूजाको थान÷लास्सो  बनाइन्छ । पूजाको थान बनाउने तरिका भने कहींकहीं फरक पनि हुन्छ । 

-८_ युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लेखित सामग्रीहरूका अतिरिक्त थालमाथि फुङसारी -कलश_ र दियो जलाई पूजा गर्ने पनि गरेको पाइन्छ । घरभित्र लास्सो वा थान थापना गर्दा भूईंलाई चोखोनितो गरी रातो माटोले लिपेर थान बनाइन्छ ।  

चासोक पूजाका लागि आवश्यक सामग्रीहरूमध्ये बाहिर पुजिने देवीदेवताहरूको लागि खनी सम्याइएको जमीनमाथि प्रत्येक देवीदेवताको लागि लास्सो अगाडी १÷१ जोर पेहेङ -तोङबा_ ठड्याइन्छ । लास्सोमा नयाँ धानको च्युरा र अक्षता, फलफूल, धूप, नैवेध राखी वादुम पक्वाले फिम्मा -चोखो पानीले छर्केर_ गरेर मुन्धुम वाचन गर्दै पूजा सम्पन्न गरिन्छ। पूजा सुरू गर्नुअघि तीतेपातीको धूप ढुङ्गामाथि राखेको बलेको कोइलामा जलाइन्छ । पूजा सकिएपछि लास्सोअघि राखिएको पेहेङ -तोङ्बा_को जाँड पित्छिङ -पिपा_ले लास्सोमा छर्केर वा चढाएर तोङ्बाहरू लडाइ लास्सोलाई सेलाइन्छ । सामान्यतः चासोक पूजा फेदाङमाले मुन्धुम वाचन गर्दै आवश्यक विधिविधानअनुसार सम्पन्न गर्दछन् । न्वागीको पूजा प्रायसः साँझपख सुरू गरिन्छ । बाहिर या घरबाहिरका देवीदेवताको पूजा गरेर वा तिनलाई मन्साउने काम सकेर गर्नुपर्ने भएकाले समय निकै लाग्ने हुँदा यसो भएको पनि हुन सक्छ । तर कतिपय अवस्थामा फेदाङ्माले यिनको पूजा दिनमा नै पनि गरेको कुरा माथि नै पनि उल्लेख भइसकेको छ । घरभित्रका इष्टदेवताहरूको पूजा अर्चना सकेपछि फेदाङमाले नयाँ पाकेको अन्नको च्यूरा र अक्षताका साथ अन्य चढाइने चीजबीजहरू बलिरहेको चुल्होमा चढाउँछन् । त्यसपछि खेतीपातीमा
सहयोगी हातहतियार, जस्तैः हलोजुवा, कुट्टे कोदालो, खुकुरी र खुर्पा, बन्चरो, घरका ढिकी र जाँतोलाई पनि सो प्रसाद चढाउँछन् । अन्त्यमा, फेदाङमाले घरपरिवारका प्रत्येक सदस्यहरूलाई आ–आफ्नो येबो -मैनाम_ आशिर्वादका साथ फिर्ता दिने काम हुन्छ । सम्पूर्ण लिम्बूहरूले चासोकमा पुजी आएको देवीदेवताहरूमा कुनैप्रकारको फरक पाइंदैन । दश लिम्बुवान सत्र थुममा बसोबास गर्ने लिम्बूहरूमा भाषिकागत तथा भौगोलिक क्षेत्रगत कारणले गर्दा कतिपय देवीदेवताहरूको नामाकरण, संख्या र पूजा गरिने तौरतरिकामा भने केही भिन्नता रहेको पाइन्छ । तर चासोकको मौलिक तत्वहरूमा भने फरक छैन ।

-चासोक तङ्नामको अवसरमा रमाइलो गर्दै_

चासोक चाडको सामाजिक महत्व 
फेदाङमाको अभाव र सम्बधित घरपरिवारको अनुकूलतालाई ध्यानमा राखेर चासोक पूजा गाउँघरमा फरक फरक समयमा गर्ने गरेको पाइन्छ । तर चासोक–पूजाको विधि, तरिका र मुन्धुममा दखल राख्ने तुम्याङहाङहरूले पनि यो पूजा सम्पन्न गर्न सक्दछन् । हिजोआज भने सामूहिक रूपमा सार्वजनिक स्थान वा माङहिमहरूमा सबै भेला भई मंसिरे शुक्लपक्षको त्रयोदशीका दिनदेखि चासोक तङनाम सुरू गरी मंसिरे पूर्णेसम्म ३ दिनसम्म भव्यताका साथ सम्पन्न गर्ने प्रचलन बढेर गएको छ । लिम्बूहरूको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहल र सक्रीयतामा सामुहिक रूपमा भेला हुन नसक्ने सबै लिम्बू घरपरिवारले पनि सकेसम्म चासोक तङनाम -मंसिरे शुक्लपक्षको त्रयोदशीदेखि पूर्णेसम्म_ को अवधिभित्र नै पारेर  फेदाङमा वा तृुम्याङहाङहरूका सहयोगले चासोक पूजा सम्पन्न गर्न थालेका छन् । यसरी चासोक चाड सामुहिक चाडको रूपमा स्थापित हुन थालेकोले यसको सामाजिक महत्त्व बढेको छ । चासोक तङनामको अवसरमा भेटघाट मनोरन्जन आदि सामुहिक क्रियाकलापहरू हुन्छन् । यस चाडले लिम्बूजातिभित्र सामाजिक सद्भावको अभिवृद्धि गर्न र सामाजिक सम्बन्ध सुमधुर बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न थालेको छ । 

आदिवासी लिम्बूहरूले किरात चाडका रूपमा चासोक तङनामलाई मंसीरे शुक्लपक्षको त्रयोदशिदेखि मंसीरे पूर्णेसम्म ३ दिन विभिन्न सामाजिक महत्त्वका क्रियाकलापहरूसहित सम्पन्न गर्न थालेकाले यस चाडको महत्त्व झनै  बढेको छ । यस चाडका अवसरमा लिम्बूजातिभित्र निम्न सामाजिक र सांस्कृतिक गतिविधिहरू हुने गर्दछ, जस्तै— 

-१_ रिसराग, ईष्र्या आदिलाई बिर्सेर चासोक तङनाममा आत्मीयताका साथ लिम्बू दाजुभाई दिदीबहिनीहरूले भेटघाट र शुभकामना आदान प्रदान गर्छन् , 

-२_ घरघरमा मीठो मसिनो विभिन्न प्रकारका खानपिन बनाई खाने गर्छन्, 

-३_ पाहुनाहरूको आदानप्रदान र सेवा सत्कार हुन्छ, 

-४_ नवविवाहित जोडी र चेलीबेटीहरू हुक्वा -आफ्नै हातले बनाएको सोबित_ र अन्य प्रकारको चेसुङ (कोसेली)का साथ चासोक तङनामको अवशरमा ससुराली वा माईती घर आउने र जाने गर्द्छन्, 

-५_ युवाहरू सार्वजनिक स्थानमा भेला भई लिम्बूहरूको परम्परागत जातीय खेल पक्लुङ लेप्मा -कजयत उगत_ खेल खेल्दछन् भने युवा, प्रौढ, वृद्धवृद्धाहरू केलाङ, यालाङ नाची साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्दछन् । केटाकेटीहरू पनि विभिन्न खेलहरू खेली रमाइलो मनाउँछन । 

-६_ साम्बा, येवा÷येमाहरूको उपलब्धताअनुसार एकराते तङसिङ पनि यस अवसरमा सम्पन्न गर्ने चलन बढ्न थालेको छ । तङसिङमा लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताको विकास र सभ्यताको वर्णन मुन्धुमअनुसार साम्बा, येवा÷येमाहरूले मुन्धुम गाएर सम्पन्न गर्ने भएकोले यस अनुष्ठान आफूहरूले मानी आएको प्रमुख चाडमा समावेश गर्दा चासोक तङनामको महत्त्व बढ्न गई बढी प्रभावकारी हुन थालेको देखिएको छ । 

-७_ वर्षदिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्ने, सराप्ने आदि भएगरेका गालीसराप नलागोस् भनी गालीसराप बगाउने लिम्बू जातिका प्राचीनकालदेखिको परम्परा हो । लिम्बू भाषामा यसलाई माङहुप् वादेम्मा भनिन्छ । यो अनुष्ठान गर्दा गाली सराप बग्छ भन्ने लिम्बू जातिको विश्वास छ । साम्बा, येवा÷येमाहरूको उपलब्धताअनुसार एकराते तङसिङ गर्ने प्रचलन बढ्दै गएको सन्दर्भमा अन्य समयमा गरिने भए तापनि चासोक तङनामको अवसर पारेर सामुहिक रूपमा माङहुप् वादेम्माको अनुष्ठान गर्ने प्रचलनले अझै गति लिंदैछ । चासोक तङनामले सांस्कृतिक र सामाजिक महत्त्वका साथसाथै धार्मिक महत्त्व पनि बोकेकोले गर्दा लिम्बू जनजीवनमा यसको महत्त्वपूर्ण र अविच्छिन्न सम्बन्ध रहिआएको छ । यस चाडले लिम्बूजातिको पहिचान र सांस्कृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिबीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ । 

स्रोतः किरात चाडः चासुवा, फोलष्याँदर, चासोक तङनाम र उधौली साकेला एक परिचय – वि=सं= २०५९ -२००२_

प्रकाशकः किरात याक्थुङ चम्लुङ