Monday, April 13, 2020

धुमिल एब्स्ट्रयाक्ट पानीचित्र खेवाङको

प्राज्ञ अमर तुम्याहाङ

विषय प्रवेश

नेपाली इतिहास लेखन परम्पराको आयु पुगनपुग ढेडसय वर्षको रहेको कुरा विदितै छ । यस्तो कमजोर इतिहास लेखनपरम्पराबाट गुज्रिएको नेपाली समाजको सामाजिक इतिहास लेखनपरम्परा त आरम्भ नै भएको छैन भने पनि हुन्छ । हुन पनि हाम्रा शासकहरू सधैँ अक्षरसँग डराए, जनप्रज्ञासँग तर्सिए— ती शाह शासक हुन् या राणा । यसको नकारात्मक परिणाम हामीले आज भोगिरहेका छौँ, हाम्रा भावी सन्ततिले पनि यो पिरलोबाट निरन्तर मन कुड्याइरहनु पर्ने छ, अनुहार अमिलो पारेर ३५ डिग्रीको कोणमा आफ्नो मुहार उठाई टोलाएर धिक्कारिरहनु पर्नेछ ती हाम्रा इतिहासका अगुवा भनाउँदाहरूलाई र आफैलाई पनि ।

यही दीनहीन अवस्थाको भारी बोकेर हामी लुरुलुरु हिँडिरहेको अवस्थामा श्रद्धेय राजेश्वर थापाज्यूले खेवाङ थरी लिम्बूहरूको बारेमा केही लेख्नुप¥यो भनी गर्नुभएको आग्रहलाई शिरोधार्य गरेर स्रोतसामग्रीको मरुभूमिमा खेवाङ ठाउँ मूलतः खेवाङ थरको बारेमा धुमिल एब्स्ट्रयाक पानीचित्र कोर्ने प्रयास यहाँ गरिएको छ ।

गाउँठाउँ या स्थान नामबाट थरको उत्पत्ति

स्थान नाम र जातिको नाम अन्तरसम्बन्धित हुने अथवा ठाउँको नामबाट थर विकास हुने वा मानवजातिको थरबाट स्थानका नामकरण हुने सामान्य परम्परा संसारका अधिकांश मुलुकमा पाइन्छ । नेपालमा पनि यस प्रकारको परम्परा रहेको पाइन्छ । अधिकारी (२०६७ः ११८—११९) का अनुसार जुम्ला, अछाम, बझाङ, बाजुरा, बैतडी, डोटी, मुगु, दैलेख, जाजरकोट, रुकुम, दाङका गाउँठाउँका नामबाट लेपालका प्रायः पहाडिया खसबहुनका थरहरूको उत्पत्ति भएका छन् । उदाहरणको रूपमा जुम्लाको धिता गाउँबाट धिताल, चौडिलाबाट चौलागाईँ; अछामको घमिराउ गाउँबाट घिमिरे, धमालीबाट धमला, चाल्साबाट चालिसे, बारलाबाट बराल; बझाङका रेगमबाट रेग्मी, खारबाट खरेल र खराल, सुबाडा या सुबेडाबाट सुबेदी; बाजुराको जमकट्टीबाट जमरकट्टेल; बैतडीको गाजरीबाट गजुरेल, डोटीको निरौलीबाट निरौला, ओझानाबाट ओझा; मुगुको खनायाबाट खनाल, खत्याडबाट खतिवडा थरहरू विकास भएका हुन् । यसरी नै दैलेखका बाँस्कोटबाट बाँस्कोटा, बाँस्तोलीबाट बाँस्तोला, नेपाबाट नेपाल, लम्जीबाट लम्जेल, दहबाट दाहाल, पराजुलबाट पराजुली, कोइरालीबाट कोइराला, कट्टीबाट कट्टेल, भुषाकोटबाट भुषाल, गुरगाउँबाट गुरागार्इँ; कालिकोटको बन्जाडाबाट बन्जाडे; रुकुमको सापकोटबाट सापकोटा; दाङको माझगाउँबाट मझगैयाँ थरहरूको विकास भएका हुन् ।

लिम्बुवानका अधिकांश लिम्बुहरूको थरको विकास पनि यही परम्परामुताविक भएको पाइन्छ । चेम्भोजङ् गढीको नामको आधारमा चेÞम्जङ, आङ्बुङबाट आङ्बुङ या आङ्बुहाङ या आङ्बो, सेÞन्दाङ (छेÞन्ताङ) बाट सÞेन्दाङ, माङ्युङबाट माङ्युङ, फुरुम्बुबाट फुरुम्बो, पक्खिमबाट पक्खिम, तुम् पाङ्भेबाट तुम्बाङ्फे, खेवाङबाट खेवाङ, सावादेÞनबाट साउदेÞन, खो?याङबाट खोयाङ, हÞेल्लोकबाट हेÞल्लोक आदि उदाहरणका रूपमा लिन सकिन्छ । यसरी नै सÞेनेहाङ (२०६७) का अनुसार ओख्राबु ठाउँबाट ओख्राबु, इम्बुङबाट इम्बुङ, इवाबाट इवा, इसिबुबाट इस्पो, कुरुम्बाबाट कुरुम्बाङ, खोक्लिङबाट खोक्लिङ, लोक्तामठाउँबाट लोक्ताम, लिङ्खिम्बाट लिङ्खिम, सेःम्बुबाट सेःम्बु, सिवाबाट सिवा, साम्म्याङखामबाट साम्म्याङ्खाम, तेम्बे ठाउँबाट तेम्बे, थक्लुङबाट थक्लुङ, नाल्बुठाउँबाट नाल्बो, लोरिङ्देÞन्बाट लोरिङ्देÞन्, लिबाङबाट लिबाङ, पौथाकबाट पन्थाक या पङ्थाक, हेल्लोक ठाउँबाट हेल्लोक आदि (पृ.१४—१५) थरहरू विकास भएको पाइन्छ । 

खेवाङ भनेको के हो ?

'खेवाङ' शब्द गाउँ अर्थात् गाउँ विकास समितिको नाम हो र लिम्बू जातिको थर पनि हो । खेवाङ शब्दको व्युत्पत्ती 'खे' अर्थात् तरुल र 'पाङ्' अर्थात् ठाउँ शब्द मिलेर बनेको भन्ने लोक प्रचलित कहावत छ । प्रशस्त तरुल फल्ने वा हुने ठाउँ भएकाले यस ठाउँलाई खेबाङ भनिएको बूडापाकाहरूको भनाइ सुनिँदै आएको छ । श्रेष्ठ (२०६९) खेवाङको शुरुवात लिम्बू भाषाको खे–लाई तरुल भन्ने शब्दको अपभ्रंसबाट खेवाङ रहेको भनाइ छ (पृ. १०) भनी उल्लेख गर्दछन् । लिम्बू जनजिब्रोले खेवाङलाई 'खेÞ?बाङ' भनी उच्चारण गर्दछ । यस शब्दको अर्थको आधारमा खेÞ? (सुन्दर) + पाङ् (ठाउँ) 'खेÞ?बाङ' अर्थात् 'सुन्दर ठाउँ' भनी बुझ्न सकिन्छ । खेवाङ शब्द निर्माणमा लिम्बू भाषाको प वर्ण ब संवर्णमा परिवर्तन भई खे + पाङ = खेपाङ नभई खेबाङ भएको पाइन्छ भन्न पनि सकिन्छ । यो शब्द खेबाङ कि खेवाङ भन्ने पनि दुविधा रहेको छ । खे + पाङ मिलेर बनेको भए यो शब्दको उच्चारण खेबाङ नै हुने निश्चित छ । तर यो खेवा या खेवाङ थर भएको मानिस आएर बसोबास गरेको आधारमा यस ठाउँको नाम रहन गएको हो भने खेवाङ + पाङ अर्थात् खेवाङ गाउँ भएको हो भने यो खेबाङ नभएर खेवाङ नै हुन आउँछ । छथर क्षेत्रमा बोलिने लिम्बू भाषामा गाउँठाउँलाई पाङ भनिने भएकाले खेवाले बसाएको पाङ (गाउँ) अर्थात् खेवाङको परोक्ष सम्भावना पनि यहाँ आँकलन गर्न सकिन्छ । यसरी नै खेवाहाङ (पद/थर) पदावलीमा बोल्यक्रममा 'ह' विलोप भएर खेवाङ मात्र जनजिब्रोमा रहेको हुन सक्ने सम्भावना पनि उतिकै प्रवल छ ।

खेवाङ नामकै विषयमा साम्ब्यू (२०६१) ले श्यामबहादुर साम्ब्यूको भनाइलाई उधृत गर्दै उल्लेख गरेका छन्— खेवाङरोम्बा (खेवाङकेम्बा) सुरुमा थर्पु दारिम (दारिम्बा?) बाट बसाइँ सरी हालको खेवाङ गाउँ बसाए (बिराए) का हुन् र उनकै नामबाट गाउँको नाम खेवाङ रहन गएको हो । खेवाङकेम्बा ... साम्ब्यू वंशका भनेर चिन्छिन् । यो भनाइ विश्वास योग्य यसर्थ पनि छैन कि यो ठाउँमा सर्वप्रथम पुग्ने साङ्दुम्बे र वाङ्दुम्बे हुन भने साङ्दुम्बेकी श्रीमतीले पेटमा बोकेर ल्याएको लेक्वासाम्बाहाङको सन्तान जन्मेपछि साम्बा नु केÞयुबा (साम्बाबाट आएको) 'साम्ब्यु' भनी ती नवजात शिशुको नामकरण गरिएको हो ।   

साङ्दुम्बे र वाङ्दुम्बेको कथा

तस्बिर टिप्पणी : खेवाङ (तुम्म्याङ, खिङ्बा, ताङ्जम र नाम्दिहाङ) का पूर्वज मानिएका साङ्दुम्बे र वाङ्दुम्बेले तावामा र काङ्वामा दोभानबाट उज्यालो हुनु पूर्व लक्ष्यमा पुराउने उद्देश्यका साथ बोकेर ल्याएको विश्वास गरिएको ढुङ्गा । यो ढुङ्गा खेवाङ र पेदाङको सिमाना लाजाङमा रहेको छ ।

अहिले खेवाङ भनी मूल थरका रूपमा लिइने लिम्बूहरूको पूर्वजहरू साङ्दुम्बे र वाङ्दुम्बे हुन् । नामको क्रमको आधारमा साङ्दुम्बे जेठो र वाङ्दुम्बे कान्छो हुन् । उनीहरू कसरी वर्तमान खेवाङ गाउँमा पुगे भन्ने विषयमा एउटा प्रचलित किंवदन्ती छ । त्यस किंवदन्तीबारे साम्ब्यू (२०६१) लेख्छन्— ... माबोहाङ राजा खेदुवाहाङ र लेक्वाहाङ राजा थिवम्बाहाङबीच युद्ध भयो । ... युद्धमा सम्पूर्ण लेक्वाहाङ फौज समेत थिवम्बाहाङ पनि मारिए । युद्धपछि थिवम्बाहाङकी रानी थिवम्बहाङ्माले ... एकमात्र नाबालक पुत्र थाङ्लिङरोकलाई लिएर बडो चलाकीसाथ बचाएर याङ्रूप थुमको यङहाङ राजाको दरबारमा शरण लिन पुगिन् । ... राजकुमार थाङ्लिङरोक र यङहाङ राजकुमारी बीच गुप्त सम्बन्धको कारण गर्भवती बनिन् । यङहाङ राजाले... राजकुमारीको विवाह राजकुमार याङ्लिङरोकसित गरिदिए । ... तीन भाइ छोराहरू हुर्किएपछि याङ्लिङरोक पुरानो थलो तम्बरखोला फर्किए ...याङरूपथुमको राजा यङयाङले एकजना काम्बाङ र पाँचसय (५००) सेनाका साथ साङ्दुम्बे र वाङ्दुम्बे नामका दुई वीर दाजुभाइलाई याङ्लिङ्रोकलाई युद्धमा सघाउन पठाइदिए । दुई वीर योद्धाहरू सेनाका साथ तप्पेथक (ताप्पेÞथक ?) भन्ने ठाउँमा पुगेको खबर पाई माबोहाङ सेनाहरू युद्धका लागि अघि बढे र यङहाङ सेना र माबोहाङ सेनाबीच घमासान युद्ध छेडियो । साङ्दुम्बे र वाङ्दुम्बेले हरिष सहितको हलो (हतियार) बोकेका थिए । यितै हतियारबाट दुई वीर भाइहरूले पूरै माबोहाङ सेनाहरूलाई सखाप पारे । ... लेक्वाहाङहरूले माबोहाङ पक्षलाई हराएपछि राजा याङ्लिङ्गेकले साङ्दुम्बेलाई हाम्रा छोरीचेलीहरू बीचबाट रोज्जा केटी बिहेगरी लानु भनी वचन दिए । ... केटीहरू छान्दै जाने क्रममा संयोगवश साङ्दुम्बेले दैलोबाट हेरिरहेकीलाई मन प¥यो, उसैलाई लान्छु भनिदियो तर उनी राजाकी बुहारी थिइन भन्ने कुरो साङ्दुम्बेलाई थाहा थिएन । वचन अनुसार राजाले हार मानी तिनै बुहारीलाई साङ्दुम्बे र वाङ्दुम्बेका साथ पठाइदिए । ... ती दुलही दुई दाजुभाइका साथ खेबाङ गाउँ गइबसे ।

लेखक साम्ब्यूले यहाँ माबोसाम्बा र लेक्वासाम्बाको कुरा गरेका छन् । यसर्थ यहाँ लेक्वाहाङ भन्नाले उनले लेक्वासाम्बाको बारेमा चर्चा गरेका हुन् ।

यसरी नै श्रेष्ठ (२०६९) यस बारेमा लेख्छन्— यी दुई भाइ (साङ्दुम्बे र वाङ्दुम्बे) कुनै समयमा सिकार खेल्दै मेवा मैवाखोलाको सावा गाउँ भन्ने ठाउँमा पुगेको कुरा छ । त्यहाँ युद्ध भइरहेको थियो । तपाइँहरू नआउनुहोस् भनेर त्यहाँ युद्धरतमध्ये भेटिएका एक समूह मानौ लिम्बू जातिले अनुरोध गर्दा समेत अटेर गरी त्यही समूहमा समाहित भएर युद्ध गर्न सहयोग गरेको र शत्रुलाई हराएको भनाइ छ । ... युद्धमा सहयोग गरी जिताएको कारण पुरस्कार दिने निर्णय गाउँमा भएपछि राम्री केटी दुई छानेर ल्याई दुवैजनालाई दिई पठाउने निधो हुँदा साङ्दुमे दाजुले मात्र पुरस्कार स्वीकार गरेको कुरा छ । दाजुले स्वीकार गरेको महिला भने दुईजीउकी त्यो गाउँकी बुहारी रहिछन् (पृ. ८—९) ।

यी दुई दाजुभाइ लडाइँ लडेको र विजय प्राप्त गरेको ठाउँबाट विदाबारी भई नवदुलहीसहित घुम्दैफिर्दै शिकार खेल्दै जाँदा काबेली र तावाखोला दोभानमा पुगेको आख्यान गाउँका बूढापाकाहरू सुनाउँछन् । दोभानदेखि उठेर गएको भीरको डाँडैडाँडा भएर नयाँ मुलुक वा क्षेत्रमा जाने उनीहरूले निश्चय गरे । त्यहीबेला उनीहरूले खोलादेखि उठेर गएको डाँडो टुङ्गिने ठाउँमा कुनै चिनो पनि लगेर राख्ने निश्चय गरे रे । यस्तो चिनोको लागि आआफ्नो उचाइ र मोटाइ बराबरको ढुङ्गो तयार गरी विहानीपखको तान्छोप्पा (शुक्रतारा) उदाउनुअघि पु¥याएर गाडिसक्ने वाचा गरे रे । यदि दुईमध्ये कोही खोलाबाट लगेको ढुङ्गो निर्धारित समयमा गाढ्न असफल भएमा ऊ अपुताली हुने वाचाबन्धन पनि उनीहरूले गरे रे । त्यसपछि साइत जुराएको निर्धारित रातमा उनीहरूले त्यो बाजी पूरा गर्ने अभियान आरम्भ गरे । दोजिया दुलही र दुई दाजुभाइले उकालो चढ्न सुरु गरे । रातभरिको अथक परिश्रमपछि निर्धारित स्थानमा आफ्नो उचाइ र जीउ आकारको ढुङ्गो दुवैले पु¥याए भने दोजिया दुलही पनि साथसाथै पुगिन् । निर्धारित ठाउँमा खोलाबाट ल्याएको ढुङ्गा गाड्नका लागि ठाउँ बनाई साङ्दुम्बेले उठाइसके भने भाइ वाङ्दुम्बेले उठाउन लाग्दा लाग्दै पूर्व आकाशबाट तान्छोप्पा तारा झुलुक्क झुल्किएर आयो रे अनि उनी आफ्नो वाचा पूरा गर्नबाट चुके रे । अनि उनी निःसन्तान भए रे । दाजु साङ्दुम्बेचाहिँ वाचा पूरा गर्न सफल भएकाले उनका शाखासन्तानहरू भए, बढे रे भन्ने विश्वास खेवाङ थरी लिम्बू समुदायमा आजतक रहेको छ । यी आख्यानहरू दैवीकरण (super-naturalize/divination) गर्ने सिद्धान्तमा आधारित छन् ।
साङ्दुम्बे र वाङ्दुम्बेले बोकेर लगेको ढुङ्गाहरू वर्तमान खेवाङ गा.वि.स. वडा नं. ७ र पेदाङ गा.वि.स. वडा नं. ४ को पानीढलो धारमा रहेका छन् । साङ्दुम्बेको चिनो शीला ठडिएको अवस्थामा छ भने त्यही ढुङ्गाको दक्षिण पश्चिम छेउमा वाङ्दुम्बेको चिनो शीला लडेको अवस्थामा छ । श्रेष्ठ (२०६९) अनुसार यी ढुङ्गाका आकारहरू यस प्रकार रहेका छन्— साङ्दुम्बेको उचाइ ६ फिट र वाङ्दुम्बेको उचाइ ६ फिल ६ इन्चको रहेको छ ।

तावा र काबेली दोभानबाट खेवाङ गाउँमा जानका लागि ठूलो भीर पर्ने भएकाले खेवाङ गाउँमा प्रवेश गर्ने बाटो साङ्दुम्बे, वाङ्दुम्बे र साङ्दुम्बेकी दुलही साङ्दुम्हाङ्मा पहिलोपटक हिँडेको यही डाँडैडाँडोको बाटो नै हो । धेरै पछिमात्र खेवाङ जाने अहिलेका बाटाहरू बनेका हुन् ।

खेवाङअन्तरगतका उपखेवाङहरूको नामकरण

याङ्लिङरोक राजाको बुहारी, राजकुमार सÞेज्रेÞहाङकी दुलही वाचाबन्धनले साङ्दुम्बेकी श्रीमती हुनपुगेकी साङ्दुम्हाङ्मा वर्तमानमा खेवाङ भनिने ठाउँमा पुगेको छ मिहनापछि बच्चा जन्माइन् । साम्ब्यू (२०६१) का अनुसार साङ्दुम्बे र वाङ्दुम्बेले यो बच्चो हाम्रो नभएर साँवाहाङहरूको सन्तान भएकोले यसको नाम साम्ब्यू (साँवालाम् केÞयुबा अर्थात् साँवाबाट आएको) राखिदिनुपर्छ भनी निर्णय गरे र सोही अनुसार नामकरण पनि गरे । यो साम्ब्यू नाम अहिले आएर साम्ब्यू थरको रूपमा विकास भएको छ ।

साङ्दुम्बेपट्टिबाट पछि चारजना छोराहरूको जन्म भयो । साङ्दुम्बेका सन्तानहरूको नाम कसरी रहयो भन्ने विषयमा पनि एउटा आख्यान प्रचलित रहेको छ । ती चारजनाको नाम उनीहरूको काम र विशेषताको आधारमा भाउजूले राखेको हो भन्ने कथन आज पनि खेवाङे समाजमा प्रचलित रहेको छ । उपरोक्त कथाअनुसार जेठो भाइचाहिँ दाजुभाइबीच र घरपरिवारमा हुने झैझगडा मिलाउन वा कुनै विषयमा छलफल भएमा निर्णयमा पुग्नका लागि भलाद्मीको रूपमा भूमिका निभाउँथ्यो रे । उनको सोही काम वा भूमिकाअनुसार तुम्म्याङ > तुम्याहाङ > तुम्याङ तभनी भाउजुले नाम राखिन् रे । यसरी नै माइलो भाइचाहिँ सरसामान, अन्नपात, चिजबिज बढी हिफाजत गर्ने खालको भएकोले केÞघिम्बा (फारुतिनो गर्ने दौलतप्रेमी) नाम भाउजुले जुराइन् रे अनि त्यही केÞघिम्बा नाम पछि गएर खिम्बाहाङ > खिङ्बाहाङ या खिङ्बा हुनगयो । साइलोचाहिँ लामोलामो खुट्टा भएकाले बस्दाहुँदी घुँडाहरू सिङजस्तो माथि देखिन आउने भएकोले ताङ्चम्बा (लामसिङे) भनी उनै भाउजुले नामकरण गरिन् । यही ताङ्जम्बा > ताङ्जम्हाङ > ताङ्जम् हुनगयो । कान्छो भाइचाहिँ काममा लाग्नुभन्दा पनि बढी घाममात्रै तापेर बस्ने घामतपुवा भएकाले नाम्दिहाङ (घामप्रेमी) भनी भाउजुले नै नाम राखिन् रे । भाउजुले राखिदिएको यिनै जिस्काउरी नामहरू नै पछि गएर ती चारभाइको नाममात्र होइन थरको रूपमा प्रचलनमा आएको हो भन्ने यी चारथरीको विश्वास रहिआएको छ । लिम्बू जातिमा थरहरू स्थाननामसँग सम्बन्धित छन् भने निकै उपथरहरू भाउजुले नामकरण गरेको आधारमा रहेको पाइन्छन् ।

खेवाङ थर उल्लेख गर्ने लेखकहरू

खेवाङ थर र खेवाङ ठाउँका बारेमा विभिन्न लेखकहरूले उल्लेख गरेको पाइन्छ । हालसम्म पाइएकोमा सबैभन्दा पहिला खेवाङ गाउँ र थरका बारेमा उल्लेख गर्ने लेखकमा इडेन भेन्सिटार्ट हुन् भने सबैभन्दा पछिल्लो समय (लेखकले प्राप्त गरेको) यसबारे उल्लेख गर्ने लेखकमा रत्नकुमार इङ्नाम लिम्बू हुन् । कुनै पनि थर वा जाति उल्लेख गर्नु वा नगर्नुमा लेखकको लेखनको विषय क्षेत्र, चासो, जानकारी, स्रोत आदिले महत भूमिका निर्वाह गरेको हुन्छ । कतिपय अवस्थामा त्यस्ता विषयको उल्लेख अनिवार्य हुन आउँछ तात्कालिक इतिहासलाई प्रामाणिक र विश्वासनीय बनाउन । यसको उत्तम उदाहरणको रूपमा जयस्थिति मल्लले आजभन्दा साढे छसय वर्षअधि तयार पार्न लगाएको गोपालराजा वंशावलीमा गोपाल, महिषपाल, किरात, वर्मा आदि आदिम वंश र शासकहरूको नाम र विवरणको प्रस्तुतिलाई लिन सकिन्छ । वर्तमानका नेताहरूजस्तै निषेधको नियत राख्ने भए उनले ती वंशका राजाहरूको नाम र कामको विवरण लेखिरहनुको कुनै तुक थिएन । तर आफ्नो इतिहासको मजबुत जग बनाउनका लागि उनले त्यसप्रकारको ऐतिहासिक काम गरे । तर यस्ता कामको अकबरीपना कायम गर्नका लागि भाषाको ज्ञान, स्थानीय स्तरमा गएर अध्ययन अवलोकन गरेनगरेको विषय, डाटा उपलब्ध गराउने सूचकको ज्ञानको तह, सन्दर्भसामग्रीको विश्वासनीयता आदिले महत्वपूर्ण भूमिका खेल्दछ अथवा यस्ता विषयले सम्बन्धित काममा सकारात्मक प्रभाव वा नकारात्मक असर गर्ने कुरामा दुइमत छैन । यस्तै विशेषताहरू खेवाङ गाउँ ठाउँ वा खेवाङ थरबारेको सङ्कलन लेखनमा पनि अनुभूत हुन्छ । यहाँ खेवाङ स्थान र खेवाङ थरका बारेमा विभिन्न लेखकहरूले केके लेखेका छन् सोको अवलोकन गरौँ :

इडेन भेन्सिटार्टले सन् १८९० मा 'Notes on Gurkhas' शीर्षकमा लेखेको र 'Notes on Nepal' शीर्षकमा सन् १८९५ मा प्रकाशित गरे भनी उल्लेख गरेको र पछि Asian Education Services ले सन् १९०६ मा पुनः प्रकाशित GURKHAS किताबको पृष्ठ १२३ मा KEBANG (Yangrok) शीर्षक अन्तरगत निम्न थरहरू उल्लेख गरेका छन्ः Iringba. Sambayu. Tangjamba. Yangya. Keiba. Silingbo. यो थर तालिकामा खेवाङ अन्तर्गत पर्ने कतिपय उपथरहरूमध्ये जनजिब्रोमा भनिने तुम्म्याङ र नाम्दिहाङ छुटेका छन् भने इरिङ्बा (Iringba) र केइबा (Keiba) नयाँ थरहरू उल्लेख भएका छन् । यसको साथमा मिसलभाइ सिलिङ्बो पनि खेवाङभित्र भेन्सिटार्टले पारेको देखिन्छ । साम्ब्यू थरको चाहिँ सही उच्चारण गरेका छन् साम्बायु भनेर ।
खेवाङ गाउँको मुख्य ठाउँ "साङ्गादेन" (साङ्गा [डेरा] तेन > देन् [स्थान]) । Image source : Google

यसरी नै दिल सेÞनेहाङ (२०६७) ले लिम्बूको थर, बसोबास र संस्कृति पुस्तकमा लिम्बूको थर उपशीर्षकमा खेबाङ (पृ. ४), तुम्याहाङ (पृ. ५) साथै लिम्बूको थर गाउँठाउँ उपशीर्षकमा खेबाङ (पृ. २३), तुम्याङ (पृ. २५), र लिम्बु बसोबास क्षेत्र गाउँ, ठाउँको नाम शीषकमा खेबाङ गा.वि.स.मा पर्ने २३ स्थानहरूको नाम उल्लेख गरेका छन् । उनको सङ्कलनमा खेवाङ थरअन्तर्गतका सबै उपथरहरू परेका छैनन् भने परेका उपथर लेखनमा पनि एकरूपता देखिन्न ।

तुम्बाहाङ (२०६८) ले आफ्नो कृति लिम्बू जातिको चिनारी पुस्तकमा खेवाङ मूलथर अन्तर्गत ताङ्जम्बा, खिङ्वा, तुम्याङ, नाम्दिहाङ र साम्यू (पृ. ४८) उल्लेख गरेका छन् । यसमा थरको रूपमा ताङ्जम्बा नभएर ताङ्जम् र साम्यू नभनेर साम्ब्यू हुनु पर्ने हो । साम्यूचाहिँ खसनेपाली जिब्रोकरण भएको हो ।

इङनाम लिम्बू (२०६९) ले आफ्नो पुस्तक याक्थुङ पाःनकोअध्याय पाँचको थर, गाउँ र थुम उपशीर्षकमा खिङ्बा (पृ. २७०), ताङ्जम र तुम्याहाङ (पृ. २७१) र नाम्दीहाङ (पृ. २७३) उल्लेख गरेका छन् ।

यसरी नै श्रेष्ठ (२०६९) ले आफ्नो कृति खेवाङ डायरीमा साम्दुम्बेपट्टिको चार भाइ पहिलो जेठो तुमियाङ, माइला खिङ्म्बा, साइँला नाम्दियाङ, कान्छा ताङ्जाम हुन् (पृ. ११) भनी उल्लेख गरेका छन् । यहाँ उल्लेख भएका प्रायः सबै थरहरूमा खसनेपालीकरण र लेखकको इडियोलेक्ट (idiolect) प्रभावले फरक लेखन हुन गएको छ ।
खेवाङबाट माबाङभे > मामाङ्खे र याम्फुदेन जाने बाटोमा पर्ने एकचाना भञ्ज्याङ । Image source: Google

खेवाङेहरूको पूर्वजको जोखाना

खेवाङ थरीहरूको पूर्वज को होलान् ? यात्रा गर्दा शिद्धिको बाटोमा हिमाली भुइँकुहिरोले बाटो छोपिदिएर थोरै पर पनि बाटो नदेखिएजस्तै यस प्रश्नको उत्तर ज्यादै धुमिल छ, पानीको रेखाचित्रजस्तै करिब सङ्केतहीन छ । तर पनि फेÞदाङ्माले मैनाम लिएर जोखाना हेरेजस्तै ‘खेवाङ’ शब्द र त्यसका संवाहक साङ्दुम्बे र वाङ्दुम्बेले तय गरेको मार्गका आधारमा केही जोखाना आर्जे–दिशाको लख भने अवश्य काट्न सकिन्छ । साङ्दुम्बे र वाङ्दुम्बे लिम्बुवान इतिहासको पछिल्लो कालमा हिल्लीहाङ दरबार भनी चिनिने शक्ति केन्द्रमा रहेको देखिन्छ । त्यहीबाट माबोहाङसाम्बा र लेक्वाहाङसाम्बहरूको लडाइँको अगुवा लडाकुको रूपमा लड्न पठाइएको देखिन्छ । के त्यसोभए उनीहरू यङयाङ हुन् त ? उनीहरू यङयाङ हुन सक्ने सम्भावानालाई पनि नकारिहाल्न त सकिन्नँ । तर यसका लागि भरपर्दो कुनै आधार पनि भेटिएको छैन । अहिलेसम्म थरको रूपमा प्रयोग र प्रचलनमा रहेको 'खेवाङ' शब्दको पोया पहिल्याउँदा उनीहरू विजयपुर या फेदाप या यी दुवैको बीचमा रहेको दसलिम्बूहरूमध्येका एक खेवाहाङ वंशका कुनै परिवारका योद्धाहरू हुनसक्छन् जसलाई हिल्लीहाङ दरबारमा योद्धाका रूपमा राखिएका होऊन् । यी योद्धाहरू अहिले लिम्बुवानको छथर भनी चिनिने क्षेत्रमा परापूर्वकालमा बसोबास गरेका खेवाहाङहरू मध्येकै हुनसक्ने सम्भावना सबैभन्दा प्रवल छ । यसका लागि इतिहासकार चेम्जोङ तथा तिगेलाका तपशीलका लेखाइहरूले आधार प्रदान गर्दछन् । चेम्जोङ (२०५९) अनुसार तत्कालीन मोरङ राज्यका तोङदोइङ हाङका छोरा लिलामइङ हाङलाई पराजित गरी बनेका नयाँ राजालाई खेवाहाङ (पृ. १६) भनी चिनिन्थे । तिगेला (२०१३) का अनुसार विजयपुरका राजा विजयनारायण रायले पहाडी देश फेदापका राजा मुरेहाङ खेवाहाङलाई षडयन्त्र गरी हत्या गराए । मुरेहाङपछि उनका छोरा राजकुमार बाजाहाङ खेवाहाङ (बाजु राय), नाति पानोहाङ खेवाहाङ (विद्याचन्द्र राय) पनि शक्तिमा रहे । चौतारिया पानोहाङ खेवाहाङले 'हाङ' पदवी त्यागे र खेवा मात्र हुन पुगे । ... हाङजिलिहाङ्दुम्बा राजाको देहान्तपछि छ थरमा विभाजित खेवाहाङहरू लिम्बुवानका महत्वपूर्ण शक्तिका रूपमा गनिन्थे । ... दस लिम्बू (थिबोङ याक्थुङ) मध्ये खेवाहाङ (लिम्बू) हरूको ऐतिहासिक यक ताक्लुङ यक हो । यी आधारले खेवाङ थरीहरूको पूर्वजहरू अहिले खेवा र तत्कालीन समयमा खेवाङ या खेवाहाङ भनी चिनिने जातिहरू हुन् भन्न सकिन्छ ।

खेवाङ थरीको पूर्वज खेवा वा खेवाहाङ हुँदाका सङ्गत र असङ्गत पक्षहरू

खेवाहरूले कुनै पनि पन्छीका मासु खाँदैनन् तर खेवाङहरू सबै प्रकारका पन्छीका मासु खान्छन् । खेवाहरूको माङ्गेन्ना यक ताक्लुङ लगायतका छथर क्षेत्रमा रहेका विभिन्न यकहरू पर्दछन् । तर खेवाङ थरीको माङ्गेन्ना यक च्याङ्थापूको चम्जम्लुङसँगै रहेको पेÞप्पेÞत्लुङ हो । खेवाङ थरीहरूको पूर्वज खेवाहरू हुने हो भने यी विश्वास र अभ्यासहरू असङ्गत देखिन्छन् । साङ्दुम्बे र वाङ्दुम्बे यङयाङ दरबारमा रहेबसेर पनि उनीहरूको सन्तान दरसन्तानहरूले यङयाङहरूले नखाने गरेको बाख्राको मासुमंस खानेदगर्दछन् । यङयाङ राजकुलको सो नियम उनीहरूले कसरी अनुसरण गरेनन् भन्ने कुरा पनि आश्चर्यका विषय नै छ ।

मैझारो

खेवाङहरूको इतिहासलाई सिलसिलाबद्ध बनाउने कामको मेलो थालिएको मात्र छ । यसलाई पूर्ण रूपमा निष्कर्षमा पु¥याउन धेरै अध्ययन तथा अनुसन्धानको खाँचो छ, जस्तैः माबोसाम्बा र लेक्वासाम्बाहरू कोको हुन्, यी बीच लडाइँ भएको ठाउँ तमोरखोला हो कि मेवा या मैवा खोला हो ? लडाइँ कहिले भएको थियो ? यङयाङहरू चैनपुरका शासक थिए ? हाल हिल्लिहाङ दरबार भनिने ऐतिहासिक दरबारको पूर्ण इतिहास के हो ? त्यहाँ आङ्बुहाङहरूको आधिपत्य थियो ? खेवाङ या खेवाहाङ विजयपुरका राजखलक, फेदापका राजखलक या खेवाहरू को वास्तविक हुन् या यी आपसमा नाता पर्छन या सम्मानजनक पद भएकाले फरकफरक समूहले एउटै शब्द खेवाहाङ या खेवाङ चलाए ? साङ्दुम्बे र वाङ्दुम्बेको वंशवृक्षको जरा ठ्याक्कै कुन समूहसँग जोडिन पुग्छ जस्ता अनगिन्ती प्रश्नहरूको भरपर्दो समाधानका लागि गम्भीर खोजअनुसन्धान गरिनुपर्छ । सतही हिसाबले भन्ने हो भने खेवाङ थरीहरूको नजिको साइनो वर्तमान अवस्थामा खेवा भनिने कुनै समयमा खेवाहाङ भनी सम्बोधन गरिने छथरका लिम्बूहरू पर्दछन् भन्न सकिन्छ ।

सन्दर्भ सामग्री


खस नेपाली खण्ड


  • अधिकारी, (प्रा.डा.) सूर्यमणि (२०६१), खश साम्राज्यको इतिहास, काठमाडौँः भुँडीपुराण प्रकाशन ।
  • इङ्नाम लिम्बू, रत्नकुमार (२०६९), याक्थुङ पाःन् ।  प्रकाशकः देबेन्द्रबहादुर तुम्बापो लिम्बू र अन्य ।
  • चेम्जोङ, इमानसिंह (२००३/२०५९, प्र.सं. सन् १९४८) किरात इतिहास, किरात याक्थुङ चुम्लुङ, केन्दीय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर ।
  • तिगेला, कमल र आङ्ला, भैरब (२०६७), ऐतिहासिक ताक्लुङ र पर्यटकीय स्थलहरू, छथरको ताक्लुङ, सं. कमल तिगेला लिम्बू र भैरव आङ्ला । जर्नल, वर्ष १, अङ्क १, सन् २०१३, पृ. १०–२९ ।
  • तुम्बाहाङ, गोबिन्दबहादुर (२०६८), लिम्बू जातिको चिनारी । प्रकाशकः किरात याक्थुङ चुम्लुङ, ललितपुर तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुर ।
  • श्रेष्ठ, बाबुराम (२०६९), खेवाङ डायरी । प्रकाशकः जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान, शनिश्चरे–६, झापा ।
  • साम्ब्यू, श्री सुब्बा, साम्ब्यू थरको उत्पत्ति कथाः केही टिपोटहरू, तङ्सिङ, कार्यकारी सम्पादक अर्जुन बाबु माबुहाङ । वर्ष ३, अङ्क १, २०६१ वैशाख, पृ. ६–७ । 
  • सेनेहाङ, दिल (२०६७), लिम्बूको थर, बसोबास र संस्कृति । प्रकाशकः सेरि ताम्लिङ सेनेहाङ ।


अङ्ग्रेजी खण्ड


  • Vansittart, Eden. (1991, First Pub. 1906). GURKHAS. Asian Education Services, New Delhi, Madras.


स्रोत : तान्छोप्पा मासिक, वर्ष १८, अङ्क ६, असार २०७०, याक्थुङ जाति चिनारीका आयामहरू (२०७४)


Thursday, April 9, 2020

Information of International Limbu Conference

Information of International Limbu Conference
April 24-26, 2014
Dharan, Sunsari-Limbuwan Nepal

1. Background information:
Kirat Yakthung Chumlung (KYC) is a representative organization of indigenous Limbu community which was established 25 years ago on the date of September 2, 1989. Since its establishment, KYC has been protecting and promoting culture, language, scripts and history of Limbu ethnic group in Nepal.  Furthermore, KYC has been playing a crucial role to advocate and lobbying for reinstating the Limbuwan identity through state restructuring in the country.  By strengthening its institutional capacity, KYC has been able to maintain its continuity to mobilize Limbu community at different levels and areas to succeed aforesaid endeavors. KYC emerged out of the idea that Limbu community was required to re-establish their identity and promote history whereas the unitary and centralized Hindu stateof Nepal deliberately demolished the glorious territorial history of Limbuwan. Now it is dedicated for such a venture.

Limbus are scattered across the world as permanent inhabitants. The Limbus of Nepal who are migrated to different countries for jobs and other reasons still bear in mind the KYC as their own organization. Those Limbus in abroad are united together under the name of KYC in different countries and making contributions to Limbuwan and Limbus – is an indication to care for KYC wherever they are. Likewise, it is well learned that the Limbus who are permanent residents from time immemorial in India and Myanmar are also federated in their own countries abiding  by the state rules and regulation to protect and promote language, script, culture and history.  While Limbus are scattered across the earth, the socio-psychology of this community is almost the same even in this modern age. Despite the fact that there is a demand of time to have a common forum of interaction among Limbus for sharing of experiences, collaboration and for solidarity at individual and communal level, that was not possible in the past. To meet such a demand of time, Kirat Yakthung Chumlung-Nepal has decided to organize an International Limbu Conference to share experiences among the representatives from national organizations of different countries for development and solidarity of Limbus. The main theme is Limbu identity and dignity of International Limbu Conference.

2. Defined Objectives of the Conferences

1.       To strengthen the movement for Limbu identity and territorial autonomy in Nepal through an intellectual interaction.
2.       To develop common understanding among Limbu community at large by reviewing their own social and cultural beliefs and trends.
3.       To create favorable environment amongst Limbus from different countries for mutual collaboration and for sharing of experiences, knowledge and information.
4.       To establish a basic foundation for a mechanism to extend cooperation and solidarity within Limbus across the world.

3. Provision for participation in the conference

Delegates from the representative and apex organization of Limbu community of different countries across the world will be the primary participants in the conference. The leaders of Nepal Federation of Indigenous Nationalities (NEFIN), National Foundation for Development of Indigenous Nationalities (NEFDIN), Extensive United Front of Indigenous Nationalities and pioneers of Limbus from their ancestral land will be invited to the inaugural ceremony of the conference. Nevertheless, the following representatives from different countries are expected to the interaction program during the closed sessions of the seminar.

Founder members of KYC                                                                                                                
Five representatives from 15 different countries across the world                                           
Central committee members of KYC                                                                                              
Five representatives from each 13 distinct branches of KYC                                                    
Representatives from Limbu related organizations                                                                     
Limbu scholars and activists                                                                                                            
Political parties from Limbuwan area                                                                                             

4. Date : April 24-26, 2014                                       Place: Dharan Sunsari, Limbuwan

5. Program activities

First day- All participants to the conference are required to reach program venue one day ahead of starting day of the seminar. The people from Sunsari district will organize a big rally by involving general public in the first day of the conference. After a city round, the rally will reach the Chumlung building of Dharan Sunsari for a mass meeting and then the conference will be inaugurated. A few distinct leaders are supposed to deliver speeches to remark the inaugural ceremony. The artists will sing Limbu song on that occasion. Immediately after finishing the inaugural ceremony, the closed session of the conference will start, where-in only representatives with entry pass will be allowed to enter the hall. The country papers from Nepal, India and Myanmar (Burma) will be presented on the first day of the conference.  

Second day – Session starts at 8: AM and seminar papers will be presented and discussed. The session conduction and interaction methods will follow the outlines as per prior determination from the seminar paper management committee.  

Third day - Session starts at 8: AM. The conclusion drawn from the seminar papers from previous day will be presented. In addition, a concept note will be presented for a basic foundation for a mechanism to extend cooperation and solidarity within Limbus across the world. After comments are made on the concept note from the representatives from different countries, the structure and working modality for the mechanism will be streamlined to the extent it is possible. At the end, a conference declaration will be prepared on the basis of seminar conclusion and disseminated through press conference.

6. Potential topics for seminar papers
1.       Identity and dignity of Limbus in the context of Nepal.
2.       Limbu traditions and rituals
3.       Limbu identity related cultural specialties.
4.       Philosophy of Yakthung Mundhum
5.       Limbu language and literature
6.       The possible mechanism to extend cooperation and solidarity within Limbus across the world.
7.       Other topics concerning Limbu community.

7. Media coordination and mobilization
The existing sub-committee for information dissemination which is formed for silver jubilee of KYC celebration will be responsible for media coordination and mobilization that includes association of Limbu journalists.

8. Documentation of conference activities: Thorough coverage of the conference will be documented properly. That includes – video, photography, preparatory meeting, seminar outline and interaction, information dissemination and also the closing declaration. Conference proceeding and its conclusion will be organized and documented by the seminar paper management committee.

9. Expected outputs from the conference
1.       Conducive environment will be created for extending cooperation and solidarity among Limbus from different countries.
2.       Common understanding will be developed on Limbu, Limbuwan and identity movements in Nepal, that will be helpful to internationalize these issues.
3.       Conceptual clarity will be created on diverse belief and practices of Limbus from different locations. 
4.       A basic foundation for a mechanism to extend cooperation and solidarity within Limbus across the world will be set-up.
5.       The conference declaration will be disseminated.

10. Sub-committees
The sub-committees constituted for silver jubilee of KYC celebration will be responsible even for this international Limbu Conference as well. The finance sub-committee will raise fund for this conference and the sub-committee for information dissemination will coordinate and mobilize the media by including association of Limbu journalists. A seminar paper management committee will be formed to collect and organize seminar papers.  Sunsari district branch of KYC and central committee secretariat jointly determine to form essential sub-committees for logistic management.
In the preparatory phase, central committee secretariat of KYC might consult the concerned Limbu personnel from Sikkim and other countries to develop the outline of conference, selection seminar topics and to get suggestion for international mechanism for collaboration.

11. Budget

KYC Nepal has expected to overseas KYC for raising funds to sponsor the Limbu International Conference. Coordination and contact will be maintained accordingly. The participants, who will come to the conference from Nepal and abroad are required to pay their transportation cost on their own.  The organizer will manage the food and lodge during the seminar period.   Nogen, Sewaro !

Information Source: Kirat Yakthung Chumlung, Central Committee.

Wednesday, April 8, 2020

शिक्षक सेवा आयोगको परिणाम र लिम्बु शिक्षकहरूले ल्याएका आशाको आयाम

प्राज्ञ अमर तुम्याहाङ

विषय प्रवेश

लिम्बुहरूले सरकारी जागिर खाएको इतिहासका बारेमा तथ्यपरक खोजी भएको छैन । सबैभन्दा पहिला लिम्बुहरूले स्वदेशमा सरकारी जागिर खान पाएनन् होला । उनीहरूले सबैभन्दा पहिला बृटिस इन्डिया कम्पनीको गोर्खा सैनिकको रूपमा जागिर खाएको हुनुपर्छ । तर २४ अप्रिल १८१५ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनी सरकारका गभर्नर जनरल हेस्टिङ्सको अनुमतिमा खुलेको सिरमोर बटालियनमा त पक्कै पनि लिम्बुहरू पर्ने कुरा थिएन किनभने त्यस बटालियनमा २८ नभेम्बर १८१५ मा भएको सुगौली सन्धि (शर्मा, २०३३ः २७३) पूर्व १८१४ देखि नेपाल अङ्ग्रेजबीच भएको युद्धताका युद्धबन्दीका रूपमा रहेका ३००० गोरखालीहरू सामेल थिए जुन समयमा लिम्बुवान स्वतन्त्र मुलुक थियो ।

पहिलो विश्वयुद्धमा दुई लाख र दोस्रो विश्वयुद्धमा दुई लाख ५० हजार (के.सी., २०५९ः ४—५) गोरखाली युवाहरू बृटिस सरकारले लडाइँमा लडाकु सेनाका रूपमा लगेको थियो, जसमा अवश्य पनि धेरै लिम्बुहरू परेका थिए । त्यस समूहमा कति लिम्बुहरू थिए ? यसको कुनै एकिन सङ्ख्या छैन । अवश्य हजारौँको सङ्ख्यामा थिए होलान् भनी अनुमान मात्र गर्न सकिन्छ ।

स्वदेश नेपालमा नै लिम्बुले कुन समयदेखि जागिर खाए भन्ने विषयमा कुरा गर्दा हर्कजङ्ग मादेन फेन्दुवाले अमिनी अदालतको हाकिम लेप्टिनेन्ट न्यायाधिशको रूपमा २००७ सालमा भएको नियुक्ति (सेर्मा, २०६५ः ८५) पाएको घटनालाई नै प्रथम मान्नु पर्ला । २००७ सालको क्रान्तिका क्रममा जी.बी. याक्थुम्बाको कमान्डमा क्रान्ति गरेको जनुमक्ति सेनामा धेरै लिम्बु योद्धाहरू होमिएका कारण क्रान्ति सफल भएपछि केही लिम्बुहरूले जागिर पाएको देखिन्छ । तर त्यो सङ्ख्या कति थियो भन्ने विषयमा कुनै आधिकारिक जानकारी छैन । त्यसपछि २०७० सालसम्म के कति लिम्बुले कुन कुन क्षेत्रमा जागिरमा नियुक्ति पाए र जागिर खाए भन्ने विषयमा तथ्यगत जानकारी प्राप्त हुन सकेको छैन ।

यहाँ चर्चा गर्न खोजिएको विषय भने शिक्षक सेवा आयोगले २०७१ असार २३ गते सोमबार सिफारिस गरेको १२,७४३ शिक्षकमध्येमा परेका लिम्बु शिक्षक शिक्षिकाको सन्दर्भ हो ।

शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएका लिम्बु शिक्षकहरू

शिक्षक सेवा आयोगले नियुक्तका लागि सिफारिस गरेको शिक्षकहरू तहगत रूपमा निम्नअनुसार रहेका छन् ।

क) प्राथमिक तहमा नियुक्तका लागि सिफारिस भएका लिम्बु शिक्षक शिक्षिकाहरू

प्राथमिक तहमा जिल्लागत र क्षेत्रगत आधारमा निम्न प्रकार लिम्बु शिक्षकहरू नियुक्तिका लागि सिफारिस भएका छन् :

ताप्लेजुङः १. विष्णु कुमारी आङ्बुहाङ, २. विष्णु कुमार लिम्बु, ३. कोपिला पालुङ्वा, ४. विमला सावाँ लिम्बु, ५. हरि कुमार लिम्बु, ६. बुद्धि मान लिम्बु, ७. लक्ष्मण थलङ, ८. सन्जिव मादेन लिम्बु, ९. बाग वीर लिम्बु, १०. भिम कुमार लिम्बु माबो, ११. सन्त कुमार लिम्बु (खुला) । १२. राम कुमारी थेबे, १३. पवित्रा थलङ लिम्बु, १४. चन्द्र कुमारी सिगु, १५. प्रमिला लिम्बु, १६. शान्ता आङ्बुहाङ (महिला = म.) । १७. मान बहादुर नैदेम्बा, १८. हर्क राज पालुङ्वा, १९. सन्जमान सावाँ लिम्बु, २०. नरशमशेर लिम्बु, २१. विनम माबो, २२. विजय लिम्बु, २३. कुमार ध्वज लिम्बु र २४. वीर बहादुर लिम्बु (आदिवासी जनजाति = आ.ज.) र २५. दीपेन्द्र कुमार लिम्बु । २७. मिना कुमारी लिम्बु (दर्लाङ) ।

पान्थरः १. राजभक्ति नेम्बाङ, २. वीरेन्द्र सम्बाहाम्फे, ३. डकेन्द्रकुमार फियाक, ४. नरेश कुमार लिङ्देन, ५. हिमालय विक्रम कुरुम्बाङ, ६. प्रत्युष कुरुम्बाङ, ७. वीरनर सिंह चेम्जोङ, ८. मनिला मेन्याङ्बो र ९. श्रीजङ्गा लिङ्देन (खुला)। १०. रूपा लावती, ११. तुलसा सुब्बा योङहाङ, १२. सजना जबेगु आङ्बो, १३. ओजस्वीकला सुब्बा (म.) । १४. रणवीर आङ्देम्बे, १४. ऐतराज हाङसरुम्बा, १६. दिल बहादुर सेर्मा, १७. सर्ण कुमार येक्तेन, १८. नरेन्द्र कुमार सेर्मा, १९. चन्द्र बहादुर आङ्देम्बे, २०. योगेश रत्न योङ्या, २१. गजेन्द्र चेम्जोङ, २२. भीम योङहाङ, २३. सन्तविर आङ्देम्बे, २४. रूप  सुन्दर सेर्मा, २५. सविता जबेगु (आ.ज.) । २६. पूर्ण कुमार लिम्बु र २७. रमेश सुब्बा (अपाङ्ग) ।

इलामः १. रविन्द्र कुमार साउदेन, २. कुल बहादुर थेगिम, ३. तारा विर नेम्बाङ, ४. गङ्गा बहादुर चेम्जोङ, ५. ऋमा माखिम सुब्बा (खुला) । ६. मुन कुमारी इधिङ्गो लिम्बु (महिला) । ७. प्रेम राज लिम्बु, ८. सुर्य प्रसाद थेबे, ९. सागर लिम्बु, १०. टङ्क बहादुर लिम्बु, ११. आइन्द्र कुमार योङहाङ, १२. कृष्ण बहादुर लिम्बु, १३. बलराम बेघा लिम्बु, १४. राज कुमार थेबे, १५. कोकिला लिम्बु र १६. गङ्गा इधिङ्गो (आ.ज.) ।

झापाः १. बाल कुमारी लिम्बु र २. सुरेन्द्र कुमार लिम्बु (खुला) ।

मोरङः १. खड्ग बहादुर लिम्बु र २. बुधमाया लिम्बु (खुला) । ३. पार्वती देवी लिम्बु (म.) । ४. धन प्रसाद लिम्बु, ५. लोक नाथ लिम्बु, ६. टेक प्रसाद लिङ्देन लिम्बु, ७. गङ्गा नेम्बाङ, ८. सुन माया पहाङ्गो (अ.ज.) ९. कृष्ण बहादुर लावती ।

सुन्सरीः १. निलिमा नि¬ङ्लेकु लिम्बु (खुला), २. रेणुका लिम्बु (म.) ।

धनकुटाः १. गजेन्द्र इवाहाङ, २. तीर्थ कुमार लिम्बु, ३. गङ्गा माया सुब्बा, ४. खोम कुमारी लिम्बु, ५. उसम लिम्बु (खुला) । ६. गुरु प्रसाद लिम्बु, ७. त्रिथ माया लिम्बु, ८. बेल बहादुर लिम्बु, ९. पूर्ण चन्द्र लिम्बु (आ.ज.) ।

तेरथुमः १. कृष्ण बहादुर लिम्बु, २. उपेन्द्र बहादुर लिम्बु, ३. जित माया लिम्बु, ४. चलन चन्द्र प्रसाद कन्दङ्वा, ५. अनिशा लिम्बु, ६. समीक्षा माबोहाङ, ७. सन्तोष लिम्बु, ८. गोबिन्द लिम्बु, ९. रमेश कुमार लिम्बु, १०. महेन्द्र संयक (खुला) । ११. सुमित्रा राई माबुहाङ, १२. यमता पन्धाक, १३. सोनिला माबोहाङ, १४. बालिका सम्बाहाम्फे (म.) । १५. रुद्र कुमार फोम्बो, १६. सुशीला चोङ्बाङ, १७. विष्णु लिम्बु, १८. मनिन्द्र कुमार साँवा लिम्बु, १९. चन्द्र कुमार लिम्बु, २०. विष्णु कुमार लिम्बु, २१. ममिता कन्दङ्वा, २२. डम्बर इस्बोहाङ लिम्बु, २३. क्रिस्न माया पन्धाक, २४. मुगाहाङ लिम्बु (आ.ज.) ।

सङ्खुवासभाः १. दीपक सुब्बा (आ.ज.) ।

काठमाडौँः १. सही कुमार लिम्बु, २. एकु कुमारी निङ्लेकु (आ.ज.) ।
नुवाकोट : १. जित कुमारी लिम्बु (अपाङ्ग) ।

ख) निम्न माध्यामिक तहमा नियुक्तका लागि सिफारिस भएका लिम्बु शिक्षक शिक्षिकाहरू

निम्न माध्यामिक तहमा जिल्लागत, विषयगत र क्षेत्रगत आधारमा यस प्रकार लिम्बु शिक्षकहरू नियुक्तिका लागि सिफारिश भएका छन्ः

ताप्लेजुङः १. भक्त बहादुर लिम्बु (आ.ज.), २. सविता मादेन (खुला), ३. गणेश मादेन (आ.ज.), ४. धन कुमार चोङ्बाङ (खुला), ५. हिमकला लिम्बु (म.), ६. लक्ष्मी प्रसाद लिम्बु (आ.ज.) — गणित । ७. मोहन चन्द्र साँवा (खुला), ८. बिनोदा थेबे (आ.ज.) — नेपाली । ९. विजय बहादुर माबो लिम्बु (खुला), १०. खड्ग केदेम (खुला), ११. भिम कुमार लिम्बु (खुला), १२. ऐन्फुङ्मा लिम्बु इजम (म.), १३. मन कुमार सेन्दाङ (आ.ज.), १४. गङ्गा प्रसाद लिम्बु (आ.ज.) — अङ्ग्रेजी ।

पान्थरः १. बाल कुमारी तुम्बापो र २. शान्ता कुमारी खजुम (खुला), ३. बिनिता नेम्बाङ (म.), ४. पूर्ण कुमार सेर्मा (आ.ज.) — विज्ञान । ५. चन्द्र कुमारी चेम्जोङ (म.), ६. अम्बर बहादुर सम्बाहाम्फे (आ.ज.), ७. गोबिन्द पयाङ्गु (आ.ज.) — नेपाली । ८. युवीरहाङ चेम्जोङ (आ.ज.), ९. सेरिङ सेर्मा (आ.ज.) — अङ्ग्रेजी । १०. भीम बहादुर सुब्बा सोङ्मी (खुला), ११. मन कुमार योङहाङ (खुला), १२. शेर बहादुर चेम्जोङ (आ.ज.) — गणित + विज्ञान । 

इलामः १. सन्तोष कुमार लिम्बु (आ.ज.) — अङ्ग्रेजी । २. टेक धोज होङहाङ (खुला), ३. अमर बहादुर लावती (आ.ज.) — गणित + विज्ञान ।

झापाः १. सन्जय कुमार पेघा लिम्बु (आ.ज.) — अङ्ग्रेजी । २. शिव कुमार आङ्बो (आ.ज.) — नेपाली ।

मोरङः १. अर्जुन आङ्देम्बे (खुला), २. देउमान लिम्बु (आ.ज.), ३. वीरेन्द्र कुमार लिम्बु (आ.ज.) — अङ्ग्रेजी ।

सुनसरीः १. योगेन्द्र पालुङ्वा (आ.ज.) — सामाजिक । २. भुमिका सुब्बा (खुला) — नेपाली । ३. सुनिता लिम्बु (म.) — गणित । ४. हस्त माया लिम्बु (खुला) — अङ्ग्रेजी ।

तेरथुमः १. अनिता तुम्बाहाम्फे (खुला), २. राजु लिम्बु (आ.ज.), ३. कुल बहादुर लिम्बु (आ.ज.), ४. लोक बहादुर लिम्बु — अङ्ग्रेजी । ५. कृष्ण बहादुर लिम्बु (खुला), ६. उपेन्द्र बहादुर लिम्बु (आ.ज.), ७. जनक सुब्बा लिम्बु (खुला) — विज्ञान । ८. सन्तोष लिम्बु (आ.ज.) — नेपाली । ९. टोपेन्द्र कुमार लिम्बु (खुला) — गणित ।

सङ्खुवासभाः १. तारामणि लिङ्थेप (आ.ज.) — सामाजिक । २. मन कुमार सुब्बा (आ.ज.) — नेपाली ।

ललितपुरः १. पुष्पा चेम्जोङ (आ.ज.) — नेपाली ।

दोलखाः १. रत्न बहादुर सुब्बा (आ.ज.) — अङ्ग्रेजी ।

ग) माध्यामिक तहमा नियुक्तका लागि सिफारिस भएका लिम्बु शिक्षक शिक्षिकाहरू

माध्यामिक तहमा जिल्लागत र विषयगत र क्षेत्रगत आधारमा यस प्रकार लिम्बु शिक्षकहरू नियुक्तिका लागि सिफारिश भएका छन् :

ताप्लेजुङः १. अमित बेघा (आ.ज.)— नेपाली ।

पान्थरः १. राम बहादुर जबेगु सुब्बा (आ.ज.)— विज्ञान । २. प्रेम ध्वज सम्बाहाम्फे (आ.ज.) — शिक्षा ।

इलामः १. हरि प्रसाद आङ्देम्बे (खुला), र २. राज बहादुर चेम्जोङ (आ.ज.)— नेपाली । ३. दिलमान सुब्बा (आ.ज.) — अङ्ग्रेजी । ४. लोक बहादुर थाम्सुहाङ (खुला) — विज्ञान । ५. मताप सिंह लिम्बु (खुला) ६. फणेन्द्र राज चेम्जोङ (आ.ज.) — गणित

तेरथुमः १. महेश कन्दङ्वा (खुला) र २. दिल कुमारी लिम्बु (आ.ज.)— नेपाली । ३. काजीमान लिम्बु (खुला) — अर्थशास्त्र ।

झापाः १. जानकी चेम्जोङ (म.)—शिक्षा ।

मोरङः १. ओम प्रकाश सुब्बा लिम्बु (आ.ज.) — अङ्ग्रेजी ।

सुनसरीः १. अमर सिंह सुब्बा (आ.ज.) — नेपाली । २. लक्ष्मी प्रसाद लिम्बु (आ.ज.) — गाणित ।

धनकुटाः १. सुजाता सुब्बा (म.) — अर्थशास्त्र ।

रामेछापः १. पन्च प्रकाश चेम्जोङ (आ.ज.) — अङ्ग्रेजी ।
माथि उल्लेखित प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा नियुक्तिका लागि सिफारिस गरिएका लिम्बु शिक्षकहरू लैङ्गिक सङ्ख्यात्मक आधारमा तुलनात्मक अवस्था यस प्रकार रहेको छ :
यस तथ्याङ्कको आधार प्राथमिक तहदेखि जति माथिल्लो तहमा गयो उति लिम्बु महिलाहरूको उपस्थिति न्युन हुँदै गएको देखिन्छ भने लिम्बु पुरुषहरूको सङ्ख्या जति माथिल्लो थहमा गयो उति उनीहरूको सङ्ख्या राम्रो भएको देखिन्छ । पछिल्लो समयमा विश्वविद्यालमा पढ्ने लिम्बु विद्यार्थीहरूमा महिला विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको पाइए पनि त्यो यहाँ प्रतिबिम्बित भएको पाइएन ।

लिम्बु शिक्षकको अनुपात

जनगणना २०६८ अर्थात् २०११ अनुसार नेपालको कुल जनसङ्ख्या २६,४९४,५०४ रहेको छ भने लिम्बु जातिको कुल जनसङ्ख्या ३८७,३०० रहेको छ । यस तथ्याङ्क अनुसार लिम्बु जनसङ्ख्याको प्रतिशत १.४६१ हुन आउँछ ।

यता शिक्षक सेवा आयोगले नियुक्तिका लागि सिफारिस गरेको कुल शिक्षकको सङ्ख्या १२,७४३ रहेको छ भने यस सङ्ख्या अन्तरगत लिम्बुहरूको सङ्ख्या १८८ रहेको छ । यस तथ्याङ्क अनुसार नियुक्तिका लागि सिफारिसमा परेका शिक्षकहरूको प्रतिशत १.४७५ हुन आउँछ । जनसङ्ख्या अनुपातमा यो उतीर्ण लिम्बु शिक्षकहरूको अनुपात प्रतिशत राम्रो रहेको देखिन्छ ।

आशालाग्दो परिणाम

लिम्बु जाति मूलतः लाहुर जाने या विदेशमा गएर काम गर्ने या आफ्नै जग्गाजमिनमा कृषि पेशा अपनाएर गुजारा गर्ने जातिको रूपमा चिनिआएको थियो । सङ्ख्यात्मक हिसाबले १८८ जना शिक्षकहरू आयोगको परीक्षामा छनौट हुनु सानो सङ्ख्या भए पनि प्रतिशतको आधारमा हेर्दा यो ऐतिहासिक उपलब्धिको रूपमा लिन सकिन्छ । हुन पनि एकै लटमा यति ठूलो सङ्ख्यामा सरकारी जागिरमा लिम्बुहरू प्रवेश गरेको सम्भवत यो पहिलो घटना हो ।

लिम्बु शिक्षकहरू जागिर प्रवेशका आयामहरू

यसपटक विभिन्न तहका सरकारी विद्यालयहरूमा शिक्षकका रूपमा पर्न सफल शिक्षकहरूले आफ्नो भविष्य त अवश्य पनि केही हदसम्म सुरक्षित गरेका छन् । यस अलावा यस घटनाका निम्न केही आयामहरू रहेका छन्ः

क) बहुभाषिक शिक्षाका लागि जनशक्ति

मातृभाषी समुदायले संविधानमा व्यवस्था भएबमोजिम लिम्बु मातृभाषामा पठनपानठन गर्नका लागि लिम्बु शिक्षकहरूको कोटा दिनुपर्ने माग गर्दै आए पनि सरकारले सो माग पूरा गर्न सकेको थिएन । अर्कोतिर नेपाल सरकार आफैले पनि बहुभाषिक शिक्षा लागू गर्ने कार्यक्रम तयार गरेको थियो तर त्यो कार्यान्वयन हुन सकेको थिएन । यस परिप्रेक्षममा लिम्बु बाहुल्य माथि उल्लिखित जिल्लाहरूमा लिम्बु शिक्षकहरूको नियुक्तिले बहुभाषिक शिक्षा अन्तरगत लिम्बु भाषा माध्यमका रूपमा र लिम्बु भाषा विषयका रूपमा कार्यान्वयन गर्न केही हदसम्म जनशक्ति जुटेको छ ।

ख) निर्णय प्रक्रियामा सहभागिता

लिम्बु जातिको सघन बस्ती भएका गाउँहरूका विद्यालयमा यस अघि लिम्बु शिक्षक शिक्षिकहरू विरलै हुन्थे । यस्तो अवस्थामा प्रायः जसो लिम्बु अभिभावकका चासोका विषयहरू विद्यालयका शिक्षकले सुनुवाइ नगर्ने र लिम्बु विद्यार्थीसँग सम्बन्धित विषयवस्तुहरू प्राथमिकतामा नपर्ने गरेको गुनासाहरू सबैतिरबाट आउँथे । अब भने केही मात्रामा भए पनि लिम्बु समुदायकै शिक्षकहरू आफ्नो गाउँका विद्यालयमा हुने भएपछि यसप्रकारका निर्णय प्रक्रियामा सहभागी हुने अवस्था निर्माण भएको छ । यसले विद्यालयप्रति लिम्बु समुदायको लगाबमा बृद्धि हुने सम्भावना पनि बढेको छ भने मातृभाषी लिम्बु विद्यार्थीहरुको विद्यालय छोड्ने दर पनि घट्ने आशा गर्न सकिन्छ ।

ग) प्रस्थापना

स्थायी शिक्षकमा लिम्बुहरू छानिएरपछि यसले केही हदसम्म मुलुकको सरकारी जागिरका अवसरहरूमा प्रयास र प्रयत्न गरेमा सफल हुन सकिने रहेछ भन्ने सन्देश लिम्बु शिक्षित युवा समुदायमा गएको छ । निकै लामो समयदेखि स्वदेशमा केही हुँदैन, विदेश नै जानुपर्छ भन्ने लिम्बु लिम्बुनीहरुको मानसिकतामा परिवर्तन आई स्वदेशको नोकरीका लागि लागिपर्नु पर्ने सोच्ने परिवेश निर्माण गरेको छ र आफ्नो बुताको पनि पहिचान दिलाएको छ ।

लिम्बुजन्य संस्थाको जिम्मेवारी

लिम्बुजन्या संस्थाहरू त्यसमा पनि मूलतः लिम्बु जातिको साझा सामाजिक संस्था किरात याक्थुङ चुम्लुङले लिम्बु समाजमा जनचेतना जगाउनका लागि आवश्यक कामहरू गर्नु यसको पहिलो प्राथमिकको विषय हो । किरात राई यायोक्खाजस्ता संस्थाले केही वर्ष लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नाले राई समुदायका नयाँ पुस्तामा सरकारी जागिरका लागि तयारी गर्ने र आयोग भिड्ने चेतना व्यापक रूपमा आएको छ र उनीहरूले सफलता पनि राम्रै प्राप्त गरेका छन् । तर याक्थुङ चुम्लुङले भने यसबारेमा चासो राखेको र चिन्ता लिएको कम्तीमा व्यवहारमा देखिएको छैन । चुम्लुङले यस प्रकारको काम नगरे पनि नयाँ पुस्ताका युवा युवतीहरूले शिक्षक सेवामा सफलताको निकै ठुलो परिणाम निकालेका छन् । यसमा चुम्लुङले पनि होस्टेमा हैँसे गर्ने हो भने सरकारी सेवामा लिम्बु युवा युवतीले राम्रै परिणाम निकाल्नेमा कुनै शङ्का छैन । यथाशीघ्र लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि चुम्लुङले पहल र प्रयत्न गर्नु आवश्यक छ जसले सबै शिक्षित युवा युवतीमा सरकारी जागिरका लागि आयोग भिड्नुपर्छ भन्ने चेतना फैलाउन सकोस् ।

टुङ्ग्याउनी

राष्ट्र मात्र हाम्रो होइन, राज्य पनि हाम्रो हो । राज्य पनि हाम्रो बनाउन राज्यका सबै अङ्गमा हामी लिम्बुहरू अरू जातिजस्तै सहभागी हुनुपर्छ । यसका लागि नेपालका अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेको प्रावधानहरूमा आफ्नो पहुँच पुराउनका लागि शिक्षित युवाशक्तिले अथक प्रयत्न गर्नुपर्छ भने लिम्बुजन्य सङ्घ संस्थाहरूले त्यसमा उत्प्रेरकको भूमिका खेल्नुपर्छ । वैज्ञानिक थोमस अल्बा एडिसनले भने जस्तै "हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयास गर्न छाड्नु हो । सपफलताको सबैभन्दा ठूलो सूत्र भनेको जहिल्यै थप एक पटक प्रयास गर्नु हो ।" अब भने लिम्बुहरूले आफ्नो कम्जोरीलाई लात मार्नुपर्छ र सफलताका लागि अनन्त थप एक पटक प्रयास गर्नु छाड्नु हुन्न, अकल्पनीय सफलता प्राप्त गर्ने क्षमता हामीमा रहेछ र छ ।

नोटः वैकल्पिकमा परेका करिब साढे छ हजार उम्मेद्वारमाहरुलाई अस्थायी शिक्षक नियुक्ति प्रयोजनका लागि करार योग्यता सूची (रोस्टर) मा समावेश गरिएको छ । सो रोस्टरमा परेका लिम्बु शिक्षक शिक्षिकाको नामावली यहाँ समावेश गरिएको छैन ।

सन्दर्भ सामग्री


  • के.सी., सुरेन्द्र. (२०५९). बृटिस — गोर्खा (सन्धिदेखि सर्वोच्चसम्म (सम्पदकः राधेश्याम लेकाली र महेन्द्र विष्ट). प्रकाशकः बृटिस—गोरखा अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल.
  • गोरखापत्र दैनिक. २०७१ साल वैशाख ३१ गते; २०७१ साल जेठ २ गते; २०७१ साल जेठ ८ गते (मा.वि. तहको नतिजाका लागि). गोरखापत्र दैनिक. २०७१ साल जेठ १७ गते; २०७१ साल जेठ १९ गते; २०७१ साल जेठ २० गते; २०७१ साल जेठ २१ गते (नि.मा.वि. तहको नतिजाका लागि). गोरखापत्र दैनिक. २०७१ साल असार १४ गते; २०७१ साल असार १७ गते; २०७१ साल असार १८ गते; २०७१ साल असार १९ गते र २०७१ साल असार २० गते (प्राथमिक तहको नतिजाका लागि) र गोरखापत्र दैनिक. २०७१ साल असार २४ गतेका अङ्कहरु.
  • शर्मा, वालचन्द्र. (२०३३, तेस्रो संस्करण). नेपालको ऐतिहासिक रुप—रेखा. प्रकाशिकाः कृष्णकुमारी देवी. वाराणसी.
  • सेर्मा, साम्जीरी. (२०६५). किरात लिम्बुवान र लिम्बुहरु. प्रकाशकः क्या. दिगमबहादुर सेर्मा र अन्य.
  • CBS. (2011). Population Monograph of Nepal: Thapathali Kathmandu: Central bureau.


(२०७१ मा लेखिएका यो लेख २०७४ मा प्रकाशित "याक्थुङ जाति चिनारीका आयामहरु" पुस्तकमा सग्रहित रहेको छ ।)

Wednesday, April 1, 2020

याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्यः एक सिंहावलोकन

याक्थुङ लिम्बू भाषा शिक्षाको इतिहास, वर्तमान र भविष्यः एक सिंहावलोकन

- प्राज्ञ अमर तुम्याहाङ

लेख सार


यस लेखले याक्थुङ लिम्बू भाषा शिक्षाको समग्र इतिहासलाई सङ्क्षेपमा समेट्ने प्रयास गरेकाले लिम्बू भाषाको शिक्षा अध्ययन अध्यापन हुने सम्पूर्ण मुलुकको अवस्थालाई समेट्ने प्रयास गरेको भए पनि बढी मात्रामा नेपालको अवस्थालाई ध्यानमा राखिएको छ । मूलतः लेखकको अवलोकन अनुभव र पुस्तकालय सामग्रीमा आधारित भएर तयारको यस लेखले लिम्बू भाषा शिक्षा परम्पराको इतिहास मूलतः फेदाङ्मा शिक्षण प्रणालीमा आधारित रहेको कुरा गवेषण गरेको छ । लिम्बु हाङ र अङ्सीहरुको अगुवाइमा चलेको शिक्षण प्रणाली पनि लिम्बू शिक्षा इतिहासको महत्त्वपूर्ण पक्ष हो । सन् १९३८ मा कालेबुङ डुङ्ग्रा बस्तीमा औपचारिक रुपमा स्थापित 'निसाम्–हिम्' पछि लिम्बू शिक्षाले औपचारिक शिक्षाको आरम्भ भयो भने यससँगसँगै अनौपचारिक लिम्बू भाषा शिक्षा पनि चलिआएको पूर्व साहित्य समीक्षाको क्रममा र व्यवहारमा देखिएको छ । यस लेखमा लिम्बू भाषा शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाका बारेमा पनि चर्चा गरिएको छ ।

मुख्य शब्दावलीहरु


फेदाङ्मा शिक्षा प्रणाली, हाइरोफेनी, थियोफेनी, निसाम्–हिम्, मातृभाषा शिक्षा, बहुभाषिक शिक्षा, औपचारिक शिक्षा, अनौपचारिक शिक्षा ।

विषय  प्रवेश : सरस्वती बन्दनाबाट 
नीसाम् माङ् ए सेवारो
ए नीङ्वा नूबा चोगेÞओ
हारा माङ् इत्छीःङेÞओ
नीसाम् माङ् ए सेवारो
नूबा सक्सक् नागूम्बेÞरो
सक्सक् मेÞन्ने मेÞगीगेÞरो
नीसाम् माङ् ए सेवारो ।।

हे विद्याकी देवी प्रणाम
मन पवित्र बनाउ है
ए देवी शीघ्र कल्पिनु है
हे विद्याकी देवी प्रणाम
असल विद्या माग्छौँ है
विद्याबिना मासिन्छौँ है
हे विद्याकी देवी प्रणाम ।।

(१९३८ मा स्थापित जम्बुक मेमोरियल चुम्लुङ स्कुलमा हरेक विहान विद्यार्थीले गाउने प्रार्थना गीत)

लिम्बूभाषा शिक्षा परम्पराको आधार फेदाङ्मा शिक्षण प्रणाली 

लिम्बूभाषा शिक्षाको परम्परा फेÞदाङ्मा शिक्षण सिकाइ प्रणालीको मुन्धुमी शिक्षाबाट आरम्भ भएको र आजतक प्रत्यक्ष अप्रत्यक्ष रूपमा यसको प्रभाव लिम्बू जीवनपद्धतिमा कायम रहेको छ । सुब्बा (२०१२) का अनुसार फेÞदाङ्मा शिक्षण सिकाइ परम्परा सामानिजमबाट आरम्भ भई हाइरोफेनी (hierophany)* चरणमा विकसित भएको हो । यसले धर्मको रूप लिएपछि हाइरोफेनीबाट थियोफेनी (theophany)# चरणमा प्रवेश हुन गएको छ । तथापि फेदाङ्मा शिक्षण सिकाइ परम्परा प्रभावकारी रूपमा कायमै रहेको छ ।

लिम्बू हाङ तथा अङ्सीहरूको अगुवाइमा चलेको शिक्षा परम्परा

फेÞÞदाङ्मा शिक्षण सिकाइ परम्पराका साथै लिम्बू हाङहरू र अङ्सीहरूको अगुवाइमा पनि लिम्बू भाषा शिक्षाले विस्तार हुने अवर पायो । यस क्षेत्रका केही अगुवाहरू निम्नअनुसार रहेका छन्ः

माराङ हाङ (Marang Raja)  

भेन्सिटार्ट (१९०६) का अनुसार तिब्बतीमूलका स्रिसोभा वंशका माराङ हाङले लिम्बुवानमा शासन गरे (पृ. १०५) । उनका अनुसार माराङ राजा जननिर्वाचित राजा थिए । माराङ राजाले लेखनकलाका लागि जनसमक्ष लिपि चलाए । यही कुरालाई सुबेदार बाजबीर सुब्बाले सन् १९२८ सालमा प्रकाशन गरेको ‘तुम याकथुङ निङ्वाफु सापला’ को भूमिकाको पहिलो वाक्यमा नै यसरी उल्लेख गरेका छन्—  श्री किरांत याकथुङ अक्षर सात सै साल मा मारांग राजा द्वारा बनिये को हो ।

सिरिजङ्गा हाङ

भेन्सिटार्ट (१९०६) ले "करिब नवौँ सताब्दीमा प्रसिद्ध सिरिजङ्गा लिम्बू नायकको रूपमा उदाए । उनले एक प्रकारको लिपि निर्माण गरी लिम्बूहरूलाई लेखनकला सिकाए (... probably in the ninth centurary appeared the famous Srijanga, the deified (made divine) hero of the Limbus. Srijanga taught the Limbus the art of writing by inventing a kind of character)" (पृ. १०५) भनी उल्लेख गरेका छन् ।

किरात इतिहासकार चेम्जोङ (२००३/२०५९) का अनुसार मकवान–स्यान राजापछि राजा भएका श्रीजङ्गा हाङ तिब्बत गई सतसङ्गत गरी सन्तहरूबाट विद्या प्राप्त गरी आफ्नो देशमा आई उनले आफ्ना सारा राज्यमा पाठशाला खोली विद्या प्रचार गरे (पृ. २५) भनी उल्लेख गरेका छन् । तर श्रीजङ्गाहाङले तत्कालीन समयमा खोलेको विद्यालय कस्तो थियो, कस्तो पुस्तकहरू पढाइन्थ्यो, कस्ता शिक्षक शिक्षिका थिए भन्ने प्रमाण हामीसँग वर्तमानमा उपलब्ध छैन । चेम्जोङ (२००३/२०५९) ले नै श्रीजङ्गाहाङको समयमा ‘श्रीजङ्गा मुन्धुम साप्ला’ र ‘साम्लो साप्ला’ प्रकाशित भएको उल्लेख गरेका छन् । सायद ती पुस्तकहरू नै श्रीजङ्गाहाङले खोलेका पाठशालाहरूमा पढाइए होला भनी अनुमान गर्न सकिन्छ । दिक्पालका (२०६७) अनुसार श्रीजङ्गाहाङले सन् ८८० देखि ९१५ सम्म शासन गरेका थिए ।

त्येÞत्यअङ्सी सिरिजङ्गा


लिम्बू (२०५५) अनुसार त्येÞअङ्सी सिरिजङ्गा (सन् १७०४–१७४१) लिम्बू समुदायका राष्ट्रिय विभूती हुन् (पृ. १५) । लिम्बुवानमा शिक्षाको प्रचारप्रसारमा निर्लिप्त त्येÞअङ्सी सिरिजङ्गाले तत्कालीन सुक्खिम राज्यमा रहेका लिम्बूहरूलाई साङ्गाछोलिङ् गुम्बामा तिब्बती लिपिमा लेखिएको बुद्धधर्म पढ्न लगाउने, लिम्बू समाजलाई बुद्धधर्म अनुसरण गर्न लगाउने र लिम्बू धर्म परम्परा छोड्न लगाउने राज्यले अभियान चलाएको थाहा पाए । त्यसपछि स्वधर्म, संस्कृति, भाषा, लिपि, साहित्य संरक्षण गरी याक्थुङ सभ्यता बचाउनका लागि उनी आफ्ना आठजना शिष्यहरूसहित गए । त्येÞङ्सी सिरिजङ्गा सन् १७३४ मा सिक्किम प्रवेश गरी मार्तामका पोदोक कङ्लिबा इजमसँगको भेट गरेको तथ्य पाइन्छ । त्यसपछि तिब्बती लिपि र बुद्धधर्मको विरोद्ध अभियान, लिम्बू भाषा साहित्य र किरात लिपि साथै लिम्बू धर्म संस्कारको प्रचार गर्नलागे । लिम्बू समुदायमा यसको व्यापक प्रभाव प¥यो र ठूलो पुनर्जागरणको अभियान चल्यो । लिम्बूहरू साङ्छोलिङ गुम्बा पढ्न जान छाडे । तर राज्यभने उनीसँग सशङ्कित भयो । राज्यको साँठगाँठमा ठाछाङ लामाहरूले श्रृङ्खलाबद्ध बैठकपछि सिरिजङ्गाविरुद्ध षडयन्त्र रची राब्देन्छीका प्रशासक टाम्डिङ ग्याल्पोलाई भने र उनको आदेशअनुसार गुम्बाका ठासाङ लामाहरूले उनलाई पक्रे । पक्रेपछि त्येÞङ्सीले "मलाई काटे पनि मर्दिन, भालाले घोचे पनि मर्दिनँ" (इमानसिं) लामाहरूलाई भनेपछि मार्तामस्थित कालेज र रेशीखोलाको दोभानमा रुखमा उनलाई बाँधी गोपे बाँसका विषालु बाणले हानी उनको हत्या गरे । यसरी सिरिजङ्गाहाङको शासनकालको करिब ८०० वर्षपछि लिम्बू भाषा, लिपि, साहित्य, शिक्षा, धर्म, संस्कृतिमा आएको व्यापक पुनर्जागरण र विकासको अभियानमा ठूलो ठेष लाग्यो त्येÞअङ्सी सिरिजङ्गाको सहादतपश्चात् । तर उनको अभियानले सिक्किम राज्यले साङ्गाछोलिङ् गुम्बाबाट याक्थुङ भाषा, संस्कृति, शिक्षामाथिको संस्थागत अतिक्रमणलाई रोकी आफ्नो मौलिक बाटोमा डो¥याउने कार्यको माइलखुट्टी निर्माण ग¥यो ।

राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देÞन

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन (१९४२–२००५) ले किरात लिपिको प्रचार र प्रयोग, मुन्धुमको आलेखन र प्रचार, किरातीहरूमा शिक्षाको प्रचार (राई २०६६) मा विशेष योगदान गरेका छन् । राई (२०६१) फाल्गुनन्दको शैक्षिक योगदानबारेमा लेख्छन्— किरात लिपिको प्रयोग गरेर लिम्बू भाषाको प्रचार–प्रसार मात्र गर्नु भएन, बरु यसैको माध्यमबाट सामान्य शिक्षादेखि आध्यात्मिक शिक्षाको जग उठाउनुभयो । अपठितहरू पठित भए, पठितहरू शिक्षित भए र उनीहरू समाजका उत्प्रेरक भएर गाउँगाउँमा स्थापित भए (पृ.७५) । आफ्नो जीवनकालमा बनेका काबेली माङ्हिम्, मारुङपारुङतेम्बे माङ्हिम्, चिल्लिङसे माङ्हिम्, सिलौती माङ्हिम्, सत्रथुम गोश्वारा माङ्हिम्, चुक्चिनाम्बा माङ्हिम्, आठजिल्ला माङ्हिम्, जितपुर माङ्हिम्, भोटाङ सिब्सु माङ्हिम्, सत्यहाङ्मा माङ्हिम् भुटान (मेन्याङ्बो २०६६) जस्ता माङ्हिम्मा लिम्बू भाषामा शिक्षा प्रदान गर्ने कार्य महागुरु फाल्गुनन्दबाट भयो ।

लालासोर सेन्दाङ

नाङ्गे साधुका रूपमा चिनिने लालसोर सेन्दाङ (वि.सं. १९००/१०/२ – १९८६/१०/१७) ताप्लेजुङको छेन्ताङ आसपासमा मानिसहरूलाई आफ्ना चेला बनाइ याक्थुङ भाषा, लिपि, संस्कार संस्कृतिको प्रचार गरे र शिक्षाको ज्योति फैलाउने काम गरे । मेन्याङ्बो (२०६२) का अनुसार वि.सं. १९७२ को भदौ महिनामा पूर्व लिम्बुवानको छेन्ताङ गाउँमा लालसोर नाम गरेका व्यक्तिले साधुको रूप लिएर गोर्खा भाषाको विरुद्धमा थुप्रै चेलाहरू बनाएर लिम्बु भाषा, लिपि, साहित्य र धर्म प्रचारप्रसार गर्दै सिकाउने काम गर्दै छ भनी धनकुटा गौँडामा उजुरी परेपछि मनबहादुर थलङ सहित २४ जना चेलाहरूसहित वि.सं. १९७२÷६÷२१ गते लिम्बुवान मुलुक छोडी याङ्रूप, च्याङ्थापु हुँदै फालेलुङ नागी पश्चिम सिक्किम थाम्बोङ दाराम्देन पुगे (पृ.१२) र दाराम्देन सेरेफेरोमा भाषा, लिपि, साहित्य, धर्म संस्कृतिको प्रचारको काम गरे ।

आधुनिक लिम्बूभाषा शिक्षा परम्परा 

नेपालमा पहिला वैदिक शिक्षा वा गुम्बा शिक्षा, जातीय समुदायमा प्रचलित परम्परागत शिक्षा चलिआएका थिए । जङ्गबहादुर राणा युरोप भ्रमणपछि नेपाल फर्केर आएपछि पारिवारिक शिक्षाका लागि उनले अङ्ग्रेजी शिक्षा माध्यमको विद्यालय खोले जसलाई पछि दरबार स्कुलका रूपमा चिनियो ले नेपालमा नयाँ शिक्षा वा आधुनिक शिक्षाको विजारोपण गरेको मान्न सकिन्छ ।

आधुनिक शिक्षा परम्परा भन्नाले मन्दिर वा चर्चबाट अलग गरिएको र विशुद्ध शिक्षा आर्जनका लागि खोलिएका शिक्षालयबाट दिइने शिक्षा भनी बुझिन्छ । Guiness Book of World Records ले सबैभन्दा लामो समयदेखि निरन्तर सञ्चालित विश्वविद्यालयको मान्यता दिएको अल–काराउनिन विश्वविद्यालय (University of Al-Karaunine) सन् ८५९ मा मोरक्कोमा स्थापित भएको थियो । आजको विश्वमा सबैभन्दा नामी मानिएका विश्वविद्यालयहरू अक्सफोर्ड र क्याम्ब्रिज क्रमशः सन् १०९६ र सन् १२०९ मा स्थापित (www.google.com.np) भएका थिए भने नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय वि.सं. २०१६ मा स्थापित भएको थियो ।

नेपालमा व्यवसायिक शिक्षकबाट पठनपाठन गर्ने गरी विद्यालय वि.सं. १९१० तिरै स्थापना भए पनि जनसाधारणका लागि यस्ता विद्यालयमा पहुँचको विस्तार २००७ सालको क्रान्तिपछि मात्र सम्भव भयो । सुरुमा विभिन्न भाषाका पाठ्यपुस्तकहरू प्रयोग गरी नेपालका विभिन्न स्थानमा विद्यालयहरू च्याउसरि उम्रिए तर सरदार रुद्रराज पाण्डेको सभापतित्वा २०१० मा बनेको राष्ट्रिय शिक्षा योजना आयोगले २०११ मा प्रतिवेदन पेश गरेपछि एकभाषिक नीति लागू भयो । यसपछि मुलुकका कतिपय विद्यालयहरूमा चलिरहेका मातृभाषा शिक्षा कार्यक्रमहरू रोकिन पुगे । यसको एउटा उदाहरणको रूपमा आङसाराङ थुम्बुङ गाउँमा रहेको श्री जयनारायण आदर्श आधार हाइस्कुलमा इमानसिंह चेम्जोङले पढाइरहनु भएको लिम्बू भाषा विषयको स्थगनलाई लिन सकिन्छ । 

लिम्बूभाषामा औपचारिक शिक्षा परम्पराको थालनी  

साङ्गाछोलिङ गुम्बामा लाप्चाहरूसँगै लिम्बूहरूलाई बुद्ध धर्मको धार्मिक शिक्षा दिइएको शिक्षणसिकाइको घटना लिम्बूजातिको शैक्षिक इतिहासको पछिल्लो कालको धार्मिक भए पनि संस्थागत प्रयास थियो तर यसको नियत लिम्बूहरूको जेनोसाइड गर्नु थियो ।

लिम्बूभाषा शिक्षा प्रदान गर्ने प्रथम विद्यालय कालेबुङको 'निसाम–हिम' 


साङ्गाछोलिङ गुम्बामा बौद्ध धार्मिक शिक्षा दिइएको घटनाका करिब २०० वर्षपछि सन् १९३८ मा लिम्बूहरूको आफ्नै पहलमा पहिलो लिम्बूभाषा पाठशाला 'निसाम–हिम' कालेबुङको डुङ्ग्रा बस्तीमा स्थापना (वनेमफागो, १९९८) भएको थियो । यो विद्यालय दूरदर्शी तथा शिक्षासेवी सरदार मैतसिंह सुब्बा र अवकास प्राप्त प्रहरी इन्स्पेक्टर लालसिंह सुब्बाको पहलमा स्थापना भएको थियो । लिम्बू भाषा र लिपि पठनपाठन गराउनका लागि लाख बहादुर सुब्बा (आङ्देम्बे) शिक्षक नियुक्त भएका थिए । लिम्बू शिक्षाको आधुनिक इतिहासका उनी नै प्रथम शिक्षक हुन् । प्रारम्भिक चरणमा लिम्बू समाजका दाताहरूको दानदातव्यबाट आर्थिक स्रोत जुटाइएको थियो भने स्कुल व्यवस्थापन समितिले नै यो स्कुल सञ्चालन गरेको थियो । तत्कालिन समयमा यस पाठशालालाई 'जम्बुक मेमोरियल चुम्लुङ स्कुल' (Zambuk Memorial Choomloong School) भनेर पनि चिनिन्थ्यो । यो पाठशाला सरकारी स्वामित्वमा अझै पनि अस्तित्वमा रहेको छ भने हाल यस विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुन्छ । हाल यसको नाम Jambuk Junior Basic School रहेको छ । हाल आएर यस पाठशालामा लिम्बू भाषा भने पठनपाठन नभएर अन्य विषयहरू पाठनपाठन हुन्छ । यसो भए पनि स्थापना कालदेखिको लिम्बू भाषाका प्रार्थना भने अझसम्म पनि सबै विद्यार्थीले हरेक दिन गाउने गर्दछन् (माथि उल्लेखित निसाम् माङ् सेवा) ।

सम्भवत त्यस समयमा सुबेदार बाजबिर सुब्बा (थलङ) लिखित तुम् याक्थुङ निङवाफु साप्ला (१९२८) पुस्तक पढाइन्थ्यो ।

सिक्किममा लिम्बूभाषाको औपचारिक शिक्षा 

लिम्बू जातिको मागअनुसार सन् १९६६ मा सिक्किमका तत्कालीन बारौँ छोग्याल अर्थात् राजा पाल्देन थेन्डुप नाम्ग्यालले चोङ (लिम्बू) आरक्षित सिटको घोषणा (खाम्धाक, २०१३) गरेपछि सन् १९६७ को आमचुनावमा उक्त सिटमा हर्कधोज माङयुङ निर्विरोध निर्वाचित (सुब्बा, २००५) भए । उनले लिम्बू भाषामा औपचारिक शिक्षा आरम्भ हुनुपर्ने माग सदनमा उठाए र सो मागलाई छोग्यालले ११ मार्च १९६७ स्वीकृत गरे । यसपछि सन् १९६८ देखि सिक्किमका विद्यालयहरूमा लिम्बू भाषामा कक्षा २ सम्म पठनपान हुन थाल्यो । उक्त कक्षाहरूमा सन् १९५१ मा इमानसिंह चेम्जोङ, पदमसिंह सुब्बा, मनबहादुर खाम्धाक र अमिरण चेम्जोङले तयार पारेको तुम् याक्थुङ साप्ला र निसिगेक् साप्ला पुस्तकहरू पाठ्यपुस्तको रूपमा प्रयोग गरिएको थियो । लिम्बूभाषाको पाठ्यक्रम र पाठ्यपुस्तक स्तरीकरण गर्नका सन् १९७२ मा तत्कालीन रानी होप कुक नाम्ग्यालकै अध्यक्षतामा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण समिति गठन भएको थियो । त्यस समितिको सदस्यमा पदमसिंह सुब्बा, मनबहादुर खाम्धाक र पृथ्वीराज खेवा थिए । सिक्किममा नियुक्त प्रथम लिम्बूभाषा शिक्षक भने इच्छापूर्णदास माङयुङ थिए ।

कालेबुङमा स्थापित निसाम–हिम जातीय सामाजिक प्रयासमा स्थापित लिम्बूभाषा विद्यालय थियो भने सिक्किममा आरम्भ भएको लिम्बूभाषा शिक्षा राजकीय स्वीकृतीबाट सुरु भएको थियो । सन् २०१६।१७ देखि सिक्किममा स्नातकोत्तर तहमा लिम्बू भाषा पठनपाठन आरम्भ भइसको छ ।   

नेपालामा लिम्बूभाषा शिक्षाको बिम्बप्रतिबिम्ब 

वि.सं. २०१३/१४ सालतिर इमानसिंह चेम्जोङले पान्थर आङसाराङ थुम्बुङ गाउँमा रहेको श्री जयनारायण आदर्श आधार हाइस्कुलमा अवैतनिक शिक्षक (लाओती, २०६१) का रूपमा पढाउनु भएको थियो । लाओती (२०६२) ले तत्कालीन सरकारबाट स्वीकृति लिई वि.सं. २०१२ देखि २०१३ सालसम्म कक्षा १, २, र ३ सम्म श्रद्धेय इमानसिंह चेम्जोङ भाषा शिक्षक भई लिम्बू भाषा र लिपि पठन–पाठन गराउनु भएको ऐतिहासिक तथ्य पाइन्छ (पृ. १३४) भनी उल्लेख गरेका छन् । यी भनाइका आधारमा नेपालको सरकारी पाठशालामा सबैभन्दा पहिला लिम्बूभाषा पठनपाठन भएको विद्यालय श्री जयनारायण आदर्श आधार हाइस्कुल र प्रथम शिक्षकको रूपमा इमानसिंह चेम्जोङलाई मान्न सकिन्छ । तर सरकारले २०११ सालको शिक्षा आयोगको प्रतिवेदनको सुझाव (भाषिक एकरूपताको नीति) कार्यान्वयन गरेपछि उक्त पाठशालामा लिम्बूभाषा पठनपाठन कार्य स्थगित भयो । यसको सहायक कारण इमानसिंह चेम्जोङले २०१५ सालको निर्वाचनमा उम्मेदवार हुनुलाई पनि लिन सकिन्छ ।

२०१७ सालपछि निर्दलीय पञ्चायती व्यवस्था लागू भएपछि "एकभाषा एक भेष"को नीति मुलुकमा लागू भयो । यसरी राज्यको नीति भाषा बचाउनेतर्फ नभई विपरीततर्फ सञ्चालन भएकाले सम्बन्धित पक्षबाट पनि संरक्षण नभएमा लिम्बू भाषा संस्कृति साथसाथै जाति नै विलुप्त हुने सम्भावना भएकोले लिम्बू भाषा र संस्कृति संरक्षण गर्न निरन्तर आवश्यक महसुस गरी ७ मार्च १९७६ तदनुसार २४ फागुन २०३२ सालमा पान्थरको याम्बोङमा वीर नेम्बाङको सभापतित्वमा एक सभा बस्यो । सो सभामा लिम्बू भाषा, संस्कृति लोप हुने क्रम बढेकाले सो लोप भएमा जाति नै लोप हुने सम्भावना हुँदा लिम्बू भाषा र लिपि पठन–पाठन गराउने सर्वसम्मत निर्णय भयो र सो प्रयोजनका लागि 'फक्ताङलुङ निसामहिम' नामक विद्यालय याम्बोङमै स्थापना गरियो । तत्पश्चात् सो विद्यालयमा इच्छुक विद्यार्थीहरूलाई लिम्बू भाषा र लिपिमा पठन–पाठन गराउनुका साथै लिम्बू भाषाबाट नाट्य, सांस्कृतिक कार्यक्रम र अन्तरक्रिया पनि गराउने काम सुरु भयो । लिम्बू भाषा, लिपि पठन–पाठन गराउने विद्यालय स्थापना भएको प्रचार भएपछि सो विद्यालयमा अध्ययन गर्न विद्यालयका आसपासका मात्र नभई टाढा–टाढाका विद्यार्थीहरू पनि लिम्बू भाषा र लिपि अध्ययन गर्न आउने क्रम पढ्दै गयो (लाओती, २०१३) । उक्त विद्यालयमा तत्कालीन सिक्किमका सरकारी पाठशालाहरूमा पठनपाठन भइरहेका कक्षा १ र २ का 'सिरिजङ्गा सक्सक्', 'हु?सिङ् साप्पन्' जस्ता लिम्बू भाषाका पाठ्यपुस्तकहरू पठनपाठन गराइन्थ्यो ।

फक्ताङलुङ निसामहिम र यसले ल्याएको सकारात्मक उभारप्रति आहासिर गर्ने र प्रतिशोध गर्नेहरू पनि समाज हुने नै भए । हुन त फक्ताङलुङ निसामहिमा लिम्बू भाषाका साथै खसनेपाली र अङ्ग्रेजी भाषाका सामग्री पनि पठनपाठन (वीर नेम्बाङसँगका कुराकानी) हुन्थे तर विरोधीहरूले "राजालाई मान्नु हुँदैन, देवनागरी लिपि र नेपाली भाषा पढ्नु, पढाउनु हुँदैन, लिम्बू लिपि तथा भाषा मात्र पढ्नु–पढाउनु पर्छ भनी अराष्ट्रिय गतिविधि हुँदैछ" भनी तत्कालीन पान्थरका प्रमुख जिल्ला अधिकारी डम्बरबल्लभ भट्टराईसमक्ष उजुरी प¥यो र उक्त शैक्षिक कार्यक्रमका अभियन्ता वीर नेम्बाङसहित फक्ताङलुङ निसाहिमका सञ्चालक समितिका सदस्यहरूका साथै सम्पूर्ण शिक्षकहरू गरी १८ जनालाई प्रशासनले प्रक्राउ गरी थुन्यो भने १८ मे १९७७ तदनुसार ५ जेठ २०३४ सालमा उक्त विद्यालय पनि बन्द गरायो । यसका साथै ताप्लेजुङ जिल्लाका तिरिङ्गे गा.पं.अन्तर्गत श्रीजङ्गा युन्छो निसामहिम (रात्री पाठशाला) का शिक्षक रामकुमार इजमसहित विद्यालय सञ्चालक समितिका सदस्यहरू र विद्यार्थीहरू समेत १२ जनालाई गिरफ्तार गर्न वारेन्ट जारी गरियो भने पान्थर जिल्लाकै काफलबोटे गा.पं. अन्तर्गत शिवाखोला र रानीटार गा.पं.अन्तर्गत माक्लुम्बाको पाठशालाहरूलाई पान्थरका प्रमुख जिल्ला अधिकारीले सो विद्यालयहरू बन्द गर्ने आदेश दिई ०३९ साल माघ १९ गतेबाट पान्थरका ती सबै विद्यालयहरू बन्द भए । जर्ज अर्वेल (George Orwell) ले आफ्नो एनिमल फाःम मा प्रयोग गरेको शब्द सापटी लिएर भन्ने हो भने पञ्चायतकालीन पहाडी खसआर्य शासकहरूले आफूलाई अधिक समान (super equal) ठानेर खसआर्य भाषा, धर्म र संस्कृतिविपर्य समुदायलाई सबै समान हुन्, तर केही अरूभन्दा बढी समान हुन् (All ... are equal, but some ... are more equal than others) भन्ने भनाइलाई पर्यविपर्य (vice versa) रूपमा प्रयोग गरी काठमाडौँ उपत्यकामा नेवारी भाषा पठनपाठन भइरहेको बेला पूर्वमा लिम्बू भाषा पठनपाठनमा प्रतिबन्ध लागएर लिम्बूहरूलाई तत्कालीन शासकले बी मात्र होइन सी ग्रेडका सौतापट्टिका सन्तानलाईजस्तो व्यवहार गरे ।

लिम्बूभाषा शिक्षाको वर्तमान अवस्था

नेपालमा लिम्बू भाषाको पठनपाठन औपचारिक रूपमा कक्षा ५ सम्म भइरहेको छ, त्यो पनि समुदायको भरथेग र सक्रियतामा । बहुभाषिक शिक्षाका रूपमा लिम्बू भाषालाई माध्यमका रूपमा अपनाउन सकिने संवैधानिक तथा कानुनी व्यवस्था भए पनि व्यवस्थित रूपमा यो कार्यान्वयन हुन सकिरहेको छैन । उच्च मा.वि.का तहमा केही विद्यालयहरूमा लिम्बू भाषा पठनपाठन भए पनि यसले सरकारी मान्यता पाएको छैन । त्यसैले यो आनौपचारिक शिक्षाको रूपमा रहेको छ । २०६९ मङ्सिर ५ गते नेपाल संस्कृत विश्व विद्यालयद्वारा गठित वार्ता समिति र सङ्घीय विद्यार्थी युनियन, लिम्बुवान तथा लिम्बू विद्यार्थी मञ्चबीच धरानको पिण्डेश्वर विद्यापीठमा सम्पन्न सम्झौता अनुसार आगामी शैक्षिक सत्रदेखि लिम्बू भाषा पठनपाठन हुने भनिए तापनि त्यसको तयारी हुन सकिरहेको छैन । नेपालमा लिम्बू भाषा शिक्षाको दुरावस्था भए पनि सिक्किममा भने यसअघि नै स्नातक तहसम्म लिम्बू भाषा अध्ययन अध्यापन भइरहेकोमा सन् २०१२ जुलाइ महिनादेखि तीनवर्षे अनर्स तहको अध्ययन अध्यापन आरम्भ भएको छ । नेपालको लिम्बू भाषा शिक्षालाई निम्न उपशीर्षकमा उल्लेख गर्न सकिन्छ ।

मातृभाषा शिक्षा इच्छाधीन विषयका रूपमा

तत्कालनीन नेपाल अधिराज्यको संविधान, २०४७ को भाग ३ मौलिक हकअन्तर्गत धारा १८(२) ले 'प्रत्येक समुदायले बालबालिकालाई प्राथमिक तहसम्म आफ्नो मातृभाषामा शिक्षा दिने गरी विद्यालय सञ्चालन गर्न पाउने छ' भनी गरेको संवैधानिक व्यवस्थाका साथै शिक्षा ऐन, २०२८ सातौँ संशोधनको दफा ७ (१) ले विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा हुनेछ तर प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ’ भनी व्यवस्था ग¥यो । यिनै संवैधानिक तथा ऐनमा मातृभाषा पठनपाठनको लागि भएको व्यवस्था साथै तिलविक्रम नेम्बाङ (वैरागी काइँला) को संयोजकत्वमा बनेको राष्ट्रियभाषा नीति सुझा आयोगको प्रतिवेदन २०५० को सुझावपछि प्राथमिक शिक्षा पठ्यक्रम २०४९ मा व्यवस्था गरिए अनुसार इच्छाधीन लिम्बू भाषा विषयको पाठ्यक्रम निर्माण कार्य २०५२ बाट सुरु गरी २०५४ पाठ्यक्रम निर्माण सम्पन्न भयो र त्यसपछि कक्षा १ को पाठ्यपुस्तक आनिपाःन् निर्माण भई २०५५ मा प्रकाशित भयो । पठ्यक्रम अनुवाद तथा समायोजन गर्ने विद्वान्हरूमा गणेश इजम, दिलेन्द्र कुरुम्बाङ, राजेन्द्र जबेगू, तारामान मादेन, डिल्ली लिङ्दम र रणबहादुर लिम्बू थिए भने वैरागी काइँलाको संयोजकत्वमा अजुर्न लिम्बू, रणबहादुर मेन्याङ्बो, दिलेन्द्रकुमार सुब्बा र डिल्लीराम सुब्बाले कक्षा १ को आनि? पाःन् किताबको लेखन गरेका थिए । कक्षा ५ सम्मको आनि? पाःन् पाठ्यपुस्तक २०५९ मा तयार भएपछि त्यो भन्दा माथिल्लो कक्षाका लागि ताकेता गेर पनि आनि? पाःन् पाठ्यपुस्तक नबनेको पनि एक दशक नै भइसकेको छ ।

मातृभाषा शिक्षा बहुभाषिक शिक्षाको रूपमा 

२०६२/६३ को ऐतिहासिक जनअन्दोलनपछि बनेको नेपालको अन्तरिम संविधान, २०६३ को भाग ३ को मौलिक हकको शिक्षा तथा संस्कृति सम्बन्धी हक (धारा १७.१) मा "प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुने छ" भनी व्यवस्था भएको छ । यसरी नै शिक्षा ऐन २०२८ (संशोधन २०६३) को दफा ७.२ (ख) मा "प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिने छ" भनी उल्लेख भएको छ । यसका साथै स्थानीय स्वायत्तशासन ऐन २०५५ को नियमावली २०५६, राष्ट्रिय पाठ्यक्रम प्रारूप (२०६३), सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना नेपाल (२००१ – २०१५), तीन वर्षे अन्तरिम योजना (२०६४/६५ – २०६६/६७) मा बहुभाषिक शिक्षासम्बन्धी राष्ट्रिय तहमा नीति नियमहरू निर्माण भई जारी भएर कार्यान्वयनमा रहेका छन् ।

विश्वव्यापी मानवअधिकार घोषणापत्र (१९४८), अन्तर्राष्ट्रिय श्रम सङ्गठन सहासन्धि सङ्ख्या (१६९), बाल अधिकारसम्बन्धी अनुबन्ध (१९८९) लगायत अन्तर्राष्ट्रिय स्तरका सन्धि सम्झौता नेपाल सरकारले गरेको र तिनको कार्यान्वयनमा प्रतिबद्धताहरू जाहेर गरेको छ । यिनले पनि नेपालमा मातृभाषामा शिक्षा प्रदान गर्ने विषयमा सुनिश्चता प्रदान गरेको छ । यिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियम र प्रतिबद्धताअनुरूप वि.सं. २०६४ सालदेखि २०६६ सम्म फिनल्यान्ड सरकारको सहयोगमा ६ जिल्ला (कञ्चनपुर, पाल्पा, सरुवा, धनकुटा, सुनसरी र झापा) का आठ भाषा (राना थारु, पाल्पा मगर, रसुवा तामाङ, आठपहरिया राई, पूर्वेली थारु र उराउ, राजवंशी र सन्थाल) र सात वटा विद्यालयहरूमा पाइलट परीक्षण गरी बहुभाषिक शिक्षा लागू गर्ने उद्देश्यका साथ नेपाल सरकारले बहुभाषिक शिक्षा निर्देशिका २०६६ जारी गरिसकेको छ । सन् २०१५ सम्म ७५०० विद्यालयमा बहुभाषिक शिक्षा लागू गर्ने योजनासमेत नेपाल सरकारबाट बनेर कार्यान्वयन भएको भए पनि लिम्बू भाषामा बहुभाषिक शिक्षाको कार्यक्रम लागू हुन सकेको छैन । २०६८ मा पूर्वाञ्चलका सबै जिल्लाहरूकाट लिम्बू भाषा शिक्षकहरूले बहुभाषिक शिक्षाका लागि शिक्षक तालिम लिएका थिए र अहिले पनि दोस्रो चरणको तामिल इटहरीको शिक्षक तालिम केन्द्रमा २०६९ फागुन १३ देखि चैत्र ३ समम चलेको थियो ।

बहुभाषिक शिक्षाले (क) अनौपरिक शिक्षा र (ख) औपचारिक शिक्षा दुवैलाई समेट्दछ । औपचारिक शिक्षामा पनि (अ) विषयको रुपमा मातृभाषा र (आ) शिक्षाको माध्यमको रुपमा मातृभाषाको रूपमा भाषा विषयहरूबाहेक सबै विषय पठनपाठन गर्ने कानुनी व्यवस्था भएको छ । बहुभाषिक शिक्षाले शिक्षाको माध्यमको रुपमा मातृभाषालाई प्राथमिकता दिएको छ । तर मातृभाषी विद्यार्थी तथा समुदायका लागि निकै प्रगतिशील बुहभाषिक शिक्षा नीति तथा कार्यक्रम निम्न कुराको शिकार भएको छः

  • मातृभाषी समुदायले बहुभाषिक शिक्षाको मर्म र महत्व बुझ्न नसक्नु । 
  • बहुभाषिक शिक्षा इतरकाहरू जसरी पनि यसलाई विफल बनाउन लाग्नु । 
  • सरकार केन्द्रीकृत हुनु र प्रतिबद्धता जनाए पनि प्रतिवद्धता कार्यान्वयन नहुनु । 
  • पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण साथै शिक्षक नियुक्ती र तालिम दिने विषयमा स्पष्ट व्यवस्था नहुनु अर्थात् यी विषयले सरकारको नियमित कार्यक्रमको रूप नलिनु ।


लिम्बू भाषामा अनौपचारिक शिक्षा

किरात याक्थुङ चुम्लुङले तरङ् र चोत्लुङ (प्रथम संस्करण २०५४, विश्व शिक्षाको सहयोगमा) जस्ता अनौपचारिक शिक्षाका पुस्तकहरू निर्माण गरी लिम्बू भाषामा अनौपचारिक शिक्षा सञ्चालन गर्ने काम गरेको थियो । अनौपचारिक शिक्षा केन्द्र, सानोठिमीले २०६७ मा साङ्लाम् नामक अनौपचारिक शिक्षा आधारभूत साक्षरता पाठ्यपुस्तक तथा साङ्लाम् सहयोगी पुस्तक निर्माण भई तेह्रथुम लगायतका केही जिल्लाहरूमा पठनपाठन भइआएको छ ।

लिम्बू भाषा शिक्षाका लागि प्रयासरत संस्थाहरू

लिम्बू भाषा शिक्षाको पहल गर्ने प्रथम संस्था २६ जुलाइ १९२५ मा कालेबुङमा स्थापित याक्थुङ हाङ चुम्लुङ हो । यसरी नै नेपालमा लिम्बू भाषामा औपचारिक शिक्षा सञ्चालनका लागि पहल गर्ने लिम्बूजन्य संस्थामा किरात याक्थुङ चुम्लुङ (२०४७) पर्न आउँछ । यसरी नै चुम्लुङले लिम्बू भाषा इच्छाधीन विषयका रूपमा पठनपाठन गर्नका लगि पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक निर्माण, शिक्षक तालिम, पाठ्यपुस्तकहरूको व्यवस्थापन, स्थानीय विद्यालयहरूमा स्वयम्सेवी शिक्षकहरूलाई न्यूनतम पारिश्रमिक व्यवस्थापनका लागि पनि कार्य गरिआएको थियो । यसरी नै किरात याक्थुङ चुम्लुङले वैरागी काइँलाको संयोजकत्व तथा प्रा.डा. सुन्दरकृष्ण जोशीको अतिथि सदस्यतामा लिम्बू भाषाको आई.ए.को नमुना पाठ्यक्रम निर्माण गरी २०५९ साल असोज ७ गते मञ्जुल याक्थुम्बाको अगुवाइमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय डिनमार्फत् त्रिभुवन विश्वविद्यालयमा पेश गर्ने काम ग¥यो । वि.सं. २०६२ साल वैशाख २८ गते लिम्बूसहित पाँच भाषा (तामाङ, शेर्पा, भोजपुरी र अवधि) मा आई.ए.मा पठनपाठनका लागि स्वीकृति दिए पनि पाठ्यक्रमले अन्तिम रूप नदिँदै आई.ए.तह फेज आउट भयो ।

पछिल्लो समयमा लिम्बू विद्यार्थी मञ्च (द. २०६२/६३) ले पनि लिम्बू भाषा शिक्षाका लागि पाठ्यक्रम विकास केन्द्रामा मागपत्र पेश गर्दै कक्षा ६ देखि १० सम्माको आनि?पाःन् पाठ्यपुस्तक निर्माण गरी लागू गर्नु पर्ने माग गरिआएको छ । यसरी नै कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठनका लागि उच्च माध्यामिक शिक्षा परिषद्मा मागपत्र पेशगर्ने र डेलिगेसन जाने काम पनि लिम्बू विद्यार्थी मञ्चले गरेको छ । लिम्बू विद्यार्थी मञ्चले कक्षा ६ देखि १२ सम्मको लिम्बू भाषाको पाठ्यक्रम निर्माणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्यमा २०६८ सालमा गोष्ठी आयोजना गरी प्रस्तावित पाठ्यक्रम बनाई छलफल समेत ग¥यो तर त्यसपछि भने यो विषयले प्राथमिकता पाएको छैन ।

यसरी नै बहुभाषिक शिक्षक सङ्गठन, नेपाल (स्था. २०६५) ले लिम्बुवानका सबै जिल्लाका विद्यालयहरूमा लिम्बू भाषामा बहुभाषिक शिक्षा अबिलम्ब सञ्चालन गर्नका लागि १९ बुँदे माग राखी तत्कालीन शिक्षामन्त्रीसमक्ष २०६८ मङ्सिर ५ गते मागपत्र पेश गरी विभिन्न समयमा ताकेता गरिरहेको छ । उक्त मागपत्रको स्थानीय विकास मन्त्रालय, हरिहरभवन; क्षेत्रीय शिक्षा निर्देशनालय, धनुटा; शिक्षा विभाग, सानोठिमी; शिक्षा कार्यालयहरू, सबै राजनैतिक दलहरू, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्ग, नेपाल पत्रकार महासङ्ग केन्द्रीय समिति लगायतलाई बोधार्थ दिइएको थियो ।

अबको बाटो

मुलुक सङ्घीयतामा नगएसम्म बहुभाषिक शिक्षा मातृभाषा शिक्षाका लागि सबैभन्दा उत्तम विकल्प हो । मुलुक सङ्घीयतामा गएपछि राज्यको कार्यालय भाषाका रूपमा लिम्बू भाषाले मान्यता पाएपछि स्वभाविक रूपमा अहिले देखिएका धेरै समस्याहरू हल हुने नै छन् जसरी सिक्किममा लिम्बूभाषा शिक्षाका समस्याहरू हल भएका छन् । हाम्रो लक्ष्य भनेको लिम्बू भाषाले खसनेपाली भाषाले लिएको हैसियत पाउनुपर्छ भन्ने नै हो, शिक्षामा होस् या प्रशासनिक प्रयोगमा होस् । तर वर्तमान अवस्थाका लागि भने हालसम्म प्राप्त भएको र झिनो भए पनि व्यवहारमा रहेको विकल्पमध्येका उत्तम विकल्प बहुभाषिक शिक्षा (माध्यमको रूपमा, विषयको रूपमा, अनौपचारिक शिक्षाको रूपमा) लाई भरपुर रूपमा प्रयोग गर्नु नै बुद्धिमानी हुने छ । यसका लागि राज्य र सामाजिक सङ्घ सङ्थाहरूले निश्चित दायित्व निर्वाह गर्नुपर्छ जसले गर्दा बहुभाषिक शिक्षाको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ ।
योञ्जन (२०६९) का अनुसार बहुभाषिक शिक्षा विस्तारका लागि राज्य तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जातीय–भाषिक सङ्घसंस्था र समुदायको दायित्य निम्न अनुसार हुन आउँछ । राज्यको दायित्वहरू निम्नअनुसार छन् :

(१) बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका २०६६ गत वर्षको चैत्र २०६६ मा जारी भएको हो । यो निर्देशिका कार्यान्वयनको लागि अब के कसरी गर्ने सबै (नेपाल सरकार र सरकारी निकायहरू, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासङ्घ, युनेस्को, युनिसेफ, दातृनिकाय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, मातृभाषी सङ्घसंस्था आदि) लाई समावेश गरेर कार्यान्वयनका लागि पहल गरिनु पर्दछ ।

(२) बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका २०६६ अनुरूपका शिक्षा ऐन २०२८ (नियमावली २०६३ सहित) तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३, विद्यालयी शिक्षा पाठ्यक्रम आदि मरिमार्जन गर्न पहल गरिनु पर्दछ ।
(३) जिल्ला पाठ्यक्रम समन्वय समिति र स्रोतकेन्द्र व्यवस्थापन समितिलाई निर्देशिका अनुरूप गठन गर्न पहल गरिनु पर्दछ ।

(४) निर्देशिका अनुरूपको राष्ट्रिय बहुभाषी शिक्षा निर्देशक समिति, जिल्ला पाठ्यक्रम समन्वय समिति र स्रोतकेन्द्र व्यवस्थापन समिति यथाशीघ्र गठन गरिनु आवश्यक छ ।

(५) बहुभाषिक शिक्षा अनुकुलका राष्ट्रिय भाषा नीति बनाउन यथाशीघ्र पहल गर्नुपर्दछ ।

(६) नेपालको संविधान, ऐन, कानुन तथा नीति तथा कार्यक्रम आइएलओ महासन्धी १६९ र युएनड्रिप अनुरूप बनाउन पहल गरिनु पर्दछ ।

(७) निर्देशिका अक्षरशः कार्यान्वयनका लागि सम्बन्धित सरकारी निकायहरूलाई उत्प्रेरित तथा प्रोत्साहित गरिनु पर्दछ ।

(८) राष्ट्रिय योजना आयोगको नयाँ तीन वर्षीय योजनामा बहुभाषिक शिक्षा कार्यान्वयन सुनिश्चिताका लागि आवश्यक पहल गरिनु आवश्यक छ ।

(९) बहुभाषिक शिक्षा प्रारम्भ गर्न मातृभाषा जान्ने स्थानीय शिक्षक नियुक्तिलाई प्राथमिकतामा राख्नु पर्छ ।

(१०) बहुभाषिक शिक्षाप्रति रहेको नकरात्मक धारणालाई फेरेर सकरात्मक धारणा बनाउन सबै तहमा एटिच्युड चेन्ज (व्यहार परिवर्तन) गर्ने तालिमको व्यवस्था गरिनु आवश्यक छ ।

(११) बहुभाषिक शिक्षा कार्यान्वयनको लागि सबै तहको स्टेकहोल्डर सहभागी हुने गरी यसै शैक्षिक वर्षभित्र राष्ट्रिय स्तरको परामर्श गोष्ठी गर्नु आवश्यक छ ।

(१२) निर्देशिकाले निर्देश गरेका कदमहरूबारे केन्द्रीय तथा जिल्ला तहमा छलफल कार्यक्रम गरिनु आवश्यक छ ।

बहुभाषिक शिक्षा विस्तारका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था र जातीय–भाषिक सङ्घसंस्था र समुदायको दायित्य
(१) नयाँ संविधानमा बहुभाषिक शिक्षालाई समेत मौलिक हकको रूपमा स्थापित गर्न पहल गरिनु पर्दछ ।

(२) बहुभाषिक शिक्षा नीति निर्माणमा युनेस्को, युनिसेफ, आइएलओ जस्ता राष्ट्रसङ्घीय संस्थाको भूमिका महत्वपूर्ण रहेकोले यसको कार्यान्वयनमा पनि ती सङ्घसंस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सक्रियता स्थानीय तहसम्म पुग्न आवश्यक छ ।

(३) नेपालको शैक्षिक प्रणालीको अभिन्न अङ्गको रूपमा बहुभाषिक शिक्षा रहेकोले यसको व्यापक कार्यान्वयनको लागि दातृनिकायहरूको भूमिका महत्वपूर्ण रहेकोले ती संस्थाहरूको यसतिर अर्थपूर्ण ढङ्गले उन्मुख हुन आवश्यक छ ।

(४) बहुभाषिक शिक्षाबारे जानकारी अभियानकै रूपमा सञ्चालन गरिनुपर्दछ । यसको लागि नेफडिनले सक्रिय पहल लिनु आवश्यक छ ।

(५) बहुभाषिक शिक्षालाई व्यापक बनाउन बहुभाषिक शिक्षा समाज, बहुभाषिक शिक्षा सञ्जाल जस्ता संस्था निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्नुका साथै सरकारी र गैरसरकारी र राष्ट्रसङ्घीय सङ्घसंस्थाको कार्यक्रम तथा कार्यान्वयन पक्षलाई वाचडकको रूपमा भूमिका निर्वाह गर्न आवश्यक छ ।

लिम्बू भाषा पठनपाठनलाई व्यवस्थित गर्नका लागि किरात याक्थुङ चुम्लुङ, लिम्बू विद्यार्थी मञ्चजस्ता संस्थाहरू निरन्तर रूपमा लागिपर्नु पर्छ । कामका प्राथमिकताहरूमा कक्षा ६ देखि ८ को पाठ्यपुस्तक निर्माण, कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण र कार्यान्वयनका लागि समर्पित हुनुपर्छ । २०५९ सालदेखि स्थगित रहेको त्रिभुवन विश्व विद्यालय लिम्बू भाषा पठनपाठनको निम्ति गरिनुपर्ने प्रयासलाई पुनः आरम्भ गरिनुपर्छ । यस कार्यलाई संस्कृत विश्व विद्यालयजस्ता अन्य सरकारी विश्वविद्यालयमा लिम्बूभाषा पठपाठनका लागि प्रयास गरिनु पर्छ ।

निष्कर्ष 

औपचारिक लिम्बू भाषा शिक्षाका लागि विगत ८२ (सन् १९३८) वर्षदेखि निरन्तर प्रयासहरू भइआएका छन् । अवश्य पनि अपेक्षा गरेजस्तो उपलब्धि हासिल हुन सकेको छैन । यसो हुनुमा विभिन्न राजनैतिक परिवेश र सांस्कृतिक चेतना अभावको परिणामस्वरुप लिम्बू समुदाय निर्णय गर्ने तह (राजनीतिक तथा प्रशासनिक) मा पुग्न नसक्नु सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । यसमा सुधार ल्याउन प्रतिवद्धताका लागि शिक्षाविद् अमृत योञ्जनले भन्ने गरेको "मैले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ? र यहा नगरे कहा गर्ने ?" भन्ने कथनलाई सामुहिकतामा विश्वास गर्ने लिम्बूहरूले यस्तो प्रतिवद्धता व्यक्त गरी व्यवहारमा उतार्नु नितान्त आवश्यक छ कि "हामीले हाम्रो भाषाको लागि काम नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ?" यसका लागि हाम्रा संस्थाका बरालिएका दैनिकीमा परिवर्तन हुनुपर्छ र निर्दिष्ट कामहरूमा शिक्षा पर्नु अनिवार्य छ । अरूले निर्माण गरेको प्रारुपमा काम गरेर हामी कहिल्यै विजयी हुन सक्दैनौ, अरूले खनेको बाटो हिँडेर हामी हाम्रो चोत्लुङमा पुग्न सक्दैनौ, हाम्रो विजययात्राका लागि हाम्रै भाषा शिक्षा चाहिन्छ । यो कुरा सम्बन्धित समुदायका अगुवाहरूले बुझ्नुपर्छ र सोहीअनुसार अघि बढ्नुपर्दछ भने राज्यले पनि यसका लागि मार्ग प्रसस्त गर्नुपर्दछ ।

नोट
* यो कार्यपत्रीय लेख लिम्बू विद्यार्थी मञ्चको १५ स्थापना दिवसको उपलक्ष्य ६ चैत्र २०६९ त्रि.वि. कृतिपुरमा आयोजित ‘लिम्बूभाषा शिक्षाको इतिहास र भाषिक आन्दोलन’ विषयक सेमिनारमा प्रस्तुत कार्यपत्र हो । यस कायपत्रमा समय सापेक्ष केही सुधार र सम्पादन गरिएको छ – लेखक।)
# प्राकृतिक तत्व वा वस्तुहरू जस्तो आकास, धरती, घाम, जून, आगो, पानी (खोला, नदी, पोखरी), बुटीवृक्ष आदिलाई दैवी शक्तिका रूपमा मानी पूजाआजा गर्ने पद्धतिलाई हाइरोफेनी भनिन्छ ।
३ भगवान् वा देवीदेवताको प्रतीकका रूपमा मूर्ति, माङ्हिम्, मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि स्थायी रूपमा पदस्थापन गरी पूजा अर्चना वा प्रार्थना गर्ने पद्धतिलाई थियोफेनी भनिन्छ ।

सन्दर्भ सामग्री

क (१) खसनेपाली सामग्री खण्ड


  • चेम्जोङ, इमानसिंह (२००३÷२०५९, प्र.सं. सन् १९४८) किरात इतिहास, किरात याक्थुङ चुम्लुङ, केन्दीय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर । 
  • तान्छोप्पा, वर्ष १०, अङ्क १०, असोज २०६२, सम्पादकः अमर तुम्याहाङ, पृ. ३/८ ।
  • तुम्याहाङ, अमर र अन्य (वि.सं. २०६७) । साङ्लाम्, नेपल सरकार, शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्र, सानोठिमी, भक्तपुर । 
  • दिक्पाल, राजकुमार (वि.सं. २०६७) सिरिजङ्गा सम्बन्धमा केही नयाँ तथ्यहरू, लिम्बुवान जर्नल (पृ.५८–६४), लिम्बू विद्यार्थी मञ्च, केन्द्रीय समिति । 
  • नेम्बाङ, तिलविक्रम (वि.सं. २०५०) राष्ट्रियभाषा नीति सुझाव आयोगको प्रतिवेदन, राष्ट्रियभाषा नीति सुझाव आयोग, प्रज्ञाभवन, कमलादी, काठमाडौँ, नेपाल ।
  • मेन्याङ्बो, रणबहादुर (वि.सं. २०६६) किरात धर्मको ऐतिहासिक वैज्ञानिक पक्ष र मुहिगुम अङ्सीमाङ फाल्गुनन्द, महागुरु लिङ्देन फल्गुनन्दसँग सम्बिन्धत लेख रचनाहरूको सँगालो महागुरु फाल्गुनन्द (पृ. ११६–१२५) । 
  • योञ्जन, अमृत । नेपालमा बहुभाषिक शिक्षा ः अभ्यास र अनुभव । फागुन ९ गते नेपाल प्रज्ञा—प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०६९ को उपलक्ष्यमा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
  • राई, नोवलकिशोर (वि.सं. २०६६) किरात धर्म, मुहिगुम अङ्सीमाङ फाल्गुनन्द र रविको सेरोफेरो, महागुरु लिङ्देन फल्गुनन्दसँग सम्बिन्धत लेख रचनाहरूको सँगालो महागुरु फाल्गुनन्द (पृ. ११२–११५) । 
  • राई, नोवलकिशोर (वि.सं. २०६१) महागुरु फाल्गुनन्द व्यक्ति एक : आयाम अनेक, महागुरु फल्गुनन्द शालिक निर्माण समितिको स्मारिका (पृ. ७४–७७) । 
  • लाओती, देवेन्द्र (२०६१) इमानसिंह चेम्जोङः मेरो संस्मरणमा, इमानसिंह चेम्जोङ व्यक्तित्व र कृतित्व, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललिपुर (पृ. १४३–१४५) ।
  • लाओती, येहाङ (२०६५) आदिवासी लिम्बू जातिको संक्षिप्त परिचय । प्रकाशकः दिलबहादुर लाओती । 
  • लाओती, येहाङ (२०१३) सन्दर्भः फक्ताङलुङ निसामहिम, इमेत्नासुङ, अङ्क ३४, दाराप, पश्चिम सिक्किम (पृ. ३०८–३१३) ।
  • लाओती, येहाङ (२०६१) सम्झनाको फूलबारीमा इमानसिंह चेम्जोङ, इमानसिंह चेम्जोङ व्यक्तित्व र कृतित्व, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललिपुर (पृ. १३३–१४२) ।
  • लिम्बू, अर्जुन र अन्य (वि.सं. २०५५) स्मारिका, किरात याक्थुङ चुम्लुङ, चौथो राष्ट्रिय महाधिवेशन, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय, ललितपुर । 
  • शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), (२०६१) । अध्यादेशसहित, बौद्धिक दर्पण प्रकाशन, काठमाडौँ । 
  • श्री ५ को सरकार नेपाल अधिराज्यको संविधान, २०४७ । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, कानुन किताब व्यावस्था समिति, बबरमहल, काठमाडौँ । 


क (२) अन्य सामग्रीहरू


  • बहुभाषिक शिक्षक सङ्गठन, नेपालले २०६८ मङ्सिर ५ गते शिक्षामन्त्री समक्षा पेश गरेको ज्ञापनपत्र ।
  • नेपाल संस्कृत विश्वविद्यालयद्वारा गठित वार्ता समिति र सङ्घीय विद्यार्थी युनियन, लिम्बूवान, लिम्बू विद्यार्थी मञ्चबीच धरानको पिण्डेश्वर विद्यापीठमा २०६९/१०/५ मा भएको सम्झौता पत्र ।
  • वीर नेम्बाङद्वारा २०३९ चैत्र ९ गते सभापति, राजसभा स्थायी समितिसमक्ष पश्चिमाञ्चल क्षेत्रीय सभा पोखरामा पेश गरेको “संविधान र ऐन कानुन बमोजिम क्षेत्रीय भाषाहरूको अध्ययन निमित्त विद्यालयहरूमा संचालन गर्न स्वीकृतिको लागि सिफरिस पाउँ” शीर्षकको मागपत्र ।


ख. लिम्बू सामग्री


  • आनि? पाःन् (२०५४, २०५५) पाल सरकार, शिक्षा तथा खेलखुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर । 
  • तुम याक्थुङ निङ्वाफु साप्ला (१९२८) प्रकाशक: Mr. E. K. Bahadur Subba and Mr. Sibirai Sanwa. Dareeling Chumlung.
  • याक्थुक्ष् निछाम् निछाप्पोना (२०४९) याक्फा १ ओनु ५ तारिक, २०५४ । श्री ५ को सरकार शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, प्राथमिक पठ्यक्रम पाठ्यपुस्तक विकास केन्द्र एकाइ÷आधारभूत तथा प्राथमिक शिक्षा परियोजना, सानोठिमी, भक्तपुर । 


ग. अङ्ग्रेजी सामग्री


  • Khamdhak, Buddhi L. (2013) Struggle of Sikkimese Limboos for the Tribal Status and Seat Restoration in the Sikkim Legislative Assembly, in Harka Khamdhak Emeytnasung, (pp. 414-447), Darap, West Sikkim. 
  • Subba, J.R. (2012). Ethno-Religious Views of the Limboo Mundhums (Myths): An Analysis of Traditional Theories. Yakthung Mundhum Saplapp. Gangtok, Sikkim.
  • Subba, J.R. (2012). Yumaism, the Limboo Way of Life: A Philosophical Analysis. Yakthung Mundhum Saplappa. Gangtok, Sikkim.
  • Subba, P.S. (2006) Limbu Lekhya Bhasako Bikashbarey Aphailai Herda, in Tumyahang, Setling and Tigela Padam Sing Subba 'Apatan' Byaktitwa ra Krititwa Kirat Yakthung Chumlung, Limbu Bhasa Sahiya Pratisthan, Kathmandu. 
  • Vansittart, Eden (1991, First Pub. 1906) GURKHAS, Asian Education Services, New Delhi, Madras. 
  • Wanemfago, B.K. (1998). Diminishing Trend of Limboo Language and Remedial Measures, SOUVENIR Birth Anniversary of Teyongsi Sirijunga (p. 10-18)  Published by Sikkim Limboo Youth Association. 
  • www.google.com.np//oldest-universities-in-the-world-ancient-colleges, visited on 4 March 2013.