Monday, April 27, 2020

तिखेदेवल मन्दिर परिसरमा रहेको शिलालेखको प्रतिलिपि लेखन सन्दर्भ

प्राज्ञ अमर तुम्याहाङ

विषय उठान

किरात वंशका राजा शस्कुहाङ वा शङ्खाहाङ भनी इतिहासकारहरूले उल्लेख गरेका शेसिकुहाङ किरात राजाले पाटनको तिखे गाउँमा उमा महेशको देवल मन्दिर बनाई त्यस देवल मन्दिरमा देवशीला राखेका थिए । त्यो देवल मन्दिर लिच्छिवि काल हुँदै मल्ल कालसम्म आइपुग्दा जीर्ण भएर रहेको अवस्थामा मल्ल वंशका राजा शक्ति सिंहले त्यसको जीर्णोद्धार गरे ।

किरात राजा शेसिकुहाङले बनाएको र मल्ल राजा शक्ति सिंहले जीर्णोद्धार गरेको उमा महेशको उक्त देवल मन्दिर मल्लकाल, राणाकाल हुँदै वि.सं. २०११/१२ सालसम्म आइपुग्दा देवल मन्दिर भत्की पाताल भई देवमूर्तिमात्र बाँकी रहेको थियो । सोही पुरानो भग्नावशेष रहेको ठाउँमा सुब्बा पे्रमबहादुर माबोहाङले विक्रम संवत् २०१३ साल जेठ १७ गते पुनः पक्की मन्दिर र मन्दिरको बायाँतर्फ पक्की सत्तल बनाए । यसका साथै मन्दिर र सत्तल मर्मतसम्भार र नियमित पूजापाठका लागि मोरङ तिली जाँतेमा रहेको बारकोठे नामको ३ विगाहा खेत गुठी राखी यी सबै विवरणहरू उल्लेख भएको खस नेपाली र याक्थुङ लिम्बु भाषामा शिलालेख पनि राखेका थिए ।

ती शिलालेखहरू मार्बलमा साना अक्षरमा लेखिएकाले अहिले आएर पढ्न निकै कठिन हुने अवस्थमा पुगेका छन् । त्यहाँ राखिएको सबैभन्दा पुरानो शिलालेखमा भएका अधिकांश अक्षरहरू मेटिएर पूर्ण रूपमा पढ्न नसकिने भएको छ । यसरी नै लिम्बु भाषामा लेखिएको शिलालेख पनि पढ्न नसकिने अवस्थामा रहेको छ । खस नेपालीमा लेखिएको शिलालेख भने तुलनात्मक रूपमा अलि बढी पढ्न सकिने अवस्थामा रहेको छ । यी शिलालेखहरूको यो अवस्थालाई ध्यानमा राखी किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिले ग्रेनाइटमा प्रतिलिपि लेखन गर्ने गराउने कार्य गरेको छ ।

सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको शिलालेखको पठन र प्रतिलिपि लेखन

सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको शिलालेख यस प्रकार रहेको छ :


सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको यस शिलालेखको मूल पठन प्राज्ञ वैरागी काइँलाले गरेका हुन् । पछि वैरागी काइँला र अमर तुम्याहाङले संयुक्त रूपमा त्यसलाई थप निखार्ने काम गरेका थिए । यो शिलालेख १८ लाइनमा लेखिएको छ । यस शिलालेखमा पढ्न सकिएका विवरणहरू निम्न अनुसार उतार गरिएको छ :

यस विवरणमा राखिएका थोप्ला थोप्ला ( ... ) ले पढ्न नसकिएको अक्षर वा शब्द विवरणहरू जनाउँदछ । यस विवरणमा सानो कोष्टकभित्र राखिएका अक्षर वा शब्दहरू वर्तमान उच्चारणसँग मेल गराउन प्रयोग गरिएका अक्षर वा शब्दहरू हुन् । माथि विवरणमा आएका शब्द वा वाक्यांशहरू पूर्ण लिम्बु उच्चारण अनुसार लेखिएका छैनन् । ती शब्दहरूलाई अर्थ लगाउन पनि निकै कठिन छ । तर यस विवरणमा उल्लेख भएका केही बुझ्न सकिने शब्द वा प्रसङ्गहरूलाई आधार मान्दा नागरी लिपिमा खस नेपाली भाषामा लेखिएका विवरणको निकट रहेको छ । यसर्थ सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखिएको शिलालेख प्रतिलिपिको रूपमा नभई देवनारी लिपि र खस नेपाली भाषामा लेखिएको प्रेमबहादुर माबोहाङले स्थापना गरेको शिलालेखको आधारमा रहेको मानेर तयार गरिएको छ । यस अनुसार तयार गरिएको सिरिजङ्गा लिपि र याक्थुङ लिम्बु भाषामा लेखी पुरानो शिलालेखसँगै राखेको नयाँ शिलालेखको विवरण यस प्रकार रहेको छ :


माथि प्रस्तुत शिलालेखका शब्दावलीहरू पूर्ण रूपमा लिम्बु भाषा विज्ञान वा उच्चारण अनुसार लेखिएका छैनन् । कतिपय खस नेपाली पदावलीहरूलाई उही उच्चारणमा राखिएका छन् जस्तै 'माबाङगी', 'जया', 'बारकोठे' आदि ।

नागरी लिपि र खस नेपाली भाषामा लेखिएको शिलालेखको पठन र प्रतिलिपि लेखन

नागरी लिपि र खस नेपाली भाषामा लेखिएको शिलालेख यस प्रकार रहेको छ :


यो शिलालेख करिब करिब सतप्रतिशत पढ्न सकिने अवस्थामा रहेको छ । यसको प्रथम पठन प्राज्ञ तथा प्राध्यापक दिनेशराज पन्तले गरेका हुन् । प्राध्यापक दिनेशराज पन्तले पठन गर्न नसकेका अक्षर र शब्दहरू किरात इतिहासकार मञ्जुल याक्थुम्बा र अमर तुम्याहाङले संयुक्त रूपमा पठन गरी पूर्णता दिएका हुन् । यो शिलापत्र २३ लाइनमा लेखिएको छ । यसको पूर्ण विवरण यस प्रकार रहेको छ :


नागरी लिपि र खस नेपाली भाषामा रहेको शिलापत्रलाई माथि जस्ताको तस्तै उतारिएको छ । यस शिलापत्रका कतिपय शब्दहरू नबुझिने भएकाले वा नामसँग जोडिएका कपिय प्रसङ्गलाई प्रष्ट्याउन सानो कोष्टकमा शब्दहरू राखिएका छन् । त्यसरी राखिएका शब्दहरूले शिलापत्र लेख्दा त्यस समयमा हुन गएका फरकपनालाई स्पष्ट पार्ने र वर्तमान अवस्थामा त्यसलाई बुझ्न सजिलो बनाउने छ । यी बाहेक शिलापत्रको प्रतिलिपि जस्ताका तस्तै उतारिएको छ । यसको विवरण यस प्रकार रहेको छ :
........................................................................................
उमा महेश
श्री ४ युग मध्ये कलीयुग गत ५०५७ शके (शाके) १८७८ विक्रम सम्वत् २०१३ साल जेष्ठ १७ गते जेष्ठ कृष्ण षष्ठि तिथौ बुधवासरे पूर्व पल्लो किरात लिम्बुवान देशमधे(मध्ये) जिल्ला धनकुटा थुम चौबिश मिक्लुङ नागी गाउँ निबासी सुब्बा पृथ्वी दलको नाती सुब्बा आकैस हाङ (औसनसिंह) लिंबु (लिम्बु) को छोरा श्री सुब्बा प्रेम बहादुर मुना गोत्री चन्द्र वंशी माबहाङ (माबोहा¬ङ) तस्य बामाङगी जया कुमारी गंगा कुमारी सुपुत्र पुण्य प्रसाद कनिष्ठ भ्रात पुत्र जिमीदार अग्नी प्रसाद सहित, म सपरिवारादी भई पाटन अर्थात ललीतपुर तिषेगाउँ मा अघी प्राचीन कलि युग २२४७ गत मा किरात वंश राज्यकालका शेसिकुहाङ (शस्कुहाङ÷शङ्खाहाङ) किरात राजाले उमामहेशको देवल मन्दीर बनाई देव शीला स्थापित गरेको मन्दीर जीर्ण हुदा (हुँदा) मल्ल वंश शक्ति सिंहले जिर्णो उद्धार गरेको मन्दीर भत्की पाताल भई देव मुर्ति मात्र रहेको पुरानु स्थानमा उमा महेश को पक्की मन्दीर १ र ˘व मन्दीर उत्तर बाँयाँ तर्फ पक्की सतल (सत्तल) धर्मशाला १ स्मेत (समेत) बनाई उमामहेशको नित्य पुजाको निमित्त धुप अक्षता तील जौलाई मैना (महिना) एकको मोहोर रु २ पुजारी के तलब माशिक मोहोर रु ३ का दरले जम्मा वर्ष १ को पुजा तलब स्हीत (सहित) मोहोर रु ६० एही (यही) २०१३ साल देखि फाल्गुण कृष्ण चदुर (चतुर) दशी शिवरात्री कादिन रुद्री आवृती ११ चण्डी आवृती ३ ब्राह्मण द्वारा पुजारी ले पाठगराउने के खर्च वार्षिक मोहोर रु ३० र धर्मशाला मम्र्मत (मर्मत) के खर्च मोहोर रु १० समेत जम्मा मोहोर रु १०० वार्षिक खर्च र लेखिएको खर्च भई बचेको आम्दानी साल वसाल गुठमा जम्मा गरी ˘व उमामहेश कोमन्दीर र धर्म शाला सतल बिग्रे भत्के मा मर्मत गर्ने कार्य निमित्त गुठ जगा मोरं (मोरङ) विराट नगर जिल्ला प्रगन्ना मिकलुङ पाहाड मौजा तिली जाँते १३ साल को हाल आवादी भिमबहादुर लिम्बु दाता भएको बार भोटे (बारकोठे) बिरौटा बिगाहा ३ खेत गुठी चढाएको छ ˘व जग्गाको आम्दानी लेखिए बमोजीम गुठ रही खर्च हुने संकल्प आज को प्रतिष्ठा शुभ कार्य को दिन यज्ञशालामा गरी चढाएको छ । ईति शुभम् ।।
प्रतिलिपि लेखन मिति : वि.सं. २०७५/१०/०१, कक्फेÞक्वा तङ्नाम ।
किरात याक्थुङ चुम्लुङ, जिल्ला कार्य समिति, ललितपुर ।
........................................................................................

यस शिलापत्रको अन्त्यमा प्रतिलिपि लेखन मिति र प्रतिलिपि लेखन गर्ने संस्थाको नाम भने पहिलाको शिलापत्रमा उल्लेख भएका विवरणमा थपिएका छन् ।

नागरी लिपि र खस नेपाली भाषामा लेखिएको सबैभन्दा पुरानो शिलालेखको पठन र प्रतिलिपि लेखन 

तिखेदेवल मन्दिर परिसरमा रहेको सबैभन्दा पुरानो शिलापत्र यस प्रकार रहेको छ :


यो शिलालेख वा शिलापत्रको दायाँ र बायाँ छेउका केही भागमा थोरै अक्षरहरू देखिन्छन् । शिलापत्रको बिच भाग पुरै मेटिएको छ । यस शिलापत्रको तलतिरको भाग वल्लो छेउदेखि पल्लो छेउ वारपार नै अक्षरहरूको कुनै निसाना समेत नरहने गरी मेटिएको छ । यस शिलापत्रमा लेखिएको रूप हेर्दा मल्लकालीन शिलापत्र भएको सहजै अनुमान गर्न सकिन्छ । सुब्बा प्रेमबहादुर माबोहाङले यही शिलापत्र वा शिलालेख पढेर नै २०१३ सालमा उनले नयाँ शिलालेख राखेको विश्वास गरिएको छ । जे होस्, यो अत्यन्तै जीर्ण भएकाले यस शिलापत्रको पठन गर्न सकिएन ।

टुङ्ग्याउनी 

पाटन तिखे गाउँमा किरात कालमा बनेको, मल्लकालमा जीर्णोद्धार भएको र २०१३ सालमा सुब्बा प्रेमबहादुर माबोहाङले पुनः निर्माण गरेको उमा महेशको देवल मन्दिरका साथमा नयाँ निर्माण गरिएको सत्तल अहिले यथा अवस्थामा रहे पनि त्यहाँ राखिएका शिलापत्रहरू पढ्न सकिने अवस्थामा रहेका छैनन् । यसो हुनुमा शिलालेख लेखिएको ढुङ्गो कमसल मार्बल हुनु, शिलालेख लेखिएको शिला राज्य र समुदायबाट संररिक्षत नहुनु जस्ता कारणहरू रहेका छन् । यस प्रकारका ऐतिहासिक शिलापत्र जसले हाम्रो प्रामाणिक इतिहास उजागर गर्दछन् त्यस्ता ठोस प्रमाणहरू संरक्षण गर्ने कार्यप्रति राज्य उदासिन हुनु दुःखद छ ।

आशा लाग्दो कुरा भने किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समितिले चासो देखाएर पढ्न सम्भव भएका शिलालेखहरू लामो समय टिक्न सक्ने ग्रेनाइटमा प्रतिलिपि लेखन गरी पुरानो शिलापत्रसँगै राख्ने काम गरेको छ । सबैभन्दा पुरानो शिलापत्र लिपि विशेषज्ञहरू लगाएर पठन गर्न लगाउनुपर्छ र यस शिलापत्रमा अभिलेखित इतिहास उजागर गर्नुपर्छ । यो अभिभारा राष्ट्रिय अभिलेखालय लिनु वाञ्छनीय हुन्छ ।

सानोठिमी भक्तपुर
२०७५ पुस १८ गते बुधबार

स्रोत : वलिहाङ मुइङसक, वर्ष ६, अङ्क ६, पेज ३९-४७ ।

पिउनै नपाई रित्तिएका प्यालाहरू

अमर तुम्याहाङ

सबैलाई आफूले 'नारायण' भनेको छु ।
माझमा तिनैको 'बेवारिसे' बनेको छु । (पेज १)

नारायण अरूका मात्र नारायण होइनन् । सबै अरू पनि नारायणका नारायणहरू हुन् । आपद पर्दा नारायण । साथ खोज्दा नारायण । विश्वासको वैतरणी तर्दा नारायण । सबैको बिचमा भएर पनि छुन र देख्न नसकिने नारायण वारिसविनाको नारायण अर्थात् गजलको प्याला पलपल घुट्काउने नारायण ।


यिनै नारायण मृग सावकझैँ चञ्चले ठिटो हुँदा अम्बिटारको थुम्कोमा सुसेल्थे त सुकेटारको सिरेटोमा गीत गाउँथे । फुङलिङको कोलाहलले सताएको बेला तोक्मे डाँडोको सल्लेरी वनमा सुस्ताउन पुग्थे । शान्त वेगमा बगेको तमोरसँग मितेरी साइनो गाँसेका नारायण मुकुम्लुङमा पाथीभरा मनभरि सिरानी लाएर कञ्चनजङ्घा र फक्ताङलुङसँग अँगालो मारेर निदाउँथे, स्वप्निल संसारमा । देउरालीको लालीगुराँस आँखामा सजाएर उराठिलो हाङ्देवा पहिरोको किनारमा बसेर आफ्नो अज्ञात भविष्यको चित्र कोर्थे जहाँ उनी थिए, उनको समय थियो, मन थियो, मनलाई टाल्ने आशा थियो, उनको तिमीलाई माया गर्ने मुटु थियो, यस्तै धेरै धेरै कुरा थिए, त्यहाँ । तर अब उनी सपना देखेको ठाउँमा छैनन् । सपनाको संसारमा छन्, सपना देख्दै समवेदनाका प्यालाहरू घुटकाउँदै हामीलाई अनि यो संसारलाई सांसारिक सुख र दुःखलाई, आँसु र हाँसोलाई, प्रेम र घृणालाई मित्रता र शत्रुतालाई मानवता र दानवतालाई प्यालामा दिएर पिउन साउती गर्दै चियर्स भन्दैछन् । उनको छुट्टै संसार छ, भावनाको संसार जुन सिमलको भुवाभन्दा कोमल, हलुका छ । त्यसैले वर्तमान जस्तो कठोर बजारमा छैनन् उनी अर्थात् उनी कसैलाई वारिस राखेर लाचार यो दुनियाँमा हाँस्न चाहँदैनन् बरु एक्लै एक क्षण भए पनि उन्मुक्तिको आकाशमा उडान भर्न चाहन्छन्– स्वतन्त्रताको उडान, यसरीः
देउ मलाई अलिकति खुला खुला आकाशहरू ।
उन्मुक्तमा उड्न देउ मानवताका बतासहरू । (पेज २१)

सपनाका खेती लाउने नेताहरूले जनताको बस्तीमा आगो सल्काएको देखेर उनको मन रोएको छ । मान्छेको रगतमा होली खेल्ने ती नमान्छेहरूको सामु 'मान्छेको बली खाने मान्छेको यो बस्तीमा । बाँचेको नै कहाँ छ ? मात्र एक मुठी सास छ ।' भनेर वर्तमान नेपाली जनताको आवाज बुलन्द पारेका छन् । लिलिपुट नियति बाँचेर आफ्ना दसा सुध्रिने सपना साँच्दै राणा शासन, पञ्चायत आदि खेपेका जनताहरू बारम्बार ठगिएको, शोषित भएको मात्र होइन अस्तित्व समेत खतरामा परेको अनुभव यसरी व्यक्त गर्दछन् :
दस नङ्ग्रा खियाउँदै रगत तिम्रै चुसिन्छ 
भाग्य अरूको बनाउँदैमा भाग्य तिम्रै तुहिन्छ । (पेज २)

देशमा डढेलो लाएर वर्तमानका नेपाली निरोहरू बाँसुरी बजाएर मात्र नाचगान गर्दै समय बिताएका छैनन् । दनदन्ती बलेको ज्वालामा अवोध प्रह्लाद र ध्रूव छोराहरू हाम्रा युगका भृकुटी र सीता चेलीहरू, पार्वती र लक्ष्मी आमाहरू, सत्यम्, शिवम्, सुन्दरम्का परम अनुयायी जीवहरू अनि शान्तिका संवाहक बुद्धहरूलाई भकाभक धकेलेर लाउँदै जलाउँदै छन् । आफन्तका रगतले ढुङ्गा माटो रङ्गिएको छ । खोल्सा खोला पानी होइन रगत बगेको छ । जङ्गल खोँच लासले ढाकेको छ । देश आँसु सागरमा डुबेको छ । मानवता ताज त के सगरमाथा झुकेको छ भन्दै सभ्यतामा कालो पोतिएको यसरी व्यक्त गर्दछन् उनी :
वेदनामा यहाँ आकाश झुकेको छ । 
घाम नअस्ताउँदै आज रात परेको छ । (पेज ३६)

आइपुगे उनी विकृति मौलाउने एउटा सहर, अभाव तनावबीच सपना रोप्ने रहरमा गाउँघर साथी सङ्गी सबै मुलेर । अनि देखे उनले मानवीय संहार छिमेकी गुजरात र वामियान आसपासमा, युगोस्लाभिया र पेलिस्टाइनमा । घरभित्र मच्चिएको हत्या, लुट, बलात्कार, हिंसा अनि अशान्ति विश्वव्यापी रूपमा फैलिएको पाए उनले । कहीँ राजनीतिको अभिष्ठता पूरा गर्न, कहीँ जातीय अहमताको शिखर समिट गर्न, कहीँ कथित वैभवको छहारीमा अरूलाई ओताउन, कही धर्मको रक्षा गर्न अर्थात् एउटा न एउटा निहुँमा यो सभ्यताको चरम समयमा पनि मान्छेको बलि निरन्तर मान्छेले नै चढाएको सत्य घटना उनका नाङ्गा आँखेले देखे । हर धर्मले मात्र मानव रक्षा र विश्वमा शान्ति कायम गर्नुपर्ने तर ती धर्मका बाइबल, कुरान र वेद सिंहाप्रिय दानवहरूले जन्माउने मेसिन जस्तो देख्छन् । उनी तिनीहरू "मुखमा राम राम बगलीमा छुरा" लिएर हिँडेका पाउँछन् अनि भन्छन् :
बेद, बाइबल र कुरान पढ्ने कथित शान्तिका पूजारीहरू,
आफैँ आफैँमा आज क्रान्ति रोज्न थालेका छन् । (पेज १६)

'के पायौ पराइको लागि बहादुर भइ लड्दाखेरि ? के पायौ वर्मा, कार्गिल, कोसोभोमा ढल्दाखेरि ?' भनेर लाहुरेहरूलाई सम्झाउँदै उनी भन्छन् – टुहुरा र विधवा बनाई बेइमानीको ढाल बन्यौ । 'मान्छेहरू बाँचुञ्जेल सधैँ खुट्टा तान्छ यहाँ । मरेपछि शालिकमा फूलमालाले पुज्छ यहाँ' भन्दै वर्तमान मान्छेको छद्मभेषको धज्जी उडाएका छन् गजलकारले । पछाडि पारिएका, हेपिएका र दबाइएका आदिवासीहरूलाई इङ्गित नारायण लेख्छन्, 'भूमिपुत्र यही देशको आदिवासी थियौँ । बिडम्बना बुझ्नु प¥यो सुकुम्बासी भयौँ ।'

नारायण ‘तिमी’ पात्रको ‘तिमी’ हो । ‘तिमी’ पात्र एकफेर जीवनको सन्ध्यासँगै शितल चन्द्र भएर उदाएको कुरा यसरी व्यक्त गर्दछन् – चन्द्र मुहार प्यारी तिमी जूनसँगै फुलेकिछ्यौ (पेज १८) । तर नियतीले ‘तिमी’ पात्रलाई नारायणबाट टाढा लग्यो, मायाहरू अँगालो भरि साट्नै नपाइ, पिरती छातीभरि टाँस्नै नपाइ अनि उनी ‘बेवारिसे’ भएर आँसु र पीडाको गीत यसरी गाउँछन्, 'पोख्नै नपाई रित्तियो आशु बनी मायाहरू । सताउँछ शूल बनी प्रतिपल तिम्रा यादहरू' (पेज २२) । ‘तिमी’सँगको वियोगले गजलकारलाई बेवारिसे बनाएको छ आँखाभरि आँशु, स्मृतिभरि पीडा दिएको छ । कलेजी छिया छिया पारेको छ तापनि जताततै ‘तिमी’लाई देख्छन् र मुटुभरि उनकै गीत लेख्छन्, 'यति ठूलो संसारमा फगत तिमी देखिरै’छु । कविता, गीत, गजल फगत तिमी लेखिरै’छु ।' (पेज ३२) । यही कारणले हाम्रा हातमा छ – मानवीय समवेदना !

यस्तै यस्तै कथा–व्यथा, आँशु–हाँसो बोकेका पैँसठी वटा गजल फूलहरू मानवीय सवमेदनाको फूलबारीमा फुलाएका छन् माली नारायणले । ‘दश नगङ्ग्रा’बाट सुरु भएर ‘अन्धकार छ’मा विश्राम छ । त्यसो भए गजल कस्तो छ ? प्रश्न आउन सक्छ । उत्तर छ – गजल गजलजस्तो छ । यी गजलहरू यसरी गजल हुन्, उसरी गजल हुन् भनेर बोल्नु पर्दैन । किनभने यी गजलहरू पीठो होइनन्, खाँटी र अब्बल दर्जाका चामल हुन् जहाँ कनिका र भुस राम्ररी केलाइएको छ । भन्नै पर्छ यी गजलहरू मतला, रदिफ, काफिया, तखल्लुस र मकता सबै अङ्गहरूले सुहाएकी भावना र संवेदनाको सुहाउँदिलो लाली पाउडर लाएकी मुसलस र गैह्रमुसलस दुवै वर्णकी प्रगीतात्मक विशेषताकी सुन्दरी भन्न सकिन्छ ।

अन्त्यमा तपाइँको गजल यात्रा सफलताको कञ्चनजङ्घा मात्र होइन सगरमाथा चढ्न सकोस् भन्ने कामना सहित तपाइँको सपना–
रातभरि सपनीमा सुन्दर शान्त नेपाल देखेँ ।
ब्यूँझी हेर्दा उज्यालोमा चारैतिर बेहाल देखेँ । (पेज ३८)
यसमा हाम्रो प्रार्थना छ कि सपना र विपना समान होस्, यसरी –
रातभरि सपनीमा सुन्दर शान्त नेपाल देखौँ ।
ब्यूँझी हेर्दा उज्यालोमा झन् समृद्ध नेपाल भेटौँ ।

स्रोतः श्रम बुलेटिन साप्ताहिक, ९ वैशाख, २०५९, पेज ६ ।

Saturday, April 25, 2020

डुवर्स चुम्लुङ युप्पा तङ्बेको नाम्धिङ्गो सम्झनाहरू

अमर तुम्याहाङ

२०१८ फेब्रुअरी १२ तारिखका दिन लिम्बू/सुब्बा विकास समिति रजत जयन्ती समारोह एवम् युमा माङहिमको नवौँ स्थापना दिवस आयोजक समितिका अध्यक्ष श्री जेठा सुब्बा र सचिव श्री गणेश बहादुर लिम्बूको हस्ताक्षरमा निम्न विवरणको पत्र प्राप्त भयो, इ–हुलाक मार्फत ।

"सेवामा, 
प्राज्ञ अमर तुम्याहाङ ।
सेवारो !

अपार हर्षको साथ हजुरलाई यो विदित् गराउन चाहन्छौं २४ र २५ फरवरी २०१८, तदानुसार वि.सं. २०७४ फाल्गुन १२ र १३ गते, भारतको डुवर्स क्षेत्रमा छरिएर बसेका लिम्बू/सुब्बाहरूलाई संगठित गरी, लिम्बूहरूको जातीय उत्थान औ सांस्कृतिक जगेरा हेतु जन्मिएको माउ संगठन लिम्बू/सुब्बा विकास समितिको रजत जयन्ती साथै, लुकसान, डुवर्स (भारत) मा स्थापित ‘युमा माङहिम’को ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न हुने भएकोले उक्त २ दिवसीय समारोहमा हजुरको उपस्थितिले कार्यक्रमको गरिमामा थप बृद्धि हुने थियो भनी ठूलो आकांक्षा राख्दै हजुरलाई समारोह आयोजक समिति हार्दिक निमन्त्रणा जनाउँद छौँ ।"

इ–हुलाक मार्फत आएको चिठीलाई पछ्याउँदै लिम्बू/सुब्बा विकास समितिका अध्यक्ष जेठा सुब्बाज्यूले फोन गर्नु भयो र संस्थाको रजत जयन्तीमा उपस्थितिको निम्तो सस्वर गम्भीरतापूर्वक दोहो¥याउनु भयो ।

यो जिन्दगी खोइ के जिन्दगी ? भन्नै गारो छ । रुटिङबद्ध जिन्दगी । यान्त्रिक जिन्दगी । सायद मृत्युअघि सम्म पनि यस्तै हुने छ । फुसर्दका सवालमा । कार्यक्रममा सहज सहभागिताको सवालमा ।

तान्छोप्पा पत्रिकाका कार्यकारी सम्पादक भूपेन्द्र खुदाङसँग कुराकानी भयो । निम्तो मान्न । सुब्बा विकास समितिको रजत जयन्तीको अवसरको । अब अर्को जयन्तीमा हामी आमन्त्रित कहाँ पुगौँला ? निमन्त्रणा गर्ने कहाँ पुग्नु होला ? सोचाइको तालमेल होला नहोला ? त्यो समयको कल्पना पनि गर्न सकिन्न । किन कि जीवनको कुनै ठेगान छैन । यो त कर्कलाको पानी जस्तै छ । कुनै पनि पलमा खसेर सून्यतामा बिलाउन सक्छ । केही गर्नु छ भने अहिले गर्नुपर्छ । आफैले गर्नुपर्छ । यसर्थ हामीले टुङ्गो ग¥यौँ । सबै रुटिनलाई थाँती राख्ने । रजत जयन्ती समारोहमा सहभागी हुने । जेठा सुब्बाज्यू र उहाँको संस्थाको निमन्त्रणालाई शिरोधार्य गर्ने ।
फागुन ११ गते सखारै सिन्धुली बर्दिबासको बाटो हुँदै बिर्तामोड हुइँकियौँ । अनि १२ गते बिहान मेचीपुल पारि पानी ट्याङकी बस पार्क पुगियो । इमाहाङजीसँग जङ्गे पिलरको र भैयाको ठट्टा गर्दै दर्जनौ पटक यो पुल वारिपारि गरेका छौँ । त्यसैले यहाँ पुग्नेवितिकै इमाहाङजी विना प्रङ्ग मेरो सम्झनामा आइहाल्छन् । उनलाई सम्झँदै गर्दा मेची पुलनेर भेटिए– लिम्बू पुस्तकहरू भारत नेपाल वारिपारि गराउने हुलाकी खेलराज यङयाङ । अब हाम्रो हुद्दा भयो ४ जनाको । खेलराज यङयाङ, सुबास खुदाङ र काठमाडौँबाट हानिएका हामी दुई जना ।

यस बेला हामी व्यग्र खोजीमा थियौँ उर्फ चिरबिरे बाजे अर्थात् रामबहादुर खुदाङ बाजेको । उहाँ हामीलाई डुवर्ससम्म पु¥याउने हाम्रो गाइड हुनुहुन्थ्यो । तर हामी अघि । गाइड पछिको अवस्था बन्यो । सिमानामा फोनले निकै सास्ती दिँदो रहेछ । मोबाइलमा टावर देखिने तर फोन नै नलाग्ने । अन्ततः उहाँ आइपुग्नु भयो, पानी ट्याङ्की बस पार्कमा । र, हामी लाग्यौँ सिलिगढी, डुवर्स हुँदै विरपाडा जाने गाडी चढेर ।

करिब तिन घण्टाको निरन्तर पूर्व दिशाको यात्रापछि हामी लुक्सान पुग्यौँ । म सानो छँदा गाउँघरका हजुरबा हजुरआमा पुस्ताले फलानो फलानो नोक्सानी गएका छन् भनेर मुग्लानिएका गाउँलेहरूको बारेमा हामीलाई भनेको सुनेको थिएँ । मैले सुनेको नोक्सानी नाम त्यही लुक्सानको नाम तर मेरा गाउँका पूर्वजका जिब्रामा अपभ्रश भएर बनेको शब्द रहेछ भन्ने अहिले सम्झिरहेको छु । गाउँले हजुरबा हजुरआमाले नोक्सानी भनेर बोलाउने त्यो लुकसानले हामीलाई न्यायो स्वागत ग¥यो करिब मध्यान्हको समयमा । यसर्थ न्यानो कि तराई क्षेत्र भएर पनि पूरै सुपारीको जङ्गल । चिया बगानको विस्तार । प्राकृतिक जङ्गलको पहरेदारी । त्यसैले त्यो क्षेत्रमा गर्मीले राज गर्न नपाउँदो रहेछ ।

हाम्रो पाइला प¥यो कार्यक्रम स्थल नन्दलाल सुब्बा स्मृति नेपाली विद्यालयको भव्य प्राङ्गणमा । त्यहाँ हामी पुग्नु अघि नै सुक्खिमका पद्मश्रीले विभूषित बिबी मुरिङलाज्यू पुगेर प्रतीक्षालयमा हुनुहुँदो रहेछ । सशरीर भेट भयो, जेठा सुब्बाज्यू, गणेश बहादुर लिम्बूज्यू, तारा सुब्बाज्यू लगायतका आयोजकहरूसँग ।


कार्यक्रम स्थलको पूर्वी भागमा युमा माङ्हिम भव्य सजावटमा ठाँटिएको थियो । भारत वर्षमा बनेका दर्जनौँ युमा माङहिमहरू मध्ये सबै भन्दा भव्य मानिने रहेछ, लुक्सानको युमा माङहिम । पश्चिममा रहेको नन्दलाल सुब्बा स्मृति नेपाली विद्यालय र युमा माङहिम बिचमा करिब दक्षिणोत्तर फैलिएको पत्थाङ आकारको ठूलो चौरमा मञ्च बनेको थियो । त्यहाँ एकपछि अर्को गर्दै नेपाल, भुटान, भारत भित्रकै सिक्किम, आसाम, दार्जिलिङ, खरसाङ, कालिम्पोङ, सिलगढी तराई लगायतका लिम्बू पाहुना र प्रतिनिधिहरू आउन थाले । कार्यक्रम स्थल भरेली भयो । र, सुरु भयो औपचारिक कार्यक्रमको तङ्सिङ । सम्भाषणको तङ्सिङ ।
Chief Guest ND Limboo, first from the left, SR Khajum, BB Muringla and others

मेरा लागि लुक्सान या डुवर्स नयाँ ठाउँ । नयाँ ठाउँको कार्यक्रमको शैली एकदमै नयाँ । सबैभन्दा पहिला युमा माङहिममा पूजा अर्चनाबाट कार्यक्रम सुरु हुन्छ । श्रीमती तारा सुब्बाका अनुसार माङहिम परिक्रममा ९ पटक गर्नपुर्छ रे । फाउन्डेसन या लक्खुम परिसरबाट ३ पटक । आम्भो परिसरबाट ३ पटक । साङ्भेमा ३ पटक । अनि परिक्रमा गर्दा माङ्हिम या साङ्भेलाई बायाँ पारेर अर्थात एन्टि क्लकवाइज परिक्रमा गर्नुपर्छ रे । इतिहास तथा संस्कृतिविद मञ्जुल याक्थुम्बाको तर्क पनि यही थियो कि याक्थुङहरू प्रकृतिपुजक भएकाले लहराले हिँड्ने बाटो हिँड्छन् अर्थात् घुम्छन् । धान नाच्दा होस् या च्याब्रुङ नाच्दा अथवा माङ्हिम परिक्रमा गर्दा होस् । उनीहरू एन्टि क्लवाइजको बाटो भएर परिक्रममा गर्दछन् ।

असोसियट प्रोफेसर बल मुरिङलाको भनाइमा युमा माङहिममा तागेरा निङ्वाफु माङ्को बास हुन्छ रे । यसै बेला संस्कृतिविद चैतन्य सुब्बा, पीएचडीको प्रश्न पनि झल्यासै सम्झिएँ कि याक्थुङहरूले बनाएको माङहिममा को बस्छ ? युमा साम, थेबा साम त घरमा पो बस्छन् । निङ्वाफूमा सर्वव्यापी हुन् । अनि माङ्हिममा बस्ने कुन माङ ? मचाहिँ बिलबखन्दमा छु । यी दुईजना विद्वान्को भनाइमा कुनमा सहमत हुने ? प्रश्नमा कि जवाफमा ? जे होस् माङ्हिमको साङ्भेको परिक्रममा त गरियो, प्रमुख अतिथि र अन्य अतिथिहरूको साथमा लागेर । यस बेला अर्को पनि याद मनमा अटेस मटेस भएर आयो । यसरी युमा माङहिम परिक्रममा गर्दा मुकुमलुङ्मा, जसलाई हामी युमाको अर्को रूप मान्छौँ, त्यसको थानलाई परिक्रमा गर्दा जस्तै काँचो धागो टाँगेर तान बुनेको विश्वास गरिने चलन पनि यहाँ माङ्हिममा भएको भए ? अहा कस्तो हुँदो हो ? जे होस् माङहिमको साङ्भे परिक्रममा, भेटी अर्पणपछि फेदाङमाले मन्त्रले आशीर्वचन दिने र अर्को फेदाङ्माले फुङ लगाइदिने चलन रहेछ ।

Right Mr. Jagat Subba from Sikkim

यसपछि भारतीय राष्ट्रिय झण्डाको झन्डोतोलन र राष्ट्रगान हुन्छ । लगतै दीप प्रज्वल र विभूति त्येअङसी सिरिजङ्गाको तस्बिरमा माल्यार्पण । अब छुट्यो सम्भाषणको फोहरा ।

रजत जयन्ती कार्यक्रमका प्रमुख अतिथि पश्चिम बङ्गाल लिम्बू डेभलपमेन्ट बोर्डका अध्यक्ष क्याप्टेन नरधोज लिम्बूले "याक्थुङहरू सबै एक हुन् तर उनीहरू एकताबद्ध छैनन्" अर्थात् Yakthungs are one but not united भनेर गजबको अनुभव मन्तव्यमा व्यक्त गरे र अब एकताबद्ध हुनुपर्ने दिन आएको स्मरण गराए । उनले आफू बोर्डको अध्यक्ष भएपछि बोर्डको तर्फबाट पश्चिम बङ्गालको विभिन्न स्थानमा छरिएर रहेका लिम्बूहरूका लागि ५०० वटा घर निर्माण गराएको र यही साल ३८७ घर निर्माण गराउने योजना रहेको जानकारी पनि दिए  ।   

यता भारतीय लिम्बू भहासङ्घका सभापति एसआर खजुमले भने याक्थुङ लिम्बू जाति "एकता र एकरूपता" अर्थात् "Unity and Uniformity" को बाटोमा अगाडि बढिरहेको बताए । उता बल मुरिङलाले भने याक्थुङ जातिको मुन्धुम, धर्म, संस्कृति र साहित्यको बारेमा आफ्नो चिन्तन प्रस्तुत गरे । अनि पद्मश्री बिबी मुरिङलाले याक्थुङ भाषा, साहित्य र लिपिको इतिहास उधिने ।

एउटा विचारणीय पक्ष के रहयो भने खजुम बाहेकका वक्ताहरूका अभिव्यक्तिमा अल्पसङ्ख्यक हुनु, विभाजित हुनु लगायतका हिनताबोधका छायाँ कताकति परेको हो कि भन्ने प्रतीत हुन्थ्यो । आफ्नो जातिबारेमा स्वभाषीले प्रयोग गर्ने पदावली र गैरभाषीले प्रयोग गर्ने पदावली बारेमा अटोट बिच पनि बुझाइमा अझै निखारता आउनु अपेक्षित हो कि भन्ने लाग्थ्यो । विशेष विषय र विशेष पक्षलाई जोड दिँदा आफ्ना नागबेली भएर कहिँ धुमिल रूपमा घुम्ती भएर अगाडि बढेका स्वइतिहासका गहनतम पक्षहरू यसै उपेक्षित हुने सम्भाव्यता पनि उतिकै देखिन्छ । सन्तुलित चिन्तन, समग्रतामा उच्च तहको बुझाइ, सहज तर लालित्यपूर्ण र परिपक्व अभिव्यक्ति भएका अभिभावक व्यक्तित्व पदमसिंह मुरिङला अहिले भइदिएका भए ? यस्तो अवस्थामा यदि उनी हुँदा हुन् त आपदमा समुद्रमा जहाज चलाउने क्याप्टेनका लागि ध्रूव तारा सावित हुन्थे कि भन्ने मनको भित्री कुनामा धिपधिप गर्दै आशाको दिप बलिरहयो । 
 
सम्भाषणका क्रममा स्रोत व्यक्तिहरूलाई सोधनी गरिएका प्रश्नहरूमध्ये सिभिल इन्जिनियरका विद्यार्थी अमर सुब्बाको सोधनी प्राविधिक विषयमा केन्द्रित भए पनि निकैको ध्यान तान्यो । उहाँको प्रश्नको सार थियो– हामीले सरकारी फर्महरू भर्दा धर्मको महलमा युमा धर्म उल्लेख नहुनाले हिन्दू धर्मको महलमा भर्न बाध्य छौँ, युमा धर्मको महल खडा गर्न किन प्रयास भएन ? नेपालको सन्दर्भमा किरात धर्म विवादित भए पनि राष्ट्रिय जनगणनामा नै उल्लेख हुने भएकाले यसको अफिसियल मान्यताका लागि कुनै समस्या छैन । तर भारत वर्षमा याक्थुङ समुदायमा युमा धर्म बारेमा ठूलो चर्चा भए पनि यसले अफिसियल मान्यता पाउन सकेको छैन । यसैमा अमर सुब्बाको प्रश्न केन्द्रित थियो । यो प्रश्नको जवाफ धेरैले दिए तर फेरि पनि यो प्रश्न अनुत्तरित नै रहयो ।

लिम्बू/सुब्बा विकास समितिको रजत जयन्ती समारोह एवम् युमा माङहिमको नवौँ स्थापना दिवस कार्यक्रम भन्दा बढी भव्य मेलाजस्तो रहयो । पश्चिम बङ्गाल प्रान्तका प्रायः सबै गनेमानेका याक्थुङ अगुवाहरूको जमघट थियो । यस कार्यक्रमले मेरै जन्म गाउँ खेवाङ गाउँका तर कहिलै नभेटेका खेवाङ कान्छा अर्थात् राम प्रसाद साम्यू खेवाङ दाइ र माओवादी जनयुद्धको भेलले उछिट्याएका भीम इम्बुङ भाइसँग आकस्मिक रूपमा भेट्ने सौभाग्य पनि जुरायो ।

नेपाली भाषाका प्रोफेसर विक्रम खालिङ राईबाट पाएको एउटा जानकारीले भने निकै मन खिन्न बनायो । उनले सुनाए अनुसार श्री नन्दलाल सुब्बा मेमोरियल नेपाली विद्यालयको नाम पश्चिम बङ्गाल सरकारले परिवर्तन गरेर लुक्सान नेपाली विद्यालय बनाउँदै छ रे । विक्रम खालिङ नन्दलाल सुब्बा मेमोरियल नेपाली विद्यालयको पहिलो ब्याचको विद्यार्थी रहेछन् । लुक्सानमा बस्ती बसाउने श्रेय उनै नन्दलाल सुब्बालाई रहेछ । यही साल श्री नन्दलाल सुब्बा मेमोरियल नेपाली विद्यालयको रजत वर्ष पनि रहेछ । लुकसान सभ्यताको पिता नन्दलाल सुब्बाको विरासत बचोस् भन्ने कामना सहित सबैलाई "सेवा रो !" गरेर फिरियो उही कर्मभूमि काठमाडौँमा ।

तान्छोप्पा मासिक, वर्ष २३, अङ्क २, वि.सं. २०७४ फागुन (पे. ३) ।

Friday, April 24, 2020

इमानसिंह चेम्जोङका बहुआयामहरु

प्राज्ञ अमर तुम्याहाङ

विषय प्रवेश

२०६९ पुस १७ गते आयोजित किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङको ११० औँ जन्मजयन्ती तथा इमानसिंह चेम्जोङ पुरस्कार वितरण समारोहमा प्रस्तुत भएको सम्भाषणीय यस लेखमा मूलतः इमानसिंह चेम्जोङका व्यक्तित्वका विभिन्न आयामहरुबारेमा संक्षेपमा बुँदागत रुपमा प्रकाश पार्ने जमर्को गरिएको छ ।


प्रसङ्गवश 

सन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा "बोलेको हावाले उडाउँछ, लेखेको अमर हुन्छ" भनेको कुराले लेखन र पतुराइ कुन बढी दीर्घकालीन हुन्छ भन्ने उनको अनुभव अभिव्यक्त गर्दछ । यसरी नै आयामेली साहित्यकार स्व. ईश्वर बल्लभको "वादविवाद बोलेर होइन लेखेर गर" भन्ने भनाइबाट बोल्नु र लेख्नु कुन बढी चिरस्थायी हुन्छ भन्ने कुरा मुखरित हुन्छ । लिम्बू गाउँघरका मान्यवर लिम्बू बूढाबूढीले भन्ने गरेको "युङ्माआङ पाःप्माल्लेÞ हाःत्लेÞआङ मेÞङ्घेÞप्सुन् येÞप्माआङ् पाःप्मेÞल्लेÞ सुरित्तिल्लेÞ पक्सुदेरु" अर्थात् बसेर बोल्यो कसैले सुन्दैन, उठेर बोल्यो हावाले उडाउँछ भन्ने भनाइले पनि बोलेको वचन क्षणिक र अस्थायी हुन्छ  भन्ने आशय नै अर्थिन्छ । यसको मतलब समाजका केही दूरदर्शी व्यक्ति अथवा अनुभवी व्यक्तिहरुले लेखनको महत्व बुझेका हुन्छन् अनि त्यही बुझाइलाई उनीहरुको जीवनकालमा व्यवहारमा उतारेका हुन्छन् । लिम्बू समुदायमा लेखनको महत्व बुझ्ने यस्तै थोरै व्यक्तिहरुमध्ये एक प्रमुख व्यक्ति हुन्– किरातोलोजिस्ट स्व. इमानसिंह चेम्जोङ । यिनै किरातोलोजिस्ट इमानसिंह चेम्जोङको गुरु मन्त्र थियोः भाषा संस्कृति जातिको पहिचान हो भने इतिहास मुहान हो । हुन पनि उनले आफ्नो सम्पूर्ण जीवन किराती भाषा, संस्कृति र इतिहासको खोजीमा समर्पित गरे । यसर्थ पनि उनी मुलुककै निम्ति एक सम्मानित विभूति हुन् । 

लिम्बू जातिका विभूतिहरु

लिम्बू जातिका विभूतिहरुलाई कालक्रमको आधारमा दुई समूहमा राखेर हेर्न सकिन्छ ।

(क) आदिविभूतिहरु

मुन्धुम मनीषी येहाङ, मुक्ति–ज्ञानदाता सोधुङ्गेÞन लेÞप्मुहाङ, धार्मिक पथप्रदर्शक माबोहाङ अनि राजनीतिक दर्शन प्रयोक्ता सिरिजङ्गाहाङ लगायतका लिम्बू सभ्याताका पथप्रदर्शकहरुलाई आदिविभूतिका रुपमा लिन सकिन्छ । यिनैले दिएका जीवन दर्शन, धर्म, संस्कृति, कला, शिक्षाले लिम्बू समाजको विसद् सभ्यताको प्रस्तापन सम्भव भयो ।

(ख) आधुनिककालीन विभूतिहरु

त्येÞअङ्सी सिरिजङ्गा (सन् १७०४—१७४१), फाल्गुनन्द (वि.सं. १९४२–२००५) र इमानसिंह चेम्जोङ (सन् १९०४ जनवरी १ – १९७६ अक्टोबर ८), गोर्खालीहरु विरुद्धको युद्धमा लिम्बुवानका सेनाहरुको नेतृत्व गरेका सेनापति काङ्सोरे आदि आधुनिककालीन लिम्बू विभूतिहरु हुन् । 

इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको छैटौँ अर्थात् जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय स्कुलबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरे ।

उनलाई पढाउने क्रममा "किरातीहरु जङ्गली हुन्छन्" भनी शिक्षकले प्रयोग गरेको वाक्यांशले उनको हृदयमा ठूलो चोट पु¥यायो र उनी किरातीहरुको इतिहास र सभ्यता खोजीमा अविश्रान्त लाग्ने अठोट गरे ।

किरातोलोजिस्ट इमानसिंह चेम्जोङले अध्ययन तथा खोजीकर्ता र केही हदसम्म जागिजरेका रुपमा कालेबुङ, सिक्किम, लिम्बुवान र काठमाडौँमा आफ्नो समय व्यतीत गरेका थिए ।

आजीवन आफू र आफ्नो पारिवारिक हित, सुख र यशलाई तिलाञ्जली दिएर सदासर्वदा सजातीय तथा मुलुकको हितमा समर्पित स्व. इमानसिंह चेम्जोङको टडकारो व्यक्तित्वका आयामहरु निम्नअनुसरा खुट्याउन सकिन्छ ।

(क) गुरुका रुपमा इमानसिंह

सुयोसी तोबा सम्झन्छन्, "इमानसिंह चेम्जोङ र मेरो सम्बन्ध गुरु र शिष्यका रुपमा लामो समयसम्म रहयो" (२०६१ः १०४) । हुन पनि उनको समयमा इमानसिंह चेम्जोङलाई अगुवाको रुपमा या एउटा शिक्षकका रुपमा मात्र होइन गुरुत्वपूर्ण "गुरु" का रुपमा धेरैले सम्मान गर्ने गरेको पाइन्छ । उनी वास्तवमा केही व्यक्ति वा अध्येताहरुको मात्र गुरु थिएनन् सिङ्गै समाजलाई एउटा सही दिशा दिन सक्ने दूरदर्शी गुरु थिए । यो उनको गुरु व्यक्तित्व सुकेपोखरीको विद्यालयमा हेड मास्टर भएर काम गर्दा आरम्भ भएको थियो भने सिक्किमको गेजिङ र गान्टोकको टासी नाम्ग्याल महाविद्यालयमा पठनपागन गर्दा अनि पान्थरको मेहेलबोटेको श्री जयनारायण आदर्श आधार हाइस्कूलमा पठनपाठन गर्दा अझ झ्याँगिने अवसर पायो । यसरी उनको व्यक्तित्व शिक्षकबाट क्रमशः गुरुका रुपमा विकास भयो । 

(ख) इतिहासकार 

काशीनाथ तमोटका विचारमा इमानसिंह चेम्जोङ इतिहासकारका रुपमा राष्ट्रिय प्रतिभा (२०६१ः ३४) हुन् । किरातीकै सन्तानका रुपमा रहेका इमानसिंह चेम्जोङले २,००० वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरुको इतिहासको खोजी र लेखन गरे र आफूलाई किरात इतिहासका पिताका रुपमा स्थापित गराए । यस प्रकारको खोज तथा अनुसन्धानका क्रममा उनले किरात इतिहास (सन् १९४८/वि.सं. २००५), किरात साहित्यको इतिहास (सन् १९५६/वि.सं. २०१३), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४/वि.सं. २०१३), History and Culture of The Kirat People (सन् १९६७/वि.सं. २०२४) आदि गहन पुस्तकहरु प्रकाशनमा ल्याए । सन् १९३७ बाट आरम्भ भएको नेपालको आधुनिक इतिहास लेखनको परम्पराले लिच्छवीकालसम्म नेपाली इतिहासलाई अध्ययन गरी प्रामाणिक बनाउने काम गरेको थियो भने त्यसअघि रहेको नेपाली इतिहासको अज्ञात कालखण्डलाई इमानसिंह चेम्जोङले उत्खनन् गर्ने ऐतिहासिक काम गरे ।

(ग) मुन्धुमवेता तथा दर्शनशास्त्री

इमानसिंह चेम्जोङको व्यक्तित्वको अर्को आयाम भनेको मुन्धुमवेता  तथा किरातदर्शनशास्त्रका ज्ञाता हुनु हो । उनले किराती मुन्धुमलाई लेख्य परम्परामा ढाले, खस नेपाली र अङ्ग्रेजीमा अनुवाद गरी अध्येताहरुसमक्ष सहज पहुँच बनाइदिए । त्यही मुन्धुमलाई सामान्य विषयवस्तुका रुपमा मात्र नहेरी विश्वमा प्रचलित विविध दर्शनहरुमध्ये एक हो भनी स्थापित गर्ने काम पनि उनले गरे । मुन्धुममा रहेका जटिलतम शब्दहरुको सरल व्याख्याको पनि उनीबाटै पहिलो पटक भएको छ । मुन्धुम संस्कारका क्रममा पतुरने भाषा मात्र होइन यो त गम्भीर भाष्य सहितको दर्शन हो भनी उनले पहिचान गरे । यसै क्रममा किरात मुन्धुम (वेद) (सन् १९६१/वि.सं. २०१८), किरात मुन्धुम खाहुन (सन् १९६५/वि.सं. २०२२), किरात दर्शनको सारांश (सन् १९६९/वि.सं. २०२६) उनका मुन्धुम र दर्शन सम्बन्धी पुस्तकहरु प्रकाशनमा आए ।

(घ) राजनीतिज्ञ 

अहिले मुलुक सङ्घीयताको बहस र यसको अभ्यासका लागि जीवनमरणको सङ्घर्षबाट गुज्रिरहेको छ । यही विषयलाई लिएर मुलुकका राजनीतिक पार्टीहरु फुट, ध्रुवीकरण वा नयाँ पार्टी निर्माणका प्रक्रियाबाट अगाडि गुज्रिरहेका छन् । तर आश्चर्यको विषय के छ भने यस विषयमा इमानसिंह चेम्जोङले यो शदाब्दीका पहिलो दशकमा नै अखिल लिम्बुवान सुधार सङ्घ गठन गरी स्वायत्तता र सङ्घीयताको व्यवहारिक प्रयोगको शिलान्यास गरिसकेका थिए । उनले लिम्बुवान सुधार सङ्घको प्रधानमन्त्री अर्थात् महामन्त्रीमा तेजबहादुर प्रसाईँलाई चुनेर समावेशीकरणको पनि राम्रै उदाहरण पेश गरिसकेका थिए । अहिंसात्मक सिद्धान्तका पक्षपाती इमानसिंहको तत्कालीन राजनीतिक प्रयोग, प्रस्थापना, अवधारणालाई हेर्ने हो भने उनी दूरदर्शी राजनीतिज्ञ समेत थिए भन्न सकिन्छ ।

(ङ) किरात छाताभित्र आदिवासी जनजातिको वैचारिक नेतृत्व

नेपाल मुलुकका आदिम बासिन्दाहरु वर्तमान नेपालका आदिवासी जनजातिहरुका रुपमा चिनिन्छन् । तर यो पदावली मूलतः २०४६ सालपछि प्रयोग र प्रचलनमा आएको हो । यसअघि मूलतः नेपालका आदिमवासीहरु किरात भनेर चिनिन्थे । त्यसको अध्ययन, अनुसन्धान र प्रयोग गर्ने काम उनै इमानसिंह चेम्जो¬ङले नेतृत्व गरेका थिए । पछिल्लो समयमा आएर उनको सोही विचार महाकिरातको अवधारणाका रुपमा डा.जर्ज भ्यान्ड्रिम (सन् १९९२) ले अगाडि बढाएका छन् । यसरी तत्कालीन नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुलाई किराती छाताभित्र वैचारिक नेतृत्व दिने काम उनीबाटै भएको थियो । 

(च) भाषा, लिपि र व्याकरणविद् 

इमानसिंह चेम्जोङको अर्को विराट् व्यक्तित्व भाषा, लिपि, व्याकरण आदिसँग जोडिएको छ । किरात सिरिजङ्गा लिपि, चन्द्रपुलिङ लिपि, रोङ लिपि आदिको विज्ञ क्यालियोग्राफर थिए । यसरी नै उनी लिम्बू, राई वान्तावा, लाप्चा आदि भाषाका मर्मज्ञ भाषा वैज्ञानिक पनि थिए । पुस्तकाकार रुपमा किरात व्याकरण (सन् १९७०/वि.सं. २०२७) प्रकाशन गर्ने उनी पहिलो किराती व्यकरणकार हुन् । यसर्थ उनी एक व्यकरणविद पनि हुन् भन्न सकिन्छ । उनले लिम्बू, लाप्चा, राई वान्तावा (अप्रकाशित) को शक्दकोश तयार पराका थिए । यसर्थ उनी आफ्नो समयका कुसल कोशकार पनि थिए भन्न सकिन्छ ।

(छ)  साहित्यकार, संस्कृतिविद अर्थात् फोक्लोरिस्ट

इमानसिंह चेम्जोङले दार्जिलिङ, सिक्किम, लिम्बुवान, खम्बुवान आदि ठाउँहरुको पैदल यात्रा गरी विभिन्न लोककथा, लोकगाथा, मुन्धुमहरु, इतिहास, संस्कृतिहरुको खोज र सङ्कलन गर्ने काम गरे । किरात समाजमा रहेका लोककथाहरुको सङ्गालो किराती दन्त्यकथा (सन् १९६५/२०२१) उनले प्रकाशनमा ल्याएका थिए । किराती संस्कृतिका उनी धरोहर नै हुन् ।

(ज) अनुसन्धाता/अन्वेषक

तत्कालीन इनास (हालको सिनास) मा किरात इतिहास तथा संस्कृतिविदको रुपमा तत्कालीन नेपाल सरकारबाट नियुक्त भई अध्ययन, अनुसन्धान र अन्वेषणमा कार्य गरेका उनी प्रथम किराती अध्येता हुन् । 


यसरी इमानसिंह चेम्जोङको व्यक्तित्व अष्टभुजीय विराट व्यक्तित्वको रुपमा अनुभूत गर्न सकिन्छ । यसर्थ पनि उनी किरातालोजिस्टका उपनामले सम्मानित छन्, समाजमा ।

इमानसिंह चेम्जो¬ङको सम्मानमा स्वदेश तथा विदेशमा गरिएका कार्यहरु 


  1. नेपाल सरकारले २०५५ सालमा तस्बिर टिकट प्रकाशित गरेको ।
  2. नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा इमानसिंह चेम्जोङको जीवनी छापिएको ।
  3. सिक्किम सरकारबाट पश्चिम गेजिङमा इमानसिंह मेमोरियल भवन निर्माणाधीन ।
  4. विगत २ दशकदेखि सिक्किममा इमानसिंह जयन्ती मनाइने गरेको छ भने सुक्खिम याक्थुङ साप्लन चुम्भोले हरेक वर्ष इमानसिंह विशिष्ट पुरस्कार र इमानसिंह साहित्यिक पुरस्कार प्रदान गर्ने गरेको छ ।
  5. किरात याक्थुङ चुम्लुङ नेपालले वि.सं. २०५४ मा इमानसिंह चेम्जोङ पुरस्कार कोष खडा गरी हरेक २ वर्षमा इमामानसिंह साहित्य पुरस्कार प्रदान गर्दै आएको ।
  6. इमानसिंह चेम्जोङको सालिक मोरङ पथरी गा.वि.स. वडा नं. ४ साथै पान्थर घुर्बिसे पञ्चमी बजारमा यस अघि स्थापना गरिसकिएको । 
  7. भेडेटार धनकुटामा पूर्ण कदको इमासिंह चेम्जोङको मूर्ति २०१३ जनवरी १ तदनुसार २०६७ पुस १७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँलाको बाहुलीबाट अनावरण ।
  8. पान्थरमा इमानसिंह चेम्जोङ प्रतिष्ठान र काठमाडौँमा इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसन स्थापना भई क्रियाशील रहेको ।
  9. कवि अमर तुम्याहाङ रचित सोधुङ्गेÞन् इमानसिंह चोःत्लुङ (महाकाव्य) २०६० मा विश्वासदीप तिगेला र बानेश्वर नेम्बाङबाट प्रकाशित ।  


टुङ्ग्याउनी 

विज्ञान प्रविधि, यातायात, स्रोतसाधनको हिसाबले निकै सीमित अवसरहरु भएको बेला इमानसिंह चेम्जोङले गहनतम् कार्यहरु गरेका थिए । उनले दिशाहीन किरात समुदाय तथा आदिवासी जनजातिहरुलाई सही बाटो देखाउने काम गरे । नेपालको इतिहासलाई पूर्णता दिने काममा उनले अतुलनीय योगदान गरे । वास्तवमा किरात समुदाय अर्थात् आदिवासी जनजातिहरु अगाडि बढ्नका लागि आफ्नो गन्दव्य बोध गर्न उनले तान्छोप्पा ताराकै रुपमा काम गरे ।

विज्ञान, प्रविधिको यो सुलभ जमानामा हामीले उनले गरेको जस्तो गहन कार्यहरु गर्न सकूँला या नसकूँला, त्यो त पृथक पक्ष हो । हामीले उनले छोडेर गएका ज्ञानका केही अंश मात्रै भए पनि अनुसरण र उनले देखाएको अध्ययनशीलता, आफ्नो पहिचानप्रतिको समर्पण र त्यागको मार्गलाई केही मात्रामा अबलम्बन मात्र गर्न सक्यौँ भने उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

तान्छोप्पा मासिक, वर्ष १८, अङ्क १, वि.सं. २०६९, माघ

Thursday, April 23, 2020

याक्थुङ बालसाहित्य

अमर तुम्याहाङ

लेख सार

लामो लेख्य परम्परा भएका नेपालका भाषाहरुमध्ये लिम्बू एक हो । मुन्धुमी शास्त्रीय साहित्यसमेत भएको लिम्बू साहित्य अन्तरदेशीय अर्थात् नेपाल, तत्कालीन सिक्किम र भारत (वर्तमानमा नेपाल र भारत) मा बोलिने भाषा भएकाले नेपालमा राजनैतिक प्रतिकूलताका बाबजुद यस भाषाको साहित्यले छिमेकी मुलुकमा मौलाउने अवसर पायो । नेपालमा २००७ सात सालको क्रान्तिपछिको खुला प्रजातान्त्रिक कालमा यसले अङ्कुराउने अवसर पायो भने २०४६ सालको प्रजातन्त्रको पुनरुदयपछि यसले मौलाउने अवसर पायो । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि मुलुक गणतन्त्रात्मक युगमा प्रवेश गरेपछि अन्य भाषाका साहित्यजस्तै लिम्बू साहित्यले खुला आकाशमा कावा खाने अवसर प्राप्त ग¥यो । नेपाली साहित्य दार्जिलिङबाट फक्रिए फुलेजस्तै लिम्बू साहित्य लेखन कालेम्पुङबाट आरम्भ भयो, सिक्किममा यसले झाँगिने अवसर पायो र नेपालमा फक्रिन पुग्यो । लिम्बू साहित्य प्रायः सबै विधाहरुमा उपलब्ध छ । यस कार्यपत्रमा मूलतः लिम्बू साहित्यअन्तर्गत बालसाहित्यको लेखाजोखा गरिने छ । लिम्बू बालसाहित्यअन्तर्गत मुन्धुमदेखि वर्तमानसम्मको सामान्य इतिहास, मुन्धुमी कथा, लोक कथा, गीतजस्ता लिम्बू बालसाहित्यका प्रकारहरु, कथा, कविता, निबन्ध, नाटकजस्ता बालसाहित्यका विधाहरु, लिम्बू बालसाहित्य प्रकाशनमा भएका प्रयासहरु, सञ्चारमाध्यममा लिम्बू बालसाहित्यको प्रयोगको अवस्था, लिम्बू बालसाहित्य लेखनमा समर्पित बालसाहित्यकारहरु आदि बारेमा यस कार्यपत्रमा  सामान्य सर्वेक्षण गरिने छ । यसका साथै लिम्बू बालसाहित्य विकासका सम्भावना र चुनौतीबारेमा पनि यस कार्यपत्रमा चर्चा गरिने छ ।

विषय प्रवेश

मुन्धुम अनुसार उत्तरमा साया मुदेÞन (चीन—तिब्बत), दक्षिणमा तेमेÞन वलङ (भारतवर्ष), पूर्वमा सुम्रोती उम्रोती (ब्रहमपुत्र) र पश्चिममा थोसु वरुम्मा परुम्मा ओनु योसु पारामावा ककामावा (माथि अरुन बरुनदेखि तल कोसी) (तुम्याहाङ, २०१४ क) भित्र रहेको याक्थुङ लाजे अर्थात् लिम्बुवानमा बसोबास गर्ने लिम्बू जातिको मुन्धुम मूलतः साप्पोक चोमेन (कोख पूजा) र मुन्धुम कथाहरु लिम्बू बालसाहित्यको मूल स्रोत हुन् । लोककथाहरु पनि लिम्बू बालसाहित्यको अर्को आयामको रुपमा लिन सकिन्छ । लिम्बू वर्णमालाहरु निर्माण भई छापिन थालेपछि लिम्बू बालसाहित्यले लिखित रुप लिन थाल्यो । कालेबुङमा लिम्बू भाषा पठनपाठनका लागि सन् १९३८ मा चुम्लुङ निसामहिम खुलेपछि अनि सन् १९६८ मा तत्कालीन सिक्किमका राजा छोग्यालको राजआज्ञाले लिम्बू भाषा प्राथमिक विद्यालहरुमा पठनपाठन गर्ने अनुमति सिक्किम सरकाले दिएपछि सिर्जनात्मक एवम् आधुनिक लिम्बू बालसाहित्य लेखन र पठनको सिलसिला आरम्भ भयो ।

बालसाहित्यको परिचय

बालसाहित्य के हो भन्ने विषयमा विभिन्न बालसाहित्यकार र विद्वान्हरुले आआफ्नै किसिमले अथ्याएको पाइन्छ । बालसाहित्य शब्दावलीलाई अवलोकन गर्दा बालबालिकाले रुचाएर सुत्ने श्रब्य साहित्य र पढ्ने साहित्यलाई नै बालसाहित्य हो भनी बुझ्न सकिन्छ ।

लिम्बू बालसाहित्यको इतिहासः मुन्धुमदेखि वर्तमानसम्म

लिम्बू बालसाहित्य पनि अङ्ग्रेजी बालसाहित्य fables, parables, legends, folk tales, fairy tales, moral stories, rhymes (Awasti et al, 2011:100) बाट सुरु भएजस्तै मुन्धुम कथा, लोककथा, लोरी, लोक गायन आदिबाट सुरु भएको हो ।

लिम्बू बालबालिकाले सबैभन्दा पहिला सुन्ने कथा र गीत बच्चा आमाको गर्भमा हुँदा उसको कुसल मङ्गलका लागि गरिने साप्पोक चोमेन अर्थात् कोख पूजामा पतुरिने सिरिङ्मा, तेन्छामा, खन्जमा, वजमा, तक्सङ्बा, युमासाम, हिम साम्माङ, थेबासाम, आप्चारा पक्चाना, वागङ्मा, माङ्गेन्ना (काइँला, २०४८) आदिको पूजा गर्दा गरिने स्तुति र पुकारका क्रममा आउने कथानक नै हुनुपर्छ ।

यसरी नै लिम्बू बालकले सबैभन्दा पहिला सुन्ने गीत र गीतिलय साप्पोक चोमेनकै अवसरमा माङ्गेन्ना गर्दा फेदाङ्माले स्तुति गर्दा गाउने निम्न हरफहरु हुनुपर्छः
अ) थाङ फुरु फुरु 
        थाङ वेच्छे वेच्छे । (स्फुर्तिका साथ चङ्गा भएर माथि माथि उठ...लेखकीय अनुवाद)
आ) थक् वाःन्दे वाःन्दे 
चु वाःन्दे वाःन्दे चु फुरु फरु
थाःङ्थाःङ् फोङ्सुरो
येप्पित् फोङ्सुरो । शरीर हल्लाउँदै, मर्काउँदै शिर ठाडोबा पारेर उभ्याइदिऊँ । शिर ठाडो पारेर उभिन सकोस् (काइँला, २०४८ः २१—२२)

यसरी नै विश्व ब्रहमाण्डको सृष्टि, माङ्साम्माङ् (देवीदेवता)को सृष्टि, मानव सृष्टि, फेदाङ्मा, येबा/येमा, साम्बाहरुको उत्पत्ति कथा, संस्कारहरु विकाससँग सम्बन्धित मुन्धुमहरु, मानवीय जीवन भोगाइ र अनुभवका आधारमा विकास भएका लोककथाहरु बालबालिकाका मन बहलाउन सुनाइने कथाहरु याक्थुङ बालकथाहरु हुन आउँछन् । नानी सुताउँदा गाइने लोरी अर्को स्रुति लिम्बू बालसाहित्य हो । यसरी नै हाङहरु येत्हाङ (आठ राजा) र थिबोङ्हाङ (दस राजाहरु)को कथा, लिम्बू अङ्सी (सांस्कृतिक विभूति) हरुको कथाहरु पनि लिम्बू बालकथाहरु हुन् जो मौखिक रुपमा बालबाकिलालाई सुत्ने समयमा आमाबुबाले सुनाउने गर्दछन् या हजुरबा हजुरआमाले बालबालिकाहरुलाई आफ्नो वरिपरि भेला गरी सुनाउने गर्दछन् । यसरी बालसाहित्यको क्षेत्रमा लामो समयसम्म श्रुतिपरम्पराको एकछत्र आधिपत्य कायम भयो । पछिल्लो समयमा बालसाहित्य लेखनको परम्परा थालनी भएको छ ।

अङ्ग्रेजी बालसाहित्यको इतिहासमा जोहन विस (Johann Wyss) ले पहिलो पटक सन् १८१२ मा द स्वीस फेमिली रबिन्सन (The Swiss Family Robinson) लेखे पनि १८६५ मा लेविस कारोल (Lewis Carroll) ले लेखेको (Alice's Adventures in Wonderland) पहिलो वास्तविक बालसाहित्यको कृति मानिन्छ । लिम्बू भाषामा लिखित बालसाहित्य कुन हो भनी किटान गर्न गाह्रो छ । यद्यपि बाजवीर थलङ्ले ‘तुम् याक्थुङ निङ्वाफु साप्ला’ याक्थुङ भाषाको वर्णमाला लेख्दा समावेश गरेका रचनाहरुलाई मान्न सकिन्छ ।

पल्लिो समयमा लिम्बू बालसाहित्यका विधाहरुमध्ये बालकविताहरु बढी लेखिएका पाइन्छन् । कथा, नाटक पनि केही सङ्ख्यामा लेखिएका छन् ।

लिम्बू वालसाहित्यका प्रकार
लिम्बू बालसाहित्यलाई सामान्य रुपमा मुन्धुम कथा, लोक (कथा, लोरी, गीत, खेल, गाउँखाने कथा), आधुनिक साहित्यक बाल साहित्यका विधाहरुमा विभाजन गरी हेर्न सकिन्छ ।

क) मुन्धुम बालकथाहरु

मुन्धुमी बालकथाहरु इमानसिंह चेम्जोङले सङ्कलन एवम् सम्पादन गरी प्रकाशित गरेका ‘किरात मुन्धुम (किरातको वेद) (२०१८/२०६१)’, ‘किरात दर्शनको सारांश’ (२०२६/२०५९), ‘किरात मुन्धुम खाहुन’ (सन् १९६५/२००३), ‘किराती दन्त्य—कथा’ (२०२१/२०५९) पुस्तकहरुका साथै धनहाङ सुब्बाले सङ्कलन गरी प्रकाशित गरेको ‘लिम्बुवानका लोककथा’ (२०६५) पुस्तकभित्र ‘मुन्धुमको कथा’ खण्डमा चार वटा कथाहरु रहेका छन् । यसरी नै शिवकुमार श्रेष्ठले सङ्कलन एवम् सम्पादन गरी प्रकाशनमा आएका ‘किराती लोककथाहरु’ (२०४७), किराती लोककथा सँगालो (२०५१) र 'Kirati Folk-Tales' (1999), Melanie Pappadis को 'Limbu Folklore' लक्ष्मी सेर्मा सङ्कलिन ‘किराँत लोककथा’, भाग—१ (२०४८) र ‘याक्थुङ पाङ्खेदा?, लक् थिक (२०५५) लोककथा सङ्ग्रह, वैरागी काइँला सम्पादित ‘सयपत्री’ (पूर्णङ्क १२ स.२०५७) लिम्बू लोककथा विशेषाङ्कमा पनि लिम्बू मुन्धुमी कथाहरु रहेका छन् भने दुर्गाप्रसाद फोपाहाङ सङ्कलित तथा मञ्जुल याक्थुम्बा सम्पादिन ‘मुन्धम र मिथकहरु’ पुस्तकमा धेरै मुन्धुमी कथाहरु रहेका छन् ।

ख) लोक कथाहरु

इमानसिंह चेम्जोङ, धनहाङ सुब्बा, शिवकुमार श्रेष्ठ, लक्ष्मी सेर्मा, वैरागी काइँला, दुर्गाप्रसाद फोपाहाङ, मेलानी पापाडिज आदि सङ्कलित एवम् सम्पादिन माथि उल्लेखित पुस्तकहरुमा धेरै याक्थुङ लोककथाहरु परेका छन् ।

ग) लिजेन्डस्इ

मानसिंह चेम्जोङ सङ्कलित एवम् सम्पादिन ‘किरात मुन्धुम खाहुन’ (सन् १९६५/२००३) मा माबोहाङ, सिरिजङ्गा, योङ्जङ्गा आदि लिजेन्डस्का बारेमा उल्लेख भएका छन् । यसरी नै बी.बी. मुरिङला सङ्कलित एवम् सम्पादिन ‘सोधुङ्गेÞम्बाहा?रेÞ सिवादिङ् खाहुन्हा?’ (१९८९) मा येहाङ, सोधुङ्गेÞन् लेप्मुहाङ, कान्देÞन्हाङ, माबोहाङ, सिरिजङ्गाहाङ, योङ्जङ्गा, त्येÞअङ्सि सिरिजङ्गा (अवतारी सिरिजङ्गा), महागुरु फाल्गुनन्द, इमानसिंह चेम्जोङ जस्ता याक्थुङ भिवभूतिहरुको प्रेरणदायी जीवनीहरु उल्लेख गरिएका छन् ।

बालसाहित्यका विधाहरु

याक्थुङ बालसाहित्यमा अन्य भाषाका बालिसाहित्यका विधाहरु जस्तै कविता, कथा, गीत (गीति क्यासेट समेत), निबन्ध, नाटक आदि रहेका छन् ।

क) कविता

याक्थुङ बालसाहित्यका विभिन्न विधाहरुमध्ये कविता विधा अलि बढी लेखिएको देखिन्छ । बालकविताहरु फुटकर रुपमा निकै धेरै नै लेखिएको पाइन्छ । कविता कृतिकै रुपमा अमर तुम्याहाङको बालकविता सङ्ग्रह ‘सेवारो’ (२०५८) र भवानी तावाको ‘लाबे पम्बम्’ (२०६७) प्रकाशित छन् । नेपाल र सिक्किमका सरकारी विद्यालयमा पडढाइने पाठ्यपुस्तकहरुमा पनि प्रसस्तै बालकविताहरु समावेश गरिएका पाइन्छन् ।

ख) गीत तथा भजन

याक्थुङ बालगीतहरु तथा प्रार्थनाहरु वर्णमाला, विद्यालका पाठ्यपुस्तक, बालसन्दर्भ सामग्री, पत्रपत्रिकाहरुमा प्रकाशित भएका पाइन्छन् । सन् १९३८ मा कालेबुङमा चुम्लुङ स्कुल नाममा स्थापना गरिएको र हाल जम्बुक मेमोरियल स्कुल नामले चिनिने विद्यालयमा स्थापनाकालदेखि हरेक विहान विद्यार्थीले गाउने प्रार्थना गीत सम्भवतः याक्थुङ भाषाको सबैभन्दा धेरै गाइएको प्रार्थना गीत हुनुपर्छ, जुन निम्न अनुसार रहेको छः

नीसाम् माङ् ए सेवारो 
ए नीङ्वा नूबा चोगेÞओ 
हारा माङ् इत्छीःङेÞओ 
नीसाम् माङ् ए सेवारो 
नूबा सक्सक् नागूम्बेÞरो 
सक्सक् मेÞन्ने मेÞगीगेÞरो 
नीसाम् माङ् ए सेवारो ।।

हे विद्याकी देवी प्रणाम
मन पवित्र बनाउ है
ए देवी शीघ्र कल्पिनु है
हे विद्याकी देवी प्रणाम
असल विद्या माग्छौँ है
विद्याबिना मासिन्छौँ है 
हे विद्याकी देवी प्रणाम ।।

नुनुथुङ नामको बालगीति क्यासेट टेकराज तिगेलाको प्रस्तुतिमा एउटै मात्र बजारमा आएको पाइएको छ । यसमा रहेका बालगीतहरु सुनिता सुब्बा, सुशीला सावादेन र डेनी सुब्बाको स्वरमा रहेका छन् ।

ग) बालनिबन्ध

याक्थुङ भाषाका बालनिबन्धहरु मूलतः नेपाल र सिक्किमका सरकारी पाठशालामा पठनपाठन हुने पुस्तकहरुमा छापिएका पाइन्छन् । यसका साथै अमर तुम्याहाङको सम्पादनमा पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको बालसन्दर्भ सामग्रीहरु, भवानी तागाको सम्पादनमा भाषा विकास केन्द्र नेपालले प्रकाशित गरेको ‘हिन्जा?पित्छु’ नामक त्रेभाषिक बालसाहित्य सँगालोमा पनि प्रकाशित रहेका छन् ।

घ) बालकथा

याक्थुङ बालकथाहरु पाठ्यपुस्तक, सन्दर्भ सामग्रीहरु, केही पत्रपत्रिकाहरुमा प्रकाशित रहेका छन् । सिक्किमको सरकारी विद्यालयमा पढाइने कक्षा ७ का लागि ‘खेदा?सुङ’ र कक्षा ८ का लागि ’चक् खेदाÞ’ बाहेक छुट्टै बालकथा सङ्ग्रह प्रकाशित भएको पाइएको छैन । यसरी नै याक्थुङ भाषामा बालउपन्यास पनि प्रकाशित भएको पाइएको छैन ।

ङ) बालनाटक

याक्थुङ बालनाटकहरुमा बी.बी. मुरिङ्लाका ‘लाङ्भङ्गारेÞ पाङ्वाइला’ (१९७७, कक्षा ५ को लिम्बू पाठ्यपुस्तक) र ‘लेÞङ्हङ्’ (१९७८, कक्षा ६ को लिम्बू पाठ्यपुस्तक) रहेका छन् । यसरी नै अमर तुम्याहाङ र डिल्ली लिङ्दमले सहलेखन गरेको पाँच दृष्य रहेको ‘मिसेक्ना’ (तान्छोप्पा, वर्ष ७, अङ्क ५, जेठ र अङ्क ६, असार २०५९) रहेको छ ।

याक्थुङ बालसाहित्य प्रकाशनमा भएका प्रयासहरु

याक्थुङ बालसाहित्य प्रकाशनका लागि सरकारी र व्यक्तिगत प्रयास भएको पाइन्छ । याक्थुङ बालसाहित्य प्रकाशन व्यवसायिक हिसाबले हुन सकेको पाइँदैन ।

सरकारी तवरबाट भएका प्रयास अन्तरगत नेपालको पाठ्यक्रम विकास केन्द्रको पहलमा कक्षा १ देखि कक्षा ५ सम्मका लागिग आनि? पाःन् पाठ्यपुस्तक प्रकाशित भएका छन् । पाठ्यक्रम विकास केन्द्रले ‘माङ्गेन्नारेÞ कुबोक्’ भाग—१ (२०६३), केलाःङ् (साक्थिम नु साम्मलिा), भाग—२ (२०६३) र ‘आनि? चोवासाम्बाहा?’, भाग—३ (२०६३) प्रकाशित गरेको छ । यसरी नै भाषा विकास केन्द्र नेपालजस्तो गैह्रसरकारी संस्थाले पनि ‘हिन्जा?पित्छु’ नामक याक्थुङ बालसाहित्य सङ्ग्रह प्रकाशित गरेको छ ।




यसरी नै सिक्किम सरकारको शिक्षा विभागले प्राथमिक तहका पाठ्यपुस्तकहरु र सन्दर्भ सामग्रीहरु प्रकाशित गरेको छ ।

यसका साथै व्यक्तिगत पहलमा पनि बालसाहित्यका पुस्तकहरु प्रकाशित भइआएका छन् । यस्ता कितावहरुमा माथि उल्लेख भएका ‘सेवारो’ बालकविता सङ्ग्रह, ‘लाबे पम्बम्’का साथै रानीटारे साइँलाको कविता सङ्ग्रह ‘कुहोप्मिरेÞन् लाङ्गाङहा?’ (२०६९) मा प्रकाशित ‘पङ्वाःन्दुङ’ शीषर्कको कविता आदि पर्दछन् ।

सञ्चारमध्यममा लिम्बू बालसाहित्य

सञ्चार माध्यम भन्नाले रोडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट आदि पर्दछन् । यस प्रकारका सञ्चार माध्यमहरु मध्ये रेडियो, टेलिभिजन, इन्टरनेटजस्तो माध्यममा याक्थुङ बालसाहित्य प्रकाशित एवम् प्रशारित भएको पाइएको छैन । पत्रपत्रिकाहरुमध्ये तान्छोप्पा, गोरखापत्र नयाँ नेपाल लिम्बू भाषा पृष्ठ, भवानी तावा सम्पादित ‘हिन्जा?’ पत्रिका, मुक्साम लाओती सम्पादित ‘हिन्जा? फुङ्इक्’ आदि पत्रपत्रिकामा याक्थुङ बालसाहित्यका सामग्री प्रकाशित हुँदै आएका छन् ।

अनुवाद

याक्थुङ भाषामा अनुवादको काम निकै भएका छन् । तर बालसाहित्यको विषयमा भने अनुवादको काम त्यति हुन सकेको छैन । खस नेपाली भाषाबाट मेरी सानी (श्यामप्रसाद शर्मा, अनु. वीर बहादुर लिम्बू, वि.सं. २०५९) र अङ्ग्रेजीबाट लिम्बू भाषामा अनुदित कृति गुलिभर्रेÞ लाम्दिःक् (जोनाथन स्विप्mट, अनु. बी.बी. मुरिङला, सिक्किम) रहेको छ । यसरी नै अङ्ग्रेजीमा लेखिएको बाल उपन्यास ब्मखभलतगचभ या ब ल्भउबष् िँचयन (कनमणि दीक्षित, अनु. अमर तुम्याहाङ, वि.सं. २०५८) लिम्बू भाषामा अनुवाद भएको छ ।

बालसाहित्यकार

याक्थुङ बालसाहित्य लेखनमा समर्पित स्रष्टाहरुको सङ्ख्या निकै ठूलो रहेको छ । बालसाहित्यमा कलम चलाउने साहित्यकारहरुमा सबाजवीर थलङ, इमानसिंह चेम्जोङ, पदमसिंह मुरिङ्ला, बी.बी. मुरिङ्ला, येहाङ लाओती, अमर तुम्याहाङ, भवानी तावा, थाम्सुहाङ पुष्प सुब्बा, हाङ्वासाङ् याक्थुङ्बा, लक्ष्मी सेर्मा, सेमिक्लुङ लाओती, मलिसा याक्थुङ्बा लिम्बू, सेसेहाङ फियाक, सेसेमी सेरेङ लिम्बू, पापो कविराज सेर्मा, पुष्पहाङ लोवा फुङ्हाङ, यलम्बर मिक्वा, कुसुम हिक्की, राज माङ्लाक, विनोद कुगेनाम्बा, सेसेफुङ सेर्मा, नीरु एलन हाङ्सरुम्बा, हाङ्सेन सेर्मा, अनु लाओती र हरिराज लोवा रहेका छन् । यसरी नै अन्य याक्थुङ बालसाहित्यकारहरुमा राधिकार हुक्पा चङ्बाङ ‘नाम्फुङ’, लिला सिङ्गक, भीमा खजुम, फुङ्सा पन्धाक, विष्णु सेत्लिङ्, इमाहाङ सेत्लिङ, मोहन फुरुम्बो, रानीतारे साइँला, चन्द्र योङ्या, इन्दु फोम्बो, भित्रागी काइँला, केदेम सेरेङ कुमारी सुभा, श्याम चबेगु, सावन फुरुम्बो, तेन्जिङ तापेली, अइन्द्रसुन्दर नेम्बाङ, स्वप्नील स्मृति, विक्रम सुब्बा, डिल्ली लिङ्दम, कमला आङ्देम्बे, सूर्यमान सिरेङ, निशेष आङ्देम्बे, राजभक्त चेम्जोङ, रणबहादुर मेन्याङ्बो, वैरागी काइँला, भीमा खजुम ‘मुसुम’, दिलेन्द्र कुरुम्बाङ, खड्ग मेन्याङ्बो आदि रहेका छन् ।

निष्कर्ष 

याक्थुङ भाषामा बालसाहित्य लेखनको काम केही मात्रामा भएका छन् । यद्यपि कविता र कथाबाहेक अन्य विधामा कृतिहरु प्रकाशित भएका छैनन् । सञ्चार माध्यम मूललः रेडियो, टिभी आदिमा याक्थुङ बालसाहित्यको पहुँच पुग्न सकेको देखिँदैन । सरकारी निकायहरुले केही काम त अवश्य गरेका छन् तर त्यो प्रयाप्त देखिँदैन । बालसाहित्य स्रष्टाहरुको प्राथमिकताको विषय बनेको देखिँदैन । यसो भए पनि राज्य र सम्बन्धित भाषी स्रष्टाको ध्यान गएमा याक्थुङ बालसाहित्यको विकासको सम्भावना प्रसस्त रहेको छ ।

सन्दर्भ समग्री 

काइँला, वैरागी (२०४८), लिम्बू जातिमा कोख—पूजा, नेपाल राजीय प्रज्ञा—प्रतिष्ठान, कमलादी, काठमाडौँ । 
सुभा, बी.बी. मुरिङला नुगो तथा सुभा, मोहन फुरुम्बो (१९८९), सोधुङ्गेÞम्बाहा?रेÞ सिवादिङ खाहुन, शिक्षा विभाग, सिक्किम सरकार, सिक्किम । 
तुम्याहाङ, अमर (२०७०), लिम्बु साहित्य निर्माणको इतिहास, याक्थुङ् साप्सक आकादमी, शङ्खमूल तथा आदिवासी जनजाति उत्थान राष्टिÞय प्रतिष्ठान, जावलाखेल ।
तावा, भवानी (सं) (२०६९), हिन्जा?पित्छु, भाषा विकास केन्द्र, नेपाल । 
Awasthi, Jai Raj, Bhattarai, Govinda Raj and Khaniya, Tirtha Raj (Ed.) 2011. Explorations in English. Ratna Pustak Bhandar, Kathmandu. 

Wednesday, April 22, 2020

इमानसिंह, वर्तमान र शून्यसमय

अमर तुम्याहाङ
– हेल्लो ...! (सन्ध्या सन्नाटा चिर्दै आएको फोन घण्टी पछिको आवाज ।)
– हेल्लो, को बोल्दै हुनुहुन्छ ...?
– नमस्कार है सर ...!
– मैले त राम्रो ठम्याउन सकिनँ नि ...?
कवि नवराज वर्तमान*
– म 'वर्तमान' (हल्का हाँसो ।)
(प्रति उत्तरमा हाँसो ।) सरी है, चिन्न नसकेकोमा ! किन सम्झिनु भयो त ?
– होइन, एउटा विचारप्रधान आलेख लेख्नुप¥यो इमानसिंह चेम्जोङमाथि, माटोको लागि ...।
– ओ हो ! म असमर्थ छु सर, यस्तो लेख लेख्न ...। (मलाई लेख लेख्ने भन्ने वित्तिकै डर लाग्छ । त्यसमा पनि विचारप्रधान भनेपछि त सातै जान्छ ।)
– लेख्नै प¥यो, जसरी भए पनि । (उहाँको जोड ।)
– विचारप्रधान त होइन, केही शब्दहरू लेख्न प्रयास गरौँला ...। (कुरा सुरु गर्दै कुराकानी अन्त्य ।)
*** ***

आलिङ्गन अयोग्य
सहवास अयोग्य
निकम्मा पौरुष
वर्तमान
वर्तमानमा 
वर्तमानसामु 
आलिङ्गनमा मर्दको अभिनय गर्छ – हिजडा 
थुः वर्तमान 
(छिः वर्तमान ... गरिमा, पूर्णाङ्क २५२ मङ्सिर, २०६०)

वर्तमानजी ! तपाइँ वर्तमान, म वर्तमान वा विचारको खेती गर्ने जोकोही वर्तमान, मर्द होइन मर्दको अभिनय गर्ने हिजडा हौँ, फगत हिजडा, यथार्थ अभिनय र अभिनय यथार्थ हुने यो समयमा । अझ भनौँ विवेक संहारको वेदीमा शस्त्रास्त्रको राज्यमा विचारको बली दिएर रगतको टेथिस गासर सिर्जिएको यो बेला केको विचार, केको विवेक ? यी कुरा भालुलाई पुराण जस्ता हुन् कि जस्तो लाग्छ । रिकुटेहरूले लाएको अराजकता र बेथितिका बुटहरूको जाँतोले साधु र सज्जनहरू पिसेर मैदा बनाए पनि निर्सङ्स आदेशहरू मुल्तवी गर्ने रोबोटहरूले बोकेको बन्दुक–राइफलको ढिकीले निर्दोस र अवोधहरू कुटिए वा भुटिए पनि सङ्गीनले उनिए पनि यातनाका चेम्बरभित्र राखिएर बेपत्ता पारिएर थाहा छैन भनेर झ्याली पिटिए पनि विचारको खेती त लाउनै पर्छ, औँसी रातको जुनकिरीहरूले । तर वर्तमानजी, वर्तमानमा विचारको खेती मर्दको काम जस्तो नभएर “मर्दको अभिनय” जस्तो मात्र छ किन भने समयको वर्तमान डबली समयको भयानक शून्यतामा छ ।
*** ***

पौने शताब्दीअघि इमानसिंह चेम्जोङले पुनः परिकल्पना गरेको लिम्बुवान राज्य, त्यहाँको स्वायत्त–स्वतन्त्र शासन व्यवस्था, प्रत्येक मातृभाषामा शिक्षा, दबाइएका/डढाइएका इतिहास र ती इतिहास वर्तमानमा ब्युँझाउने कुरा यतिखेर कति सम्भव वा असम्भव छन् ? यी अनुमानका विषय हुन्, स्वार्थसिद्धिको यो जमानामा । 'किरात इतिहास' लेखी प्रकाशन गरेबापत सिक्किम सरकारबाट क्वारन्टिनमा परेका इमानसिंह, संस्कृति जगेर्ना र समाज सुधारको अभियन्ता जो त्यस वेला ढोकाबाहिर बसेर खाना खान विवस इमानसिंह, स्वधर्मको कुरा गर्दा क्रिस्चियन भनी तिरस्कृत युमाभक्त इमानसिंह, भाषा विकास र जगेर्नाको अनुनय गर्दा गैहमातृभाषी आरोपित इमानसिंह, जाति सेवामा होमिएर स्वजनबाट बहिष्कृत इमानसिंह । कुन इमानसिंहको कुरा लेखौँ ? कुन इमानसिंहको चर्चा गरौँ ? इमानसिंहको कुन विचारको कुरा गरौँ ? तथ्यहरू पस्किँदा प्रत्येक खलपात्रका सहस्र चोर औँलाहरू ठडिनेछन्, चुनौति बनेर । हो यतिखेर उहाँले उठाएका खास्साका सिद्धान्तहरू शासकलाई पच्दैन अनि उहाँका दुःखका गाथा गाए उहाँविरुद्धका तत्कालीन खलनायकहरूलाई सहय हुँदैन किनभने अहिले तिनै पात्रहरू उहाँका खाँटी प्रशंसक, तिनै उहाँका नामको पुच्छर समाएर वैतरणी तर्ने आत्महरू । प्रशंसाको लेप लगाएर कसैलाई समधुर बनाउनु, गुणगानको छोइछिटो हालेर कसैलाई पवित्र पार्नु इमानसिंहमाथिको बेइमानसिंह हुनु झन दुःखद हुनेछ, वर्तमानजी ! त्यसैले कुराले उहाँको विचार बक्नुभन्दा कलमले उहाँको सिद्धान्तको पुनःलेखन गर्नुभन्दा उहाँको बाटोमा मौनमौन हिँड्नु बढी आनन्ददायक हुनेछ जसरी तपाइँ अनुभूतिमा हिँजो हिँड्नुभयो, अनि माटो टेकेर मुन्धुमका आदिम गरा गर्खाहरूमा पाइला राख्दै आज पारुहाङ र सुम्निमाको बस्तीतिर लम्किरहनु भएको छ ।

यतिखेर तपाइँको आग्रह पूरा भयो वा भएन । त्यो त मलाई थाहा छैन । इमानसिंह चेम्जोङलाई सम्मान गर्न आफ्नो अनुभूति होइन अरूका शब्द–सम्झनाहरू सापटी लिन जायज छ, मेरो ब्रह्म–मननमा, यसरी : ह्याट तोपीको भाकामा नोवलकिशोरको आँखामा इमानसिंह किरात साहित्यका चस्मा हुन्, बैरागीको आयाममा इमानसिंह किरात साहित्यका भानुभक्त र इतिहासकार बाबुराम हुन्, अनि सुयोसीको जापानी आँखामा इमानसिंह मातृभाषा शिक्षाका जन्मदाता र प्रेरणाका अथाह खानी हुन् । पदमसिंहको हेराइमा इमानसिंह हिमवत् खण्डका किरात सभ्यताका अन्वेषक–कोलम्बस हुन्, बी.बी.को विचारमा उनी जनजाति साहित्य, इतिहास, धर्म, संस्कृति, राजनीति–चिन्तन, सिद्धान्तकार सबैसबै हुन् ।

वर्तमानजी ! विचारशून्य समयको विचारशून्य पात्र म अर्थात् मैले विचारप्रधान होइन 'इमानसिंह, वर्तमान र शून्यसमय' (मेरो लागि मात्र) पस्केँ, बेढङ्ग र बेकाइदासँग, माफ गर्नुहोला ।

तस्बिर सौजन्य : गणेश वाम्बुले राई । 

स्रोत : माटो, विचार र संस्कृति प्रधान मासिक, वर्ष १, अङ्क ३, २०६० मङ्सिर –पुस, पेज २८ । 

Tuesday, April 21, 2020

याक्थुङ लिम्बू साहित्यको इतिहास

प्राज्ञ अमर तुम्याहाङ

१. परिचय

भूगोल कुनै पनि मुलुकको अस्थिपञ्जर हो भने, जनता प्राण । मुलुकको अस्थिपञ्जर र प्राणलाई जोडेर जीवन्त बनाउँछन्– भाषा, साहित्य, संस्कृति र परम्पराले (तुलाधर, २०७४ः क) । यही भावभूमिमा रहेर यहाँ याक्थुङ लाजे लिम्बुवानका मूल वासिन्दा याक्थुङ लिम्बूहरूले बोल्ने भाषामा रहेको याक्थुङ लिम्बु साहित्यको चर्चा गर्ने जमर्को गरिएको छ ।

१.१ याक्थुङ लिम्बू जाति र भाषा 

मुन्धुम अनुसार उत्तरमा साया मुदेÞन (चीन—तिब्बत), दक्षिणमा तेमेÞन वलङ (भारतवर्ष), पूर्वमा सुम्रोती उम्रोती (ब्रहमपुत्र) र पश्चिममा थोसु वरुम्मा परुम्मा ओनु योसु पारामावा ककामावा (माथि अरून बरुनदेखि तल कोसी) (लिम्बू, २०१४ः २९, तिगेला, २०७१ः ७७) भित्र रहेको याक्थुङ लाजे अर्थात् लिम्बुवानमा बसोबास गर्ने जाति याक्थुङ लिम्बू जाति हो । लिम्बूहरू आफूलाई याक्थुङ्बा वा याक्थुम्बा र लिम्बू भाषालाई याक्थुङ–पाःन् वा याक्थुङ्बा–पाःन् भन्दछन् (काइँला, २०६७ः ९) । मूलको हिसाबले याक्थुङ लिम्बू भाषा चिनियाँ भोट अन्तर्गत भोट – वर्मेली परिवारको पूवीय शाखा अन्तर्गत बोडिक उपशाखाको हिमाली वर्गको पूर्वी किराती भाषा हो (काइँला, २०६७ः १०) । यस भाषाका पान्थरे, फेदापे, तमोरखोले, छथरे, याङवरके भाषिकाहरू रहेको मानिन्छ ।

१.२ याक्थुङ लिम्बू साहित्य 

लिम्बु वा गैह्र लिम्बु जसले लेखेको भए पनि लिम्बु भाषामा लेखिएको साहित्य आधारभूत रूपमा लिम्बु साहित्य हो । लिम्बु भाषीले लिम्बु भाषामा र लिम्बु विषयवस्तुमाथि नै साहित्य रचना गरेमा त्यो पक्कै पनि आदर्श लिम्बु साहित्य (तुम्याहाङ, २०७०ः ४७) हो ।

२. काल विभाजन र काल विभाजनका आधारभूत आधारहरू 

लिम्बु साहित्यको इतिहास लेख्ने कार्य प्रचुरमात्रामा भएको दृष्टिगोचर हुन्न । यद्यपि लिम्बु भाषा साहित्यको इतिहास लेख्ने परम्परा एक शताब्दीभन्दा लामो समयदेखि हुँदै आएको देखिन्छ । अधिकांश लेखकहरूले लिम्बु भाषाको इतिहास लेख्दा लेखक र उनीहरूले गरेका रचनाहरूको कालक्रम क्रमिक रूपमा उल्लेख गरेको पाइन्छ । निकै कम लेखकहरूले मात्रै लिम्बु साहित्यको इतिहासलाई कालविभाजनको समयसीमामा बाँध्ने काम गरेका छन् । यसरी कालविभाजनमा प्राथमिकता नदिनुमा निम्न सम्भाव्य कारणहरू छन्ः
(क) लिम्बु भाषा साहित्य शताब्दीऔँसम्म राज्यको मारमा पर्नु ।
(ख) प्रजातन्त्रोत्तर पनि लिम्बु भाषा विद्यालय र महाविद्यालयहरूमा माध्यम भाषाको रूपमा पठनपाठन नहुनु ।
(ख) लिम्बु भाषामा साहित्य रचना गर्ने प्रवृति बढे पनि गम्भीर समालोचना र इतिहास लेखनमा ध्यान नजानु आदि ।

हुन त कालविभाजन भनेको समयलाई काल्पनिक समय रेखाले छुट्याउने प्रयास मात्रै हो । समय आफ्नो अनन्त यात्रामा अविछिन्न प्रवाहित भइरहेको हुन्छ । तापनि हामीले आफ्नो सुविधाका लागि समयलाई विभाजन गरेर व्यवहार चलाउने गर्दछौँ ।

वर्तमानमा आएर लिम्बु साहित्य रचनामा आधिक्यता हुनुका साथै उच्चशिक्षामा यसको पठनपाठनको तारतम्यले गर्दा लिम्बु साहित्यको काल विभाजन अपरिहार्य भएर आयो । लिम्बु साहित्यको काल विभाजन गरेर सामूहिक चर्चाको विषय बनाउने श्रेय विजय सुब्बालाई जान्छ । उनले २०५८ साउन १२ गते प्रगतिशील लेखक सङ्घ (प्रलेस)द्वारा आयोजित गोष्ठीमा लिम्बु भाषामा प्रगतिशील साहित्यको सङ्क्षिप्त रेखाङ्कन विषयक एउटा कार्यपत्र पस्तुत गरे जसमा उनले लिम्बु साहित्यको मूल प्रवृत्ति उपशीषर्कमा लिम्बु साहित्यको कालविभाजनको आफ्नो अवधारणा प्रस्तुत गरेका छन् । विजय सुब्बाले प्रस्ताव गरेको कालविभाजन यसप्रकार रहेका छन्ः
प्रारम्भिक कालः भक्तिकाल (सिरिजङ्गादेखि फाल्गुनन्दसम्म) अध्यात्मवाद

आधुनिक कालः

(क) इमानसिंह चेम्जोङ् कालः अध्यात्मवाद र यथार्थवाद (लिम्बु जागरण)
(ख) २०३० सालदेखि हालसम्म

  • अघिल्लो चरण (वि.सं.२०३० देखि २०४६ सम्म): यथार्थवाद (जातीय असमानता विरुद्धको भावना र शोषण विरुद्धको भावना)
  • पछिल्लो चरण (वि.सं. २०४६ देखि हालसम्म): यथार्थवाद र प्रगतिशीलता (जातीय र वर्गीय शोषण विरुद्धको भावना)

विजय सुब्बाले द्वैकालिक अवधारणा अगाडि सार्दै माध्यमिक काल लिम्बु साहित्यमा नभएको सङ्केत गरेका छन् । उनले शैली र सिल्पभन्दा पनि वैचारिक दृष्टकोणले हेरेका छन् । वैचारिक दृष्टिमा पनि बढीमात्रामा प्रगतिवादी आँखाले हेरेका छन् ।

वि.सं. २०६० दशकको आरम्भमा प्राज्ञ वैरागी काइँलाले याक्थुङ् खेÞदा?रेÞ कुबोरेÞन् चुक्मुक्पा साप्मुन्धुम् (लिम्बु कथा विकासको सङ्क्षिप्त इतिहास) (तान्छोप्पा,२०६० असोज), तक्पाःन्–थिक्सिगेःक् याक्थुङ् माःसाःम्बे (भूमिका– प्रथम लिम्बु महाकाव्य) शीर्षको सोधुङ्गेÞन् इमानसिंह चोःत्लुङ्को भूमिका (२०६० पुस) र लिम्बु भाषा–साहित्य र आजको लिम्बु कथा (सयपत्री पूर्णाङ्क १९, २०६१) शीर्षकको समालोचना लेखमा लिम्बु साहित्यको कालविभाजनको अनुकल्पना अगाडि सारे । वैरागी काइँलाले अगाडि सारेको कालविभाजन निम्नअनुसारको रहेको छः
१. प्राथमिक काल (१७०४–१९२४ ई.)
२. माध्यमिक काल (१९२५–१९५४ ई.)
३. आधुनिक काल (१९५५ ई. देखि हालसम्म)
३. (क) पूर्वार्ध काल
३. (ख) उत्तरार्ध काल

वैरागी काइँलाले अगाडि सारेका लिम्बु साहित्यको कालविभाजन धेरै प्रचलित त्रिकालिक पद्धतिमा आधारित छ । यसरी कालविभाजन गर्दा उनले सम्बन्धित कालको विशेषताहरू पनि पहिचान गरी उल्लेख गरेका छन् । लिम्बु भाषा र साहित्यको प्राथमिक काल शिक्षा, भक्ति, उपदेश र प्रार्थनाका काव्यको युग थियो (पृ. १३५, यसपत्री, २०६१) । माध्यमिक कालमा गद्य र पद्य दुवै विधामा नीति कथा, लोककथा र उपदेश, भक्तिगीत, प्रार्थना र भजनहरूको सृजना तथा मुन्धुम् आलेखन गर्ने, भाषा र लिपिको उत्थानको विषयवस्तुमा आधारित लेखनप्रवृत्ति कायम रहयो

(पृ. १३७ ऐ) । यसरी नै आधुनिक कालको पूर्वार्ध मूलतः वि.सं. २०४६ साल पूर्वको लिम्बु साहित्य मौलिक, नयाँ भाषा, शैली र शिल्पसहितको रहेको वैरागी काइँलाको ठम्याइ रहेको छ । आधुनिक कालको उत्तरार्ध अर्थात् वि.सं. २०४६ पछि लेखिएका लिम्बु साहित्यका कविता, कथा, निबन्ध, नियात्रा, जीवनी, उपन्यास, खण्डकाव्य, महाकाव्य तथा नाटक विधाहरू मौलिक र सृजनात्मक हुनुका साथै विविध विषयवस्तु, शैली, शिल्प, प्रविधि र भाषाको नवप्रयोगहरू पर्याप्तमात्रामा भएका छन् । लिम्बु साहित्यको यिनै विशेषताहरूलाई लिम्बु साहित्यको कालविभाजनको आधारभूमि मानिएको छ ।

थाम्सुहाङ् पुष्प सुब्बाले लिम्बु साहित्यको काल विभाजन आफ्नो कृति लिम्बु भाषाः साहित्यिक श्रष्टा र दृष्टिकोणमार्फत् अगाडि सारेका हुन् । यस पुस्तकमा लिम्बु साहित्यलाई उनले निम्नअनुसारको कालहरूमा विभाजन गरेका छन् :
१ अज्ञात स्वर्णिम काल
२ प्रारम्भिक काल (वि.सं. ७००–१०००)
३ उत्थान काल (वि.सं.१७६१–२०११)
४ विकास काल (वि.सं. २०१२–२०२८)
५ आधुनिक काल (वि.सं. २०२९ देखि हालसम्म)

यस काल विभाजनमा अज्ञात स्वर्णिम युग भनेर लेखकले लिम्बु लोकसमाजमा प्रचलित मुन्धुम्को रचनाकाल र त्यसको विशेष प्रभावको युगलाई इङ्गित गरेको देखिन्छ ।

प्राथमिक काल भनी उल्लेख गरिएको कालावधिमा रचित कुनै रचनाहरूको तत्कालीन लेख्य रूप प्राप्त छैन । तर लोकमा चलेका तत्कालीन समयका सन्त अगुवाहरूमध्ये माबोहाङ् र सिरिजङ्गाहाङ्का उपदेशहरूलाई यसका प्रमाणको रूपमा प्रस्तुत गरिएको छ जस्तैः
साङ्साङ् साम्यो निसेम्मे
निङ्वा नुरिक् इत्तेÞम्मेÞ ।।
निङ्वा सेसे चोगेम्ÞमेÞ
सेसे साङ्साङ् पाःक्खेÞम्मेÞ ।। (माबोहाङ्)

यसपछि उत्थान काल र विकास काल भनी अगाडि सारिएका यी दुई कालले माध्यमिक काललाई नै जनाउने कुरामा कुनै दुविधा छैन । इतिहास लेखनको सामान्य मान्यता र परम्परा अनुसार प्राथमिक काल र आधुनिक कालको बीचमा माध्यमिक काल नै पर्ने हुनाले यसले पनि प्रष्ट हुन्छ कि यी दुई कालहरू माध्यमिक कालको बदलीमा आएका हुन् ।

थाम्सुहाङ्ले आफैले सम्पादन गरेको सिरिजङ्गा पत्रिकाको प्रकाशन आरम्भ वि.सं. २०२९ लाई याक्थुङ लिम्बु साहित्यको आधुनिक कालको मानेका छन् ।

सारमा भन्नु पर्दा याक्थुङ लिम्बु साहित्यको कालविभाजनका लागि लिम्बु साहित्यको विश्लेषण गर्न थालिएको इतिहास अत्यन्त अल्पकालीन छ । लिम्बु साहित्यका जति इतिहासकारहरूले यसबारेमा कलम चलाए उनीहरूको व्यक्तिगत प्रयास मात्रै देखिन्छ, संस्थागत वा सामूहिक प्रयास भएको देखिएको छैन (तुम्याहाङ, २०७०ः ६२–६८)।

३. याक्थुङ लिम्बू साहित्यको कालगत उपलब्धि र प्रवृत्ति

किरात सिरिजङ्गा लिपिमा याक्थुङ लिम्बू साहित्य लेखनको इतिहास स्वभाविक रूपले आफूलाई हाङ सिरिजङ्गाको अवतारी मानी आफ्नो नामको अगाडि त्येÞअङ्सी (अवतारी) जोड्ने सिरिजङ्गा सिङ थेबे (१७०४—१७४१ ई.) सँग जोडिन आउँछ । त्येÞअङ्सी सिरिजङ्गा सन् १७३४ मा आफ्ना आठ जना चेलाहरू सहित सिक्किम पुगे (सुब्बा, २००४, काइँला, २०६४, तुम्याहाङ, २०७४ः ५६) । उनले सिक्किममा पुगेर शिक्षा, मुन्धुम, भाषा–साहित्य र लिपिको प्रचार गरे । यसै क्रममा उनले किरात सिरिजङ्गा लिपिमा लेख्ने काम पनि गरे । ती सामग्री उनी सहिद भएपछि लुखाइ छिपाइ राखिएको थियो जुन पछि ब्रायन हटन हज्सनको सङ्ग्रहमा परे । ब्रायन हटन हज्सन, जो सन् १८२० देखि १८४३ सम्म काठमाडौँ र सन् १८४५ देखि १८५८ सम्म दार्जिलिङमा बसे (Whelpton, J. & Hut, M., 25 Jul, 2011), उनैले विशेष गरी दार्जिलिङ बस्दा सङ्कलन गरेर हाल ब्रिटिस लाइब्रेरी लन्डनमा सङ्ग्रहित गरि राखिएको सामग्रीहरूमा त्येÞअङ्सी सिरिजङ्गाले लेखेको पाण्डुलिपि पनि परेको विश्वास गरिएको छ । ती पाण्डुलिपिहरू मध्ये हज्सन पाण्डुलिपि भोल्युम ८६, पेज ६६ मा सङ्कलित त्येÞअङ्सी सिरिजङ्गाको पाण्डुलिपि अनुमान गरिएको ‘मुन्धुम साप्ला’ प्रतिलिपि (काइँला, २०६७ः १३) यस प्रकार रहेको छ :

यसमा प्रतिलिपिमा लेखिएको छ :


श्री सिक्कुम फुमा निङ्वाहाङ्मा रे पात्दुङ्लो. साक्सिङ् ओमालो.
कुसेÞन् कुरेÞन् याक्धुङ्हाङ् शाप्रा नित्मालो. कुसेÞन् कुरेÞन् सेवा चोक्मालो.
सेÞन् सेÞन् रेÞन् शाप्मा नित्मालो. चफ हुक्सिक् चुक्रलो. चमेÞन् मिक्सिन् चुक्रलो.
शापरा निलु याक्धुङ्हाङ्. शाप्रा निलु याक्धुङ् नोलो. शापरा शाप्दु यक्–

यस तथ्यलाई आधार मान्दा किरात याक्थुङ साहित्यको इतिहासको प्रथमिक काल प्राज्ञ वैरागी काइँलाले प्रस्तावित गर्नु भएको त्येÞअङ्सी सिरिजङ्गा सिङ थेबेको जन्म मिति सन् १७०४ बाट नभई सन् १७३४ बाट गणना गर्नु युक्ति सङ्गत देखिन्छ । यही तथ्यलाई ध्यानमा राखी याक्थुङ साहित्यलाई निम्न त्रिकालकि अवधारणा अनुसार काल विभाजन गरिएको छ :
(१) प्राथमिक काल (सन् १७३४ देखि १९२४)
(२) माध्यमिक काल (सन् १९२५ देखि १९५५)
(३) आधुनिक काल (सन् १९५६ देखि हालसम्म)
यस प्रकार उल्लेखित त्रिकालिक आधारमा याक्थुङ लिम्बू साहित्यको अवस्थामाथि दृष्टि दिऔँ ।

३.१ प्राथमिक काल (सन् १७३४ देखि १९२४)

यसकालको आरम्भमा याक्थुङ लिम्बू समुदायको निकै ठूलो समूह मूलतः सिक्किमे राजाको विशेष प्रभावमा रहेका याक्थुङ लिम्बूहरूमाझ बौद्ध धर्मले निकै नै गाँजेको थियो । राज्यले बौद्ध धर्मलाई याक्थुङ लिम्बू समाजमाथि पूरै थोपरेको थियो र याक्थुङ लिम्बूहरू गुम्बा गएर बुद्धमार्गी गुम्बाशिक्षा नै लिनुपर्ने अवस्थामा पु¥याइएका थिए । यस प्रभावबाट याक्थुङ लिम्बू समुदायलाई बचाउने त्येÞअङ्सी सिरिजङ्गाले शिक्षा, मुन्धुम, भाषा–साहित्य र लिपिको प्रचार गरे । यही क्रममा उनी सहिद बन्न पुगे ।

पहिलो विश्वयुद्धपछि महागुरु फाल्गुनन्दले आफ्नै मातृृभाषा याक्थुङ लिम्बूमा आफू र आफ्ना शिष्यहरूले गाउनका लागि तयार गरेका भजनहरूलाई पनि प्राथमिककालीन साहित्यको रूपमा लिन सकिन्छ । फाल्गुनन्दको अवधारणाअनुसार उनका चेलाहरूले मुन्धुम्लाई केही परिमार्जन गरी आलेखन गरे । साम्जिक मुन्धुम् नामक सत्यहाङ्मा पन्थका अनुयायीहरूले प्रयोगमा ल्याउने मुन्धुम् पुस्तक यसको एउटा ज्वलन्त उदाहरण हो । समाज सुधारक तथा सत्यहाङ्मा पन्थका महागुरु फाल्गुनन्दको अगुवाइमा सन् १९३० देखि १९४८ सम्म किरात समाजमा प्रचलित मुन्धुम्को परिमार्जन एवम् लिपिबद्ध गर्ने काम अभियानकै रूपमा भएको थियो । त्यो समयमा लेखिएका मुन्धुम्हरू हजारभन्दा बढी पान्डुलिपिहरू फाल्गुनन्दले स्थापना गरे गराएका मन्दिर र अन्य अनुयायीहरूसँग रहेको विश्वास गरिन्छ । फाल्गुनन्दका चेलाहरूले गुरुका वाणी र उपदेशहरूको आलेखन गरी याक्थुङ लिम्बू (किरात) सन्त–साहित्यको जगमा थप शीला थप्ने काम गरे ।

३.१.१ प्राथमिककालीन पद्य सहित्यको प्रवृति र विशेषता 

(क) तागेÞरानिङ्वाभुमा माङ्को सृष्टिलीलाको वर्णन
(ख) ईश्वर भक्ति मूलतः तागेÞरानिङ्वाभूमा माङ्को उपासना
(ग) अर्ति–उपदेश तथा शिक्षाप्रद भजनहरूको रचना
(घ) यस्ता रचनाहरू लोकलयका साथै शास्त्रीय छन्दमा रचना गरिएका
(ङ) मुन्धुमी र आलङ्कारिक भाषाको अधिकतम् प्रभाव

याक्थुङ लिम्बूभाषा र साहित्यको प्राथमिककालीन गद्यविधामा उपदेश तथा नीतिकथा लेखन युग थियो । यस समयमा ब्रायन हज्सन्ले किरात लिपि लेख्नजान्ने व्यक्तित्वहरू जोभानसिं याक्थुङ लिम्बू, च्याङ्ग्रेसिं फेÞदाङ्मा, हवल्दार रनधोज र खरदार जीत मोहनलाई विभिन्न विषयमा जानकारीमूलक लेख्न लगाई सङ्कलन गरेका थिए । सम्भवत प्राथमिककालीन याक्थुङ लिम्बू साहित्यको सबैभन्दा अमूल्य निधि यही हुनुपर्छ । सामाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले आफ्नै मातृृभाषा याक्थुङ लिम्बूमा दिएका धार्मिक शिक्षाका प्रवचन र उपदेशहरूलाई त्यो समयको गद्य साहित्यको महत्त्वपूर्ण पक्षको रूपमा लिन सकिन्छ । यसरी नै लालसोर सेÞन्दाङ्ले सिक्किमे याक्थुङ लिम्बू समाजमा दिएका किरात लिपि, सिरिजङ्गाको जीवनी र उपदेशसम्बन्धी शिक्षाप्रद प्रचारप्रसार एवम् प्रवचनहरूले पनि यस कालमा केही न केही योगदान पु¥याएको थियो । उनले लेखेको सिवा खाहुन् (वि.सं. १९७३) प्राथमिककालीन महत्त्वपूर्ण ग्रन्थ हो । प्राथमिक कालको अन्तिम वर्षमा इमानसिंह चेम्जोङ्ले सिरिजङ्गाको जीवनी दुई खण्डमा सिरिजङ्गा मुन्धुम् (१९२४ ई०) तयार पारेर गद्यविधालाई उन्नत बनाउन योगदान गरेका थिए । यति हुँदाहुँदै पनि सिर्जनात्मक साहित्य लेखनको सुरुवात भने हुन सकेको देखिँदैन ।

३.१.२ प्राथमिक कालीन गद्य सहित्यको प्रवृति र विशेषता 

(क) मुन्धुमी तथा लोक कथाहरूको आलेखन
(ख) उपदेशहरूको सङ्कलन एवम् सङ्ग्रह
(ग) जानकारीमूलक लेख
(ग) जीवनी लेख

प्राथमिक कालीन याक्थुङ लिम्बू साहित्यलाई ईश्वरभक्तिले पूर्ण रूपमा छोपेको थियो । यस कालको साहित्यले सृजनात्मक साहित्यको रूप धारण गर्न सकेन । विधागत आधारमा पनि याक्थुङ लिम्बू साहित्यले विशिष्ठ रूप लिन सकेन ।

३.२ याक्थुङ लिम्बू साहित्यको माध्यमिक काल (सन् १९२५ देखि १९५५)

याक्थुङ लिम्बू साहित्यको माध्यमिक काल भनेर सन् १९२५ देखि १९५५ तदनुसार वि.सं. १९८२ देखि २०१२ सम्मको ३० वर्षको अवधिलाई लिइने गरिन्छ ।

मातृभाषाको उत्थानको उद्देश्य बोकेर कालेबुङ (दार्जिलिङ, भारत) मा सन् १९२५ ई० मा याक्थुङ् हाङ्् चुम्लुङ्को स्थापना भयो । यो घटना याक्थुङ लिम्बू भाषा साहित्यको इतिहासमा एउटा कोशे ढुङगा थियो । यस पश्चात् याक्थुङ लिम्बू साहित्य–लेखनले अभूतपूर्व तीव्रता पायो । यसले याक्थुङ लिम्बू भाषा साहित्यमा अर्को नयॉ युगको थालनी भयो । यस अवधि (सन् १९२५–१९५५) लाई याक्थुङ लिम्बू साहित्यको माध्यमिक कालका रूपमा लिइने गरिएको छ । 

इमानसिंह चेम्जोङ, सुबेदार बाजवीर थलङ, इ.के. बहादुर सेरेङ, निर्मलकुमार याक्थुङ लिम्बू, हर्कजङ्ग माक्खिम, लप्टन शेरबहादुर याक्थुङ लिम्बू, कालुसिंह पापो, सुबिदार बुद्धिराज फागो र जसमान साँबा तथा तिलोकसिंह नुगो आदिले सन् १९२८ देखि सन् १९३८ सम्म आफ्नो भाषा र साहित्यको विकासमा अमूल्य योगदान दिएर यस कालावधिलाई याक्थुङ लिम्बूभाषा–साहित्यको स्वर्णयुग भन्न सकिने बनाए । पछि इमानसिंह चेम्जोङ्को सिक्किम प्रवास–कालमा भने सिक्किममा सक्रियता बढ्यो । गान्तोक सिक्किममा चेम्जोङ्, पदमसिंह मुरिङला, मनबहादुर खाम्धाक र सन्तवीर खाम्धाक याक्थुङ लिम्बूसमेत भई वर्णमालाका पुस्तकहरू गान्तोक, सिक्किमबाट प्रकाशित (१९५१ ई.) गरी देशविदेशमा प्रचार–प्रसार गरे । मुख्यगरी यो युग मातृभाषाको उत्थानका लागि जागरणको युग थियो ।

माध्यमिक कालमा गद्य विधामा लेखिएका कितावहरू (काइँला, २०४९) मा कालुसिं पापोको याक्थुङ् सेवा साम्लो (सन् १९३०), सुबिदार बुद्धिराज फागो र जसमान साँवाको किराँत साम् मुन्धुम् (सन् १९३१), तिलकसिङ नुगोको किराँत मुन्धुम् (सन् १९५१) आदि पर्दछन् ।

यी बाहेक विभिन्न समयमा निस्किएका वर्णमालाहरूमा निसाम्माङ् पाःन् (सरस्वती वचन), खाहुन् (उपद्येश), साम्लो (गीत) आदि प्रकाशित भएका पाइन्छन् । जस्तैः
क) निसाम्माङ् पाःन् या सरस्वती वचन

पहिलो श्लोक
निङ्वा?फुुमा शक्शक् आहुक्यो वा?रो ।।
केखेबा केरेक् नोनिङ्वा तारो ।।

अन्तिम श्लोक
साप्ला केहु?बा साप्ला केनिप्पा ।।
हिन्जाहा? केरेक् मेबोङ्लो चापा ।।

पहिलो श्लोक
सरस्वती पुस्तक हातमा छ ।
पढेर सर्ब सुभावना आउँछ ।

अन्तिम श्लोक
पढ्न सिकाउने पढ्न सिक्ने ।
शिशुहरू सबै ज्ञानी बन्छन् ।
(इमानसिंह चेम्जोङ्, याक्थुङ् निसिगेक् साप्ला, १९५१ ई. पृ. ७–८)

ख) साम्नि साम्लो नाम दिइएको गीतको अंश

माङ््जुम् मेन्नेग ।।
माङ््वा मेन्नेग ।।
ना कोइ मेखेम्दुन् ।।
फाङ्जोङ् मेखेम्दुन् ।।
नावा मेयारुन् ।।
खेम्सिङ् मेयारुन् ।।

मौरी घार नै नभए ।
भीर मौरी नभए ।
त्यो भीर सुहाउँदैन ।
पहाड सुहाउँदैन ।
रूप, रूप हुँदैन ।
श्रृङ्गार सुहाउँदैन ।
(तुम् याक्थुङ् निङ्वाफु साप्ला, १९५१ ई. पृ.२५)

माध्यमिककालीन कविताको मूल्याङ्कन गर्ने क्रममा लाल–श्याँकारेलु रापचा र अन्य लेख्छन्– ...ई.१९५१ पश्चात् स्तुति कविताको सुरुआत इमानसिंह चेम्जोङ्, मनबहादुर खाम्धाक र पदमसिंह मुरिङला नुगोहरूको याक्थुङ् निसिगेक साप्ला (वर्नमाला) बाट भएको हो । इमानसिंह चेम्जोङ्कै निङ्वाफु सेवा, र फुङखामा कविताहरूमा बाल एवम् भक्तिभाव सार झल्कने कविताहरू छन् । एमबी खाम्धाक पनि निसाम सेवा मा स्तुतिको सार लिएर प्रवेश गरेका हुन् (२००८ ई., पृ. ४४३) ।

३.२.१ माध्यमिककालीन पद्य साहित्यका प्रवृति र विशेषता

उल्लेखित कृति र रचनाहरूको मूल्याङ्कन गर्दा माध्यमिककालीन याक्थुङ लिम्बू पद्य साहित्यको प्रमुख प्रवृति र विशेषताहरू निम्नअनुसार उल्लेख गर्न सकिन्छः
(क) ईश्वर र सरस्वतीप्रतिको स्तुति र उपासनामा केन्द्रित रचना ।
(ख) पद्य रचनाका लागि लोकलय र शास्त्रीय छन्दको प्रयोग ।
(ग) नीति शिक्षा तथा उपदेशकेन्द्रित रचना ।
(घ) जीवनीपरक तर अध्यात्मकेन्द्रित रचना ।
(घ) माध्यमिककालको उत्तरार्धमा प्रकृति, प्राकृतिक सौन्र्दयको मोह र सोबाट शिक्षा ग्रहण ।
(ङ) माध्यामिककालको उत्तरार्धमा पद्य रचनाको विषय ईश्वर, देवीदेवता, मुन्धुमी पात्रपात्रा र सृष्टि आख्यानबाट प्रकृति, प्राणी र अन्य विषयतिर स्थानान्तरण ।

याक्थुङ लिम्बूभाषामा लेखिएका गद्य साहित्यमा माध्यमिक कालको उत्तरार्ध र आधुनिक कालको प्रारम्भमा पनि सामाजिक विसङ्गति, विकृति र अन्धपरम्पराको विरोध तथा सामाजिक सुधारका साथै मातृभाषा र लिपिको उत्थान एवम् शिक्षाको प्रचारमा अत्यधिक जोड दिएको देखिन्छ । यस कालमा आधा दर्जनजति वर्णमालाका किताबहरू छापिएबाट यो समय याक्थुङ लिम्बू भाषा साहित्यको पुनरजागरण एवम् चरम जागरणको समय भनेर सहजै अनुमान गर्न सकिन्छ । यसरी नै सो समयमा मदपान निषेध (१९३१ ई.) जस्ता पुस्तकका प्रकाशनले याक्थुङ लिम्बू समुदाय आफ्नो समाजको विकृतिविरुद्ध मौखिक मात्रै होइन लिपित रूपमै अभियानका साथ अगाडि बढेको प्रमाणित हुन्छ । माध्यमिककालीन याक्थुङ लिम्बू समाज सङ्गीत र कलाप्रति पनि सचेत भएको कुरा किराँत सङ्गीत विद्या (१९३१ ई.) पुस्तकको प्रकाशनले सिद्ध गर्दछ । यही कालावधिमा इमानसिंह चेम्जोङ्को किरात इतिहास (सन् १९४८ ई.) नामक एकदमै परिपक्वा इतिहासको पुस्तक पनि प्रकाशन आयो जसले किरात समुदाय र याक्थुङ लिम्बू समुदायलाई आफ्नो प्रामाणिक इतिहासबारेमा ठोस जानकारी दियो । तर यस अवधिमा गद्यविधामा महागुरु फाल्गुनन्दका चेला रन्धोज नेम्बाङ्ले भने सत्यहाङ्मा–पन्थका धार्मिक कर्मकाण्ड र ज्योतिषसम्बन्धी ग्रन्थ तयार गरेर अर्कै धार प्रवाह गरेका थिए ।

माध्यमिककालीन गद्य विधाका लेखकहरूमा बाजवीर थलङ, इमानसिंह चेम्जोङ, ई.के. बहादुर सेरेङ, सुबेदार हर्कजङ् माखिम (वर्मा), सुबेदार हर्कजङ् माखिम (वर्मा), निर्मल याक्थुङ लिम्बू, जीवनदास राई, लफ्टन शेरबहादुर मेयोहाङ्, मोहनलाल हाङ्गम, सुबिदार बुद्धिराज फागो, जसमान साँवा, मानबहादुर खाम्धाक, पदमसिंह मुरिङला (याक्थुङ लिम्बू भाषा र साहित्यको सङ्क्षिप्त परिचय, २०४९, पृ.४३–४८) पर्दछन् (कृतिहरूको विवरण अनुसूचि (क) मा हेर्नुहोस्)।

माध्यमिक कालमा नीति शिक्षा दिने खालका प्राणी केन्द्रित सरल तर गहन विचार र शिक्षा प्रवाह गर्ने बाल साहित्यको रचनाहरू पनि भएका थिए । उदाहरणको लागि सन् १९३१ मा सुबेदार बाजवीर थलङ र इमानसिंह चेम्जोङ्को संयुक्त लेखनमा प्रकाशित निसिगेक् याक्थुङ् साप्लाको एउटा कथालाई लिन सकिन्छः

हिम् थिक्लेÞ कुबेसाङ् वारक्थिक् नेÞस्सेÞ ।। थिक्येÞन् यम्बा वाहित् थासुआङ् चिप्तु ।। खेन् वाबाक्ओ पद्यःक्पाहा? मेÞलःन्देÞआङ् यल्लिक साम्लोनु मेÞअःक्तेÞ ।। हेÞक्केआङ् खेÞन् हिम्मोबा हिन्जाहा?रेÞ खेÞन् पद्यःक्पाहा? लुङ्लेÞ मेÞलेÞप्तुसि ।। हेÞक्केआङ् सिदःत् पद्यःक्पाहा?रेÞ लाङ् हुक् मेÞऐÞगेÞ ।। आक्खेल्लेÞग खुन्छि? थेÞगेःक्काङ् यबेÞआङ् मेÞस्येÞ ।। खेÞन् येÞम्मो काप्पोबा पदःक्पाधिक् पाःक्खा लःन्देÞ ।। काप्पोबा पद्यःक्पाल्लेÞ हिन्जाहा? मेÞत्तुसि– हिन्जा?से ! आनिगेÞ सःत्तिगेÞल्लेÞ थेआङ् लुङ्ङिल्लेÞ आगेÞलेÞप्तिबा बे ? खेनि? केÞन्निसुम्मिम्बि आनिगेÞ लाङ्हुक् एÞगेÞबा !
कम्भ्याक् पाःत्तुआङ् काप्पोबा पदःक्किन् वारक्सिगाङ् लासेÞबे ।।
खाहुन्- "हिन्जा?से ! हाःत्ताङ् तुक्खे मेÞन्जाःप्मानाहा? आप्फाल्लेÞआङ् सेÞप्मासि मेÞन्लो ।।

अनुवादः एउटा घरको नजिकै एउटा पोखरी थियो । एकदिन ठूलो पानी प¥यो । त्यो पोखरीमा भ्यागुताहरू निस्किएर ठूलो स्वरमा गीत गाउन थाले । त्यसपछि पोखरीछेउको घरका केटाकेटीहरूले भ्यागुताहरूलाई ढुङ्गाले हाने । ढुङ्गाले लागेर धेरै भ्यागुताहरूको हात खुट्टा भाँचिए । कतिको त टाउकै फुटेर पनि मरे । त्यो समयमा बूढो भ्यागुतो पाखा निस्कियो । बूढो भ्यागुतोले केटाकेटीहरूलाई भन्यो– नानी हो ! हामी रमाउँदा किन ढुङ्गाले हानेको ? तिमीहरूले देखेनौँ, हाम्रो हातखुट्टा भाँचिएको !
त्यति भनेर बूढो भ्यागुतो पोखरिमा पस्यो ।
शिक्षा–"नानी हो ! कसैलाई दुःख नदिने प्राणीहरूलाई कहिल्यै मार्नु हुँदैन ।"
(आनि पाःन्, कक्षा १, परिमार्जन ०६४, पृ.४६ तथा याक्थुङ् निसिगेक् साप्ला, ०५१ ई. पृ. २२–२३)

माध्यमिककालीन केही गद्य रचनाहरूमा लोक कथा, मौलिक कथा, अनुवाद वा आगन्तुक कथा, गाई, कुकुर सम्बन्धी प्रवन्धात्मक निबन्धहरू पनि पाइन्छन् ।

३.२.२ माध्यमिककालीन गद्य साहित्यका प्रवृति र विशेषता

उल्लेखित कृति र रचनाहरूको मूल्याङ्कन गर्दा माध्यमिककालीन याक्थुङ लिम्बू गद्य साहित्यको प्रमुख प्रवृति र विशेषताहरू निम्नअनुसार उल्लेख गर्न सकिन्छः
(क) सामाजिक विसङ्गति, विकृति र अन्धपरम्पराको विरोध तथा सामाजिक सुधारको सन्देश रचनाहरूमा प्रकट हुन सुरु ।
(ख) मातृभाषा र लिपिको उत्थान एवम् शिक्षाको प्रचारमा जोड ।
(ग) लोककथाको धरातलमा मौलिक कथाहरूको लेखन आरम्भ ।
(घ) सरल निबन्धहरूको लेखन आरम्भ हुनु ।
(ङ) अनुवाद कथाहरू प्रवेश गर्नु ।
(च) विधागत पहिचानका साथ पुस्तकहरू लेख्न थालिनु, जस्तै किरात इतिहास ।
(छ) तत्कालीन रचनाहरूमा आधुनिक गद्य रचनाका आधारभूत विशेषताहरू मौलाउन थाल्नु ।

३.३ आधुनिक याक्थुङ लिम्बू काव्य (सन् १९५६ देखि हालसम्म)

याक्थुङ लिम्बू साहित्यको कविता–काव्य विधामा आधुनिक काल सुब्बा खड्गबहादुर नेम्बाङले किराँत मिक्–हऽन् साम्लो (२०१२, वि.सं.) लेखी प्रकाशन गरेपछि सुरु भएको मानिन्छ । त्यसैले वि.सं. २०१२ अर्थात् सन् १९५६ देखि आजतक लेखिएका साहित्यलाई आधुनिक याक्थुङ लिम्बू साहित्यको रूपमा लिइने गरेको छ । यसलाई पनि पूर्वार्ध र उत्तराद्र्ध गरी दुई खण्डमा विभाजन गरी हेर्ने गरिएको छ । आधुनिक याक्थुङ लिम्बू कविताको पूर्वार्ध भन्नाले वि.सं. २०१२ देखि २०२९ अर्थात् ईस्वी संवत् १९५६ देखि १९७३ सम्म र उत्तराद्र्ध वि.सं. २०३० अर्थात् सन् १९७४ देखि हालसम्म रचित साहित्यलाई लिने गरिन्छ । याक्थुङ लिम्बू साहित्यमा उत्तर आधुनिकताको आरम्भ वि.सं. २०४७ अर्थात् ईस्वी संवत् १९९० देखि भएको हो ।

आधुनिक याक्थुङ लिम्बू कविता–काव्यको पूर्वार्र्धका कविहरूमा सुब्बा खड्गबहादुर नेम्बाङ्को विशेष स्थान रहेको छ । उनले पहिलो पटक खण्ड काव्य स्तरको लामो कविता किरात मिक्हन साम्लो लेखी प्रकाशित गरे ।

आधुनिक याक्थुङ लिम्बू कविता–काव्यको उत्तरार्धर्मा लिम्बू भाषामा प्रसस्तै कविता सङ्ग्रहरू प्रकाशित भएका छन् । कविवर वीर नेम्बाङ्बाट सेÞम्मुइ खण्डकाव्य (ई.सं. १९८६) रचित भएपछि याक्थुङ खण्ड काव्यहरूको प्रकाशन हुन थाले । आधुनिक कालको उत्तरार्धमा आएर अमर तुम्याहाङको सोधुङ्गेÞन् इमानसिंह चोत्लुङ (वि.सं. २०६०) र थाम्सुहाङ पुष्प सुब्बाको मक्खिवा फुङ (वि.सं. २०६७) मा प्रकाशित भए ।

यस कालका कविता कृति प्रकाशित गरिसकेका कविहरूमा वैरागी काइँला, बी.बी. सुभा (मुरिङ्ला नुगो), विरही काइँला, ताम्लिङ वीरबल लिम्बु, डिल्ली लिङ्दम, सेसेमि से–नाल्बो, रणबहादुर मेन्याङ्बो, नरबहादुर यङहाङ्, हरि चङबाङ ‘सेन्छेन्हाङ्’, सेर्मा साम्जिरि सेमि, सेसेहाङ् फियाक, तोङ्सा नयोङ्हाङ्, टङ्क वनेम, सेसेमी साम्जिरि फुङ, राजकुमार तेयुङ ‘तरेबा’, बालि छथरे, बिर्खमान याक्थुङ्, पूर्ण मुरिङ्ला, चन्द्र माङ््युङ, राजु याक्थुङ् ‘साम्सिङ्बो’ दिलेन्द्र कुरुम्बाङ, बल मुरिङ्ला, बुधि ‘लेक्वाहाङ्’ खाम्धाक, लिला तुम्बापो, बिर्ख पेघा, सन्तोष तेराप्पे, सन्जित्रा याक्थुङ, पदमसिंङ इजम, लिम्बू डि.आर., लिला तुम्बापो, मिलन मुरिङ्ला नुगो, उत्तमकुमार यङहाङ्, तेन्जिङ तापेली, राधिका हुक्पा चङ्बाङ ‘नाम्फुङ’ रहेका छन् ।

कविता सङ्ग्रह प्रकाशित गर्ने थप कविहरूमा आर.बी. याक्थुङचुम, बी.बी. मादेन, चन्द्र माङ्युङ, टी.बी. लेक्वाहाङ, चन्द्र मणि तुम्बापो, हरि हुक्पा चङबाङ ‘सेन्छेन्हाङ्’, रणबहादुर मेन्याङ्बो, थिबोङ्सा याक्थुम्बा ‘सुप्रस’, मदन चोङ्बाङ ‘तान्छोप्पा’, सेसेहाङ् फियाक, तोङ्सा नयोङ्हाङ्, लछामी सेर्मा पापो, टङ्क वनेम, आन्छुमे नसान्, राजेन्द्र चबेगु ‘हाङ्वासाङ्’, भित्रागी काइँला, भवानी तावा, पुष्प हाङ लोवा, राज माङलाक, निशेष आङ्देम्बे, रानीटारे साइँला, बुद्धहाङ नेम्बाङ, जसलाल साक्वादेन, मणिराज हुक्पा, धनरोती याप्मी, बी.एल. साक्वादेन, पूर्ण मुरिङ्ला, रामहाङ सिसेक्, पी.एस. इजम, मानहाङ खाम्धाक्, हस्त पन्धाक, हर्क खाम्धाक, बी.बी. पक्खिम, कमला सुब्बा मेन्याङ्बो, सुक्मान ओती, धनराज खाम्धाक्, पूर्णसिङ साम्बा, तेÞन्हाङ् साम्बा, मिलन मुरिङ्ला नुगो, रिवाज साक्वादेन, चन्द्र पेÞघा, असित याक्थुङ, अरुण कुमार पक्खिम, लाहाङ पक्खिम, कुमार लिम्बू थोप्रा, सन्चहाङ मादेन लिम्बू, मङ्गलसिङ ताम्लिङ, बुधी दास पन्धाक आदि रहेका छन् (कृतिहरूको विवरण अनुसूचि (ख) मा हेर्नुहोस्) ।

यस कालखण्डमा वैरागी काइँला, नरबहादुर यङहाङ, दुर्गा प्रसाद फोपाहाङ, रणबहादुर मेन्याङ्बो, जसराज पन्धाक, रनधोज सिरेङ चोङ्बाङ, रैप्रसाद हुक्पा चङ्बाङ आदिले याक्थुङ समाजको शास्त्रीय मुन्धुम, लोक गीतहरू अभिलेखीकरण गरिरहेका छन् जसले याक्थुङ साहित्य लेखनमा पृष्ठ धरातलको काम गरिरहेको छ ।

३.३.१ आधुनिक याक्थुङ लिम्बू कविता काव्यको विशेषताहरू

आधुनिक याक्थुङ लिम्बू कविता काव्यलाई समसामयिक धारा, प्रगतिशील धारा, स्वछन्दतावादी धारा, अस्तित्ववादी धाराको कोणबाट पनि विभाजन गरेर हेर्न सकिन्छ । तर यी धाराहरूको विशद् अन्वेषण, गवेषण भएको छैन । यद्यपि यी धाराका रचनाहरू पर्याप्त मात्रामा पाइन्छन् । आधुनिक कालमा आएर शास्त्रीय मुन्धुम् आलेखन गर्ने र त्यसको व्याख्या गर्ने काममा पनि अभियानकै रूपमा काम भइआएको छ जसले याक्थुङ लिम्बू साहित्यको मजबुत शास्त्रीय आधारको पहिचान गराएको छ । याक्थुङ लिम्बू समुदाय सधैँ सत्ताको जाँतोमुनि पिसिएका कारणले अस्तित्व कायम गर्न समाजमा जनजागरण ल्याउने, त्यसको आधारमा विद्रोहको मानसिकता तयार गर्ने र स्वत्वको लागि सङ्घर्ष गर्न अभिप्रेरित गर्ने खालका साहित्यहरू निरन्तर लेखिइरहे । यसर्थ पनि आधुनिक याक्थुङ लिम्बू साहित्य कालमा पनि एउटा प्रशाखाको रूपमा निरन्तर जागरणमूलक साहित्य रचना हुँदै आएको पाइन्छ। आधुनिक याक्थुङ लिम्बू कविता काव्यको केही विशेषताहरूलाई बुँदागत रूपमा निम्नअनुसार प्रस्तुत गर्न सकिन्छः
परम्पराको विरोध र राजनैतिक, सामाजिक जागरणको अभिव्यक्ति
विकृति र विसङ्ति प्रति विद्रोही चेत
विभिन्न साहित्यिकवादहरू (प्रगतिवाद, अस्तित्ववाद, विसङ्गतिवाद, आदि) बाट प्रभावित रचना
कविता काव्यमा तार्किकता
बिम्ब र प्रतीकको प्रयोग
गद्य परम्पराका साथै नवीन भाषाशैलीको प्रयोग
युगीन मूल्य र मान्यताको अभिव्यक्ति
जातीय एवम् नाश्लिक अस्तित्वको खोज
मुन्धुम्को पुनःलेखन र व्याख्या, आदि।

३.३.२ आधुनिक याक्थुङ लिम्बू आख्यान (कथा)को विशेषताहरू

मुन्धुम्का विभिन्न श्रृङ्खलाहरूमा दार्शनिक दृष्टिकोण दिने, नैतिक पाठ सिकाउने, स्वजातीय विश्व दृष्टि दिने खालका रोचक, प्रेरणादायी कथाहरू पर्याप्त मात्रामा पाइन्छन् । तर लिखित रूपमा आएको कथा भने जोभानसिं याक्थुङ लिम्बूले वि.सं. १९०३ मार्ग शुदी ५ का दिन लेखिएको ‘याक्थुङ्हाङ् मुन्धुम्’ (काइँलाः २०४९) हो भने मुद्रणको हिसाबले मेजर एच.ए.आर. सेनियर आई.एस.सी.ले सम्पादन गरी वि.सं. १९६२ मा प्रकाशित गरेको ‘लोछा सा सम्पत्ति के जाबा’ लाई मानिन्छ ।

वि.सं. २०१८ मा प्रकाशित काजीमान कन्दङ्वाको पाङ्खरे योबाआङ येरा कथा सङ्ग्रहका कथा याक्थुङ लिम्बू आधुनिक कथा थालनीका प्रस्थान विन्दु हुन् । वि.सं. २०२९ (सन् १९७२) देखि पुष्प थाम्सुहाङ्को सिरिजङ्गा, वि.सं. २०३० (सन् १९७४) देखि रणबहादुर मेन्याङ्बोले सम्पादन गरेको थोक्ला, वि.सं. २०३० (सन् १९७४) बाट मोहन इजम र बी.बी. मुरिङ्लाले सम्पादन गरेको पत्रिका तुम्दुम्दोहेना प्रकाशित हुन थालेपछि याक्थुङ कथा लेखन तथा प्रकाशनले तीब्रता पाएको हो ।

यसपछि मोहन इजम, बी.बी. मुरिङला, हर्क खाम्धाक, चन्द्र माङ्युङ, देवमान याक्थुङ् होन्दोक, बुधि लेक्वाहाङ् खाम्धाक, सम्बर ताम्लिङ आदि दर्जनौ कथाकारहरू याक्थुङ लिम्बू साहित्यमा उदाएका छन् र आफ्नो स्वपहिचान कायम गरेका छन् ।

याक्थुङ आख्यान अन्तर्गत कथा विधाका कृतिकारहरू बुधि ‘लेक्वाहाङ्’ खाम्धाक, बसन्ती पाराङदेन, पेÞरेÞम् मुरिङ्ला, दिल माया पाराङ्देन, बिआर सुभा (मुरिङ्ला), राजभक्त चेम्जोङ, डिल्ली लिङ्दम, क्षितिज सुब्बा (साँवा), जी. एम. खाम्धाक, बी.आर. सुभा मुरिङ्ला आदि रहेका छन् ।

याक्थुङ लिम्बू लोक कथा विधामा निकै काम भइरहेका छन् । कतिपयले याक्थुङ भाषामा नै लोककथा सङ्कलन एवम् सम्पादन गरेका छन् भने कतिपयले खस नेपाली र अङ्ग्रेजी भाषामा समेत याक्थुङ लिम्बु लोककथाहरू सङ्कलन गर्ने काम हुँदै आएको छ । इमानसिंह चेम्जोङबाट सुरु भएको लोककथा सङ्कलनको धनहाङ सुब्बासम्म विस्तारित भएको छ (कृतिहरूको विवरण अनुसूचि ग (१) मा हेर्नुहोस्) ।

विषयवस्तुका आधारमा भन्ने हो भने याक्थुङ लिम्बू कथाका विषयवस्तु कथाकारहरूको समकालिक जीवनभोगाइका क्रममा बेहोरिने घटना परिघटनाहरू नै हुनेगरेका छन् । याक्थुङ लिम्बू आधुनिक कथाहरूको विषयवस्तुको बारेमा वैरागी काइँला लेख्छन्ः "... सामाजिक जीवनमा रातोदिन भोगिने शोषण, धनीबाट हुने अपमान, अत्याचार, गरिबी, भेदभाव, असमानता, अशिक्षा, प्रेम, मिलन, बिछोड तथा गाउँघरको जीवन, मेलापात, दुःखसुख आजका याक्थुङ लिम्बू कथाका विषयवस्तु हुन् । त्यसरी नै मातृभूमि, पितापुर्खाले आर्जेको जग्गाजमिन त्यागेर काम खोज्दै विदेश– मलेसिया, हङकङ, अरब, खाडी देश, सिङ्गापुर, युके गएका, गोराको गोर्खा पल्टनमा भर्ना भएर यु.के., सिङ्गापुर, बु्रनाई पुगेका याक्थुङ लिम्बूहरूका जीवनको दुःख आजका याक्थुङ लिम्बू कथामा विषयवस्तुका रूपमा देखा पर्दछन्।" (काइँलाः २०६१ः १३९) मूलरूपमा याक्थुङ लिम्बू कथाहरू सामाजिक कथा रहेका छन् ।

आफ्नो इतिहासप्रतिको चेतना, आफ्नो भूमि, भाषा र संस्कृतिप्रति प्रतिबद्धता, सामाजिक विकृति र विसङ्गतिको विरोध, शोषण, अन्याय र अत्याचार, असमानता र भेदभावप्रति तीब्र आक्रोश (काइँलाः २०६१ः१४९) वर्तमान याक्थुङ लिम्बू कथाका विशेषता हुन् ।

३.३.३ आधुनिक याक्थुङ लिम्बू आख्यान (उपन्यास) र तिनका विशेषताहरू

याक्थुङ लिम्बू भाषाको प्रथम उपन्यास थत्थामा हो । यो उपन्यासका उपन्यासकार अपतन साहित्य अभियानका एक नायक पदमसिंह मुरिङ्ला हुन् । थत्थामा उपन्यास सामाजिक एवम् सांस्कृति उपन्यास हो भन्नुमा त्यति अतियुक्ति हुने छैन । ‘... उपन्यास (थत्थामा) व्यवहारिक ढाँचाको यथार्थताका उपर सुधारात्मक उपायको उद्घोषक त हो नै; यद्यपि थाहै नदिई सरलतापूर्वक मान्य वादहरूको उद्घोष’ (थाम्सुहाङ्, २०५७ः ५९) थत्थामा उपन्यासले गरेको निष्कर्ष पुष्प सुब्बा थाम्सुहाङ्को विष्लेषण रहेको छ ।

पदमसिंह मुरिङ्ला, थाकुहाङ मेरिङ, उत्तमकुमार यङहाङ्, क्षितिज सुब्बा, थाम्सुहाङ् पुष्प सुभा, नवल फाइबाली, मणिराज हुक्पा, सतकुमार सिङ्धाब, ललित मुरिङ्ला, देवमान याक्थुङ लिम्बू ‘होन्दोक’, बी.बी. पक्खिम, इन्द्र पक्खिम, बी.एल्. सक्वादेन, आर.बी. याक्थुङ्चुम्, रूपलाल खाम्धाक, एच. बी. पन्धाक, देनहाङ याक्थुङ लिम्बू ताम्लिङ, दिल माया पाराङ्देन, टी. बी. लेक्वाहाङ, बुद दास पन्धाक आदि थप याक्थुङ लिम्बू उपन्यासकारहरू हुन् (कृतिहरूको विवरण अनुसूचि ग (२) मा हेर्नुहोस्)।

याक्थुङ लिम्बू उपन्यासकारहरूले लेखेका उपन्यासहरू प्रायः सामाजिक परिवेशमा परिक्रमित रहेका छन् । यसो भए पनि ती उपन्यासहरूमा सामाजिक यर्थाथवादी, मनोविश्लेषणवादी, प्रगतिवादी धाराका विशेषताहरू पर्याप्त मात्रामा रहेको पाइन्छ ।

३.४ आधुनिक याक्थुङ लिम्बू निवन्ध र तिनका विशेषताहरू

याक्थुङ लिम्बू भाषामा पुस्तककार रूपमा निबन्ध सङ्ग्रहहरू प्रकाशित गर्ने निबन्धकारहरूमा एस.आर. खजुम, कोल्भिङ लावती, थाम्सुहाङ पुष्प सुभा, उत्तमकुमार यङहाङ्, राजेश्वर थापा र रणबहादुर मेन्याङ्बो, निशेष आङ्देम्बे, हर्क खाम्धाक, एस्.पी. माङ्युङ लिम्बु आदि पर्दछन् ।

मुरिङला नुगो बी.बी. सुुभा, याक्थुङ् साप्पान्लेÞ माराम् तमेÞप्मो (संस्मरण, ई.सं. २००५) एस्.आर्. खजुम, बिर्ख पेघा, कोल्भिङ लावतीका निबन्धहरू वस्तुपरक निबन्धहरू हुन् । याक्थुङ् सुम्जो निबन्ध सङ्ग्रहमा केही आत्मपरक निबन्धहरू समावेश छन् । यात्रा संस्मरण कोटी निबन्धकारका रूपमा येहाङ्् लाओती, इमाहाङ् सेत्लिङ्का निबन्धहरू पर्दछन् भने हास्यव्यङ्ग्यात्मक प्रवृतिका निबन्धहरू बुधि लेक्वाहाङ् खाम्धाक र निशेष आङ्देम्बेले लेखेका छन् (कृतिहरूको विवरण अनुसूचि (घ) मा हेर्नुहोस्) ।

३.५ अन्य विधाहरू

यस अन्तर्गत बाल साहित्य, नाटक, गीत–गजल, समालोचना, अनुवाद साहित्य विधालाई क्रमशः चर्चा गरिएको छ ।

३.५.१ बालसाहित्य

लिम्बु या याक्थुङ् साहित्य सागरमा बालसाहित्यले पनि आफ्नो स्थान राम्ररी नै ओगटिसकेको छ । लिम्बु भाषामा प्रकाशित बालसाहित्यका पुस्तकहरूमा १. माङ्गेÞन्ना?रेÞ कुबोःक् खन्ड–१ (कथा सङ्ग्रह मुन्धुम्सँग सम्बन्धित), २. आनि? चोवासाम्बाहा? खन्ड–२ (जीवनी सङ्ग्रह १० जनाको) ३. केलाःङ् खन्ड–३ (अमर तुम्याहाङ् र अन्य वि.स. २०६२) तीनोटैको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले प्रकाशनमा ल्याएको छ । अमर तुम्याहाङको 'सेÞवारो' (बालकविता सङ्ग्रह २०५८) पनि प्रकाशित रहेको छ । यसरी नै भवानी तावाको 'लाबे पम्बम्' (वि.सं. २०६७) बालकविता सङ्ग्रह प्रकाशनमा आएको छ ।

याक्थुङ बालसाहित्य लेखनमा समर्पित स्रष्टाहरूको सङ्ख्या निकै ठूलो रहेको छ । बालसाहित्यमा कलम चलाउने साहित्यकारहरूमा सबाजवीर थलङ, इमानसिंह चेम्जोङ, पदमसिंह मुरिङ्ला, बी.बी. मुरिङ्ला, येहाङ लाओती, अमर तुम्याहाङ, भवानी तावा, थाम्सुहाङ पुष्प सुब्बा, हाङ्वासाङ् याक्थुङ्बा, लक्ष्मी सेर्मा, सेमिक्लुङ लाओती, मलिसा याक्थुङ्बा लिम्बू, सेसेहाङ फियाक, सेसेमी सेरेङ लिम्बू, पापो कविराज सेर्मा, पुष्पहाङ लोवा फुङ्हाङ, यलम्बर मिक्वा, कुसुम हिक्की, राज माङ्लाक, विनोद कुगेनाम्बा, सेसेफुङ सेर्मा, नीरु एलन हाङ्सरुम्बा, हाङ्सेन सेर्मा, अनु लाओती र हरिराज लोवा रहेका छन् । यसरी नै अन्य याक्थुङ बालसाहित्यकारहरूमा राधिकार हुक्पा चङ्बाङ ‘नाम्फुङ’, लिला सिङ्गक, भीमा खजुम, फुङ्सा पन्धाक, विष्णु सेत्लिङ्, इमाहाङ सेत्लिङ, मोहन फुरुम्बो, रानीतारे साइँला, चन्द्र योङ्या, इन्दु फोम्बो, भित्रागी काइँला, केदेम सेरेङ कुमारी सुभा, श्याम चबेगु, सावन फुरुम्बो, तेन्जिङ तापेली, अइन्द्रसुन्दर नेम्बाङ, स्वप्नील स्मृति, विक्रम सुब्बा, डिल्ली लिङ्दम, कमला आङ्देम्बे, सूर्यमान सिरेङ, निशेष आङ्देम्बे, राजभक्त चेम्जोङ, रणबहादुर मेन्याङ्बो, वैरागी काइँला, भीमा खजुम ‘मुसुम’, दिलेन्द्र कुरुम्बाङ, खड्ग मेन्याङ्बो आदि रहेका छन् ।

३.५.२ नाटक

याक्थुङ नाटकलाई एकाङ्की, पूर्णाङकी, गीति नाटक समूहमा विभाजन गरी हेर्न सकिन्छ ।
एकाङ्की नाटकः एकाङ्की नाटकको विधामा पनि लिम्बु भाषामा कलम चलेको पाइएको छ । त्यसमा ‘बलिङ्हाङ्’ (बी.बी. सुभा–मुरिङ्ला–नुगो, अनु. वैरागी काइँला स. २०५९ः १५४–१७३) नै हो । यसरी नै चेÞ?या, खेÞ?सुङ (लिम्बु अन्डरग्र्याजुयट् सिलेबस्, पृ. ५, २००८ ई.) छन् । एकाङ्की नाटक विधामा कलम चलाउने नाटकारमा नवीनकला आङ्देम्बे (सनारुङ् कोःप्मानाइल्लेÞ खोःम्मानाबा तनालुङ्ङिन्, गोरखापत्र, २०६४, कात्तिक २१ गते) को नाम बिर्सन हुँदैन ।
  
पूर्णाङ्की नाटकः यो विधामा उत्तरकुमार यङहाङ्कोसेÞप्माङ्लेÞ कुसेÞप्माङ् (स. २०६२) भेटिको छ । याम्नोःङ् (नाटककार लेखक सारदा सुब्बा, अनु. येहाङ् लाओती, स.२०५३) पूर्णाङ्की नाटक हो । यसरी नै अमर तुम्याहाङ्् र डिल्ली लिङ्दमले सहलेखन रहेको पाँच दृष्य रहेको मिसेक्ना (तान्छोप्पा, वर्ष ७, अङ्क ५, जेठ २०५९ र तान्छोप्पा वर्ष ७, अङ्क ६, असार २०५९) पनि अर्को पूर्णाङ्की नाटक हो । स्वप्नील स्मृतिको सम्पादकत्वमा नेपाल प्रज्ञा–प्रष्ठिानबाट प्रकाशित हुँदै आएको ‘फक्ताङ्लुङ्’ पत्रिकाको दोस्रो सङ्युक्त अङ्क २०६९/०७० सङ्युक्त नाटक विशेषाङ्कको रूपमा प्रकाशित भएको छ । यसरी नै मलिसा याक्थुङ्बा लिम्बुले ‘खामाक् पाङ्भे?लेÞन् तुङ्हा?’ नामक २०६८ मा पूर्णाङ्की नाटक सङ्ग्रह, सागर केरुङ, नुमाहाङ्मा (वि.सं. २०६८) र केÞमाबा लाजे? (वि.सं. २०७०) साथै कुमार सिङ्धाबाको केÞरेÞक्लेÞ मिक्ओबा ताम्जि सत् (ई.सं. १९८६) प्रकाशनमा आएका छन् ।

बी.बी. मुरिङ्लाको लेÞङ्हङ (ई.सं. १९७८), पूर्णीमाया नुगोको मेत् येÞम्बा? खेदा? (ई.सं. १९८२), सुष्मा नुगोको नाम्भेÞरामा माङ्गेÞन्ना? (ई.सं. १९८४), श्याम बहादुर याक्थुङको सेÞम्मुइ (ई.सं. १९८९), बसन्ती पाराङ्देनको खेÞमा?रेÞन् कुबुङ् (ई.सं. १९९३), एस.बी. माङ्युङको थिरेÞ याप्मि सुम्बोआङ् ... (ई.सं. १९९५), केशव नाम्भेराबा माङ्युङको आधिङ्गानी र मिम् (ई.सं. १९९५), सन मा¬ङ्युङको याक्थुङ साप्पान्लेÞन्... (ई.सं. १९९७), बुधी लेक्वाहाङ खाम्धाकको आङ्बो हिम्मो (ई.सं. १९९९), मानहाङ खाम्धाकको वे?आङ् मेÞत्तेÞसो (ई.सं. २००४), विमित लक्समको विक्रमहाङ तेÞम्भुक च्येÞ (ई.सं. २००७), हर्क बहादुर नुगोको खेÞसुङ् (ई.सं. २००७), पूर्ण बहादुर खाम्धाकको चभा? (ई.सं. २०१०) र का?इ (ई.सं. २०१४), रामहाङ सिसेक खाम्धाकको निसाम्लेÞन् येÞक्या (ई.सं. २०११), माङहाङमा ताम्लिङको याक्थुङ चुम्लुङ सभा (ई.सं. २०११), सिरिजङ्गा ताम्लिङको पान्नाक् (ई.सं. २०१२), धनरोती याप्मि खाम्धाकको २० फरवरी (ई.सं. २०१३), मनिषा याक्थुङको कुघेÞक् सङ्देन् (ई.सं. २०१५) र सेसेहाङ फियाकको पाङ्भे?बा इङ्घङ (ई.सं. २०१५) नाटकहरू मुरिङला र खाम्धाक (अप्रिल २०१६ः ६८–१७९) ले समीक्षात्मक कृति याक्थुङ पाङ्वाइला पोबेÞन् नु थोबोमा समेटेका छन् ।

गीति नाटकः लिम्बु युवायुवतीले प्रेम विवाह गरेको विषयलाई प्रस्तुत गर्दै तेज यक्सोद्वारा निर्देशित अम्लारी फुङ् (‘सुनखरी पूmल’ (प्रेमको प्रतीकको रूपमा प्रेमिकालाई दिइने) २० जेठ ०६३ नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रदर्शन गरिएको थियो । यो गीतिनाटकमा मित्र लिङ्देन्, यासेली योङ्हाङ्, सिर्जना पन्दाकको मुख्य भूमिका रहेको छ । यसको कथा परिकल्पना प्रेम पन्दाक हुन् भने मुन्धुम् प्रस्तुति रैप्रसाद चोङ्बाङ्को र सङ्गीत अशोक राई (हेर्नू हिमाल खबरपत्रिका, १६–३२ असार ०६३ः ८५, तान्छोप्पा, ११, ५ः५) को हो । 

३.५.३ गीत–गजल सङ्ग्रह

याक्थुङ गीति सङ्ग्रहको चर्चा गर्दा नामको आधारमा सुब्बा खड्ग बहादुर नेम्बाङको किराँत मिक्–हऽन् साम्लो (वि.सं. २०१२) आउँछ । यसपछि सेसेमी सेनाल्बोको मुइङ (वि.सं. २०५१) र यासेली योङहाङको यासेली योङहाङका लिम्बू गीतहरू (असोज २०७३) प्रकाशित रहेका छन् । लोक गीत अन्तर्गत नरबहादुर यङहाङको पालाम (वि.सं. २०५२) र बलिहाङ तङ्नाम ‘लारिङ्गे’ (वि.सं. २०५३), उत्तम कुमार यङयाङको पालाम सङ्ग्रह (वि.सं. २०६२), आन्छुमे नसानको निङ्वा? सिगाङ्बा इक्लाहा? (वि.सं. २०६२), अम्बिका कुमार सम्बाहाम्फेको चार माया पालाम (वि.सं. २०७२), येइङ्सा जसहाङ मादेनको चाःत्तुम्लो तेङ्से लारिङ्गेक नाम्लिङ्गेकः देउसी भैले गीत (ई.सं. १९७९) पुस्तकाकार कृतिहरू रहेका छन् । यसरी अन्य गीति कृतिहरूमा पी.एम. नेम्बाङ र सन्तवीर खाम्धाकको युमासाम नु पालाम (ई.सं. १९६४), बी.बी. पक्खिम र इन्द्र पक्खिमको नेÞर्वेÞ सिगाङ्बा हाम्जक्वाहा? (ई.सं. १९९३) (तेराप्पे, २०१४ः ४) आदि रहेका छन् ।

वामिक् थुन्नु केÞद्येÞबि याम्मु शीषर्कको गजल छापामा पाइएको हालसम्मको पहिलो गजल कृति हो । कृति कै रूपमा पनि दुईवटा सङ्ग्रह प्रकाशित भइसकेका छन् । ती हुन्ः १. प्रेमदीप थाम्सुहाङको सुक्कुम् (वि. सं. २०६१), निशेष आङ्देम्बेको थाङबेÞन् (वि. सं. २०६२) र राजकुमार तेयुङ्को मेरिङ्गेÞन् मिक्वा (वि. सं. २०५९) ।

३.५.४ समालोचना

लिम्बुसाहित्यमा भएका केही सामालोचनाहरू निम्नअनुसार छन्ः लिम्बु भाषा–साहित्य र आजको लिम्बु कथा (वैरागी काइँला, सयपत्री पूर्णाङ्क १९, २०६१), किरात मिक्हन् साम्लो सिगाङ–साम्लोराङ्ङिल्लेÞ (थाम्सुहाङ् पुष्प सुभा, तान्छोप्पा, वर्ष ८, अङ्क ८, साउन २०६०, पृ. ७/६) याक्थुङ् खेÞदा?रेÞ कुबोरेÞन् चुक्मुक्पा साप्मुन्धुम् (वैरागी काइँला, तान्छोप्पा, वर्ष ८ अङ्क १०, असोज २०६०, पृ. ७), नेप्पमाङ् ऐप्मा सात्नेÞत्छि कर.. (पान्थरे लुङा, तान्छोप्पा, वर्ष ६ अङ्क ३ वैशाख, २०५८, पृ. १), पोरोक्मी माङ्ले... नेÞत्तिमु चोगु, कुभुङ्मु चोगु, (पान्थरे लुङा, तान्छोप्पा, वर्ष ६ अङ्क ४ जेठ, २०५८, पृ.१), याक्थुङ् पेÞन्युक्खा मिङ्बा साप्लान् ओमेÞप्मेÞल्ले (अम्बर तुम्म्याङ, तान्छोप्पा वर्ष ६, अङ्क ८ कात्तिक २०५८, पृ. १/८), हिन्जा? साम्मिला सुङ् सेवारोइन् ओमेÞप्मेÞल्ले (पान्थरे लुङा, तान्छोप्पा, वर्ष ६ अङ्क ९, पृ. १/७), साम्बा डिल्लीरेÞ कुनिङ्वा? सेÞल्लेÞङ्ङो निदेÞत्तेÞबा ‘मना चइःत्हा?’ (अमर तुम्याहाङ्, तान्छोप्पा, तान्छोप्पा वर्ष ७, अङ्क ४, वैशाख २०५९ पृ. १/७), ‘सोधुङ्गेÞन् इमानसिङ् चोःत्लुङ्’ मासाम्बेÞइन् निरुङ्ङिल्लेÞ (इमाहाङ् सेत्लिङ्, तान्छोप्पा, वर्ष ९ अङ्क ५, जेठ २०६१, पृ. ७), ‘थाङ्बेÞन्’ सुङ् नु याक्थुङ् गजलरेÞन् याङ्दाङ् (स्व. स्वप्नील स्मृति, तान्छोप्पा, वर्ष ११, अङ्क २, फागुन २०६२, पृ. ७) आदि रहेका छन् । यसरी नै मलिसा याक्थुङ्बा लिम्बुले याक्थुङ् पान्दाङ् साप्सक्रेÞन् निरेÞङ् (२०१३ ई.) र पुष्प सुब्बा थाम्सुहाङको याक्थुङ् साप्सकरेन पाङ्नाम मुक्सिहा? (वि.सं. २०६९) समीक्षात्मक कृतिहरू प्रकाशित छन् । यी बाहेक भूमिका लेख्ने क्रममा वैरागी काइँला र पदमसिंह मुरिङ्लाले धेरै कृतिहरूको सविस्तार समालोचना गरेको पाइन्छन् ।

पछिल्लो सयमामाका रूपमा प्रकाशित याक्थुङ साहित्यका समीक्षात्मक कृतिहरूमा मलिसा याक्थुङ्बा लिम्बूको याक्थुङ् पाःन्दाङ् साप्सक्रेÞन् निरेÞङ् (ई.सं. २०१३), आस बहादुर सुभा मुरिङ्ला र बुधी लेक्वाहाङ खाम्धाक, याक्थुङ पाङ्वाइलाः पोबेÞन् नु थोबो ९ीष्mदग म्चबmबस् न्चयधतज ७ म्भखभयिऊभलत० (ई.सं. २०१६) र बुधी लेक्वाहाङ खाम्धाकको बलिहाङ थिक्लेÞङ् नेÞन्दुरी कुबेÞन् थाङ्मेÞल्लेÞ ९ब् ऋचष्तष्अ यल द्यबष्जिबलन ीष्mदयय म्चबmब० (ई.सं. २०१६) रहेका छन् । यसरी नै स्वपनील स्मृतिले सम्पादन गर्नु भएको र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको फक्ताङ्लुङ पत्रिकाको वर्ष ३ अङ्क ३ पनि याक्थुङ साहित्य समीक्षा अङ्कको रूपमा प्रकाशित भएको छ ।

३.५.५ अनुवाद साहित्य

लिम्बु भाषामा अनुवाद कार्य पनि भएका छन् । मूलतः अङ्ग्रेजी, हिन्दी, खसनेपाली आदि भाषाबाट लिम्बु भाषामा अनुवाद गर्ने काम भएका छन् । यसरी नै लिम्बु भाषाबाट खसनेपाली र अङ्ग्रेजी भाषामा पनि अनुवाद गर्ने काम भएका छन् । यसका केही उदाहरणको लागि काइँला (वि.सं. २०६०ः १७–१८) बाट लिइएको तथ्य यहाँ प्रस्तुत छ– १. गुलिभर्रेÞ लाम्दिःक् (जोनाथन स्विप्mट, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), २. चन्द्रसेखर आजाद (अज्ञात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), ३. जवाहरलाल नेहरूरेÞ खेÞदा? (चित्रकथा, अज्ञात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), ४. देशवन्धु चित्तरन्जन दास (चित्रकथा, अज्ञात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), ५. याम्धुम्बारेÞ लागि ताम्सिङ्वा (स्वास्थ्य र खेलकुद, अज्ञात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), ६. आनि? नु आनि? सयङ् (सामाजिक शिक्षा, अज्ञात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), ७. काक्वारेÞ याङ्घन् (कृषिः आलु खेती, अज्ञात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), ८. च्वाः याङ्निःम्लेÞ कुबि? (सामाजिक शिक्षाः जलस्रोत, अज्ञात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), ९. सक्वा हिङ्मा (कृषिः मौरीपालन, अग्यात अनु. बी.बी. मुरिङ्ला, सिक्किम), १०. सेरिम्लेÞ याङ्घन् (सुन्तलाको खेती, अज्ञात अनु. अग्यात, सिक्किम), ११. लाजे? पोबेÞन् थिम्बे (शिक्षा विभाग, सिक्किम सरकार, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), अम्दु तुक्मा (स्वास्थ्य विभाग, सिक्किम सरकार, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), १२. तुक्मारे लाम् (अज्ञात, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), १३. फन् नु अदङ् (अज्ञात, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), १४. फार्साङ्ङिन् याम्धुम्लेÞ लागि नुबा मेÞन् (अज्ञात, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), १५. सुखिम सुबेÞल्ला साक्लाम् केÞबोङ्बा खल्लेÞङ्वाबेÞन् (अज्ञात, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), १६. सेवान् सक्मा (अज्ञात, अनु. बी.बी. मुरिङ्ला, सिक्किम), १७. प्राथमिक शिक्षा पाठ्यक्र–२०४९ (दिलेन्द्र कुरुम्बाङ–सुब्बा अनु. स.२०४९, २०५४), १८. पिपल पुस्तक सिरिज (पूर्ववत् अनु. स. २०५८), १९. मानव अधिकारको विश्वव्यापी घोषणा (बालकृष्ण माबुहाङ्, वि.सं.२०४८; अमर तुम्याहाङ् अनु. स. २०५९), संयुक्त राष्ट्र सङ्घको आदिवासीहरूको अधिकारसम्बन्धी मस्यौदा घोषणापत्र (पूर्ववत् अनु. सं. २०५९), आदिवासी जनजाति लिम्बुहरूको विकाससम्बन्धी एजेन्डा (पूर्ववत् अनु. सं. २०६१) आदि ।

४. निष्कर्ष 

नेपालको हकमा याक्थुङ भाषा विद्यालय र विश्वविद्यालयहरूमा औपचारिक पठनपाठन नहुने भएकाले यसको साहित्य रचनाका लागि मजबुत आधारभूमि नरहे पनि साहित्यकारहरूले स्वतःस्फुर्त रूपमा लिपि सिक्ने र साहित्य रचना गर्ने गरेको देखिन्छ । भारत मूलतः सिक्किममा भने याक्थुङ भाषा विद्यालय र विश्वविद्यलयमा पठनपाठन हुने भएकाले साहित्य रचनाको आधारभूमि र पर्याप्त पाठकहरू हुने भएकाले बढी नै साहित्य रचना हुने र कृतिहरू प्रकाशित हुने गरेको देखिन्छ । याक्थुङ लिम्बु साहित्यमा काव्य विधा अरू विधाभन्दा समृद्ध रहेको देखिन्छ । काव्य पछि आख्यान विधा फस्टाएको देखिन्छ । निबन्ध, नाटक, गीत आदि विधाहरू अपेक्षा गरेजस्तो बढी लेखिएको पाइँदैन । याक्थुङ समाजमा अत्यधिक लोक छन्दहरू रहे पनि ती छन्दहरूमा आधुनिक काव्य रचना निकै कम भएको देखिन्छ । साहित्यका प्रचलित प्रायः सबै विधामा याक्थुङ साहित्य रचना भएका छन् । फुटकर साहित्य रचना गर्ने साहित्यकारहरू, जसलाई यस लेखमा समेटिएका छैनन्, को सङ्ख्या अधिक छ तर कृति प्रकाशन गर्ने साहित्यकारहरू निकै कम रहेको पाइन्छ । याक्थुङ साहित्यको फाटफुट इतिहास लेखिए पनि विधागत इतिहास लेखन हुन सकेको छैन् । जे होस् याक्थुङ साहित्यकारहरूको सजातीय साहित्य वचाउन मरुद्यानीय मन, वचन र कर्मले मात्र दुःखजिलो गरी याक्थुङ साहित्य बाँचिरहेको छ ।




सन्दर्भ सामग्रीहरू

खस नेपाली खण्ड

sfOFnf, lj/xL -;=@)$(_, lnDa' efiff / ;flxTosf] ;ª\lIfKt kl/ro, sf7dfG8"M g]kfn /fhsLo k|1f k|lti7fg . sfOFnf, j}/fuL -!$ j}zfv, @)^$_, t]cª\l; l;l/hª\ufsf] zxfbtsf] syf, uf]/vfkq, jif{ !)&, cª\s #$(, zlgjf/M 3 .
sfOFnf, j}/fuL -k|=;Dkf=, t]= ;+:s/0f_ -lj=;+=@)^&_= lnDa"–g]kfnL–cª\u|]hL zAbsf]z, sf7df8f}F M g]kfn k|1f–k|lti7fg .
sfOFnf, j}/fuL -lj=;+=@)^!_= lnDa" efiff ;flxTo / cfhsf] lnDa" syf, ;okqL, !(, !#$–!%!=
r]Dhf]ª, Odfgl;ª, vfDbfs, dfg axfb'/ / gf]uf], kbdl;+x d'l/ª\nf -O{=;+= !(%!_, t'd\ ofSy'ª lgª\jfkm' ;fKnf, l;lSsdM cld/0f r]Dhf]ª / kbdl;+x gf]uf] .
ltu]nf lnDa' -v]jfª_, sdn -@)&!_, lnDa' cflbjf;Lsf] ;Gbe{df klxrfg / k|lti7f, k|yd cGt/f{li6«o lnDa' ;Dd]ngsf] clen]v, k|wfg ;Dkfbs k|f=8f= uf]laGb ;'Aaf, k[= @&&–@*# .
t'nfw/, k|]dzflGt -&, c;f]h @)&$_, syfaf6 ;'? ePsf] g]jf/ ;flxTo, gful/s cIf/, sf7df8f}FM g]kfn l/klAns ld8of .
t'Dofxfª, cd/ -@)&$_, ls/ft ofSy'ª hflt lrgf/Lsf cfofdx?, nlntk'/M cflbjf;L hghflt pTyfg /fli6«o k|lti7fg .
t'Dofxfª, cd/ -@)&)_, lnDa' ;flxTo lgdf{0fsf] Oltxf;, nlntk'/M cflbjf;L hghflt pTyfg /fli6«o k|lti7fg / ofSy'ª ;fK;s csfbdL .
t]/fKk], ;Gtf]if -@)!$_, k]Ssf], l;lSsdM >LdtL s?0ff ;'Aaf .
ynª, afhjL/, r]Dhf]ª, Odfgl;ª, vfDbfs, dfg axfb'/ / gf]uf], kbdl;+x -O{=;+= !(%!_, ofSy'ª lgl;u]s\ ;fKnf, l;lSsdM cld/0f r]Dhf]ª / kbdl;+x gf]uf] .
e6\6/fO{, of]u/fh, lnDa", ch'{g, d]Gofª\af], /0faxfb'/, ;'Aaf, lbn]Gb| / ;'Aaf, l8NnL/fd -kl/dflh{g ;+:s/0f, lj=;+= @)^$_, cflg< kfMg\, ;fgf]l7dL eStk'/M kf7\oqmd ljsf; s]Gb| .

/fkrf, nfn–ZofFsf/]n', ofn'ª\5f, jfu–cfofUofgL / t'Dofxfª\, cd/ -lj=;+= @)^%_, OG8f]–g]kfn ls/fFtL efiffx¿ ljut, ;dsfnLg kl/j]z / ef]lnsf r'gf}tLx¿, sf7df8f}F M ls/fFt lj1fg cWoog ;+:yfg .

अङ्ग्रेजी खण्ड

Limbu, A.J. (Feb 2014) Limbu Folk Culture related to Food Habits, with special reference to Limbu Folklore. 'Third Eye', 2 (2), 29-42.
Muringla Subba, A. B. & Khamdhak Subba, B. L. (April 2016). Limboo Drama: Growth & Development. Sikkim: Khamdhak publication.
Subba, J. R. (2004). MAHATMA SIRIJUNGA SINGTHEBE: The Great Religious and Social Awakener. Gangtok Sikkim: Sukhim Yakthung Mundhum Saplopa.

Whelpton, J. & Hut, M. (25 Jul, 2011). The Catalogue of the Hodgson Collection in the British Library. Retrieved from http://himalaya.socanth.cam.ac.uk/collections/journals/ebhr/pdf/EBHR_39_05.pdf


अनुसूचि – क

याक्थुङ लिम्बु साहित्यको माध्यमिक काल (सन् १९२५ देखि १९५५) का काव्य वा पद्य विधाका लेखक र तिनका कितावहरू :

  1. कालुसिं पापो, याक्थुङ् सेवा साम्लो (सन् १९३०)
  2. सुबिदार बुद्धिराज फागो र जसमान साँवा, किराँत साम् मुन्धुम् (सन् १९३१)
  3. लेखक अज्ञात, श्री जङ्गा मुन्धुम् साप्ला
  4. तिलकसिं नुगो, किराँत मुन्धुम् (सन् १९५१)
  5. याक्थुङ लिम्बु साहित्यको माध्यमिकका गद्य विधाका लेखक र तिनका कितावहरू
  6. बाजवीर थलङ, तुम याक्थुङ् साप्ला (सन् १९२८)
  7. बाजवीर थलङ र सहलेखक इमानसिंह चेम्जोङ्, निसिगेक याक्थुङ् साप्ला (सन् १९३१)
  8. ई.के. बहादुर सेरेङ, तुम याक्थुङ् साप्ला (सन् १८३१)
  9. सुबेदार हर्कजङ् माखिम (वर्मा), मदपान निषेध (सन् १९३१)
  10. सुबेदार हर्कजङ् माखिम (वर्मा), किरात लिम्बु–नेपाली शब्द सङ्ग्रह (सन् १९३१)
  11. लेखक अज्ञात, सुम्सिगेक याक्थुङ् साप्ला
  12. लेखक अज्ञात, हाक्थुङ हिसाब साप्ला
  13. निर्मल लिम्बु र जीवनदास राई, तुम याक्थुङ् साप्ला
  14. लफ्टन शेरबहादुर मेयोहाङ् र मोहनलाल हाङ्गम, किराँत वर्णमाला
  15. सुबिदार बुद्धिराज फागो र जसमान साँवा, किराँत सङ्गीत विद्या (१९३१)
  16. इमानसिंह चेम्जोङ, किरात इतिहास (सन् १९४८)
  17. इमानसिंह चेम्जोङ्मा/नबहादुर खाम्धाक/पदमसिंह मुरिङला, तुम् याक्थुङ् निङ्वाफु साप्ला (सन् १९५१)
  18. पदमसिंह मुरिङला, याक्थुङ् निसिगेक् साप्ला (सन् १९५१)



अनुसूचि – ख

याक्थुङ लिम्बु साहित्यको आधुमिक काल (सन् १९५६ देखि हालसम्म) को काव्य विधाका कृतिकार र तिनका कृतिहरू :

  1. अमर तुम्याहाङ्, सोधुङ्गेन इमानसिं चोत्लुङ (महाकाव्य, वि.सं. २०६०), सेवारो (बालकविता सङ्ग्रह, वि.सं. २०५८) 
  2. थाम्सुहाङ् पुष्प सुब्बा, मक्खिवा फुङ् (महाकाव्य, वि.सं.२०६७), इत्निमहा? (खण्डकाव्य, वि.सं. २०५९)
  3. सुब्बा खड्गबहादुर नेम्बाङ् (वि.सं. १९७१/११/२९–२०३८/५), किराँत मिक्–हऽन् साम्लो (खण्डकाव्य (वि.सं.२०१२)
  4. सेसेमि सेनाल्बो, सोबुहाङ्मा (खण्डकाव्य, वि.सं. २०६५), मुइङ (गीति काव्य, वि.सं. २०५१), सासुङ् साम्बे (काव्य, वि.सं. २०५६), तो?योक्खा?ओ तिङ्ग्रेक्खा? (कविता सङ्ग्रह, वि.सं. २०६४)
  5. थाकुहाङ मेरिङ, मक्थेÞबा ताप्माधिक फुङ (खण्डकाव्य, वि.सं. २०६५), केÞभेÞक्पा ताप्माधिक फुङ (खण्डकाव्य, वि.सं. २०७४), आलामेरिङहा? (ख्युक्वा सङ्ग्रह, वि.सं. २०७४)
  6. वीर नेम्बाङ्, सेम्मुई, (खण्डकाव्य, ई.सं. १९८६), नेफु?रे मिःम्, (कविता सङ्ग्रह, ई.सं. २००१)
  7. विरही काइँला, केसामी नाम्सामी, खण्डकाव्य (ई.सं. १९८७)
  8. आर.बी. याक्थुङ्चुम्, के पोक्मा मुन्धुम्, खण्डकाव्य (ई.सं. १९९६)
  9. बी.बी. मादेन, मिक्खो, खण्डकाव्य (ई.सं. १९९६)
  10. चन्द्र माङ्युङ, हेÞक्केआङ्सा कुसिङ् नित्तुम् ल?आ, खण्डकाव्य (ई.सं. १९९८)
  11. टी.बी. लेक्वाहाङ, मिक्वारेÞ तेÞप्पक्वाहा?, खण्डकाव्य (ई.सं. १९९८)
  12. बल मुरिङ्ला, नेÞप्पाल्लाम् मेÞन्छ्यासित् फेÞरेÞ (खण्डकाव्य (ई.सं. २०१३) पोक्की (कविता सङ्ग्रह, ई.सं. २००६), खाप्मिपा एगाङ्बा तोक्ला (कविता सङ्ग्रह, ई.सं. २०११)
  13. चन्द्र मणि तुम्बापो, मारेÞ मिम्जिओ (ई.सं. १९९०), थक्वालाम् सोराङ्ङिल्लेÞ (खण्डकाव्य (ई.सं. २०१५)
  14. हरि हुक्पा चङबाङ ‘सेन्छेन्हाङ्’, थक्लारेÞन् ताराप्पो तगि पोमेÞल्लेÞ (वि.सं. २०४४, २०५२)
  15. रणबहादुर मेन्याङ्बो, किरात याक्थुङ साम्लो (गीत सङ्ग्रह, वि.सं.२०४८)
  16. थिबोङ्सा याक्थुम्बा ‘सुप्रस’ र मदन चोङ्बाङ ‘तान्छोप्पा’, अम्लाफुङ (संयुक्त कविता सङ्ग्रह, वि.सं.२०५३)
  17. डिल्ली लिङ्दम, मना चइःत्हा? (कविता सङ्ग्रह, वि.सं.२०५६)
  18. सेर्मा साम्जिरि सेमि, सुम्सुम् साम्मिला सुङ् (कविता सङ्ग्रह, वि.सं. २०५९)
  19. सेसेहाङ् फियाक, तोलिङ्सोमुबा आसाम्मिलाहा? (कविता सङ्ग्रह, वि.सं २०६०)
  20. तोङ्सा नयोङ्हाङ्, फुङ्काप्ला (कविता सङ्ग्रह, वि.सं. २०६१)
  21. लछामी सेर्मा पापो, नाम्याप्मिरेÞ हिङ्मन्हा? (कविता सङ्ग्रह, वि.सं. २०६१)
  22. टङ्क वनेम, पेन्जिरि पेन्मिक्हा? (कविता सङ्ग्रह, वि.सं. २०६२)
  23. आन्छुमे नसान्, निङ्वा सिगाङ्बा इक्लाहा (पालाम सङ्ग्रह, वि.सं. २०६२)
  24. साम्जिरि/सेसेहाङ्से/सेमी, सुम्जिरि फुङ (संयुक्त कविता सङ्ग्रह, वि.सं.२०६४)
  25. राजकुमार तेयुङ ‘तरेबा’, लिम्बुवान आम्मा (कविता सङ्ग्रह, वि.सं. २०६४)
  26. बालि छथरे, तुक्सि फुङ्दाप्लाघा? (कविता सङ्ग्रह, वि.सं. २०६४), लिम्बुवान् माम्मा (कविता सङ्ग्रह, वि.सं. २०६४)
  27. भवानी तावा, लाबे पम्बम् (वाल कविता सङ्ग्रह, वि.सं. २०६६), नान्दिम्भेयो सेÞप्माङ्हा? (कविता सङ्ग्रह, वि.सं.२०६७)
  28. राजेन्द्र चबेगु ‘हाङ्वासाङ्’, मनाधिक मैबेआङ् होप् (कविता सङ्ग्रह, वि.सं.२०६७)
  29. भित्रागी काइँला, केÞदाप्पा निङ्वाहा? (कविता सङ्ग्रह, वि.सं.२०६७)
  30. पुष्प हाङ लोवा, तङ्अम्भुङ (कविता सङ्ग्रह, वि.सं. २०६७)
  31. राज माङलाक, येÞम्रेÞ कुनाराहा? (कविता सङ्ग्रह, वि.सं. २०६७)
  32. निशेष आङ्देम्बे, थाङ्बेÞन् (गजल सङ्ग्रह, वि.सं. २०६८)
  33. थाम्सुहाङ पुष्प सुभा, पाङ्वाहा? (लामो कविता सङ्ग्रह, वि.सं. २०६८)
  34. रानीतारे साइँला, कुहोप्मिरेÞन् लाङ्गाङ्हा? (कविता सङ्ग्रह, वि.सं.२०६९)
  35. तेन्जिङ तापेली, इमेÞल्लेÞम्ना फुङ्हा? (कविता सङ्ग्रह, वि.सं. २०७०) 
  36. मुक्साम लाओती र राज माङ्लाक (सम्पा.), याक्थुङ साम्मिला, भाग १ (कविता सङ्ग्रह, वि.सं. २०७०)
  37. बालि छथरे, थाप्पुरेÞ मिक्खु (गीति सङ्ग्रह, वि.सं. २०७०)
  38. बुद्धहाङ नेम्बाङ, नेÞत्ति फुङ्वा (कविता सङ्ग्रह, वि.सं. २०७२)
  39. जसलाल साक्वादेन र मणिराज हुक्पा, सक्लिन् (कविता सङ्ग्रह, ई.सं. १९८८)
  40. बिर्ख (मान) याक्थुङ्, आजिबा येÞम्हा?मो (कविता सङ्ग्रह, ई.सं. १९९३), निःसुम् (कविता सङ्ग्रह, ई.सं. २०१२)
  41. मुरिङला नुगो बी.बी. सुुभा (सम्पा.) साम्मिला साप्सक (कविता सङ्ग्रह, ई.सं. १९९५, २००४), साम्मिला सुङ (कविता सङ्ग्रह, ई.सं. १९९८), साम्मे–साम्मिला (गीत सङ्ग्रह, ई.सं. २००४), साम्मिला साप्सक् (संयुक्त कविता सङ्ग्रह, ई.सं. २००६)
  42. धनरती याप्मी, सुक्कुम् (कविता सङ्ग्रह, ई.सं. १९९५), साक्खिहा? (ई.सं. १९९५), काइ (ई.सं. २००३)
  43. बी.एल. साक्वादेन, मुन्धुक्लेÞ इक्लाहा? (कविता सङ्ग्रह, ई.सं. १९९५)
  44. पूर्ण मुरिङ्ला, आनि? निङ्साङ्हा? (कविता सङ्ग्रह, ई.सं. १९९७)
  45. रामहाङ सिसेक्, आलाम्दिक् (कविता सङ्ग्रह, ई.सं. १९९९)
  46. पी.एस. इजम, सियाक्पेक् सिगाङ्बा फुङ् (कविता सङ्ग्रह, ई.सं. १९९९)
  47. बुधि ‘लेक्वाहाङ्’ खाम्धाक, पेÞन्जिरि पेÞन्मिक्हा? (कविता सङ्ग्रह, ई.सं. १९९९) कुसङ् तानाम् (ई.सं. २००७)
  48. सन्तोष तेराप्पे, मुङ्वा (कविता सङ्ग्रह, ई.सं. २००१), मिक्सेन् (ई.सं. २००५) मिम्जिमे (ई.सं. २००९), इन्दोसिगाङ् (ई.सं. २०११)
  49. मानहाङ खाम्धाक्, नसान् (कविता सङ्ग्रह, ई.सं. २००१)
  50. हस्त पन्धाक, थक्वाए थक्वारेÞ तिम्सेÞबा मिक्किभुङ (कविता सङ्ग्रह, ई.सं. २००२)
  51. हर्क खाम्धाक, सुसाङ्घोÞ (कविता सङ्ग्रह, ई.सं. २००२)
  52. चन्द्र माङ्युङ, हेक्केआङसा? कुसिङ्नितुङ्ल?आ? (कविता सङ्ग्रह, ई.सं. २००४)
  53. राजु याक्थुङ् ‘साम्सिङ्बो’, चोत्लुङरे थरे? (कविता सङ्ग्रह, ई.सं. २००५)
  54. दिलेन्द्र कुरुम्बाङ, आहिम्मिन् (कविता सङ्ग्रह, ई.सं. २००६)
  55. बी.बी. पक्खिम, हेÞत्लुक्वा (कविता सङ्ग्रह, ई.सं. २००६)
  56. कमला सुब्बा मेन्याङ्बो, नसान् (कविता सङ्ग्रह, ई.सं. २००७)
  57. सुक्मान ओती, रामिधाम् माङ्हिम (कविता सङ्ग्रह, ई.सं. २००७)
  58. धनराज खाम्धाक्, चोत्लुङ् (कविता सङ्ग्रह, ई.सं. २००८), तान्छोक् (ई.सं. २०१०)
  59. लिला तुम्बापो, सुम्हाक्लुङ (कविता सङ्ग्रह, ई.सं. २००९)
  60. पूर्णसिङ साम्बा र तेÞन्हाङ् साम्बा, नियानुफ्रा (कविता सङ्ग्रह, ई.सं. २००९)
  61. मिलन मुरिङ्ला नुगो, सुनो सेप्माङ्हा? (कविता सङ्ग्रह, ई.सं. २०१०)
  62. रिवाज साक्वादेन, निङ्साङ हिङ्मन् (कविता सङ्ग्रह, ई.सं. २०१०)
  63. चन्द्र पेÞघा, मेरिङ्गेÞन् मिक्वाहा? (कविता सङ्ग्रह, ई.सं. २०१०)
  64. रिवाज याक्थुङ र सनहाङ याक्थुङ, इत्निम् (संयुक्त कविता सङ्ग्रह, ई.सं. २०११)
  65. मिलन मुरिङ्ला नुगो, कोयेÞम्बा साम्मिलाहा? (कविता सङ्ग्रह, ई.सं. २०१२)
  66. असित याक्थुङ, तेÞप्पक्वा (कविता सङ्ग्रह, ई.सं. २०१२)
  67. अरुण कुमार पक्खिम र लाहाङ पक्खिम, पेÞरेÞङ्वा (संयुक्त कविता सङ्ग्रह, ई.सं. २०१२)
  68. सन्जित्रा याक्थुङ, हुक्पाङ्गी (कविता सङ्ग्रह, ई.सं. २०१३)
  69. मनाहा¬ङ याक्थुङ, आधक्लुङ्लेÞ इक्लाहा? (कविता सङ्ग्रह, ई.सं. २०१३)
  70. पदमसिङ इजम, लत्थिक् पाङ्भे? हाप्ल नेÞ (कविता सङ्ग्रह, ई.सं. २०१५)
  71. लिम्बु डि.आर., सिःक्लुङ साम्मिला सुङ (कविता सङ्ग्रह, ई.सं. २०१५)
  72. राधिका हुक्पा चङ्बाङ ‘नाम्फुङ’, थःप्पारा (कविता सङ्ग्रह, ई.सं. २०१७)
  73. कुमार लिम्बू थोप्रा र सन्चहाङ मादेन लिम्बू, आन्छि? नेÞर्वेÞत् (संयुक्त कविता सङ्ग्रह, ई.सं. २०१७) 
  74. कुमार लिम्बू थोप्रा र मङ्गलसिङ ताम्लिङ, थक्वारेÞ तिम्सेÞबा इक्लाहा? (संयुक्त कविता सङ्ग्रह, ई.सं. २०१७)
  75. ताम्लिङ, वीरबल लिम्बू, लुङ्मा? सिगाङ्बा पाःन्हा? (कविता सङ्ग्रह, ई.सं. २०१७)
  76. बुधी दास पन्धाक, नाम्ओत् (कविता सङ्ग्रह, ई.सं. २०१७)
  77. विरही काइँला (सङ्/सम्पा.), याक्थुम्बारेÞ सिदोमा थिम् (ई.सं. २०११, २०१३)
  78. इमानसिंह चेम्जोङ् (सङ्/सम्पा.), किरात मुन्धुम् (मुन्धुम् काव्य, सं.२०१८/ई.सं. १९६१), किरात मुन्धुम् खाहुन् (मुन्धुम् काव्य, ई.सं. १९६५)
  79. थिन्दोलुङ खगेन्द्रसिं (सङ्/सम्पा.), साम्यो सोसुम (वि.सं. २०४७)
  80. वैरागी काइँला (सङ्/सम्पा.), साप्पोक चोमेन् मुन्धुम्, मुन्धुम् काव्य (वि.सं. २०४८), नाहेन् मुन्धुम् (मुन्धुम् काव्य, वि.सं. २०५१), साम्सोघा मुन्धुम् (मुन्धुम् काव्य, वि.सं. २०५१), तङ्सिङ् तक्मा मुन्धुम् (मुन्धुम् काव्य, वि.सं. २०५२), ससिक् मुन्धुम् (मुन्धुम् काव्य, वि.सं. २०५२), मुजिङ्ना खेÞयङ्ना मुन्धुम् (वि.सं. २०७०), नाम्सामि–केसामि मुन्धुम् (वि.सं. २०७०), पाजाइबा मुन्धुम् (वि.सं. २०७०), खाप्पुनामा मेÞल्लङ्हाङ्मा मुन्धुम् र लुप्लिनामा वदन्नामा मुन्धुम् (वि.सं. २०७०), लाहादङ्ना–सुहाम्फेबा मुन्धुम् (वि.सं. २०७०)
  81. नरबहादुर यङहाङ् (सङ्/सम्पा.), पालाम् (लोक काव्य, २०५२), बलिहाङ् तङनाम ‘लारिङगे’ (लोक गीत, वि.स.२०५३), याक्थुङ् मुक्पान् सुम् (लयबद्ध उखान तुक्का, वि.स.२०६१)
  82. दुर्गाप्रसाद फोपाहाङ् (सङ्/सम्पा.), नावा चइत् मुन्धुम् (मुन्धुम् काव्य, वि.सं. २०५१)
  83. डघ। रणबहादुर मेन्याङ्बो (सङ्/सम्पा.), किरात येत्हाङ् साम्जिक मुन्धुम् (मुन्धुम् काव्य, वि.सं. २०५७)
  84. तेज बहादुर फागो पन्धाक (सङ्/सम्पा.), सावा येत्हाङ् मुन्धुम् (मुन्धुम् काव्य, वि.सं. २०६०)
  85. जसराज लिम्बु (पन्धाक) (सङ्/सम्पा.), मुजोक्लुङ खाम्बमोक्लुङ मुन्धुम् (मुन्धुम् काव्य, ई.सं. २००३)
  86. ध्रुब कु. मेन्याङ्बो/अर्जुनबाबु माबुहाङ् (सङ्/सम्पा.), सिभाक् यामि मुन्धुम्, (मुन्धुम् काव्य, वि.सं. २०६६)
  87. खगेन्द्रसिंह आङ्बुहाङ्(सङ्.), किरात याक्थुङ्बा येबा मुन्धुम् (मन्धुम काव्य, वि.सं.०५८)
  88. सेसेमि से–नाल्बो (सङ्/सम्पा.), इङ्जुम्, (पालाम् सङ्ग्रह, वि.सं. २०५६) 
  89. रनधोज सिरेङ चोङबाङ (सङ्/सम्पा.), बलिहाङ् तङनाम लारिङगेक् नाम्लिङ्गेक मुन्धुम (लोक गीत, वि.स.२०६५)
  90. रैप्रसाद हुक्पाचङ्बाङ् (सङ्/सम्पा.), साम्बा मुन्धुम् (मुन्धुम् सङ्ग्रह, वि.सं.२०६६)
  91. उत्तमकुमार यङहाङ् (सङ्/सम्पा.), पालाम् सङ्ग्रह (वि.सं. २०६२)
  92. अम्बिका कुमार सम्बाहाम्फे (सङ्/सम्पा.), चार माया पालाम (पालाम सङ्ग्रह, वि.सं. २०७२)
  93. डा. बुधी लेक्वाहाङ खाम्धाक (सङ्/सम्पा.), याक्थुङ मुन्धुम लेÞक्वागेÞन् चम्योक् थक्मेÞल्लेÞ (ई.सं. २०१५)


अनुसूचि – ग (१)

याक्थुङ लिम्बु साहित्यको आधुमिक कालको आख्यान (कथा) विधाका कृतिकार र तिनका कृतिहरू :

  1. काजीमान कन्दङ्वा, पाङ्खरे योबाआङ एरा (कथा सङ्ग्रह, वि.सं. २०१८) 
  2. वैरागी काइँला (प्र.सम्पादक), फाङ्से?से खेदा?हा? (संयुक्त कथा सङ्ग्रह, वि.सं.२०६२)
  3. राजभक्त चेम्जोङ/डिल्ली लिङ्दम, मिक्तोःक् (लघुकथा सङ्ग्रह, वि.सं. २०६२)
  4. क्षितिज सुब्बा (साँवा), बाजाहाङ् नु योनाहाङ् (कथा सङ्ग्रह, वि.सं. २०६६)
  5. थाम्सुहाङ पुष्प सुभा, सेÞ?लाक् नु पाङ्येÞक् (कथा सङ्ग्रह, वि.सं. २०६८)
  6. भवानी तावा (सङ्कलक÷सम्पादक), हिन्जापि?छु (वाल कथा तथा कविता सङ्ग्रह, वि.सं. २०६९)
  7. मुरिङला नुगो बी.बी. सुुभा (सम्पा.) खेÞदा? सुङ (कथा सङ्ग्रह, ई.सं. १९८१, १९८७, १९९२, १९९४)
  8. मुरिङला नुगो बी.बी. सुुभा र मोहन सुभा फुरुम्बो (सम्पा.) चक् खेÞदा? (कथा सङ्ग्रह, ई.सं. १९८७), खेÞदा?ए खेÞदा? (कथा सङ्ग्रह, ई.सं. १९८९, २००४), खेÞदा? सुङ् (कथा सङ्ग्रह, ई.सं. १९९९)
  9. देवमान याक्थुङ् ‘होन्दोक’, मिक्किफुङ्ले वे? नाइबेक् (ई.सं. १९९३)
  10. सम्बर ताम्लिङ लिम्बु, मिक्चिरि मिक्पे (कथा सङ्ग्रह, ई.सं. १९९६), कुसङ् ओत्ती (कथा सङ्ग्रह, ई.सं. २००५)
  11. बुधि ‘लेक्वाहाङ्’ खाम्धाक, इत्ला?बा सेप्माङ््हा? (हास्यकथा सङ्ग्रह (ई.सं. १९९७), पेमुक् सिगाङ्बा खेÞदा?हा? (कथा सङ्ग्रह (ई.सं. २००९)
  12. बुधि लेक्वाहाङ् खाम्धाक, इत्लाबा सेÞप्माङ्हा? (कथा सङ्ग्रह, ई.सं. १९९८), पेमुक्सिगाङ्बा खेदा?हा? (कथा सङ्ग्रह, ई.सं. २००९)
  13. बसन्ती पाराङदेन, चेÞरेÞनाम् थेÞरेÞनाम् (कथा सङ्ग्रह, ई.सं. १९९९)
  14. पी.एस. इजम, याम्मो आदुम्रछ (कथा सङ्ग्रह, ई.सं. १९९९)
  15. बिर्ख पेघा (सम्पादक), याक्थुङ् साप्पान् नु साप्सक (कथा तथा निबन्ध, ई.सं. २००२)
  16. हर्क खाम्धाक, सक्केक् (कथा सङ्ग्रह, १९८४), खार्माक् पुङ्मो खे केÞदबेÞन् (ई.सं. २००५ ), (सम्पादक), इमेत्नासुङ् कथा विशेषाङ्क (अङ्क २५, ई.सं. २००३)
  17. मानहाङ खाम्धाक, मिम्जिरेÞ मिक्वा (कथा सङ्ग्रह, ई.सं. २००१)
  18. पेÞरेÞम् मुरिङ्ला, सेप्माङ् खेदा?सुङ् (कथा सङ्ग्रह, ई.सं. २००९)
  19. दिलमाया पाराङ्देन, कुभ्रेÞङ्वा अङेÞक्वा (कथा सङ्ग्रह, ई.सं. २०१३)
  20. जी.एम् खाम्धाक, लाम्दिक्कोबा लाम्हा?ओ (कथा सङ्ग्रह, ई.सं. २०१४)
  21. बी. आर. सुभा (मुरिङ्ला), खेदा? इत्छि (कथा सङ्ग्रह, ई.सं. २०१६)
  22. लक्ष्मी कुमार सेर्मा पापो (सङ्कलक), किराँती लोककथा भाग–१ (वि.सं. २०४८), याक्थुङ् पाङ्खेÞदाहा? (लोककथा सङ्ग्रह वि.सं. २०५५)
  23. इमानसिंह चेम्जङ (सङ्कलक), किराती दन्त्य कथा (वि.सं. २०२१, २०६७)
  24. शिवकुमार श्रेष्ठ (सङ्कलक), किराँती लोककथाहरू (लोककथा सङ्ग्रह, वि.सं. २०४७), किराती लोककथा सँगालो (लोककथा सङ्ग्रह, वि.सं. २०५१, २०७३), किराती फोक–टेलस् (अङ्ग्रेजी, ई.सं. १९९९) 
  25. पूर्ण कुमारी लिङ्देन (सङ्कलक), खेÞबक्पाल्लेÞ कुसेÞप्माङ् (ई.सं. २०१२)


अनुसूचि – ग (२)

याक्थुङ लिम्बु साहित्यका आधुमिक कालको आख्यान (उपन्यास) विधाका कृतिकार र तिनका कृतिहरू :

  1. थाकुहाङ मेरिङ, निङ्गेङ् सिगाङ्बा सेÞप्माङ्हा? (वि.सं. २०६०), नाम्भेÞराबा ताक्तेÞन् (वि.सं. २०६१), मेनु (वि.सं. २०६२), कोयेÞम्बा हिङ्मन् (वि.सं. २०६५), इरेÞम्फुङ (वि.सं. २०७४) 
  2. उत्तरकुमार यङहाङ्, लोजि (वि.सं. २०६२)
  3. क्षितिज सुब्बा, थङ (वि.सं. २०६८)
  4. थाम्सुहाङ् पुष्प सुभा, सेÞन्दिपेसाप् (वि.सं. २०६८)
  5. नवल फाइबाली, नानु? खदेम् (वि.सं.२०६९)
  6. पदमसिंह मुरिङ्ला, थत्थामा (ई.सं. १९८३)
  7. मणिराज हुक्पा, फुङ् पोनाइ (ई.सं. १९८५)
  8. सतकुमार सिङ्धाब, हिङ्मेल्ले ताङ्बा लाम्दिके (ई.सं. १९८७)
  9. ललित मुरिङ्ला, मिम् इप्लेÞखेÞ (ई.सं. १९८८)
  10. देवमान लिम्बु ‘होन्दोक’, साक्म्रा (ई.सं. १९८९), थेत्लङ (ई.सं. १९८९), लेप्मि (ई.सं. १९९५)
  11. बी.बी. पक्खिम, चोसाप्लुङ्मा (ई.सं. १९९१)
  12. इन्द्र पक्खिम, निङ्वा?सो (ई.सं. १९९५)
  13. कुमार सिङ्धाबा, हिङ्मन्लेÞ ता¬ङ्बा लाम्दिक्को सत् (ई.सं. १९८७)
  14. टी.बी. लेक्वाहाङ, मिक्वारक् केÞधाप्सु (ई.सं. २०००)
  15. बी.एल्. सक्वादेन, सेÞप्माङ् (ई.सं. २००१)
  16. आर.बी. याक्थुङ्चुम्, मुन्दाङ् सेरी (ई.सं. २००२)
  17. रूपलाल खाम्धाक, निङवासोरत (ई.सं. २००५)
  18. एचबी पन्धाक, सानिम्मा (ई.सं. २००७)
  19. देनहाङ लिम्बु ताम्लिङ, तोहाङ्लेÞ कुदक्या (ई.सं. २०१०)
  20. दिल माया पाराङ्देन, काप्सामेÞन् (ई.सं. २०१५), मी (ई.सं. २०१६) 
  21. बुदि दास पन्धाक, चक्मेÞम्बु?बा मिम् (ई.सं. २०१७)


अनुसूचि – घ

याक्थुङ लिम्बु साहित्यका आधुमिक कालको निबन्ध विधाका कृतिकार र तिनका कृतिहरू :
  1. उत्तमकुमार यङहाङ्, तङहुप्ला सुम (वि.सं. २०६२) 
  2. राजेश्वर थापा र रणबहादुर मेन्याङ्बो, पयम् साङ्साङ्देÞन् फक्ताङ्लुङ (वि.सं. २०६६) 
  3. निशेष आङ्देम्बे, हाङ्युक्ना पाङ्यक् (हास्य निबन्ध, वि.सं. २०६८)
  4. थाम्सुहाङ पुष्प सुभा, आधि? (निबन्ध, वि.सं. २०६८)
  5. अमर तुम्याहाङ् (सम्पा.), याक्थुङ् सुम्जो (वि.सं. २०६९)
  6. एस.आर. खजुम, सुम्–इत्छाप् (ई.सं. १९९५) 
  7. कोल्भिङ लावती, सुम इत्छि (ई.सं. १९९५)
  8. एस्.पी. माङ्युङ लिम्बु, आनि? तेÞन्धाम् मेक्खिम् थिम् नु थाप्लाहा? (ई.सं. २०१३)
  9. एस्.बी. माङ्मु (सम्पा.), पात्तिला सुङ (लेख सङ्ग्रह, २००५)
  10. हर्क खाम्धाक, चभत्लुङ्मा (जुलाई, २००९)
  11. मुरिङला नुगो बी.बी. सुुभा, सोधुङ्गेÞम्बाहा?रेÞ सिवादिङ् खाहुन्हा? (आदर्श व्यक्तित्वका जीवनी तथा उपदेश सङ्ग्रह, ई.सं. १९८९, १९९७)
  12. मुरिङला नुगो बी.बी. सुुभा, याक्थुङ् साप्पान्लेÞ माराम् तमेÞप्मो (संस्मरण, ई.सं. २००५) 


स्रोत : मातृभाषा साहित्यको इतिहास (२०७५), श्रवण मुकारुङ तथा पदम राई (सम्पादक), पेज ४२०–४५१, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादि काठमाडौँ ।