Thursday, October 13, 2016

तिरोहित विश्वास [कथा]

तिरोहित विश्वास 

अमर तुम्याहाङ

[ एक ]
ठूलो तीनतले घर, उत्रै पाली । घर र पाली वरिपरि बार्दली, बार्दलीभरि फूलका गमला । गमलामा थरिथरिका फूलहरू । फूलमाथि लुकामारी खेल्दैछन् माहुरी र पुतलीहरू । घरमुनि बाटो । बाटामुनि बारीका ठूल्ठूला गरा, त्यसपछि खेत, खेत त स–सानो मैदान नै हो । साँच्चि गाउँकै मुटु हो यो खेतवारी । यी बारी र जग्गा अन्नको भकारी नै ठान्छन् गाउँलेहरू । अनि त्यो घर र पाली, स्वर्गको टुक्रा नै हो भन्दा बात नलाग्ला ।
Photo courtesy: Bhimesh Singak Limbu, facebook photo gallery

येहाङ र येमा, यही ऐश्वर्यवान् घरबारका मालिक हुन् । उनीहरुको एकजना तन्नेरी छोरो छ–अमुहाङ । अनि कलकलाउँदी इक्साचाहिँ अमुहाङको बहिनी हुन् ।

हेर्दा यो घर सुखको सुन्दर फूलबारी जस्तै छ । यो घरको सम्पन्नता देखेर गाउँलेहरू जीब्रो टोक्छन्, ‘पैसाले पैसा कमाउँदोरै’छ, प्रतिष्ठाले प्रतिष्ठा बढाउँदो रै’छ ।’ साँच्ची उनीहरुसँग के छैन र ! अन्न अन्नभण्डारभरि छ, पैसा पुग्दो छ । काम गर्ने गोठालाखेताला छन्, गाउँलेहरू सघाउपघाउ पनि उसरी नै गरिरहेका छन् । खाँट्टी भन्ने हो त यो घरले सिङ्गो गाउँलाई नै थामेको छ ।

मुक्कुम्लुङ पाठशालाको जेहेन्दार विद्यार्थी हो अमु । ऊ पढाइमा सबैभन्दा क्षमतावान् छ । गुरु र आदरणाीय मानिसहरुलाई आदर गर्ने र आफूभन्दा सानालाई सा¥है माया गर्ने विद्यार्थी भनेर गाउँभरि कहलिएको छ ।
एकदिन, दुई दिन, एकमहिना, दुई महिना हुँदै समय फुत्किरहेको थियो । मुक्कुम्लुङ पाठशालामा एक नयाँ छात्रा आइपुगिन् । अग्ली जिउडालकी, जूनजस्तै ज्वाज्वल्यमान चेहरा, सुडौला नाक र ठूल्ठूला अनि सुन्दरताले भरिएका आँखा । अमुहाङले यस्तो सुन्दरताले भरिएकी छात्रा जीवनमा कहिल्यै देखेको थिएन ।

नुमा खोलापारि तेखादेनकी हुन्, अमु खोलावारि साङसाङदेनको । अमु र नुमा एउटै कक्षामा पढ्ने सहपाठी भएकाले आफूले नजानेका एकअर्कामा सोधासोध गर्ने र सिक्ने सिलसिला चल्दै गयो । नुमा र अमु विस्तारै तन्नेरी र तरुनीमा बदलिए, उनीहरू धाननाचे, एकआपसमा माया बाँडे–एकअर्काका प्रेमी भए, समयसँगै एकबिना अर्का बाँच्नै नसक्ने प्रेमबन्धनमा परे ।

एकदिन छहारीमा बसिरहेको बेला नुमाले अमुतिर फर्केर भनी, ‘नसम्झूँ भन्छु र नि हजुर मात्र मनमा झल्लीझली आउनुहुन्छ, सपनीमा पनि देख्छु हजुरलाई मात्र । हजुरबिना त बाँच्न सक्दिन होला...’

यस्तो कुराले नुमाको प्रेममा डुबिसकेको अमुको पनि मुटु ढुकढुक भयो, नुमासँग छुट्टिनुपर्दा उसको मन कति रुन्छ त्यो त उसको अनुहारमा दुरुस्तै उत्रेको थियो । औँलामा खेलाइरहेको सिन्काले भूइँ कोट्याउँदै सुँक्कसुँक्क अमु बोल्यो, ‘म दुःखी नि त हजुर बिना कहाँ बाँच्न सक्छु र !’

नुमा अनुहार भूइँतिर गाडेर झार चुँडाल्दै सुस्तरी बोली, ‘अमु हामी कुनतकसम्म यसरी सेमेक्वाचरी झैँ एक्लाएक्लै बाँच्ने हो....?’

नुमालाई सुनेर शीर ठाडो पा¥यो अमुले, ढाकाको टोपी दुई हातले मिलायो, ‘बूढापाकाहरू ‘चिहान मिच्ने घर, साइनो थिच्ने विहे’ भन्छन् । त्यसो हो भने अब म बुबाआमालाई हाम्रो विहेको कुरा बिसाउँछु है ।’
‘पक्का हो !’ नुमा खुशीले आँखीभौ उचालेर उन्मुक्त नजरमा मुसुक्क मुस्कुराई ।

[ दुई ] 
रातलाई लखेट्दै विस्तारै उषाले पाइला टेक्यो, शुक्रतारा अलपियो । मङ्सिर महिनाको आजको दिन अर्कै छ । आकाशमा बादल छैन, धर्तीमा तुवाँलो छैन, सिङ्गारिएको अमुको घरको पछिल्तिर माथि हिमश्रृङ्खला चाँदी नै हार्नेगरी कञ्चन देखिन्छ । डेरामुनि सुनफूलले लेपन गरिएका लोकन्दीहरु गाउँका तन्नेरीहरूको स्वागत, उठौनीबसौनी, खानपिन अनि धाननाच्न उभिनेवित्तिकै साउँदोपुस्तो पालाम हा कि हा गाउँदै धाननाचको अनन्त फन्को मार्दैछन् । ‘तरुनीबेगरको के तन्नेरी, तन्नेरीविनाको के तरुनी’ भनेको साँच्चै पो हो कि के हो !’ सोरेक्या बूढा दिल्लगी गर्दै डेरायताउता कुदिबस्छ । लोकन्ती तुम्याहाङ्माहरुको भीडमा घुम्टोमा मोहोरिएकी नुमा डेरामुनि बालिएको आगोको धुनि टाढाबाट ताप्दैछिन् । यत्तिकैमा घामले विस्तारै पाइला हाल्छ । घाम फक्ताङलुङ (कुम्भकर्ण), मुक्कुम्लुङ, सिदिङ्बा पर्वतहरू टेक्दै लुङचेलेङ डाँडा हुँदै साङसाङदेन गाउँमा आइपुग्यो ।

एकपल्ट फेरि बन्दुकहरू पड्के, दमाइहरुले सनहाइ र नरसिङ्गा बजाउन थाले, च्याब्रुङ नाच नाच्न थालियो, कामदारीहरु तोङ्बा र थरिथरिका परिकार लिएर डेरामा लोकन्तीहरुलाई टक्राउन आइपुगे । सँगै बुढापाकाहरु बिन्ती बिसाउँदै आइपुगे ः फक्ताङलुङजस्तै महान कुटुम्बहरू ! सेसेलुङजस्तै झलाद्मी कुटुम्बहरू ! भावीले लेखेर, साइनोसम्बन्धले बेरिएर, माछाका भूरा झैँ झुरुप्पै भेलिँदा, हाम्रो हातको मीठोनमिठो टक्रायौँ है !  ए सिस्नुको रुख चढ्न नसकिने, गरिबीलाई लुकाउन नसकिने, हामी निमुखाले साउँदोपुस्तो अभिनन्दन टक्रायौँ है !’  उत्तरमा लोकन्दीसमूहकी मूली बूढीले जवाफ दिइन् ः लाछिएर बाँड्युँला नि, विन्तीले छाड्युँला नि, अभिनन्दन लिन त लायक नभए नि, सम्धीसम्धिनीहरुले यसरी टक्राएको कोसेली देउभोजनसमान पवित्र मानुङ्ला न....।

कलिलो घाम तन्नेरी पुग्दै गयो । गाउँका छरछिमेकी र निम्तालुहरु जम्मा हुँदै गए । च्याब्रुङको घन्केको आवाजले साङसाङदेन गाउँ नै ‘टिनिनि...’ गुञ्जिरह्यो । खानाभान्सा पकाउने काम धमाधम हुँदै थियो । गाउँका तन्नेरीहरू लोकन्दीहरुसँग ख्याली गाउँदै, रेला, हँसिमजाक गर्दै धाननाचिरहेका छन् । गाउँका युवा, बच्चा, बूढाबूढी  आ–आफ्नै हुल बाँधेर बेहुलीको चियो गर्दै डेरामा यताउता गरिरहेका छन् । कतिले त येहाङ र येमाले बुहारीचाहिँ सुनकै पाएछन् भनेको पनि सुनिन्छ । ‘बेहुला र बेहुलीलाई त भावीले साँच्चि नै मिलाइदिएको रैछ, होइन, दुइजनै कति राम्रा राम्री हौ !’ कुरा गर्छन् । आज येहाङ र येमाको समृद्धिले गाउँनै भरिपूर्ण छ ।

इ, अब यत्तिकै बेहुली लुकाउने समय पनि आयो । लोकन्दीहरुले बेहुली नुमालाई लुकाउन पश्चिमपट्टिको याङसिङबुङ डाँडातिर लगे, माइतीहरुले पुनः बन्दुक पड्काउन  तयारी गर्न थाले । लोक्कन्दीहरुले नुमालाई सारी र सुनफूल लगाइदिए, झिलिमिलि टल्कने बर्को ओढाए, बर्कोभित्रकी फूल नुमाको अनुहार सुन्दरताले विछट्टै लिपिएकी देखिन्थ्यो ।

उता बेहुलालाई घोडामाथि राखेर झयाइँझयाइँ च्याब्रुङ बाजासँगै ड्याङ ड्याङ बन्दुक पड्काउँदै बेहुली लिन ल्याइँदैथियो । बेहुलाको पहिरन सेतो वश्त्रजस्तै देखिन्थ्यो, तागा जस्तै पनि देखिन्थ्यो, तर यै हो खुट्याउन  गा¥हो थियो  । उसको शीरमा त टोपी होइन कालिजको सिउर सिउरिएर बनाएको राजाको श्रीपेच पहिराइएको थियो । ठूलो तर सुललित अनुहार, काँक्राजस्तै लाम्चो नाक, फराकिलो निधारमा सेतो अक्षताटिका । जरायोको जस्तो काँध । साँच्ची भने हो भने राजकुमारसमान अमुहाङ । बेहुली लिन बेहुला ल्याउने ताँतीको अघि नौमति बजाउनेहरु, त्यसपछि च्याब्रुङ बजाउनेहरु, तेश्रो पङ्तिमा दायाँ र बायाँ काँसको थालमाथि सेतो अक्षता र फूल, धपधप बलिरहेको दियो बत्ती र फूलको कलश बोकेका दुई जना कन्याहरु । उनीहरुको पछि बेहुलालाई छाता ओढाइरहेको लोकन्दे, लगत्तै बुढापाका, त्यसपछि त आँखाले नभ्याउने आइमाइ, केटाकेटी, युवा युवती, बन्दुकेहरु । सप्पैजनाको अटुन ताँती बेहुली लिन आउँदै थियो ।

त्यो ताँती याङसिङबुङ डाँडामा बेहुली लुकाउने लोकन्दीहरुको समूह छेऊमा पुग्यो, बाजा र च्याब्रुङ बजाउनेहरु एकापट्टि छुट्टिए । बेहुला बेहुली भएको समूहभित्र छि¥यो । त्यसपछि बेहुलाले लोकन्दीले घेरिएकी बेहुली नुमालाई टिका लगाइदियो, नुमाले पनि अमुलाई फूलमाला लगाइदिई, अनि आफ्नो हृदयभित्रको आफ्नो राजकुमारलाई खुट्टामा ढोगी  । गोलाकार उभिएका सप्पैजनाले खुशीयालीमा जयजयकार गरे । बन्दुकहरु पनि त्यसक्षणमा ‘डुङ डुङ’ जोरजोर पड्के, च्याब्रुङ र अरु बाजाहरु ‘टिनिना... टिनिना...’ बजे । यसपछि बेहुली नुमालाई घोडामाथि राखियो, बेहुलीको पछि बेहुलालाई राखियो र जसरी एउटै लयमा नदीमा माछाका भूराले यात्रा तय गर्छन् त्यसरी नै विहे–जन्ती घरतिर अगाडि बढ्यो ।

विवाहका सप्पै रीतहरु सकियो, भोलिपल्ट बेहुलीको घरमा बेहुलाको घरपट्टिबाट लोकन्ती र रीत पु¥याउने जाने दिन थियो । अमुका दौँतरीहरु भरियाका लागि तयार थिए । भरियाहरुको माझबाट नाङजङ बोल्यो, ‘अमु एउटा कुरा सोधुँ ?’

अमु बोल्यो, ‘के कुरा हो ! सोध न ।’ नाङजङलाई चुप लगाउँदै आजिबुङ जेठा बोल्यो, ‘मैले बोकेको सेराङको नाम के हो ?’

अमुले सोझै भन्यो, ‘विवाहको सेराङ ।’

झट्ट माराम जेठाले भन्यो, ‘लु भन साथी, विवाहको सेराङले साटेको के हो ?’

सप्पै लब्राहरु गललल हाँसे, अमुको अनुहार त लाजले लालीगुराँशजस्तै रातो भयो । त्यतिबेलासम्ममा लोक्कन्दीहरु र केही भरिया फुङफुङ गाउँको चौतारामा पुगिसकेको थिए ।

[ तिन ]
येहाङको घर आजकल अघिभन्दा चिरिच्याट्ट देखिन्छ । नदेखियोस् पनि कसरी, नुमाले पहिलो भालेको डाकमै कुचो लगाउँछिन्, आँगन बडार्छिन्, घर लिपपोत गर्छिन्, भाँडाकुडा माझ्छिन् । लुगा धुन्छिन् । सप्पै कामहरु पालैपालो गरिसक्छिन् । येमाले पनि आजकल कामबाट सुविस्ता पाएकी छिन् । घरको गोठाला काक्लिकेले पनि आराम गर्न पाएको छ ।

‘नुमा सा¥है लच्छिनकी रै’छे । कल्ले के खान्छ, के पिउँछ, के दिनुपर्छ, के दिनुपर्दैन, अनि कसरी बोल्नुपर्छ, कसरी बोल्नुहुँदैन सप्पै जान्दछे ।’ येमाले येहाङलाई भन्यो, ‘यस्ती राम्री बुहारी पाएर कति गर्व लागेको छ।’ येहाङले जुँगा मुसार्दै बोल्यो, ‘कस्को बुहारी हो, त्यो पनि सोच न।’

‘बाटो पहिल्याउनु नभुली’ भन्ने उखानजस्तै नुमाले एक्लै घरबार, सुँगुर कुखुरा, गाइबस्तु सप्पै थामेको देखेर गाउँलेहरु अचम्म छन् । सप्पैको मुखमा एउटै कुरा थियो, ‘नामजस्तै साँच्चि नुमा त नुमा (लच्छिन) रै’छिन् ।’
सप्पैले मनपराएको देखेर अमुले नुमालाई अङ्गालो हालेर फुक्र्याउँदे भन्यो, ‘नुमा ! मेरो सौभाग्य तिम्रो लोग्ने हुन पाउनु, म कति खुशी छु ।’ परबाट नाक्लिक्के घाँसको भारी बोकेर आउँदै गरेको देखेर लजाउँदै अमुको हात हटाई नुमाले, ‘हो त नि ! मुखले त भन्नै प¥यो..।’

नाक्लिकेको नाम मात्रै नाक्लिके, मान्छे त खाइलाग्दो । कालो वर्णको भए पनि सुहाउँदिलो । येहाङको घरमा सानो हुँदै आएको काम गर्न । यो घरले नाक्लिकेलाई विश्वास र माया बराबर गरेको छ ।

[ चार ]
विहे भएको पनि चार–पाँच वर्ष भइसक्यो । नुमा कोठामा एक्लै सुँक्सुँकाइरहेकी छिन् । यसरी नुमाको जीवनमा रोदनले छोएको दुई वर्ष हुनलाग्यो । ‘ए बस्नलाई गुँड छैन, उडिजाउँ प्वाँख छैन । आँशुको धारामा बस्ने कतिन्जेल हो !’ नुमा विलौना गर्छिन् ।

भावीको लेखालाई पनि के भन्न सकिन्छ र ? पहिले पहिले सप्पैले मन पराएका नुमाको  आजकल कुरामात्र काट्छन् । बच्ना नजन्माउने, बाँझी, अभागिनी, कुरुप, नानाभाती गाली गर्छन्– नुमालाई ।

आज पनि यसरी नै गाली गरे । विहानै पानी भर्न धारामा जाँदा माथ्लो घरकी नाहाङ्मा र उसकी साथी मिक्कीले उसको बारेमा कुरा लगाइहाले ।

अमु शौचबाट आएर सोध्यो, ‘होइन के भयो ?’

गाउँलेले त कुरा काटे–काटे, अब त हाम्रा आमाबुबाले पनि कुरा काट्न थाले । आज मिक्की र नाहाङ्माले पँधेरामा भनेको अब मेरो सौता हाल्न लगाउने रे तिमीलाई’ आँशु पुछ्दै कुरा खोलिन् नुमाले ।

‘बोल्न देऊ न बोल्नेलाई...’ अमुले भन्यो ।

‘के गर्ने त ? मैले पनि नामिन्ना कामीको छोरोलाई देख्दा हाम्रो पनि सन्तान हुँदा त कति राम्रो हुन्थ्यो जस्तो लाग्छ । तर हाम्रो सन्तान नै....।’ फेरि आँशु झारिन् नुमाले ।

‘सप्पै गर्न जति गरिसकियो । सन्तान माग्न पाथिभरा गयौँ, अम्बेपजम गयौँन कि, कुम्मायाक कुस्सायकको पूजा गरेनौँ कि, कहाँ पुगेनौँ । मन नदुखाऊ तिमी, एकदिन त हाम्रो सन्तान हुन्छ होला नि !’ अमुले श्रीमीतलाई फकायो ।

‘लगनमा त युप्पारुङ दिँदै मुन्धुमको कसम खाए– बुहारी तिमीलाई नराम्री भन्यौँ भने हाम्रो आँखा फुट्ने गरी हिर्काउनु, अनि त्यस्तै के के के के भनेर । तर आज वाचाकसम हरायो ।’ नुमाले सोच्दै गई, ‘वाचा भनेको यस्तै हुन्छ ? मन पर्दा खाने मननपर्दा ओकल्ने ?’

‘छि ः मनमा पनि के के आउँछ आउँछ !’ यसरी सोच्दैबस्दा नामिन्ना कामीको छोरा च्याँच्याँ रोएको सुनी, ‘मेरो पनि बच्चा भए त ...’

‘नुमा...’ नुमाको कुम हल्लाउँदै अमुले बोलायो ।

‘के हो...’ नओभाएका आँशु पुछ्दै कपाल बाँधी नुमालो । त्यतिखेर साथी नेभोःन्जीको कुरा झट्ट सम्झना आयो, ‘साँच्ची नेभोन्जीले मलाई भनेकी थिई, ‘बच्चा पाउनु नपाउनुमा त छोरा मान्छेको पो धेरै हात हुन्छ । कि अमु बच्चा नहुने छोरोमान्छे पो हो कि ।’ अमु  सशङ्कित भयो ।

[ पाँच ]
एक दिन, दुई दिन, एक महिना दुई महिना हुँदै फेरि वर्ष दिन बित्यो । दुई तीन वर्षयता तुवाँलोले छोपिएको नुमाको अनुहार आजकल निक्कै उज्यालिएको छ । अमुले उज्यालो अनुहार देखेर नुमालाई जिस्क्यायो, ‘आजकाल आकाश निकै खुलेको छ । घाम पो लाग्छ कि ’ नुमाले अनुहार झन् उज्यालो पारेर जवाफ फर्काइन्, ‘कति झरीमात्र परोस् त ! मन भए उपाय छ भन्छन् । उज्यालो मनले चेहरा उज्यालिएको नि त ।’

आजभोलि नुमाको अनुहारमा हल्कापन र ठूलो सन्तुष्टि देखिन्छ । सबैसँग एकदम हाँसिखुशी छे । यी सबै उसका व्यबहारमा प्रकट हुन्छन् । पहिलेको जस्तै काममा स्फूर्तता ल्याउन थालेकी छिन् । त्यतिमात्र होइन, फरासिली पनि भएकी छिन् । यो देखेर सासुससुरा सप्पै छक्क परेका छन् ।

नुमाको खुशीयालीसँगै अर्काे कुरा पनि देखिन थालेको छ, त्यो हो काक्लिके सधैँको जस्तो बोल्न छोडेको छ । ऊ त नुमाको अघि नै पर्न छोडेको छ । घरको माथिल्लो तलामा चढ्दै चढ्दैन, मुनि मात्र बस्छ ।

आज नुमा गर्भवती भएको एक महिना पुगेर दस दिन पुग्यो । उसको पाठेघरमा भ्रुण बसेजस्तो छ । आज त झन् नुमाको खुशीको सीमा नै छैन ।

समसाँझमै नुमाले मज्जाले खाना बनाइन्, सप्पै कामधन्दा एकशासमा गरिसकिन् । घरमा सबैजना जम्मा भए । येमाले नुमालाई अ¥हाइन्, ‘खाना पस्क ।’ नुमाले खाना पस्किदिइन् सबैजनालाई । भाँडाकुँडा धोइपखाली सकिन्, कुचो लगाइन्, भोलिपल्टका लागि खरानीमा अगुल्टा घुसारेर चुल्होमा आगोको जगेडा गरिन् । यो बेलासम्ममा सप्पैजना आ–आफ्ना विस्तारामा सुत्न पुगिसकेका थिए ।

नुमा अमु र आफ्नो ओछ्यानमा पुगेर अमुलाई भन्यो, ‘सुन न, एउटा कुरा भनुँ ?’
पुस्तक पढिरहेको अमुको आँखा पुस्तकमै एकाग्र थियो, ‘भन...’ ‘अहँ, भन्दिन, तिमी मतिर हेर्दैहेर्दैनौ ।’ नुमा अर्कोपट्टि फर्की ।

पुस्तक बन्द गर्दै अमु बोल्यो, ‘नरिसाउ न’ अमुले नुमाको अनुहारमा आफ्नो अनुहार खप्टायो ।
लजाउँदै नुमा बोलिन्, ‘नाइ भन्दिनँ...।’

‘नभन्ने भए म पनि तिमीसँग बोल्दिनँ ।’ अमुले घुर्की देखायो ।

त्यसपछि नुमाले बल्ल कुरा खोलिन्, ‘अब तिमी बुबा हुँदैछौ ।’

‘कसो रे ! म बुबा हुँदैछु ?’ खुशीले थामिनै नसकी बोल्यो अमु, ‘कसरी पो नुमा !’

नुमाले जिब्रोको टुप्पाबाट फुत्किन आँटेको कुरा फुत्काइहाली, ‘म गर्भवती भएको एक महिना र दसदिन पुग्यो । सधैँ त महिनादिनमा मेरो महिनावारी हुन्थ्यो, कसम होला म आमा हुँदैछु ।’

दुवैजना असीम खुशीले पुरिए । त्यतिकै त्यतिकै भुसुक्कै निदाइगए ।
–   –  –
पूर्वी आकाशमा शुक्रतारा उदायो । नीलो आकाशमा ताराहरु अस्ताएका थिएनन् । परेवाहरु घुर्रर्घुर घुरघुराउँदै गीत गाइरहेका थिए । फेरि भाले दुई पटक बास्यो । भाले बासेको आवाज र परेवाको गीतले नुमा ब्यूँझी । यसो कोल्टे फेरि । नुमालाई एक्कासि सारी चिसो चिसो भएजस्तो भयो । यसो छोएको त साँच्चै फेरि महिनावारी भएछ । विश्वास नै गर्न सकिनन् नुमाले । उनको मनमा भूइँचालो गयो । नुमाको आमा हुने स्वप्न महिनावारिसँगै तुहिएर गयो । आँखामा अन्धकार छायो । चिच्याइन्, ‘नाइ....के हो...’ बच्चा पाउनै पर्ने बाध्यताले अमुको विश्वासलाई आगो लगाएर खेतको गोठमा नाक्लिकेसँग लुकीछिपी यौनसंसर्ग गरेको घटनालाई सम्झि र एकोहोरो रुन थालिन् ।

नुमाका रुवाइले अमु ब्यूँझियो । नुमालाई सम्हाल्दै सोध्यो, किन रुँदैछौ, के भयो र ??’

नुमा नाजवाफ भइन् । आमा हुने रहरले नाक्लिेकसँग कूकर्म गरेको घटना सम्झिदै आफ्नो तिघ्रा हिर्काउँदै अचाक्ली रोइमात्र रही । नुमाको रुवाइले परेवाहरुको गीत बन्द भयो । घरका अरु मानिसहरुको निद्रा पनि भङ्ग भयो ।

‘खेतको घटना थाहा पाएर अमुले नुमालाई चुटेजस्तो छ, मैले गर्दा मात्र होइन क्यारे, उसले नै अँठ्याएर त्यस्तो भएको हो, तर पनि...।’ डरले नाक्लिकेको हंश उडिसकेको थियो । डरले ऊ घरबाट टाप दिन खोज्दैछ । यता नुमा आफू कि अमु हो निःसन्तानका जिम्मेदार, छुट्याउनै असमर्थ छे ।

यसबेलासम्ममा घरका सप्पैजना नुमाको अघि जम्मा भइसकेका थिए । हुँ कि हुँ रुँदै नुमा यसपल्टचाहिँ बोलिन् ‘हाम्रो प्रेमसंसारमा मैले नै आगो लगाएछु । अब कहाँ मरिजाऊँ म...’ अमु, आमा, बुबा, इक्सा कसैलाई पनि गाँठी कुरा थाहा थिएन तर नुमा चाहिँ झन् झन् डाँको छोडेर रोई रहेकी थिइन् ।

लेमेबा नसान याक्थुङ कथाबाट अनुवाद– स्व.स्वप्निल स्मृति  

Tuesday, October 11, 2016

वालिहाङ र वालिहाङ तङ्नाम सिंहावलोकन [An account of Walihang and Walihang Festival]

वालिहाङ र वालिहाङ तङ्नाम सिंहावलोकन

[An account of Walihang and Walihang Festival]

प्राज्ञ अमर तुम्याहाङ

साबिती
याक्थुङ संस्कृतिको रूपमा वालिहाङ तङनाम, यसको सामयिक समयसीमाको खोजी, खस नेपालीले मस्त पेलेको पछिल्लो याक्थुङ लोक जिब्रोले बलिहाङ भन्ने वालिहाङ शब्द र लिम्बु भाषा विज्ञानको लेखाजोखा, वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी पाइएका पछिल्लो समयका केही सामग्रीको सङ्क्षिप्त चर्चा यस आलेखमा गर्ने चमर्को गरिएको छ । यस आलेखमा पुराना समग्रीमा उल्लेख भए अनुसार ‘बलिहाङ’ शब्द जस्ताको तस्तै राखिएको छ भने बाँकी ठाउँमा आएको राजाको नाम र चाडमा ‘वालिहाङ’ प्रयोग गरिएको छ । यस चाडको सुदूर ऐतिहासिकता र महाबलि भनिने बलिराजासँगको तुलनात्मक अध्ययन यस आलेखमा समेटिएको छैन् ।

याक्थुङ जातिको संस्कृति वालिहाङ तङ्नाम
वैरागी काइँला (२०७२) भन्छन्, “बलिहाङ तङ्नाम लिम्बु संस्कृतिको अभिन्न अङ्ग बनेको छ ।” हुन पनि संस्कृति भनेको टी.एस. इलियटको शब्दमा “जीवनको बाटो” (Way of life) (ह्यारिसन बार्बेटले उदृत गरे अनुसार १९९०, २००१ः २९५) हो । याक्थुङ जातिका लागि पछिल्लो समयमा आएर वालिहाङ तङ्नाम याक्थुङ जातिलाई चिनाउने चाड बनेको छ, हिन्दूहरूले मान्ने तिहारको जबरजस्त प्रकोपका बीचमा । स्वपहिचानको खोजी सँगसँगै यसको रङ्ग दिनदिनै गाढा हुँदै गएको प्रतीत भइरहेको छ । यसर्थ याक्थुङ संस्कृतिको मूल बाटोको नापो बढाउने थप संस्कृतिको रूपमा वालिहाङ तङ्नाम रहेको कुरामा अब दुविधा रहेन लिम्बु समाजमा ।


 कहिले सुरु भयो लालिङ्घेÞ÷नामलिङ्घेÞ खेल्ने परम्परा ?
आज भन्दा ३०÷३२ वर्ष पहिले फेदाप थुमको सिम्ले २ का येबा पुण्यप्रसाद सिङ्गकले वालिहाङ तङ्नाममा भट्याउँदा लिम्बु जातिमा प्रचलनमा रहेको तङ्सिङ मुन्धुमका क्रममा आउने विभिन्न मुन्धुम भट्याउने गरेको र आजभोलि लालिङ्घÞे÷नामलिङ्घेÞ खेल्दा भट्याउनेको भनाइमा सम्मति जनाउन दोहोरिने लालिङ्घÞे÷नामलिङ्घेÞको बदलामा “ताम्नारो” भन्ने गरेको पाइयो (डिबी आङ्बुङसँगको व्यक्तिगत फोन संवाद, २० मङ्सिर, २०७२) । यसरी नै पान्थरतिर लालिङ्घेÞ÷नामलिङ्घेÞ खेल्दा सम्मतिसूचक शब्दका रूपमा “ताम्राङ्गेक्” भन्दै एउटा खुट्टा उचालेर उफ्रिँदै खेलेको पाइयो (दमकमा रहेका जे.पी. नेम्बाङसँगको व्यक्तिगत फोन संवाद, २० मङ्सिर, २०७२) । यसरी नै यो कलमी आफै सानो छँदा त्यस समयका बूढापाकाले वालिहाङ तङनाममा भट्याउँदा स्वर मिलाउनेले “ओरो” भनेको सुनेको थियो भने पछि दार्जिलिङ् बस्दै आएका रातेखोला माइला तुम्बा गाउँमा आउनु भएपछि भने लारि¬ङ्गे नाम्लिङ्गे भन्न थालियो । आजभन्दा ६५÷६८ वर्ष अघि सिक्किमतिर वालिहाङ तङ्नामका अवसरमा भट्याउनेको स्वरपछि सम्मतिका लागि ‘ओरो’ शब्दको प्रयोग हुन्थ्यो भने लालिङ्घेÞ नाम्लिङ्घेÞ प्रयोग हुन थालेको ३०÷३५ वर्ष भएको पाइयो (पश्चिम सिक्किम हियाङ्थाङ्का ७७ वर्षीय येबा पूर्णमान सेत्लिङसँगको व्यक्तिगत फोन संवाद, २१ मङ्सिर २०७२) ।

सी.बी. थिङ्लाबो(बु)ले चेम्जोङ सङ्कलित किरात मुन्धुमको देवसी—भैली पुस्तिाकामा ‘दुई शब्द’ शीर्षकको आफ्नो भनाइमा उल्लेख गरे अनुसार वि.सं. २०१४ (आफ्नो भनाइमा संवत १९१४ भनी लेखेका छन्, त्यो सायद शुद्धासुद्धि बिग्रिएर यसो भएको हुनुपर्छ किन भने इमानसिंह चेम्जोङ सन् १९०४ मा जन्मिएर सन् १०५० अर्थात् २००७ सालको नेपालको क्रान्तिपछि सिक्किमबाट लिम्बुवान हुँदै काठमाडौँ पुगेका हुन्) मा काठमाडौँमा इमानसिंह चेम्जोङको अगुवाइमा सर्वश्री नरबीर इजम, महेश्वर मेन्याङ्बो र अन्यले खेलेको लिखित रूपमा उल्लेख गरेका छन् । त्यो समयमा वालिहाङ तङ्नाम खेल्ने कार्यक्रममा सहभागीलाई इमानसिंह चेम्जोङले प्रमाणपत्र वितरण गरेको कुरा पनि थिङ्लाबुले उल्लेख गरेका छन् । यसपछि दार्जिलिङ्मा सन् ७० को उत्तरार्ध र ८० को पूर्वार्धमा युमाभक्त लक्ष्मण लावतीको अगुवाइमा अखिल भारतीय किरात चुम्लुङ दार्जिलिङ शाखाले वालिहाङ तङ्नाम खेलेको कुरा पनि थिङ्लाबुले आफ्नो भनाइमा उल्लेख गरेका छन् । यही समयको सेरोफेरोमा दार्जिलिङमा प्रशिक्षित याक्थुङहरू लिम्बुवानमा आएर फाटफुट लालिङ्घेÞ नाम्लिङ्घेÞ खेले र पछि २०४६ सालमा प्रजातन्त्र पुनरप्राप्तिपछि स्वपहिचानको खोजीमा किरात याक्थुङ चुम्लुङ स्थापनापछि यही संस्थाको अगुवाइमा लालिङ्घेÞ नाम्लिङ्घेÞ खेल्न थालियो । त्यसपछि चुम्लुङका विभिन्न जिल्ला कार्य समितिहरू र संसारका विभिन्न मुलुकमा रहेका किरात याक्थुङ चुम्लुङहरूले चासोक तङ्नाम मनाई आएका छन् ।  

याक्थुङ भाषा विज्ञानका आधारमा बलिहाङ चाडको नाम कति ठीक कति बेठीक ? 
याक्थुङ भाषा विज्ञान अनुसार ‘ब’ व्यञ्जन ध्वनि ‘प’ वर्णको संवर्ण हो । यसको अर्थ ‘ब’ व्यञ्जन ध्वनि याक्थुङ शब्दको सुरुमा आउँदैन अर्थात् ‘ब’ व्यञ्जन ध्वनिबाट शब्द निर्माण हुँदैन । यसर्थ आजभोलि भनिने राजाको ‘बलिहाङ’ वा चाडको नाम ‘बलिहाङ तङ्नाम’ याक्थुङ् भाषाबाट विकास नभई आगन्तुक हुनुपर्छ अथवा खस नेपाली उच्चारणसँग याक्थुङ जिब्रो पोइल गएर ‘पेघा’ ‘बेघा’, ‘चबेगु’ ‘जबेगु’ इत्यादि भएजस्तै ‘वलिहाङ’ नाम ‘बलिहाङ’ भएको हुनुपर्छ । यसै बेला शास्त्रीय याक्थुङ भाषा आकारान्त भएको कुरालाई पनि बिर्सनु हुन्न । यदि यसो हो भने तल उल्लेख गरिएको हेमिल्टन, चेम्जोङको मत अनुसारको ‘बलिहाङ’ नभई लाओती र यङ्याङको मत अनुसार ‘वालिङ्हाङ’ वा ‘वालिहाङ’ याक्थुङ भाषा विज्ञान सम्मत रहेको छ ।

वालिहाङ र वालिहाङ तङ्नामबारेमा पाइएका सामग्री 
वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धमा केही पुस्तकहरूका अंशका रूपमा उल्लेख भएका पाइन्छन् । यस सम्बन्धमा केही काव्यात्मक कृतिहरू, साङ्गीतिक कृतिहरू र समीक्षात्मक लेखहरू पनि प्रकाशनमा पाइएका छन् ।

(क) वालिहाङ र वालिहाङ तङ्नाम उल्लेख भएका पुस्तकहरू
नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको कक्षा १० को ‘इतिहास’ नामक पुस्तकमा नेपालका रजौटा राज्यहरू बाइसे र चौविसे मध्ये राजा मिचे ध्युङ्कलको अगुवाइमा सबैभन्दा पहिला वि.सं. १३७० मा स्थापित मुस्ताङ राज्यपछि दोस्रो पुरानो राज्य हो, बलिहाङ राज्य जुन चौबिसे राज्य समूहमा पर्दथ्यो । त्यस बलिहाङ राज्यका बारेमा उल्लेख छ कि “४००० घरधुरी भएको बलिहाङ राज्यको स्थापना वि.सं. १४०० मा भएको थियो । वि.सं. १५८० मा पाल्पाका राजाले गुल्मी, अर्घा, खाँची राज्यको मदत लिई बलिहाङ राज्यलाई युद्धमा जिती ती राज्यहरूले बाँडेर लिए । मध्यकालीन बलिहाङ राज्य वर्तमान नेपालका पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, गुल्मी र नवलपरासी जिल्लामा विभक्त गरिएको छ” (श्रेष्ठ, खड्गमान, सुवेदी, राजाराम र अधिकारी, सुनीलकुमार, २०६४ः ७) ।

यसरी नै किरात इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक History and Culture of Kirat People पुस्तकमा किरात मगरहरूको राज्यमा हिन्दूहरूको व्यापक प्रभाव पर्नुभन्दा धेरै अघि बलिहाङ नाम गरेका किरात राजाले राज्य गर्थे भनेर हेमिल्टनले आफ्नो किताब An Account of the Kingdom of Nepal को पृष्ठ १७१ मा उल्लेख गरेका छन् भनी लेखेका छन् । उक्त पृष्ठमा हेमिल्टनले उल्लेख गरेका कुरा यस प्रकार छः Gandharba Sen of Palpa and Binayakpur made a considerable addition to his dominations, having, with the assistance of his allies, the Rajas of Gulmi and Kachi, seized on the territories of an impure Magar chief, who resided at Balihang.

माथि उल्लेखित दुई वटा विवरणले राजा बलिहाङको बारेमा जानकारी नभई राज्यको नाम मात्र बलिहाङ रहेको कुरा पुष्टि हुन्छ, बलिहाङ राजाको बारेमा कुनै तथ्य खुल्दैन । बलिहाङ नामको अत्यन्त प्रतापी राजा जसका नामबाट नै राज्यको नाम रहन गयो । के यो सम्भव छ ? त्यसो भने कसरी रहन गयो त ? यी प्रश्न अवश्यमेव स्वभाविक छन् जसको उत्तर यहाँ पाइएको छैन, भविष्यको गर्भमा थाँती रहेका छन् ।

तर किरात इतिहासकार चेम्जोङले हेमिल्टनको लेखाइ साथै बलिहाङ मुन्धुमको हवाला दिँदै माथि उल्लिखित आफ्नो किताबको पृष्ठ १४३ देखि १४६ सम्म ४ पृष्ठमा बलिहाङको मुन्धुम उल्लेख गरेका छन् । त्यस मुन्धुममा बलिहाङ प्रजावत्सल, ज्ञानी, ध्यानी र त्रिकालदर्शी भएको, आफ्नो मृत्युको बारेमा अग्रिम थाहा पाएको, सो कुरा आफ्नो मन्त्रीमण्डल र प्रजालाई भनेको, बाँच्ने उपाय बताएको, सोही उपाय अनुसार मङ्सिरे औँसीमा नुहाइधुवाइ सफा सुग्घर भई घरबार सरसफाइ गरी घर भित्रबाहिर हजारौँ बत्ती बाली मृत्युको देवतासँग उनको आयु मागेको, उनी बाँचेको अनि बलिहाङ कै आदेश अनुसार बलिहाङ बाँचेको खुसीयाली मुलुकभरिका घरघरमा गएर फैलाएको र सोही उपक्रम नै कालान्तरमा बलिहाङ तङ्नामको रूपमा विकास भएको कुरा उल्लेख छ ।

अर्का लेखक येहाङ लाओतीले आफ्नो पुस्तक ‘आदिवासी लिम्बू जातिको सङ्क्षिप्त परिचय (२०६२)’ को पृष्ठ ६४—६६ मा बलिहाङ् तङ्नाम्लाई ‘वालिङ्हाङ् तङ्नाम्’ भन्ने गरेको प्रसङ्गदेखि चाड मानिने समय थेसेक्रो (कात्तिक) महिनाको लासिःक् (औँसी) जुन योगमा मृत्युको मुखमा पुगेका वालिङ्हाङ् बाँचोस् भनेर जनताले प्रार्थना गरेर बाँचेको र सोही घटना मुलुकभर सन्देशको रूपमा पुराएको कथाका साथै “अनार्य राजा महाबलिको सहादत र उनको महान् बलिदानको सम्झनामा अनार्यहरूले ३ (तीन) दिनसम्म बत्ती बालेर दीपावली मनाउने चलन चलाएको थियो । यस अनार्य संस्कृतिलाई कालान्तरमा आर्यहरूले पनि बलिराजाको आत्माको सम्मान गरेर आत्मसात् गरे ।” भनी जगत्बहादुर जोशीले सयपत्री वर्ष ३, २०५४ पृष्ठ ८५ को लेखाइ उधृत गरेर टुङ्ग्याएका छन् ।

ख) वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी सङ्कलित काव्य कृति र पत्रहरू
वालिहाङ तङ्नाम सम्बन्धी मुन्धुम लालिङ्घेÞ नामलिङ्घेÞ खेल्नका लागि लयात्मक रूपमा लेखिएका काव्यात्मक पुस्तकहरू पनि प्रकाशित भएका पाइन्छन् । ती मध्ये हालसम्म पाइएका प्रकाशन मिति उल्लेख भएका काव्यमध्ये ‘किरात मुन्धुम लिम्बू भाषाद्वारा देउसी— भैलो पुस्तिका’को प्रथम संस्करण ई.सं. १९७९ मा प्रकाशित भएको पाइएको छ । यस पुस्तकका लेखक (सङ्कलक ?) किरात याक्थुङ सुवास चोङ र ये ईङसा मादेन (जसहाङ) भनी उल्लेख छ भने यसको प्रकाशन किरात याक्थुंबा समाज (सोङ चुम् फो) दार्जिलिङले गरेको छ । यो काव्य ‘माङ हेना साम्लो’बाट सुरु भएको छ भने यसको मुख्य खण्डमा (१) तगाङ ईङ (इङ.?), (२) चाःत्तुम्लो तेङ्से लारिङ गेत् नु नामलिङ गेत्, खाहुन —— यांगसी (याङ्सी ?) मुन्धुम पोगेरो, बली हाङ मुन्धुम पोगे, हाङ थामा साम्जिक् मुन्धुम् पोक् लो अन्तरगत इसोरिप्रसाद खिम्दिङ मुन्धुमसाबा लेखक रहेको हाङ्वागेन मुइ थासुम् लो शीषर्कहरू उल्लेख भएका छन् ।

वालिहाङ मुन्धुम वर्णित अर्को पुस्तक सन् १९८५ मा ‘लिम्बु भाषामा लिखित किरात मुन्धुमको देवसी—भैलो पुस्तिका’ प्रकाशित भएको थियो । यसको सङ्कलनकर्ता ‘किरात साहित्य गुरु स्व. ईमानसिंह चेम्जोङ’ उल्लेख भएको छ भने ‘अखिल भारतीय किरात चुम्लुङ एशोसिएसन सभा’ दार्जिलिङ केन्द्रले यसको प्रकाशन गरेको उल्लेख छ । यस काव्यको भूमिका सभाको महासचिव सुश्री सूर्य कुमारी चेम्जोङ’ले, सहसचिव सी.बी. थिङ्लाबो(बु)को दुई शब्द र सहसचिव पापोहाङ लक्ष्मण लावतीको पान्छेक्वा नेत्छी भूमिका खण्डमा प्रकाशित छन् । यसको मूल खण्ड ओत माङङे तागेरा निङबाफुमे युमा साममे हाङवा मुइ आधासेओ आसेवारो ।।

बलिहाङ तङनाम चात्तुमलो हाङबा मुइनाकतुमलो शीषर्कबाट सुरु भएको छ । यसपछि चाःतुम्लो तेङसे लारीङ गेत् नू नामलिङ् गेत ।। आल्ल कप्मु हाङवा थामा सामजिक पोकलो मुन्धुम पोकलो उपशीर्षक उल्लेख छ ।
अर्को काव्य नरबहादुर यङ्याङ् रचित (सङ्कलित ?) वालीहाङ् तङ्नाम “लारिंगे” वालीराज उत्सव—देउसी नाममा २०५३ असोजमा प्रकाशित भएको थियो । पूर्ण अनुवाद सहित प्रकाशित भएको यस काव्यमा कुबुङ हेःक, वालिहाङ मुन्धुम र हाङवा थालाम् खण्ड समाविष्ट छ ।

यसरी नै डिबी आङ्बुङको सङ्कलन र सम्पादन (२०७२, विद्युतीय प्रति) मा वालिहाङ तियाहा तङ्नाम् तेअङ्सिरे नाम्लिङ्घेÞ — लारिङ्घेÞ मुन्धुम तयार भएको छ । यो सामग्री आङ्बुङले वालिहाङ तङ्नाम २०१५ को अवसरमा आफ्नो फेसबुकमा राखेका थिए र इमेलमा केहीलाई उपलब्ध गराएका थिए । यस कृतिमा तक्पाःन् मुन्धुम् (नाम्लिङ्घेÞ मुन्धुम् ः तान्छो येÞम्मिल्लेÞ र लालिङ्घेÞ मुन्धुम् ः युन्छो येÞम्मिल्लेÞ), मुन्धुम् चक्मा, नावा चइःत् मुन्धुम् (सृष्टिको मुन्धुम्), ताबु सिङ्ला नु थक्सापुसा पोङ्मा (वनजङ्गल र पसुपक्षीको सृष्टि मुन्धुम्), मेÞन्छाम्गेÞन् नाम्याप्मि पोङ्मा (मानिसको सृष्टि मुन्धुम्), वालिहाङ् मुन्धुम् (वालिहाङ्को मुन्धुम्), हाङ्वामुइ र सेम्मुइ खण्डहरू उल्लेख छन् ।

यसरी नै किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिले वि.सं. २०५४ देखि निरन्तर रूपमा वालिहाङ तङ्नामको अवसरमा लालिङ्घेÞ नाम्लिङ्घेÞ खेल्नको लागि पत्रमा वालिहाङ मुन्धुम्को विवरण छापेर ललितपुर जिल्लाका घरघरमा पुराउने काम गरेको छ । त्यस पत्रमा बलिहाङ मुन्धुम, नोमुइ मुन्धुम र सेम्मुइ नियमित रूपमा छापिने गरेको छ ।

ग) वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी स्मारिकका र बुलेटिन 
किरात याक्थुङ चुम्लुङ ललिपुर जिल्ला कार्य समितिले २०७० मा बलिहाङ स्मारिका प्रकाशन गरेको थियो भने २०७१ देखि बलिहाङ मुइङसक् नामको वार्षिक बुलेटिन प्रकाशन गर्न थालेको छ । यी स्मारिका र बुलेटिनहरूमा ललितपुर चुम्लुङले तत्तत् वर्षमा लालिङ्घेÞ नाम्लिङ्घेÞ खेल्दाका गतिविधिका साथै साहित्यिक, लेख आदि समावेश गर्ने गरेको छ ।

घ) वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी समीक्षात्मक लेख
यस बाहेक डिबी आङ्बुङले तिहारको मुन्धुम, विकृति र सच्चाइहरू शीषर्कका लेख लेखी वि.सं. २०६७ पालाम मासिक पत्रिकामा छपाएका छन् जसको सम्पादित अंश २०७२ मा फेसबुकका साथै वेबसाइट (http:esamata.com/np/2015/) हिन्दुकृत तिहार र वलिहाङ) र पत्रिका (इक्ला साप्ताहिक, वर्ष १, अङ्क ७, कात्तिक २०७२, इलाम) मा पनि पुनरमुुद्रित भएको छ । यस लेखमा तिहार शब्दको उत्पत्ति किरात याक्थुङ भाषाको तियाहा पदावलीबाट विकास भएको दावी छ भने तिहारमा खेलिने देउसी भैलोको अर्थ, तिहारमा देखिने विकृतिह (जुवा तासको विकृति, तिहारमा दान दक्षिणा माग्ने र दिने लिने विकृति), तिहारमा गरिने भाइटिका (हिन्दु पनि हिन्दुस्तानी मूलतः हिन्दी भाषा बोल्ने हिन्दू, जुन भाषामा दाइ र भाइ जनाउने भैया मात्र हुन्छ दाजु जनाउने छुट्नै शब्द हुँदैन, दाजु जनाउन बडा र भाइ जनाउन छोटा विशेषण प्रयोग गरिन्छ, यसर्थ भाइ टीका नेपालका खस आर्य नेपालीको पनि चाड होइन भन्ने मतको प्रमाण— कलमीको मत) र देउसीको प्रसङ्ग, पुजिने काग, कुकुर, गोरु, गाई, भाइ पूजा वालिहाङ मुन्धुमका नभएको कुरा उल्लेख छ ।

ङ) वालिहाङ र वालिहाङ तङ्नाम सम्बन्धी स्रव्य सामग्री

सुवास चोङ र जसहाङ मादेनले सङ्कलन गर्नु भएको वालिहाङ मुन्धुम पुस्तकलाई आधार मानेर सुवास लिम्बु र साथीहरूले ‘नाम रिङगेक लिम्बु भाषाको देउसीरे गीतहरू’को क्यासेट र त्यसपछि यासेली योङहाङको ‘लारिङ्गे नाम्लिङ्गे’ क्यासेट निस्किएका थिए । २०७२ कात्तिकमा यादन नुनाम सेर्मा र साथीहरूको गायनमा वालिहाङ तङ्नाम मुन्धुम नामको सिडी निस्किएको छ जुन डिबी आङ्बुङले सङ्कलन गर्नु भएको माथि (ख) मा उल्लेखित सङ्कलनलाई मुख्य आधार मानिएको छ । यसरी नै भगिराज इङनामको ‘याक्थुङ साक्थिम’ क्यासेट तथा सिडी २०७२ मा लारिङ्गेक् नाम्लिङगेक् याक्थुङ भाषाको गीत समावेश भएको छ भने त्यसको छायाङ्कन पनि गरिएको छ ।

माथिका सामग्रीले वालिहाङ र वालिहाङ तङ्नामका बारेमा विविध प्रकारका सामग्रीहरु रहेको कुरा पुष्टि गर्दछ । तर दुविधा र अस्पष्टताको असाध्य उकालो पनि कम छैन ।


बिसाउनी
यादन नुनाम सेर्माबाट स्वरवद्ध वालिहाङ तङ्नाम मुन्धुमको विमोचन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट २०७२ कात्तिक २३ गते प्राज्ञ वैरागी काइँलाले भन्नु भएको थियो— एक जना बुज्रुकले प्याजका हरेक पत्र उकाउँदै यो के हो ? भन्दै गए र यो प्याज होइन प्याजको पत्र भनियो अन्त्यमा प्याजको पत्र सकियो । कुदीको सुत्लो मात्रै बाँकी रहयो र त्यो पनि देखाउँदै यो प्याज हो भन्दा होइन सुत्लो हो भनियो र प्याजको अस्तित्व कही भेटिएन । यसरी नै लिम्बुहरुले मानिल्याएका चाडबाड रीति थिति सबै हाम्रो होइन भन्दै प्रश्न उठाउँदै जाँदा एकदिन नाङ्गै होइएला है भन्नु भएको थियो । हो नि मानिस भन्ने वितिक्कै नाक, कान नै नभएको कुनै गोरो मानिस वा कालो वा गहुँगोरो मानिस हुँदैन । तर तिनमा पनि भिन्नता अवश्य छ । पहाडेहरुले तराई मधेमा बस्ने थारु, सन्थाल, राजवंशी, यादव, मुस्लिम आदि सबैलाई एकै देखेजस्तै अथवा तराई मधेसकाले पहाड वा हिमालका राई, लिम्बु, मगर, गुरुङ, सुनुवार, सेर्पा, भोटे, तामाङ सबैलाई एउटै देखेजस्तै । तर यिनीहरुबीचमा तात्विक अन्तर छ, भिन्नता छ र उनीहरुले फरक पहिचान छ अनि फरक नाम पनि । हाम्रो संस्कृतिका विषयमा पनि यही कुरा लागू हुन्छ । वालिहाङ तङ्नाम मौलिक किरात चाड हो कि होइन भन्ने बहसले पनि कसी लगाउने काम अवश्य गर्छ । यस प्रकारको खोज, अनुसन्धान, तर्क, वितर्कले फाल्साका फाल्सा बेठीक वा ठीक भन्दै जाने होइन, डिनए टेस्ट वा डिएनए टे«सिङ गर्दछ जसले अस्तित्व नामेट पार्ने होइन, नयाँ धरातल र नयाँ आलोकका साथ उभिने आधार प्रदान गर्दछ । यसका लागि वालिहाङ तङ्नाम चाडको विसद् अध्ययन गरिनुपर्छ, तथ्य पत्ता लगाउनु पर्छ, जुन हामीले गरेकै छैनौ, केही गरौँ भन्ने आग्रह गर्दा सबै सखाप हुन्छ भनेर तर्सिन्छौँ जुन बेठीक छ । प्रश्न छः हामीले केही कुरा दावी गर्दा हाम्रा आधारहरु मौलिक छन् ? हाम्रो इतिहाससँग मेल खान्छन् ? हाम्रो जीवन दर्शनसँग कति निकट छन् ? यस्ता अनगिन्ती प्रश्नहरु छन् । बहस छलफलका कामहरु त्यस बारेमा विषय प्रवेशको जमर्को हो तर स्पष्टता होइन दुविधाका पहाड हाम्रा अगाडि छन् । तथ्यको आधारमा सत्य खोज्दै यिनलाई धैर्यता साथ पन्छाउन सकौँ, हामी सबैका अभिलाषा यही हो । सेवा रो ।।
७ डिसेम्बर २०१५

सन्दर्भ सामग्रीहरु
खस नेपाली खण्ड
आङ्बुङ, डिबी मेन्निसाम याप्मि (२०६७). तिहारको मुन्धुम, विकृति र सच्चाइहरु. पालाम मासिक वर्ष ५, अङ्क २/३, पूर्णाङ्क २०. 
काइँला, वैरागी. खोरखापत्र नयाँ नेपाल लिम्बु भाषा पृष्ठ, २०७२ मङ्सिर ४.
चेम्जोङ, इमानसिंह (१९८५). किरात मुन्धुमको देवसी—भैलो पुस्तिका. अखिल भारतीय किरात चुम्लुङ एशोसिएसन सभा दार्जिलिङ केन्द्र, दार्जिलिङ. 
चोङ, किरात याक्थुङ सुवास र मादेन, ये ईङसा (जसहाङ) (१९७९). किरात मुन्धुम लिम्बू भाषाद्वारा देउसी— भैलो पुस्तिका. किरात याक्थुंबा समाज (सोङ चुम् फो), दार्जिलिङ.
लाओती, येहाङ (२०६२). आदिवासी लिम्बू जातिको सङ्क्षिप्त परिचय. दिलबहादुर लाओती, ललिपुर.
यङ्हाङ, नर बहादुर (२०५३). वालीहाङ् तङ्नाम “लारिंगे” वालीराज उत्सव—देउसी. झापा. 
श्रेष्ठ, खड्गमान, सुवेदी, राजाराम र अधिकारी, सुनीलकुमार (वि.सं. २०६४). इतिहास. नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुर.

 अङ्ग्रेजी खण्ड
Chemjong, I.S. (2003, First Ed. 1966). History and culture of Kirat people. Kirat Yakthung Chumlung. 
Hamilton, F.B. (1997, First Pub. 1819). An account of the Kingdom of Nepal. Asian educational services, New Delhi.
Harrison-Barbet, A. (1990/2001). Mastering Philosophy. Palgrave. 

वालिहाङ तङ्नाम मुन्धुम

गायक यादन नुनाम सेर्माज्यूले स्वरबद्ध गर्नु भएको
वालिहाङ तङ्नाम मुन्धुमको पूर्ण पाठ
(यसमा मूलतः अध्येयता डिबी आङ्बुङज्यूको योगदान रहेको छ ।)
अँध्यारो परेपछि राति खेलिने लालिङ्घेÞ ।।

लालिङ्घेÞ साम्लो
अमर तुम्याहाङ

थप्पारा सेÞक्मुरी फेÞक्तेÞ लक्खुम्मो
कुनाम् सेÞरेÞ लुङ्मा हिप्सेÞर ।।
लालीङ्ओ लालीङ्घेÞ चात्छेÞ ताम्नारो
कबु पाङ्भे लाजे ताक्कन्नु
आम्बी चुक्साङ् सेÞवारो — लालीङ्घेÞ
     फेÞन्छाङ् सेÞवारो — लालीङ्घेÞ
     ओन्छाङ् सÞेवारो — लालीङ्घेÞ
     माङ्हाङ् सÞेवारो — लालीङ्घेÞ

हाङ् इङ्घङ् सेÞनु ताम्ना
माङ् इङ्घङ् हाÞनु ताम्ना
वालीहाङ्÷वलीहाङ् हिङ्वा इङ्घङ्
सत्नु हानु ताम्ना
खेÞप्सुम्लो हौ खेÞप्सुम्लो
आम्बी थाबेदीङ् पाए — लालीङ्घेÞ      
     थामेदीङ माए — लालीङ्घेÞ
     हाङ्गेÞन्ग मेÞन्लो — लालीङ्घेÞ
     सिक्चाग मेÞन्लो — लालीङ्घेÞ

खामाक् सीमाङ् नाम्मा तङ्नाम्              
खासाम् सÞेमी हाम्मा तङ्नाम्
सक्वा मुइङ् हामा तङ्नाम्
हाङ्वा मुइ थामा तङ्नाम्
थासुम्लो हौ थासुम्लो



आम्बि ऐरी पारी — लालीङ्घेÞ
     सत्ती लाक्खी — लालीङ्घेÞ
     के साङ्ला नु — लालीङ्घेÞ
     ता मुक्ला नु — लालीङ्घेÞ
     तीयाहा लोरी — लालीङ्घेÞ
     तीयाहाहा.... — तीयाहाहाÞ


मुन्धुम्÷हाबेःक्
वालिहाङ् तियाहा तङ्नाम् तेअङ्सिरेÞ लारिङ्गेत् मुन्धुम्
– दिबी आङ्बुङ ‘मेÞन्निसाम् याप्मि’



        १. तक्पाःन् मुन्धुम् (प्रारम्भिक मुन्धुम्)
       (युन्छोदिङ् येÞम्मो पाःप्मा मुन्धुम्–साँझ÷राति)
ए आर ग आम्बि
थेमुभाल्लेÞ
सिमिक्लुङ्रे
इक्सागेÞन् ग
खाम्बेःक् सम्धाङ्
अगन् लाजे?
युक्फो सम्धाङ्
अगन् पाङ्भे
योसो कब्रिङ्
मेÞवा कुनाम्
थेÞआङ् पेःल्लेÞ
सÞेन्दाङ् कुला
ओःत्तेÞ पेरो
हेक्केल्लÞेसा?
आम्बि क?यो
इक्सा खाम्बेःक्
इःम्सिङ् पेरो
नाङ्जङ् लुङ्जङ्
इम्सिङ् पेरो
कोःक्मा फाङ्जङ्
मेÞइम्सिङ्ङे
थक्सा पुसा
मेÞइःम्सिङ्लो
सिक्चो? था?बात्
मेÞजिङ्सिङ्रो
आम्बि हेक्क्याङ्
तरक्केÞन् ग
ताङ्साङ् सम्धो
सेÞन्दाङ् कुला
ओःत्तेÞबेरो
मुन्धाङ् खेसे
मेÞओःत्तेÞरो
आम्बि क?यो
लोक्फा ताङ्लेÞ
सिङ्घिम् ताङ्लेÞ
मुक्साम् युक्पा
लक्खुम्मोओ
सेÞमि ओःत्तेÞ
ओःन्छाङ् ल?रेÞ
फुङ्इक् कुलेÞम्
फुङ्इ पेÞmक्तेÞ
खेÞम्सिङ् या?रेÞ
चम्सिङ् या?रेÞ
फुङ्नाम् सÞेरेÞ
कुनाम् नुरेÞ
आम्बि   अगन्सेÞबा
तङ्बेलाबा
केÞदाबा आ
वालिङ्लेÞन
तङ्नाम् येÞन्लो
नुमुइरेÞन्
तङ्नाम् त्येÞरो !
––––––––––
       (मुन्धुम् चक्मा÷जोड्नु)
हेÞक्केल्लेÞसा?
आम्बि क?यो
वालि हाङ्रेÞन्
मुन्धुम् इसिक्
सावा मुइङ्
इङ्घङ् इसिक्
तङ्नाम् इःत्छेÞ
नाभोःन्जिन् ग
हयङ्साहा?
कुम्भु–कुन्सा?
सिक्कुम् तङ्नु
सङ्वा–फुङ्वा
निङ्वा? तङ्नु
तुम्याहाङ्रेÞन्
लक्लुम्मोओ
लाःङ्नु पाःत्नु
ताःम्ना नि बा
हेक्केल्लेÞसा
आर क?यो
येÞक्येÞक् सिम्सिम्
मेÞन्लेÞ मेÞन्दा
मुन्धुम् चेÞक्सुम्
हाबेःक् खेÞप्सुम्

        २. नावा चइःत् मुन्धुम्ः
(सृष्टिको मुन्धुम्)
   ए, मुन्धुम् इसिक्
हाबेःक् इसिक्
उन्छोःन् गमु
इक्सा खाम्बेःक्
तरक् ताङ्साङ्
मुन्धाङ् खेसे
यङ्घङ् वाहङ्
चभत् थुङ्वा
मिधुङ् मिराक्
सुरित् केÞजङ्
होःप्तेÞ मुरो
मुहङ्लिङ् नेÞस्सेÞ
खेÞहङ्लिङ् नेÞस्सेÞ
मुहोःप्लुङ् नेÞस्सेÞ
खेÞहोःप्लुङ् नेÞस्सेÞ
मुजि?रक् नेÞस्सेÞ
खेÞजिÞ?रक् नेÞस्सेÞ
   ए, अगन्छा? लुम्ओ
मुजोःक्लुङ् माङ्लो
खेÞजोःक्लुङ् माङ्लो
तागेरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
सिक्कुम् इःत्तुआङ्
निङ्वा? इःत्तुआङ्
मुखेÞहोःप् लुम्ओ
सिमिक्लुङ् फत्छु
सेÞन्दाङ् ए फच्छु
कुला फच्छुरो
मिवा युक्सु
कुनाम् ए युक्सुरो
मुन्धाङ् युक्खु
खेसे ए युक्सुरो
इक्सा मेÞएग
खाम्बेःक् मेÞएग
नावालुङ्मा ग
चइःत् मेÞघेÞम्दुन्
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
इक्सा ए नÞेस्सुरो
खाम्बेःक् ए नेÞस्सुरो
इक्सा पोःक्खेरो
खाम्बेःक् पोःक्सेÞरो ।

        ३. ताबुसिङ्ला नु थक्सापुसा पोङ्मा
        (वनजङ्गल र पशुपक्षीको सृष्टि)
     आर, इक्सा खाम्बेःक्
पोःक्सेÞसाङ् आम्बि
इक्सा मेÞघेÞम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
सिक्कुम् इःत्तुआङ्
निङ्वा? इःत्तुआङ्
पोरोक्मि माङ्नु
यम्भामि माङ्नु
ताबुमु लेःत्तु
सिङ्लामु लेःत्तु
नेÞत्तिमु पोःक्सेÞ
कुभुङ्मु पोःक्खेÞ ।।
तागेरा इसिक्
निङ्वा?फु इसिक्
नावासिङ्माङ्लेÞ
कुजोःक्सिङ् माङ्लेÞ
सिक्कुम् इःत्छिङाङ्
निङ्वा? इःत्छिङाङ्
ताबुमु खेÞम्मा
सिङ्लामु खेÞम्मा
नेÞत्ति ए खेÞम्मा
कुभुङ्ङे खेÞम्मा
थक्सामु केःत्तु
पुसामु केःत्तु
आल्ल, ताबु खेÞम्दुरो
सिङ्ला खेÞम्दुरो
नेÞत्ति खेÞम्दुरो
कुभुङ् खेÞम्दुरो ।।

        ४. मेÞन्छाम्गेÞन् नाम्याप्मि पोङ्मा
     (मानिसको सृष्टि मुन्धुम्)
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
मुहङ्लिङ् खेÞम्मा
सिमिक्लुङ् चोगु
सिमिक्लुङ् खेÞम्मा
ताङ्साङ्ङाङ् फत्छु
तरङ् खेÞम्मा ग
ताङ्साङ् खेÞम्मा ग
मुधाङ्दिङ् गर
खेसेहा? फत्छु
लाबेमा फत्छु
नाम्बेमा फत्छु
केजङ्ङाङ् चोगु
सुरित्ताङ् चोगु
चफत्ताङ् चोगु
चुवात्ताङ् चोगु
पाङ्घेÞन्नाङ् चोगु
वाहित्ताङ् चोगु
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्रेÞ
सिक्कुम् इःत्छिङ्ङाङ्
निङ्वा? इःत्छिङ्ङाङ्
यङ्घङ्मु चोगु
वारक्मु चोगु
कोइमु चोगु
चङ्फाङ्मु चोगु
ताबुमु चोगु
सिङ्लाआङ् चोगु
इक्सा मेÞघेम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
ङासाआङ् चोगु
सिक्चोहा? केःत्तु
था?बात्ताङ् केःत्तु
थक्साःहा? केःत्तु
पुसाहा? केःत्तुसि
इक्सा मेÞघेÞम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
पोरोक्बिाल्लेÞ
यम्भामिबाल्लेÞ
सिक्कुम् तायेÞरो
निङ्वा? तायेÞरो
मेÞन्छाम् मेÞएग
याप्मि मेÞएग
इक्सा मेÞघेÞम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
तागेÞलामेÞल्लेÞ
निङ्वा?फुमेÞल्लेÞ
सिक्कुम्मु इसिक्
निङ्वा?ए इसिक्
पोरोक्मिबारेÞ
यम्भामिबारेÞ
मेÞयाम्सो साधिक्
मेÞन्छिम्ना साधिक्
साम्याङ्वा अम्लेÞङ्
युप्पावा फरेÞङ्
चइःत्ते चोगु
कुबे चोगुसाङ
नावा मेबोःक्खेÞन्
चइत् मेÞबोःक्खेÞन्
सिक्कुम्मे मयेÞ
निङ्वा?रक् मयेÞ
       याम्मो, तागेरा इसिक्
निङ्वा?फु इसिक्
ला खाप्पुमा ग
नाम् खाप्पुमा ग
पेÞबङ् फेÞेत्तुआङ्
हुक्सो तारुआङ्
इक्सा ए खाम्नु
खाम्बेःक्मा खाम्नु
वाहिसोमानु
सेःक्तक्सु च्वाःत्नु
पाङ्घेन्दिङ् च्वाःत्नु
मेÞन्छाम् चइःत्
याप्मि ए चइःत्
हुक्सोमु चोगु
ताङेÞमु चोगु
        हÞेक्क्याङ, साङ्गुमु केःत्तु
सक्मामु केःत्तु
    आर, हाः हाः मेÞत्तुरो
हुः हुः मेÞत्तुरो
पेÞलि साःत्तुरो
पाःल्ला साःत्तुरो
मेÞन्छाम्माङ् सारेÞ
नाम्याप्मि सारेÞ
हाः हाः ल?रिक्लो
हुः हुः ल?रिक्लो
पेलि नोःक्तुबेÞ
पाःल्ला नोःक्तुबेÞ
        अक्खेरिक, नावा पोःक्सेÞरो
चइत् पोःक्खेÞरो ।

       ५. वालिहाङ् मुन्धुम्
    (वालिहाङ्को मुन्धुम्)
  ए ! आल्ल आम्बि
तागÞेरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
मुइङ् इसिक्
मेÞन्छाम् याप्मि
सिक्कुम् निङ्वा?
चाःप्पा पोःक्सेÞ
मेÞन्छाम् साःहा?
इक्सा खाम्बेःक्
लाजे? सिङ्बुङ्
तक्नु वामा
थक्सा पुसा
कत्नु वामा
चासे? फुङ्से?
चानु वामा
मुइङ् इसिक्
लाजे? युक्फो
तक्इ वाःम्ओ
हाङ्थिम् पोःक्सेÞ
हाङ्थिम् इसिक्
नेवाःलाबा
हाङ्युक्नाओ
सावा येÞत्हाङ्
किरात हाङ्मु
कुनो मिङ्ग
वालिहाङ्मु
सिक्कुम् निङ्वा?
चाःप्पा साबा
युक्फो सारेÞन्
मिम्जि? साबा
सेवा साबा
वयेÞमुबेÞ
वा?इ पेःक्मो
थिक्येÞन् खुनेÞ?
सेÞप्माङ् चेÞङ्नु
मुइङ् इसिक्
हाङ्युक्नाओ
कुयाम् तुगेÞ
मिन्दे पोःक्सेÞ
हÞेक्केल्लेÞसा?
लाजे? साहा?
योभो साहा?
मेÞरिङ् चोःक्इ
सेÞन्दिक् लेÞन्दिक्
सेÞमि हाःन्नु
वाजिरि नु
फुङ्जिरि नु
सेवा चोःक्इ
मुइ नाःक्इ
मेÞयुङ्ङÞेमु
तागÞेरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
लाजे? सारेÞन्
सेवा तेÞम्नु
वालिहाङ्ङिन्
मिक्कि फुङ्वा
हिङ्मन् पिरु
आल्ल खुनेÞ?
कुयाम् नुरेÞ
कुसिक् नुरेÞ
हेÞक्याङ् खेÞ?यो
वालिहाङ्रेÞ
लाजे? साहा?
योभो साहा?
मेरिङ् चोःक्नु
सेÞन्दिक् लेÞन्दिक्
निङ्वा? लोइः
सेवा चोःक्इः
मेÞयुङ्इभाङ्
तेÞअङ्सिरेÞ
कुनो मुइ
पि?सेÞ फा?आङ्
लाजे? कब्रिङ्
केÞरेÞक् पिसाङ्
लाजे? साहा?
योभो साहा?
इङ्भन् चोःक्सेÞ
पाङ्सुसिमु
आम्बि क?यो
आनिगेÞआङ्
वालिहाङ्लेÞन्
कुनो मुइङ्
इङ्घङ् सÞेनु
लाःङ्नु पिन्नु
लारिङ्गेÞत् नु
नाम्लिङ्गेÞत् चाःत्नु
ताःम्नाबारो
आम्बि आर
क?यो आनि?
लाजे? लुम्ओ
हाङ्जोक् थिम्ओ
हाङ्जोक् थिम्सा
लाजे?साओ
योभो साओ
नुमा तामा
हाङ्जोक् थिम्रेÞन्
कुलिङ्धोनु
कुसाङ् लमा
आनि? लाजेÞन्
चुम्भोदिङ्बा
हक्चुम्मिबा
योभोधिम्नु
साम्खासेक्नु
सुवाङ्गेÞन्बा
इःत्यङ् खाम्घु
चोःक्मा वारो
आनि? लाजे?
आनि? लाघो
कोःप्मा वारो
आनि? थिङ्गा
आनि? निसुम्
हक्मा? वारो
आनि? चोःत्लुङ्
माङ्गेÞन्ना? लुङ्धुङ्
फोःङ्मा? वारो
आम्बि, हÞेक्केल्लेÞसा
सिक्कुम् तङ्नु
निङ्वा? तङ्नु
थिक्हुप् पोङ्नु
फा?भा उङ्उङ्
थक्साङ् चोःक्नु
वालिहाङ्लेÞन्
नोयाःम्बक् इःत्नु
मालाजे?रेÞन्
ताङ्सेÞःप् चोःक्नु
माबाःन् पाःत्नु
माराम् नाःत्नु
तगि पोमा
पेÞलि चोःक्नु
पाःन्जाङ् चोःक्नु
मुन्धुम् हाबेःक्
चेÞङ्मारेÞआ
साङ्गु पु?रेÞ
सक्मा पुÞ?रेÞ
आल्ल सप्फा
नासिङ् चोगि
नासिङ् युङ्मा
सेवा चोगि
तियाहा
तियाहा ।।

       ६. नोमुइ मुन्धुम्
    (शुभाशिष मुन्धुम्)
आम्बि चुम्से
अक्खेÞ ल?रिक्
आनि? क?यो
तुत्तुगेÞन् ग
तुम्म्याहाङ् लुम्ओ
लोक्फा ताङ्लेÞ
सिङ्घिम् ताङ्लेÞ
लक्लुम्मोओ
वालिहाङ्लेÞन्
सावा मुइङ्
इङ्घङ् हानु
आदेÞइल्लेÞ
सिङ्खिम् ताङ्लेÞ
आनि?लेÞप्माङ्
आबुदिङ्ग
लुङ्मा? तुक्मो
इनोगेÞन्ग
तुक्खे निःम्ओ
इक्सादिङ्ग
खाम्बेःक् चङ्धो
साम्म्याङ् युप्पा
फएत् चङ्धो
तुम्दुम्सेरि
कुइङ् थाम्नु
वाजिरिनु
फुङ्जिरिनु
लासेÞमिनु
नाम्सेÞमिनु
सुम्बोहुक्वा
मेÞदोःन्दुरो
हुक्वा लाङ्वा
खेÞम्सिङ् यारेÞ
हेÞक्याङ् याङ्मु
आनि? लाम्नु
हाङ्वा माङ्वा
नाःक्सेÞ फाङ्मु
साम्म्याङ् पःत्थाङ्
तेÞरेÞप् नेÞनु
युप्पा पत्थाङ्
तोःन्दु नेÞस्सु
आल्ल क?यो
मुइङसाहा?
सिक्कुम् निङ्वा?
फक्तुङ् तङ्नु
इक्सा खाम्बेःक्
तरक् ताङ्साङ्
माङ्हाङ् केरेÞक्
निसा युङ्नु
वालिहाङ्रेÞन्
मुन्धुम् इसिक्
माङ्वा हाङ्वा
थामा तगि
उन्छोन् क?यो
लोःक्फा ताङ्लेÞ
सुयुमारेÞ
ताक्थेÞबारेÞ
हिङ्मन् हिङ्मो
हाङ्थिम् चोःक्मो
खाजोङ् चोःक्मो
लाजे? सिङ्बुङ्
कुन्धे हाःम्ओ
खुन्छि? लुम्ओ
मेÞन्नु? मेÞन्दा
पोङ्ल फा?आङ्
साक्मुरा लुङ्हि
मेÞमेÞत्छिङ्ङाङ्
वयेÞसाङ्आ
खेÞन्हा? केÞरेÞक्
माङ् पाःत्चारेÞ
तिबे लाबे
नाम्सिङ् पेःक्ल
फुङ्वाइनु
हुक्—लाङ्सोरेÞ
पइक् मेÞत्तुम्
सिएःप् एःप्तुम्
हेÞक्याङ् आल्ल
इक्वा हन्नु
कुझुङ् तेÞत्ला
तुम्दुम्सेरि—नु
माङ्वा हाङ्वा
पिरुम्सिम्लो !
लोःक्फा ताङ्ओ
हुक्वा ताङ्ओ
नुमा तामा
पोमा थेÞप्मा
चोःक्मा चामा
माङ्वा हाङ्वा
पिरुम्सिम्लो !
सिक्कुम् निङ्वा?
मुक्साम् निसाम्
इःत्छिङ्साम् मुइ
माङ्वा हाङ्वा
पिरुम्सिम्लो
हुक्वा ताङ्लेÞ
मेÞइःत्तुबा
मेसाप्तुबा
मेÞजोगुबा
मेÞबाःत्तुबा
केÞरेÞक् याःम्बक्
कुलिङ्धोनु
कुसुम् कÞेत्ल
नाहेÞन् मिक्सेन्
मेÞधानेÞन्ल?
लेÞत्छाम् फुङ्साम्
मेÞन्दोःक्नेÞन्लः
सुगुत् फाङ्बात्
मेÞन्दुम्नेÞन्लः
सोघा मुरिÞङ्
मेÞन्बोःङ्नेÞन्लः
माङ्वा हाङ्वा
पिरुम्सिम्लो !

हेक्याङ् याङ्मु
चाधाङ् पोर
या?धाङ् पोर
थक्सा पुसा
मेÞबोःन्लरो
साम्म्याङ्वा ग
अम्लेÞङ् तार
युप्पावाग
सेÞल्लेÞङ् तार
याङ्सा कुन्धे
एÞत्लेÞङ् तार
साम्माङ् सःत्ल
कुमाङ् सःत्ल
मिन्दे मार
तुक्मा मार
सेसे वामा
साङ्साङ् वामा
हाङ्हाङ् ल?मा
इङ्नाम् नुमा
मिङ्सो नुमा
ताङ्सो नुमा
माङ्वा हाङ्वा
पिरुम्सिम्लो
वालिहाङ्रेÞन्
हिङ्मन् इसिक्
मुइ ताङ्रेÞन्
इङघङ् इसिक्
माङ्वा हाङ्वा
थाए थार
माङ्वा थोःक्ल
हाङ्वा थोःक्ल
पिरुम्सिम्लो
था?रुम्सिम्लो

       ७. सेम्मुइ मुन्धुम्
    (विदाइ मुन्धुम्)
  ए, आल्ल ग आम्बि
वालिहाङ्लेÞन्
मुइङ् सेÞमा
यरिक् वाल्लेÞ
पाङ्भे? योसो
कम्मा पेःक्मा
माःङ्घा वाल्लेÞ
आल्ल क?यो
मेÞल्लेÞ मेÞन्दा
मुन्धुम् चेÞङ्मा
हाबेःक् चेÞङ्मा
सोसोत् चोःक्मा
सराङ् चोःक्मा
कुबे लुक्सुम्
मुन्धुम् हाबेःक्
पेःन्देÞसाङ्ङा
लुङ्मा? तुक्मा
लेÞप्मि पि?मा
पेलि फाक्नु
याम्मु तुम्मा
माङ्हुप् चोःक्नु
वालिहाङ्रÞेन्
नो तङ्नाम्रेÞन्
नोइःत्छोनु
सेÞम्मुइरेÞन्
सेवा चोगि
तियाहा ।
तियाहा ।।



नोटः
यो देउसी (लारिङ्गेक्÷नाम्लिङ्गेक्) मुन्धम्सँगै बिहानपछि दिउँसो भए ‘नाम्लिङ्गेक्’ र साँझपछि बेलुकी भए लारिङ्गेक् भन्ने चलन छ ।

मूल स्रोतः
याप्मि, मेन्निसाम । २०६७ । वालिहाङ् तियाहा तङ्नाम तेअङ्सिरेÞ लारिङ्गेत्–नाम्लिङ्गेत् मुन्धुम । पालाम मासिक वर्ष ५, अङ्क २÷३ पूर्णाङ्क २० । सम्पादक÷प्रकाशक डीबी आङ्बुङ ।
यो यसको सम्पादित अङ्श हो ।

सन्दर्भ ग्रन्थहरूः
काइँला, बैरागी । २०६० । चइःत् मुन्धुम (सृष्टि वर्णन) । लिम्बू साहित्य विकास संस्था, काठमाडौं
चेम्जोङ, इमानसिंह । २०१८ । किरात मुन्धुम् (किरातको वेद) ।
चेम्जोङ, इमानसिंह । सन् १९८५ । बलिहाङ तङ्नाम मुन्धुम (?) ः लिम्बु भाषामा लिखित किरात मुन्धुमको देवसी–भैलो पुस्तिका । दार्जिलिङः अखिल भारतीय किरात चुम्लुङ एशोसिएसन सभा ।
फोपाहाङ, दुर्गाप्रसाद । २०५१ । नावा चइत् मुन्धुम (सृष्टिको आख्यान) । मञ्जुल याक्थुम्बा, ललितपुर
योङ्हाङ, नरबहादुर । २०५३ । वालिहाङ तङ्नाम् लारिङ्गे (वालिहाङ उत्सव–देउसी) ।
सिरेङ चोङ्बाङ, रनधोज । २०६५ । बलिहाङ तङ्नाम् लारिङ्गेक् नाम्लिङ्गेक् मुन्धुम । नेपालः राष्ट्रिय अन्तर्राष्ट्रिय सिरेङ चोङ्बाङ सयङ् सङ्चुम्भो संघ ।
सेरेङ, सेसेमी । २०५६ । वाली तङ्नाम । सेरेङहाङ् सेसेमी नाल्बो (लिम्बू)
मादेन, जसहाङ । २०४१। देउसी–भैलो (लारिङ्गेक् नाम्रिङ्गेक् । पनोगेÞन् नोबा तेÞत्लागेÞन लाचोङ नेÞत्निङ्ला ताआःर पत्ता पृष्ठ २५–२८ । अखिल भारतीय किरात (याक्थुङ) चुम्लुङ सभा ।
मादेन, येइङ्सा । सन् १९७९ । किरात मुन्धुम लिम्बू भाषाद्वारा देउसी–भैलो पुस्तिका । दार्जिलिङ ः किरात याक्थुङ सोङचुम्फो ।
किरात साम्जिक मुन्धुम् (लक् १–८) । २०६४। किरात चोःत्लुङ अङ्सि माङ्गेन्ना सेवा चाःेत्लुङ पाःन्जुम्भो र किरात साम्यो माङ्सेवासाबा मुजोःत्लुङ पाःन्जुम्भो,  बाँझो ९, माङ्सेबुङ्, इलाम् ।



वालिहाङ् तियाहा तङ्नाम तेÞअङ्सीरेÞ
सेÞम्मुइ केसाम् साम्लो
(कुसरक्पा केलाङ्)
—दिबी आङ्बुङ्‘मेÞन्नीसाम् याप्मी’

तुत्तुगेÞन् तुम्म्याङ् आदाङ्बासे,          
याक्लागेÞन् सुहाङ् हीम्दाङ्मासे
सरलै सर्, सरलै सर् ।।

लोक्फागेÞन् सीङ्घीम् लक्खुम्मोओ,
तुम्म्याङ् नु सुहाङ्मा लक्लुम्मो ।।
सरलै सर्, सरलै सर् ।।

तङ्बेबा तङ्नाम् तीक्नु ताम्नाङ्,
वालीहाङ् तङ्नाम् इत्नु ताम्नाङ्
सरलै सर्, सरलै सर् ।।

के मुङ्नु लाङ्नु मुन्धुम् चेÞङ्नु,
वालीङ्हाङ् मुइङ् इङ्घङ् चेÞङ्नु ।।
सरलै सर्, सरलै सर् ।।

लारीङ्घेÞ पात्नु नाम्लीङ् चाप्नाङ्
वालीहाङ् मुइङ् इङ्घङ् पाप्नाङ् ।।
सरलै सर्, सरलै सर् ।।

सेÞम्मुइ नाक्नु लेÞप्मी नाक्नु,
सेवाए मनु हुक्सो फाक्नु ।।
सरलै सर्, सरलै सर् ।।

वालीहाङ् तङ्नाम् पेबारो ए,
सेÞम्मुइ नाक्नु सेवारो ए ।।
सरलै सर्, सरलै सर् ।।

((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((((

उज्यालो भएपछि दिनमा खेलिने नामलिङ्घेÞ ।।

नामलिङ्घेÞ साम्लो

थप्पारा सेÞक्मुरी फेÞक्तेÞ लक्खुम्मो
कुनाम् सेÞरेÞ लुङ्मा हिप्सेÞर ।।
लालीङ्ओ लालीङ्घेÞ चात्छेÞ ताम्नारो
कबु पाङ्भे लाजे ताक्कन्नु
आम्बी चुक्साङ् सेÞवारो — लालीङ्घेÞ
      फेÞन्छाङ् सेÞवारो — लालीङ्घेÞ
      ओन्छाङ् सÞेवारो — लालीङ्घेÞ
      माङ्हाङ् सÞेवारो — लालीङ्घेÞ

हाङ् इङ्घङ् सेÞनु ताम्ना
माङ् इङ्घङ् हाÞनु ताम्ना
वालीहाङ्÷वलीहाङ्हिङ्वा इङ्घङ्
सत्नु हानु ताम्ना
खेÞप्सुम्लो हौ खेÞप्सुम्लो
आम्बीथाबेदीङ् पाए — लालीङ्घेÞ        
      थामेदीङ माए — लालीङ्घेÞ
      हाङ्गेÞन्ग मेÞन्लो — लालीङ्घेÞ
      सिक्चाग मेÞन्लो — लालीङ्घेÞ

खामाक् सीमाङ् नाम्मा तङ्नाम्              
खासाम् सेÞमीहाम्मा तङ्नाम्
सक्वा मुइङ् हामा तङ्नाम्
हाङ्वा मुइ थामा तङ्नाम्
थासुम्लो हौ थासुम्लो
आम्बि एरी पारी — लालीङ्घेÞ
      सत्ती लाक्खी — लालीङ्घेÞ
      के साङ्ला नु — लालीङ्घेÞ
      ता मुक्ला नु — लालीङ्घेÞ
      तीयाहा लोरी — लालीङ्घेÞ
      तीयाहाहा.... — तीयाहाहाÞ

मुन्धुम्÷हाबेःक्
वालिहाङ् तियाहा तङ्नाम् तेअङ्सिरेÞ नाम्लिङ्गेत् मुन्धुम्
– दिबी   आङ्बुङ ‘मेÞन्निसाम् याप्मि’



        १. तक्पाःन् मुन्धुम् (प्रारम्भिक मुन्धुम्)
      (तान्छोदिङ् येÞम्मो पाःप्मा मुन्धुम्÷बिहान–दिउँसो)
      आम्बि ! आर ग चुम्से
इक्सा खाम्बेःक्
सोरेÞ पेरो
तरक् ताङ्साङ्
ओःत्तेÞ पेरो
इक्सा खाम्बेःक्
कुजङ्धोओ
ताबु सिङ्ला
तरक् ताङ्साङ्
कुसिःक्तोओ
कुनाम् ओःत्तेÞ
अम्लेÞङ् ल?रेÞ
पाङ्भे?योसो
पाङ्यक् खिर्लि
लोक्फा सिङ्घिम्
लक्खुम् फिर्लि
इक्ताप् प्याङ्सि
फुङ्इक् कुलेÞेम्
फुङ्इक् फेक्तÞे
खेम्सिङ् यारेÞ
नुनाम् सेÞरेÞ
कुनाम् सेÞरेÞ
सरित् केÞजङ्
सक्मा नुरेÞ
कोःक्मा फाङ्जङ्
अमः नुरेÞ
लुङ्ला नाङ्जङ्
चम्सिङ् यारेÞ
हेÞक्केःल्लेÞ ग
आम्बि क?यो
थक्सा पुसा
मÞेसःत्तेÞरो
मेÞन्छाम् याप्मि
आसःत्तेÞरो
अक्खेÞ ल?रिक्
इक्सा खाम्बेःक्
इरेÞ पेःल्लेÞ
तङ्बेलावा
तेःन्छिÞङ् पेरो
हÞेक्केःल्लेÞ सा?
आम्बि क?यो
मेÞन्छाम् याप्मि
लक्लुम्मोओ
तङ्बेलावा
केÞदाबा या
वालिहाङ्रेÞन्
तङ्नाम् त्येÞरो !
––––––
       (मुन्धुम् चक्मा÷जोड्नु)
हेÞक्केल्लेÞसा?
आम्बि क?यो
वालि हाङ्रेÞन्
मुन्धुम् इसिक्
सावा मुइङ्
इङ्घङ् इसिक्
तङ्नाम् इःत्छेÞ
नाभोःन्जिन् ग
हयङ्साहा?
कुम्भु–कुन्सा?
सिक्कुम् तङ्नु
सङ्वा–फुङ्वा
निङ्वा? तङ्नु
तुम्याहाङ्रेÞन्
लक्लुम्मोओ
लाःङ्नु पाःत्नु
ताःम्ना नि बा
हेक्केल्लेÞसा
आर क?यो
येÞक्येÞक् सिम्सिम्
मेÞन्लेÞ मेÞन्दा
मुन्धुम् चेÞक्सुम्
हाबेःक् खेÞप्सुम्

        २. नावा चइःत् मुन्धुम्ः
(सृष्टिको मुन्धुम्)
   ए, मुन्धुम् इसिक्
हाबेःक् इसिक्
उन्छोःन् गमु
इक्सा खाम्बेःक्
तरक् ताङ्साङ्
मुन्धाङ् खेसे
यङ्घङ् वाहङ्
चभत् थुङ्वा
मिधुङ् मिराक्
सुरित् केÞजङ्
होःप्तेÞ मुरो
मुहङ्लिङ् नेÞस्सेÞ
खेÞहङ्लिङ् नेÞस्सेÞ
मुहोःप्लुङ् नेÞस्सेÞ
खेÞहोःप्लुङ् नेÞस्सेÞ
मुजि?रक् नेÞस्सेÞ
खेÞजिÞ?रक् नेÞस्सेÞ
   ए, अगन्छा? लुम्ओ
मुजोःक्लुङ् माङ्लो
खेÞजोःक्लुङ् माङ्लो
तागेरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
सिक्कुम् इःत्तुआङ्
निङ्वा? इःत्तुआङ्
मुखेÞहोःप् लुम्ओ
सिमिक्लुङ् फत्छु
सेÞन्दाङ् ए फच्छु
कुला फच्छुरो
मिवा युक्सु
कुनाम् ए युक्सुरो
मुन्धाङ् युक्खु
खेसे ए युक्सुरो
इक्सा मेÞएग
खाम्बेःक् मेÞएग
नावालुङ्मा ग
चइःत् मेÞघेÞम्दुन्
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
इक्सा ए नÞेस्सुरो
खाम्बेःक् ए नेÞस्सुरो
इक्सा पोःक्खेरो
खाम्बेःक् पोःक्सेÞरो ।

       ३. ताबुसिङ्ला नु थक्सापुसा पोङ्मा
        (वनजङ्गल र पशुपक्षीको सृष्टि)
     आर, इक्सा खाम्बेःक्
पोःक्सेÞसाङ् आम्बि
इक्सा मेÞघेÞम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
सिक्कुम् इःत्तुआङ्
निङ्वा? इःत्तुआङ्
पोरोक्मि माङ्नु
यम्भामि माङ्नु
ताबुमु लेःत्तु
सिङ्लामु लेःत्तु
नेÞत्तिमु पोःक्सेÞ
कुभुङ्मु पोःक्खेÞ ।।
तागेरा इसिक्
निङ्वा?फु इसिक्
नावासिङ्माङ्लेÞ
कुजोःक्सिङ् माङ्लेÞ
सिक्कुम् इःत्छिङाङ्
निङ्वा? इःत्छिङाङ्
ताबुमु खेÞम्मा
सिङ्लामु खेÞम्मा
नेÞत्ति ए खेÞम्मा
कुभुङ्ङे खेÞम्मा
थक्सामु केःत्तु
पुसामु केःत्तु
आल्ल, ताबु खेÞम्दुरो
सिङ्ला खेÞम्दुरो
नेÞत्ति खेÞम्दुरो
कुभुङ् खेÞम्दुरो ।।

       ४. मेÞन्छाम्गेÞन् नाम्याप्मि पोङ्मा
     (मानिसको सृष्टि मुन्धुम्)
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
मुहङ्लिङ् खेÞम्मा
सिमिक्लुङ् चोगु
सिमिक्लुङ् खेÞम्मा
ताङ्साङ्ङाङ् फत्छु
तरङ् खेÞम्मा ग
ताङ्साङ् खेÞम्मा ग
मुधाङ्दिङ् गर
खेसेहा? फत्छु
लाबेमा फत्छु
नाम्बेमा फत्छु
केजङ्ङाङ् चोगु
सुरित्ताङ् चोगु
चफत्ताङ् चोगु
चुवात्ताङ् चोगु
पाङ्घेÞन्नाङ् चोगु
वाहित्ताङ् चोगु
तागेÞरा माङ्लेÞ
निङ्वा?फु माङ्रेÞ
सिक्कुम् इःत्छिङ्ङाङ्
निङ्वा? इःत्छिङ्ङाङ्
यङ्घङ्मु चोगु
वारक्मु चोगु
कोइमु चोगु
चङ्फाङ्मु चोगु
ताबुमु चोगु
सिङ्लाआङ् चोगु
इक्सा मेÞघेम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
ङासाआङ् चोगु
सिक्चोहा? केःत्तु
था?बात्ताङ् केःत्तु
थक्साःहा? केःत्तु
पुसाहा? केःत्तुसि
इक्सा मेÞघेÞम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
पोरोक्बिाल्लेÞ
यम्भामिबाल्लेÞ
सिक्कुम् तायेÞरो
निङ्वा? तायेÞरो
मेÞन्छाम् मेÞएग
याप्मि मेÞएग
इक्सा मेÞघेÞम्दुन्
खाम्बेःक् मेÞघेÞम्दुन्
तागेÞलामेÞल्लेÞ
निङ्वा?फुमेÞल्लेÞ
सिक्कुम्मु इसिक्
निङ्वा?ए इसिक्
पोरोक्मिबारेÞ
यम्भामिबारेÞ
मेÞयाम्सो साधिक्
मेÞन्छिम्ना साधिक्
साम्याङ्वा अम्लेÞङ्
युप्पावा फरेÞङ्
चइःत्ते चोगु
कुबे चोगुसाङ
नावा मेबोःक्खेÞन्
चइत् मेÞबोःक्खेÞन्
सिक्कुम्मे मयेÞ
निङ्वा?रक् मयेÞ
       याम्मो, तागेरा इसिक्
निङ्वा?फु इसिक्
ला खाप्पुमा ग
नाम् खाप्पुमा ग
पेÞबङ् फेÞेत्तुआङ्
हुक्सो तारुआङ्
इक्सा ए खाम्नु
खाम्बेःक्मा खाम्नु
वाहिसोमानु
सेःक्तक्सु च्वाःत्नु
पाङ्घेन्दिङ् च्वाःत्नु
मेÞन्छाम् चइःत्
याप्मि ए चइःत्
हुक्सोमु चोगु
ताङेÞमु चोगु
        हÞेक्क्याङ, साङ्गुमु केःत्तु
सक्मामु केःत्तु
आर, हाः हाः मेÞत्तुरो
हुः हुः मेÞत्तुरो
पेÞलि साःत्तुरो
पाःल्ला साःत्तुरो
मेÞन्छाम्माङ् सारेÞ
नाम्याप्मि सारेÞ
हाः हाः ल?रिक्लो
हुः हुः ल?रिक्लो
पेलि नोःक्तुबेÞ
पाःल्ला नोःक्तुबेÞ
        अक्खेरिक, नावा पोःक्सेÞरो
चइत् पोःक्खेÞरो ।

       ५. वालिहाङ् मुन्धुम्
    (वालिहाङ्को मुन्धुम्)
 ए ! आल्ल आम्बि
तागÞेरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
मुइङ् इसिक्
मेÞन्छाम् याप्मि
सिक्कुम् निङ्वा?
चाःप्पा पोःक्सेÞ
मेÞन्छाम् साःहा?
इक्सा खाम्बेःक्
लाजे? सिङ्बुङ्
तक्नु वामा
थक्सा पुसा
कत्नु वामा
चासे? फुङ्से?
चानु वामा
मुइङ् इसिक्
लाजे? युक्फो
तक्इ वाःम्ओ
हाङ्थिम् पोःक्सेÞ
हाङ्थिम् इसिक्
नेवाःलाबा
हाङ्युक्नाओ
सावा येÞत्हाङ्
किरात हाङ्मु
कुनो मिङ्ग
वालिहाङ्मु
सिक्कुम् निङ्वा?
चाःप्पा साबा
युक्फो सारेÞन्
मिम्जि? साबा
सेवा साबा
वयेÞमुबेÞ
वा?इ पेःक्मो
थिक्येÞन् खुनेÞ?
सेÞप्माङ् चेÞङ्नु
मुइङ् इसिक्
हाङ्युक्नाओ
कुयाम् तुगेÞ
मिन्दे पोःक्सेÞ
हÞेक्केल्लेÞसा?
लाजे? साहा?
योभो साहा?
मेÞरिङ् चोःक्इ
सेÞन्दिक् लेÞन्दिक्
सेÞमि हाःन्नु
वाजिरि नु
फुङ्जिरि नु
सेवा चोःक्इ
मुइ नाःक्इ
मेÞयुङ्ङÞेमु
तागÞेरा माङ्लेÞ
निङ्वा?फु माङ्लेÞ
लाजे? सारेÞन्
सेवा तेÞम्नु
वालिहाङ्ङिन्
मिक्कि फुङ्वा
हिङ्मन् पिरु
आल्ल खुनेÞ?
कुयाम् नुरेÞ
कुसिक् नुरेÞ
हेÞक्याङ् खेÞ?यो
वालिहाङ्रेÞ
लाजे? साहा?
योभो साहा?
मेरिङ् चोःक्नु
सेÞन्दिक् लेÞन्दिक्
निङ्वा? लोइः
सेवा चोःक्इः
मेÞयुङ्इभाङ्
तेÞअङ्सिरेÞ
कुनो मुइ
पि?सेÞ फा?आङ्
लाजे? कब्रिङ्
केÞरेÞक् पिसाङ्
लाजे? साहा?
योभो साहा?
इङ्भन् चोःक्सेÞ
पाङ्सुसिमु
आम्बि क?यो
आनिगेÞआङ्
वालिहाङ्लेÞन्
कुनो मुइङ्
इङ्घङ् सÞेनु
लाःङ्नु पिन्नु
लारिङ्गेÞत् नु
नाम्लिङ्गेÞत् चाःत्नु
ताःम्नाबारो
आम्बि आर
क?यो आनि?
लाजे? लुम्ओ
हाङ्जोक् थिम्ओ
हाङ्जोक् थिम्सा
लाजे?साओ
योभो साओ
नुमा तामा
हाङ्जोक् थिम्रेÞन्
कुलिङ्धोनु
कुसाङ् लमा
आनि? लाजेÞन्
चुम्भोदिङ्बा
हक्चुम्मिबा
योभोधिम्नु
साम्खासेक्नु
सुवाङ्गेÞन्बा
इःत्यङ् खाम्घु
चोःक्मा वारो
आनि? लाजे?
आनि? लाघो
कोःप्मा वारो
आनि? थिङ्गा
आनि? निसुम्
हक्मा? वारो
आनि? चोःत्लुङ्
माङ्गेÞन्ना? लुङ्धुङ्
फोःङ्मा? वारो
आम्बि, हÞेक्केल्लेÞसा
सिक्कुम् तङ्नु
निङ्वा? तङ्नु
थिक्हुप् पोङ्नु
फा?भा उङ्उङ्
थक्साङ् चोःक्नु
वालिहाङ्लेÞन्
नोयाःम्बक् इःत्नु
मालाजे?रेÞन्
ताङ्सेÞःप् चोःक्नु
माबाःन् पाःत्नु
माराम् नाःत्नु
तगि पोमा
पेÞलि चोःक्नु
पाःन्जाङ् चोःक्नु
मुन्धुम् हाबेःक्
चेÞङ्मारेÞआ
साङ्गु पु?रेÞ
सक्मा पुÞ?रेÞ
आल्ल सप्फा
नासिङ् चोगि
नासिङ् युङ्मा
सेवा चोगि
तियाहा
तियाहा ।।

       ६. नोमुइ मुन्धुम्
    (शुभाशिष मुन्धुम्)
आम्बि चुम्से
अक्खेÞ ल?रिक्
आनि? क?यो
तुत्तुगेÞन् ग
तुम्म्याहाङ् लुम्ओ
लोक्फा ताङ्लेÞ
सिङ्घिम् ताङ्लेÞ
लक्लुम्मोओ
वालिहाङ्लेÞन्
सावा मुइङ्
इङ्घङ् हानु
आदेÞइल्लेÞ
सिङ्खिम् ताङ्लेÞ
आनि?लेÞप्माङ्
आबुदिङ्ग
लुङ्मा? तुक्मो
इनोगेÞन्ग
तुक्खे निःम्ओ
इक्सादिङ्ग
खाम्बेःक् चङ्धो
साम्म्याङ् युप्पा
फएत् चङ्धो
तुम्दुम्सेरि
कुइङ् थाम्नु
वाजिरिनु
फुङ्जिरिनु
लासेÞमिनु
नाम्सेÞमिनु
सुम्बोहुक्वा
मेÞदोःन्दुरो
हुक्वा लाङ्वा
खेÞम्सिङ् यारेÞ
हेÞक्याङ् याङ्मु
आनि? लाम्नु
हाङ्वा माङ्वा
नाःक्सेÞ फाङ्मु
साम्म्याङ् पःत्थाङ्
तेÞरेÞप् नेÞनु
युप्पा पत्थाङ्
तोःन्दु नेÞस्सु
आल्ल क?यो
मुइङसाहा?
सिक्कुम् निङ्वा?
फक्तुङ् तङ्नु
इक्सा खाम्बेःक्
तरक् ताङ्साङ्
माङ्हाङ् केरेÞक्
निसा युङ्नु
वालिहाङ्रेÞन्
मुन्धुम् इसिक्
माङ्वा हाङ्वा
थामा तगि
उन्छोन् क?यो
लोःक्फा ताङ्लेÞ
सुयुमारेÞ
ताक्थेÞबारेÞ
हिङ्मन् हिङ्मो
हाङ्थिम् चोःक्मो
खाजोङ् चोःक्मो
लाजे? सिङ्बुङ्
कुन्धे हाःम्ओ
खुन्छि? लुम्ओ
मेÞन्नु? मेÞन्दा
पोङ्ल फा?आङ्
साक्मुरा लुङ्हि
मेÞमेÞत्छिङ्ङाङ्
वयेÞसाङ्आ
खेÞन्हा? केÞरेÞक्
माङ् पाःत्चारेÞ
तिबे लाबे
नाम्सिङ् पेःक्ल
फुङ्वाइनु
हुक्—लाङ्सोरेÞ
पइक् मेÞत्तुम्
सिएःप् एःप्तुम्
हेÞक्याङ् आल्ल
इक्वा हन्नु
कुझुङ् तेÞत्ला
तुम्दुम्सेरि—नु
माङ्वा हाङ्वा
पिरुम्सिम्लो !
लोःक्फा ताङ्ओ
हुक्वा ताङ्ओ
नुमा तामा
पोमा थेÞप्मा
चोःक्मा चामा
माङ्वा हाङ्वा
पिरुम्सिम्लो !
सिक्कुम् निङ्वा?
मुक्साम् निसाम्
इःत्छिङ्साम् मुइ
माङ्वा हाङ्वा
पिरुम्सिम्लो
हुक्वा ताङ्लेÞ
मेÞइःत्तुबा
मेसाप्तुबा
मेÞजोगुबा
मेÞबाःत्तुबा
केÞरेÞक् याःम्बक्
कुलिङ्धोनु
कुसुम् कÞेत्ल
नाहेÞन् मिक्सेन्
मेÞधानेÞन्ल?
लेÞत्छाम् फुङ्साम्
मेÞन्दोःक्नेÞन्लः
सुगुत् फाङ्बात्
मेÞन्दुम्नेÞन्लः
सोघा मुरिÞङ्
मेÞन्बोःङ्नेÞन्लः
माङ्वा हाङ्वा
पिरुम्सिम्लो !

हेक्याङ् याङ्मु
चाधाङ् पोर
या?धाङ् पोर
थक्सा पुसा
मेÞबोःन्लरो
साम्म्याङ्वा ग
अम्लेÞङ् तार
युप्पावाग
सेÞल्लेÞङ् तार
याङ्सा कुन्धे
एÞत्लेÞङ् तार
साम्माङ् सःत्ल
कुमाङ् सःत्ल
मिन्दे मार
तुक्मा मार
सेसे वामा
साङ्साङ् वामा
हाङ्हाङ् ल?मा
इङ्नाम् नुमा
मिङ्सो नुमा
ताङ्सो नुमा
माङ्वा हाङ्वा
पिरुम्सिम्लो
वालिहाङ्रेÞन्
हिङ्मन् इसिक्
मुइ ताङ्रेÞन्
इङघङ् इसिक्
माङ्वा हाङ्वा
थाए थार
माङ्वा थोःक्ल
हाङ्वा थोःक्ल
पिरुम्सिम्लो
था?रुम्सिम्लो

      ७. सेम्मुइ मुन्धुम्
      (विदाइ मुन्धुम्)
 ए, आल्ल ग आम्बि
वालिहाङ्लेÞन्
मुइङ् सेÞमा
यरिक् वाल्लेÞ
पाङ्भे? योसो
कम्मा पेःक्मा
माःङ्घा वाल्लेÞ
आल्ल क?यो
मेÞल्लेÞ मेÞन्दा
मुन्धुम् चेÞङ्मा
हाबेःक् चेÞङ्मा
सोसोत् चोःक्मा
सराङ् चोःक्मा
कुबे लुक्सुम्
मुन्धुम् हाबेःक्
पेःन्देÞसाङ्ङा
लुङ्मा? तुक्मा
लेÞप्मि पि?मा
पेलि फाक्नु
याम्मु तुम्मा
माङ्हुप् चोःक्नु
वालिहाङ्रÞेन्
नो तङ्नाम्रेÞन्
नोइःत्छोनु
सेÞम्मुइरेÞन्
सेवा चोगि
तियाहा ।
तियाहा ।।



नोटः
यो देउसी (लारिङ्गेक्÷नाम्लिङ्गेक्) मुन्धम्सँगै बिहानपछि दिउँसो भए ‘नाम्लिङ्गेक्’ र साँझपछि बेलुकी भए लारिङ्गेक् भन्ने चलन छ ।

मूल स्रोतः
याप्मि, मेन्निसाम । २०६७ । वालिहाङ् तियाहा तङ्नाम तेअङ्सिरेÞ लारिङ्गेत्–नाम्लिङ्गेत् मुन्धुम । पालाम मासिक वर्ष ५, अङ्क २÷३ पूर्णाङ्क २० । सम्पादक÷प्रकाशक डीबी आङ्बुङ ।
यो यसको सम्पादित अङ्श हो ।

सन्दर्भ ग्रन्थहरूः
काइँला, बैरागी । २०६० । चइःत् मुन्धुम (सृष्टि वर्णन) । लिम्बू साहित्य विकास संस्था, काठमाडौं
चेम्जोङ, इमानसिंह । २०१८ । किरात मुन्धुम् (किरातको वेद) ।
चेम्जोङ, इमानसिंह । सन् १९८५ । बलिहाङ तङ्नाम मुन्धुम (?) ः लिम्बु भाषामा लिखित किरात मुन्धुमको देवसी–भैलो पुस्तिका । दार्जिलिङः अखिल भारतीय किरात चुम्लुङ एशोसिएसन सभा ।
फोपाहाङ, दुर्गाप्रसाद । २०५१ । नावा चइत् मुन्धुम (सृष्टिको आख्यान) । मञ्जुल याक्थुम्बा, ललितपुर
योङ्हाङ, नरबहादुर । २०५३ । वालिहाङ तङ्नाम् लारिङ्गे (वालिहाङ उत्सव–देउसी) ।
सिरेङ चोङ्बाङ, रनधोज । २०६५ । बलिहाङ तङ्नाम् लारिङ्गेक् नाम्लिङ्गेक् मुन्धुम । नेपालः राष्ट्रिय अन्तर्राष्ट्रिय सिरेङ चोङ्बाङ सयङ् सङ्चुम्भो संघ ।
सेरेङ, सेसेमी । २०५६ । वाली तङ्नाम । सेरेङहाङ् सेसेमी नाल्बो (लिम्बू)
मादेन, जसहाङ । २०४१। देउसी–भैलो (लारिङ्गेक् नाम्रिङ्गेक् । पनोगेÞन् नोबा तेÞत्लागेÞन लाचोङ नेÞत्निङ्ला ताआःर पत्ता पृष्ठ २५–२८ । अखिल भारतीय किरात (याक्थुङ) चुम्लुङ सभा ।
मादेन, येइङ्सा । सन् १९७९ । किरात मुन्धुम लिम्बू भाषाद्वारा देउसी–भैलो पुस्तिका । दार्जिलिङ ः किरात याक्थुङ सोङचुम्फो ।
किरात साम्जिक मुन्धुम् (लक् १–८) । २०६४। किरात चोःत्लुङ अङ्सि माङ्गेन्ना सेवा चाःेत्लुङ पाःन्जुम्भो र किरात साम्यो माङ्सेवासाबा मुजोःत्लुङ पाःन्जुम्भो,  बाँझो ९, माङ्सेबुङ्, इलाम् ।


वालिहाङ् तियाहा तङ्नाम तेÞअङ्सीरेÞ
सेÞम्मुइ केसाम् साम्लो
(कुसरक्पा केलाङ्)
—दिबी आङ्बुङ्‘मेÞन्नीसाम् याप्मी’
तुत्तुगेÞन् तुम्म्याङ् आदाङ्बासे,          
याक्लागेÞन् सुहाङ् हीम्दाङ्मासे
सरलै सर्, सरलै सर् ।।

लोक्फागेÞन् सीङ्घीम् लक्खुम्मोओ,
तुम्म्याङ् नु सुहाङ्मा लक्लुम्मो ।।
सरलै सर्, सरलै सर् ।।

तङ्बेबा तङ्नाम् तीक्नु ताम्नाङ्,
वालीहाङ् तङ्नाम् इत्नु ताम्नाङ्
सरलै सर्, सरलै सर् ।।

के मुङ्नु लाङ्नु मुन्धुम् चेÞङ्नु,
वालीङ्हाङ् मुइङ् इङ्घङ् चेÞङ्नु ।।
सरलै सर्, सरलै सर् ।।

लारीङ्घेÞ पात्नु नाम्लीङ् चाप्नाङ्
वालीहाङ् मुइङ् इङ्घङ् पाप्नाङ् ।।
सरलै सर्, सरलै सर् ।।

सेÞम्मुइ नाक्नु लेÞप्मी नाक्नु,
सेवाए मनु हुक्सो फाक्नु ।।
सरलै सर्, सरलै सर् ।।

वालीहाङ् तङ्नाम् पेबारो ए,
सेÞम्मुइ नाक्नु सेवारो ए ।।
सरलै सर्, सरलै सर् ।।

Thursday, October 6, 2016

कुरा याक्थुङ [लिम्बु] पत्रकारिताको

अमर तुम्याहाङ
१. विषय प्रवेश
हामी थरिथरिका दैनिक, साप्ताकिह, पाक्षिक, मासिक आदि पत्रपत्रिका दिनानुदिन पढिरहेका हुन्छौं । ती पत्रिकाहरू लिम्बू, खस, नेवारी, मैथिल, भोजपुरी, अंग्रेजी आदि राष्ट्रिय वा अन्तर्राष्ट्रिय भाषामा प्रकाशित भइरहेको हामीलाई थाहा भएकै कुरा हो । यी पत्रिकाले हामीलाई केही न केही नयाँ खबर, समाचार, दृष्टिकोण र सूचना वा जानकारी, मनोरञ्जन प्रदान गरिरहेकै हुन्छन् । आर्को शब्दमा समाचार, दृष्टिकोण र सूचना वा जानकारी (News, Views and Information) मात्र हैन मनोरञ्जन पनि हामी पत्रपत्रिकामार्फत् पाइरहेका हुन्छौं । समयक्रमसँगै पत्रकारिता व्यवस्थित रुपमा अगाडि बढेको पाइन्छ । सञ्चारको एक अंगको रुपमा पत्रकारितालाई लिइन्छ । सञ्चार वर्तमान युगको मानिसको आवश्यताभित्र पर्छ । यसको विकास अनिवार्य र अपरिहार्य छ । पत्रकारिताको विकास र व्यवसायिकरण अन्य भाषाको पत्रकारितामा जस्तै लिम्बू भाषाको पत्रकारितामा पनि त्यतिकै आवश्यक छ । यहाँ लिम्बू भाषाको पत्रकारिता वा लिम्बू–नेपाली पत्रकारिताको इतिहास, विकासक्रम, उपलब्धि, समस्या आदि पक्षमा चर्चा गरिने छ । 

२. पत्रकारिताको पचिय
पत्रकारिताको अंग्रेजी पदावली Journalism हो । Journalism शब्द फ्रेन्च भाषाको डे जुर (De Jour) बाट आएको मानिन्छ । ‘डे. जुर’को अर्थ ‘दिनको’ अर्थात् ‘दिनभरको घटना’ हो । यही ‘डे जुर’ शब्दबाट व्यगचलब िवा पत्रपत्रिका र पत्रपत्रिका सम्बन्धी अध्ययन गर्ने विधालाई व्यगचलबष्किm वा पत्रकारिता हो भन्ने धारण रहेको पाइन्छ । पत्रकारिता सम्बन्धी केही परिभाषाहरूको अध्ययनले हामीलाई ‘पत्रकारिता’ शब्दबारे बुझ्न सहयोग गर्ने नै छ । 
‘पत्रकारिता’ नेपाली बृहत् शब्दकोशको आधारमा ‘...पत्रपत्रिका सम्बन्धी धन्दा वा क्रियाकलाप’ हो । पत्रकारिता बारेमा विजय चालिसे लेख्छन्, ‘पत्रपत्रिका भन्नाले आमसञ्चार माध्यमका समाचार(विचार संकलन, लेखन, संयोजन वा तयारी र सञ्चारका सूचना उत्पादन, संशोधन र प्रशोधन प्रक्रियासूग सम्बद्ध क्रियाकलाप मात्र बुझिन्छ ।’ आक्सफोर्ड डिक्सनरीमा पत्रकारिताबारे लेखिएको छ M Journalism... the work of collecting, writting and publishing materials in newspaper and magazines or on television and radio' यो परिभाषाले समाचार/सामग्रीको संकलन, लेखन र पत्रपत्रिकामा प्रकाशन वा टीभी र रेडियोमा प्रसारण गर्ने कार्य नै पत्रकारिता हो भन्ने बुझिन्छ। 

यसरी नै वेबस्टरले थर्ड इन्टरनेश्नल डिक्सनरीमा  पत्रकारिताको परिभाषा यसरी दिएका छ M 'Journalism... collection and edition of materials of current interest for presentation, publication or broadcast...' प्रस्तुति, प्रकाशन वा प्रसारणको लागि रोचक एवम् समसामयिक समाचारसामग्रीको संकलन तथा सम्पादन पत्रकारिता हो। 
यी परिभाषाहरूमध्ये अक्सफोर्ड डिक्सनरीको परिभाषा व्यापक भए पनि वेबस्टरको डिक्सनरीको परिभाषा बढी स्पष्ट छ । यसले समसामयिकता र मानवीय तृष्णागत इच्छालाई बढी जोड दिएको छ । पत्रकारिता भन्ने वित्तिकै अखबारसम्बन्धी काम मात्र नभई प्रसारण सम्बन्धी काम पनि पर्ने कुरा स्पष्ट छ । 

लिम्बू–नेपाली पत्रकारिताको सवालमा यहाू खबरपत्रिका वा मुद्रण पत्रकारिता, श्रव्यदृष्य वा प्रसारण पत्रकारिता र ई–पत्रकारिता विषयको अधारमा छलफल गरिने छ । 

३. लिम्बू–नेपली पत्रकारिताको इतिहास 
लिम्बू–नेपाली पत्रकारितको इतिहासलाई पूर्वाधार र प्रामाणिक इतिहास गरी दुई भागमा विभाजन गरी प्रस्तुत गरिएको छ । 

३.१ पूर्वाधार : लिपिको आविष्कार पूर्व मानिसहरू खबर आदानप्रदान गर्न मानिस नै  हुलाकी वा हल्काराको रुपमा प्रयोग हुन्थे । सभ्यताको विकासक्रममा लिपिको आविष्कार भयो । त्यसपछि त खवरसमाचार मूलतः सामन्त, राजा, महाराजाले ताडपत्र वा कपडा वा कागजमा लेखी हल्कारा वा चरा वा जनावरको माध्यमबाट पु¥याउने र ल्याउने गरिएको कथाकुथुङग्रीबाट थाहा हुन्छ । तुरुन्त खबर दिनको लागि झ्याली पिट्ने प्रचलन पूर्वीय मुलुकमा प्रचलित थियो । 

लिम्बू समुदायमा सञ्चार वा खबर आदानप्रदान गर्ने माध्यमको रुपमा नेग्रा बजाउने, बन्दुक पडकाउने, घरघरमा गएर खबर भन्ने वा सबैले देख्ने/सुन्ने ठाउँमा गई कराएर जानकारी दिने चलन मूलतः गाउँघरमा पहिलेदेखि चलिआएको र अद्यापि कायम रहेको छ । 

सामाजिक संरचना जटिल बन्दै गएपछि घटनापरिघटनाहरू पनि बढी नै घट्न थाले । त्यससम्बन्धी जानकारी सबैमा पु¥याउने उद्देश्यले नै पत्रकारिताको शुरुआत मुद्रणको विकास हुनुपूर्व नै हातले लेखेर आरम्भ भएको थियो भन्नुमा अत्तियुक्ति हुँदैन । तर पनि गटेनवर्गले सन् १४५४/५५ तिर आविष्कार गरेको छापाखानाको विकसित पछिल्लो पुस्ताको छापाखानाबाट सन् १६६५ मा पहिलो अंग्रेजी अखबारको रुपमा अक्सफोर्ड गजेटको प्रकाशनले पत्रकारिताको श्रीगणेश ग¥यो । नेपालको सन्दर्भमा राज्यबाट प्रकाशित गजेटहरू पत्रकारिताको माउ मान्न नसकिने हैन । तर पनि ‘गोरखा भारत जीवन’ पत्रिकाको प्रकाशनसँगै खस(नेपाली भाषाको पत्रकारिता आरम्भ भयो । यही खस–नेपाली पत्रकारितालाई पछ्याउँदै अन्य मातृभाषाको पत्रकारिता शुरु भएको मान्न सकिन्छ । तर खस–नेपाली भाषाको पत्रकारिताको इतिहास पनि त्यति लामो छैन । खस–भाषाको पत्रकारिता फस्टाउनुको कारण यो भाषाले राष्ट्रभाषाको मान्यता पाउनु र राष्ट्रभाषाको रुपमा सम्मानित हुनुले हो भने अन्य मातृभाषाहरू यो अवसरबाट वञ्चित हुनुले ती भाषामा पत्रकारिता विकास नभएको हो । तर समयक्रममा पत्रकारिता लिम्बू भाषा लगायत अन्य मातृभाषामा पनि पत्रपत्रिका प्रकाशित हुन थाले, पत्रकारहरू जन्मन थाले । 

३.२ प्रामाणिक इतिहास
लिम्बू भाषाको पत्रकारिता अर्थात् लिम्बू–नेपाली पत्रकारिताको प्रामाणिक इतिहासको चर्चा गर्दा यसलाई मुद्रण माध्यमको पत्रकारिता, प्रसारण माध्यमको पत्रकारिता र ई(माध्यमको पत्रकारिता गरी तीन खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ । 

३.२.१ मुद्रणमाध्यमको पत्रकारिता (Journalism of Print Media)
खस–नेपाली भाषाको पत्रकारिता सन् १८६८ मा ‘गोरखा भारत जीवन’ पत्रिकाबाट शुरु भएको मानिन्छ । भुवन केसीको मतमा बि.सं. १९५५ को ‘सुधासागर’को प्रकाशनबाट खस–नेपाली पत्रकारिता शुरु भएको भए पनि वि.सं. १९५८ देखि नेपालभित्र ‘गोरखापत्र’को प्रकाशन शुरु भएपछि खासमा खस (नेपाली पत्रकारिताको भरपर्दो शुरुवात भएको मान्न सकिन्छ । 

लिम्बू–नेपालीको पत्रकारिता भने खस–नेपाली पत्रकारिताभन्दा एक शताव्दी कान्छो देखिएको छ । सन् १९६७ मा विरही काइँलाले प्रकाशित गरेको ‘कोम’ नामको हस्तलिखित पत्रिकालाई लिम्बू भाषाको पत्रकारिताको शुरुआत विन्दू मानिन्छ । तर लिम्बू–नेपाली पत्रकार एवम् साहित्यकार पुष्प थाम्सुहाङ ‘कोम’लाई प्रथम लिम्बू पत्रिका मान्न तयार छैनन् । यसलाई समयले पुष्टि एवम् पुनःपुष्टि गर्ने नै छ । यसरी नै वि.सं. २०२६ मा आसमान सुब्बाको सम्पादकत्वमा काठामाडौंबाट प्रकाशित ‘सकइङघङ’, सन् १९७२ देखि दार्जिलिङबाट पुष्प थाम्सुहाङले निकालेको ‘सिरिजंगा’ (१८अंक), सिक्किम लिङचोमबाट सन् १९७४ मा बीबी मुरिङला र चन्द्र माङयुङले निकाल्लेको ‘तुमदुमदो. हेना’, वि.सं. २०३० देखि रणबहादुर मेयाङबो र देवेन्द्र कन्दङवाले सम्पादन गरेको ‘थोक्ला’ हुूदै लिम्बू पत्रकारिताको विकासक्रम अगाडि बढेको छ । 

‘नोबा इङघङ’ (सन् १९७८), सेक्मारी (सन् १९८०), पेली (सन् १९८१), लिङनामफुङ (१९८१), सिरिजंगा (सन् १९८२), आनी लक्खुम (१९८२), साक्थिमसुङ (सन् १९८३), मारोतीफुङ(१९८३), फुङइक (१९८३), तोःजी (१९८३), सुम्बुगेन् हुक्वा (सन् १९८४), तिजो (१९८४), चुक्सादिङ सेवा (१९८४), तानाम (सन् १९८५), नादङ (सन् १९८६), इङत्नासुङ (सन् १९८७), मुइनाम(१९८७), निङसाङ (१९८७), तुम्मुई(१९८७), मेरिङ (सन् १९८८), उवाउन्निङ (१९८८), लामधान (१९८८), फुङवानाम्बा (१९८८), नाम्साङ (१९८८), फुङइक (१९८८), आनी फुङइक (१९८८), सिक्किम हेराल्ड (सन् १९८९), याक्थुङ सक्पेवा (सन् १९९०), सङसेमी (१९९१), हिमालयन आदि लिम्बू पत्रिकाहरूको पनि लिम्बू पत्रकारिताको विकासमा ठूलो योगदान छ । यी पत्रिकाहरूको लिम्बू–नेपाली पत्रकारिताकोे विकासमा ठूलो योगदान छ । उल्लेखित पत्रिकाहरू सिरिजंगा (सन् १९८२) र हिमालयन पश्चिम वंगाल अर्थात् दार्जिलिङबाट प्रकाशित भएका हुन् भने बाँकी सबै सिक्किमबाट प्रकाशित भएका हुन् । 
सिरिजंगा(वि.सं. २०५१), याक्थुङ साप्सक नु साक्थिम (२०५१), तान्छोप्पा (वि.सं. २०५२), सुम्हात्लुङ(वि.सं. २०५६), लाम (वि.सं. २०५७), सेहोनाम्लाङ (२०५७), लराङसेरी (२०५७), किरात चेली(वि.सं. २०५८), चुम्लुङ बुलेटिन (वि.सं. २०५९), सेमी फक्ताङलुङ (वि.सं. २०६०), याक्थुङवा, थाङसाङ, हिन्जा, मुन्धुम, तङसिङ, लुङा आदि पत्रिका नेपालबाट प्रकाशित पत्रिकाहरू हुन् भने सेक्मारी/सेक्मुरी (कियाचु हङकङ) हङकङबाट प्रकाशित लिम्बू (नेपाली पत्रिका हो ।

यी पत्रिकाहरूमध्ये याक्थुङबा, सिक्किम हेराल्ड, हिन्जा(बालपत्रिका), थाङसाङ(साहित्यिक) फुङ पूर्ण रुपमा लिम्बू भाषामा प्रकाशित पत्रिकाहरू हुन् । दर्ताको हिसावले तान्छोप्पा साप्ताहिक प्रथम दर्ता (ल.पु.जि.प्र.का.द.नं. १५०/२०५३/५४) भएको पत्रिका हो भने यसपछि लाम ( ल.पु.जि.प्र.का.द.नं. १९५/२०५६/५७), सिक्किम हेराल्ड दर्ता (Regd. No. WB/SKM/1/2000) र याक्थुङबा (दर्ता मिति अज्ञात) भई प्रकाशित भएका पत्रिका हुन् । तान्छोप्पा, सिक्किम हेराल्ड, चुम्लुङ बुलेटिन(अंग्रेजी), थाङसाङ, सुम्हालुङ, लुङा, हिमालयन मात्र निरन्तर रुपमा प्रकाशित भइरहेको पाइएका छन्।

२०६४ साल साउन २४ गते विश्व आदिवासी दिवसको उपलक्ष्यमा गोरखापत्रद्वारा पहिलो पटक बहुभाषिक पेज प्रकाशन गरेको थियो र पछि २०६४ असोज १ गतेदेखि ‘समावेशीकरणका दिशामा एउटा फड्को’ नारासहित गोरखापत्र नयाँ नेपाल याक्थुङ पाःन् (लिम्बु भाषा) पृष्ठ आजतक निरन्तर प्रकाशन भइआएको छ । यसरी नै २०६८ देखि वार्षिक रुपमा फक्ताङलुङ साहित्यिक पत्रिका नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिआएको छ । 

३.२.२ प्रसारण माध्यमको पत्रकारिता (Journalism of Broadcast Medium)
रेडियो र दुरदर्शन या टेलिभिजनबाट संकेतहरू पठाएर समाचार(सामग्री सम्प्रेषण गरी गरिने पत्रकारिताको कार्यव्यवहारलाई प्रसारण माध्यमको पत्रकारिता भनिन्छ । ३ अप्रिल १९८३ देखि आकाशवाणीको गान्तोक केन्द्रले हप्तामा दुई पटक लिम्बू भाषामा कार्यक्रम प्रसारण गर्न थालेपछि औपचारिक रुपमा लिम्बू भाषामा प्रसारण माध्यमको पत्रकारिता आरम्भ भयो । वि.सं. २०५१ साल भदौ गतेदेखि रेडियो नेपाल सिंहदरवारबाट दैनिक समाचार प्रसारण हुन थालेपछि नेपालमा पनि यसका औपचारिक आरम्भ भएको हो ।  रेडियो नेपाल सिंहदरवारबाट समाचार प्रसारणको क्रम २०५३ साल चैत्र १९ गते सम्म कायम रहेको थियो । त्यसपछि लिम्बू भाषाको सो कार्यक्रम रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाबाट २०५३ साल चैत्र २० तगेदेखि प्रसार हुन थाल्यो तर समाचारमात्र प्रसारण हुूदै आएको थियो । २०५४ साल असार पहिलो हप्ताको विहिबारदेखि ‘नुनाम्फुङ’ नामक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुदै आएको छ । २०५९ साल असार ७ गतेदेखि किरात याक्थुङ चुम्लुङले काठमाडौं उपत्यकामा एचवीसी एफएम र असार १८ गते मंगलबारदेखि लिम्बूवानको इटहरीमा सप्तकोशी एफएमबाट लिम्बू भाषाको कार्यक्रम प्रसारण गरिहेको छ । दुःखको कुरो अझैसम्म टेलिभिजनमा लिम्बू पत्रकारिताको पहुँच पुग्न सकेको छैन । 



३.२.३ ईलेक्ट्रोनिक माध्यमको पत्रकारिता (Journalism of Electronic Medium)
वि.सं. २०५९ साल भदौ २६ गतेदेखि किरात याक्थुङ चुम्लुङले चुम्लुङसँग सम्बन्धित मूलतः समाचार सम्प्रेषणका लागि www.chumlung.org.np नामक वेभसाइट तयार गरी वरिष्ठ लिम्बू साहित्यकार पदमसिंह मुरिङलाबाट उद्घाटन गराइएको घटनालाई ई–पत्रकारितको औपचारिक शुरुवात मानिन्छ । 

खस–नेपाली भाषाको पत्रकारितामा लागेर व्यावसायिक रुपमा कार्यरत लिम्बू पत्रकारहरूमा हर्ष सुब्बा, सगुन लावती, रोशना सुब्बा, रम्यता लिम्बू, प्रदीप मेन्याङवो, राजकुमार दिक्पाल, रीता लिम्बू, भैरव आङला, अइन्द्रसुन्दर नेम्बाङ आदिको नाम लिन सकिन्छ । लिम्बू–नेपाली पत्रकारितामा व्यावसायिक रुपमा अगाडि आएका पत्रकारहरूको नाम किटेर भन्न गाह्रो छ । तर पनि एलएम सुब्बा, तिलविक्रम चेम्जोङ, भक्तशेर चेम्जोङ, सेसेमी सेरेङ, अमर तुम्याहाङ आदिको नाम लिनु अत्तिशयोक्ति हुन्न भन्ने लाग्छ । प्रथम लिम्बू पत्रकार को थियो ? यो प्रश्नको जवाफ त्यति सजिलो र सिधा छैन । तर पनि थप तथ्य र प्रमाणहरू उजागर नभएसम्म पत्रिका प्रकाशनको हिसावले लिम्बू पुरुषमा विरही काइँला (कोमका सम्पादक) र महिलामा विष्णु सेत्लिङ (माङ्गेन्ना सुङको सम्पादिका)लाई मान्न सकिन्छ। 

४.उपलब्धिहरू
क. भाषा लिपिको प्रयोगमा विस्तार,
ख. लिम्बू समुदायलाई स्वभाषा, लिपि, धर्म, संस्कृति, भेषभूषा आदिवारेमा जानकारी दिनुका साथै तिनीहरूको संरक्षण, संमबद्र्धंन र विकासको लागि चेतनाको विकास,
ग. लिम्बूहरूको लागि रोजगारीको नयाँ क्षेत्रको निर्माण एवम् रोजगारीको अवसर,
घ. आफ्नो भाषा, लिपि, धर्म, संस्कृति, भेषभूषाको महत्व लिम्बू समुदायमा सञ्चारित हुनु र त्यसप्रति गौरव गर्ने परम्पराको विकास र 
ङ. आफ्नो भाषा, लिपिमा खबरहरू सुन्ने, पढ्ने बानीको विकास ।

५. समस्याहरू
क. मातृभाषाको पत्रकारिताको विकासको लागि राज्यको कुनै नीति नहुनु 
ख. राज्य वा सरकारी अनि गैह्र जनजातिय संघसंस्थाहरूले मातृभाषी पत्रपत्रिकालाई नकारात्मक दृष्टिले हेर्नु, 
ग. सरकारी अनुदान वा विज्ञापन (निजी तथा सरकारी दुवै)बाट बञ्चित हुनु,
घ. लिम्बू खबर पत्रिकाहरू लक्षित समुदायमा नपुग्नु
ङ. रेडियो कार्यक्रमहरू गाउूघरमा राम्ररी नसुनिनु 
च. वेभ(वेभपेज, वेभ पुस्तकालय) सम्बन्धी सामग्रीहरूबाट लिम्बू समुदायको दुईतिहाइभन्दा बढी भाग वञ्चित वा ती सामग्रीहरू उनीहरूको पहुच बाहिर हनु,
छ. लिम्बू भाषाको पत्रकारिताको व्यावसायिकरण नहुनु,
ज. लिम्बू भाषा र लिपिमा अनौपचारिक शिक्षाको अभावले पाठक संंख्यामा कमी 
झ. निजी क्षेत्रबाट लिम्बू भाषाको पत्रकारितामा लगानीको अभाव 
ञ. लिम्बूभाषी पत्रकारहरूले सोही पेशाबाट जीवन धान्न नसक्नु 
ट. आजसम्म एउटा पनि लिम्बू प्रेस स्थापना नहुनु 
ठ. लिम्बू पत्रपत्रिकाको बजार बिस्तार एवम् सञ्जाल निर्माण गर्न नसक्नु 
ड. प्रकाशित पत्रपत्रिकाको निरन्तरता नहुनु 
ढ. लिम्बू पत्रकारहरूले मातृभाषा र लिपिमाभन्दा बढी नेपाली भाषा र देवनागरी लिपिमा पत्रपत्रिका निकाल्नु वा लिम्बू भाषा लिपिमा प्रकाशित पत्रपत्रिका चल्ने कुरामा उनीहरूमा आत्मविश्वास नहुनु
ण. लिम्बू भाषा, लिपि जान्नेहरूको संख्यामा ह्रास हुँदै जानु 
त. आफ्नो भाषा र लिपिप्रति गर्व नहुनु, प्रचारप्रसार नहुनु, चाख नहुनु ।

६. समाधान 
क. मातृभाषामा पत्रकारिताको विकासको लागि श्री ५ को सरकारले नीति निर्माण गर्नुका साथै अनुदान दिनुपर्छ। 
ख. सरकारी एवम् निजीक्षेत्रबाट मातृभाषामा प्रकाशित पत्रपत्रिकालाई विज्ञापन दिने नीति निर्माण गर्नुपर्छ 
ग. प्रकाशित पत्रपत्रिका लक्षित लिम्बू समुदायमा सहजै पुग्न सक्ने व्यवस्था हुनुपर्छ 
घ. लिम्बू पत्रकारिताको विकासको लागि निजी क्षेत्रवाट पनि ठूलो स्केलमा लगानि हुनुपर्छ 
ङ. लिम्बू पत्रकारिताको व्यवसायिकरण गर्नुपर्छ 
च. सबै राष्ट्रिय भाषाका पत्रपत्रिकाप्रति श्री ५ को सरकारको समानुपातिक विकासमा उदार नीति हुनुपर्छ 
छ. हाम्रो काम हामी आफैंले  गर्नुपर्छ, अरुले गरिदिंदैन । अतः लिम्बू युवा पीढीले यसतर्फ विशेष योगदान दिनुपर्छ । 

७. उपसंहार
राज्यको विशेष संरक्षणमा हुर्किरहेको खसनेपाली पत्रकारिता पनि भरखरै मात्र व्यावसायिकतातर्फ प्रवेश गर्दै छ । लिम्बू–नेपाली पत्रकारितामा व्यावसायिकता आउन अझै समयका किनै प्रहरहरू बाँकी छन् । लिम्बू–नेपाली पत्रकारितामा पत्रिकाहरूको निरन्तर प्रकाशन नहुनु ठूलो समस्या भएको छ । मातृभाषा नेपाली पत्रकारिता विकासको लागि सरकारले नयाँ नीति ल्याउनु पर्ने मात्र हैन यस्ता पत्रिकामाथि सधैं शंकाले हेर्ने नकरात्मक दृष्टिकोणमा आमूल परिवर्तन हुनु नितान्त जरुरी छ, विज्ञापन नीतिमा परिवर्तन आउन आवश्यक छ, वहुभाषीय सञ्चारको सिद्धान्तलाई स्वीकार गरी खुला मनले व्यवहारमा लागू गर्न ढिलो भइसकेको छ । यसरी नै लिम्बू पत्रकारहरूमा देखिएको खस–नेपाली पत्रकारिता मोह र लिम्बू–नेपाली पत्रकारिता माथिको संकुचित वा अविश्वासको भावनामा अदलीबदली हुनुपर्छ । लिम्बू–नेपाली पत्रकारिताको यात्रा आरम्भ भइसकेको छ । लिम्बू–नेपाली पत्रकारिताको वर्तमान ज्यादै कठिन र समस्यायुक्त छ तर यसको सुदूरभविष्य उज्वल र सुखद छ ।

सन्दर्भ सामग्री 

  • काइँला, विरही : लिम्बू भाषा र साहित्यको संक्षिप्त इतिहास, प्रथम संस्करण (२०४९ भदौ, नेराप्रप्र, कमलादी, काठमाडौं । 
  • काइँला, वैरागी : लिम्बू ग्रन्थ सूची, प्रथम संस्करण–२०४९ पौस, नेराप्रप्र, कमलादी, काठमाडौं ।
  • केसी, भुवन : आमसञ्चारमा नयाू पुस्ता, राजधानी दैनिक, वर्ष ३, अंक ५७, विहिबार १५ साउन, २०६०। 
  • चालिसे, विजय : समाचार संकलन तथा सम्पादन, आमसञ्चारका विविध पक्ष, खण्ड ख, २०५७ माघ, सृष्टि प्रकाशन, चावहिल काठमाडौं। 
  • मेयसनीय, पौलदे : यो समाचार हो, रोडियो समाचार निर्देशिका, मोर्डन पब्लिसर्स एण्ड डिस्टिव्युटर्स(प्रा), काठमाडौं। 
  • नेपाली बृहत् शब्दकोश : पाँचौं संस्करण(२०५८, नेराप्रप्र, कमलादी, काठमाडौं ।
  • लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश : परिवद्र्धित तथा परिमार्जित संस्करण–२०५९, नेराप्रप्र, कमलादी, काठमाडौं ।
  • लिम्बू भाषामा सञ्चालित रेडियो कार्यक्रमहरू सुनौं(२०५९) : पर्चा, किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय, महालक्ष्मीस्थान, ललितपुर ।  
  • Hornby, AS: Oxford Advanced Learners Dictionary, 5th edition, Oxforf University Press.
  • Pandit, NC : Modern Journalism Principlses and Practice .
  • Webster M Third International Dictionary.


ताःन्छोप्पा, वर्ष ९, अङ्क ७ विहिवार, १७  असार  २०६१ ९ (1 July 2004)  पेज ५ र ६ । 

Wednesday, October 5, 2016

दसैँसँग याक्थुङ जातिको के साइनो लाग्छ ?

-प्राज्ञ अमर तुम्याहाङ [Amar Tumyahang]

• चाड भनेको के हो ?
चाडको कुरा आउनेवितिकै प्रायः सबैले आफ्नो बाल्यकालका घटनाहरू सम्झन्छन् । म आफू पनि अन्यजस्तै दसैँ भन्ने वितिकै गाईबस्तुलाई घाँस काटीवरि बुढौली वा सुब्बाको घरमा नगरा बजाउन जाने, बाटो खन्न जाने, नवमी या मारको दिन नगरा बोकेर वा नगरा बजाउँदै गाउँभरि मार काट्दै हिँड्ने ताँतीमा सामेल हुने, दसमी या टीकाको दिन टीका लगाइदिएर कसले कति पैसा देला भनेर आफूभन्दा ठूलाको घरमा टीका थाप्दै हिँड्ने पुराना यादहरू किताबका पानाहरू जस्तै एकपछि अर्को गर्दै पल्टिन्छन् । चाड, तत्कालिक समय, समाज आदि अनुसार यस्ता अनुभवहरूमा फरक हुन्छन् नै । यसरी चाड भन्नासाथ बालसुलभ निर्दोष बालमनोविज्ञानमा चाडको अवसरमा लाउन पाइने नयाँ लुगा, भातमासु वा मीठो मसिनु खान पाउनु, रमाइलो गर्नु आदि पर्न आउँछन् । यसर्थ पनि चाडपर्वलाई पूजाआजा, भोजभतेर, खेलतमासाबाट गरिने मनोरञ्जन वा धार्मिक कार्य वा उत्सवको रूपमा लिइन्छ । यसको मतलब मनोरञ्जन, रामरमिता बाहिर देखिने चाडको आकर्षक रूप हो भने भित्री वा आधारभूत पक्ष धार्मिक या राजनीतिक आधारशीला हुन्छ नै । यस प्रकारको भित्री पक्षसँग बालसुलभ मनहरू या भलोभला आत्माहरू अर्थात् जनसाधारणहरू अनभिज्ञ हुन्छन् या त शक्तिको राप र तापका कारण निहुरमुन्टी भएर लुरुलुरु पछि लागिरहेका हुन्छन् । दसैँ र याक्थुङहरूको प्रसङ्ग पनि यसकै सेरोफेरो रहेको थियो, विगतमा । अहिलेचाहिँ कतिपयका लागि दसैँ मान्नु आदत वा भुल्न नसकिने या स्वपालित बानीजस्तो भएको छ भने धेरैका लागि यो नोस्टालजियको एउटा विषय मात्र भएर रहेको छ ।

• दसै“को मिथक
दसैँको उत्पति र परम्पराको प्रसङ्गमा पुनर्कथन गरिने मूलतः दुईवटा मिथकहरू बढी नै सुनिआइएका हुन्– 
रामले रावणलाई मारेको र दुर्गादेवीले शुम्भ र निशुम्भलाई वध गरेको । यी मिथकहरूमा वध गर्ने समूह आर्य र वध गरिने पक्ष अनार्य भएको भन्ने तर्कको आधारमा २०४६ को जनआन्दोलनपछि मुलुकमा आर्य हिन्दूइतरका जातिहरू मूलतः आदिवासी जनजातिहरूले धेरैमात्रामा विरोध र बहिष्कार गरेको इतिहास पाइन्छ । 

राणाकाल र पञ्चायत कालमा दमित भएका विचार र विचारका बाहकहरूको विद्रोह जनआन्दोलनपछि ज्वालामुखीको रूपमा मुखरित भएको हो ।

जे होस् सुभाङ्गीको अन्त्यसँगै राज्यसत्ताले याक्थुङ लाजेमा सुब्बाहरुको रखबारी हुने गरी सुकाएको दसैँरुपी विस्कुन उठेको छ । 


नगराका तामा सुँगुरचारो पकाउने भाँडो र निसानहरु हलोका फाली बनेका छन् । २०४६ को जनआन्दोलनले ल्याएको चेतनाको विहानी घामले टालीटाली लाएको दसैँया जुम्रे लुगा फुकाएर थन्क्याउन बल प्रदान ग¥यो भने २०६२÷२०६३ को ऐतिहासिक जनआन्दोलनपछि उदाएको गणतान्त्रिक चैतन्ययुक्त भर्रभराउँदो भाष्करीय चेतले थन्क्याएको त्यो दसैँया लुगालाई रद्दीको टोकरीमा फाल्ने शक्ति प्रदान गरेको छ र पहिचानको खोजी र स्वत्वको बाटो हिँड्ने गोरेटो खनेको छ । विजातीय दसैँको मिथकीय धङ्धङी खलाँस भएको छ ।

• याक्थुङ मुन्धुममा दसै“ उल्लेख छ ? 
याक्थुङ जातिले आफ्नो जीवन दर्शनको मार्गदर्शक विचारको रूपमा मानिल्याएको मुन्धुममा विश्व ब्रमाण्डको उत्पत्तिदेखि मानव उत्पत्ति, चराचरको उत्पत्तिजस्ता शास्त्रीय विषयवस्तु मात्र होइन, समाज र सभ्याता विकासक्रमका विविध पक्षहरूको चर्चा पाइन्छ । मुन्धुममा उल्लेख हुने मानव र मानवजातिलाई दुःख दिने पात्रहरूको प्रसङ्गमा दसैँको मिथकमा आउने कथित दानव पात्रहरूको कहीँ पनि चर्चा आउँदैन न त दुर्गा देवी, राम जस्ता भगवान्हरू कै चर्चा मुन्धुममा आउँछ । यसबाट स्पष्ट हुन्छ कि दसैँ याक्थुङ जातिसँग सम्बन्धित होइन, याक्थुङ सभ्याताको उपज परोइन, यायावर हो । 

• दसै“ कहा“बाट याक्थुङ चुलोमा पुग्यो ? 
केही अपवादलाई छोडेर राजनैतिक हिसाबले हेर्ने हो भने वि.सं. १८३१ मा पृथ्वीनारायण शाहसँग संपृति या समरीति समूहमा पर्ने दस लिम्बु सरदारहरूले जब सन्धि गरे त्यही मितिदेखि याक्थुङ लाजे अर्थात् लिम्बुवानमा दसैँले औपचारिक प्रवेश पायो । यसपछि शाह राजाहरूको प्रत्यक्ष शासन र राणा शासनकालमा सुब्बा, बुढौली, कारबारी आदि भएर स्थानीय स्तरमा केन्द्र सरकारको पाखुरे भई काम गर्नेहरूले राज्य चाड रूप लिएको हिन्दूहरूको दसैँलाई याक्थुङहरूको घरमा पुर¥याउने काम गरे । सत्ता र शक्तिको भरमा दसैँ याक्थुङ घरमा पस्यो । 

तिल्लिङ्गा पठाएर याक्थुङहरूले दसैँ माने नमानेको अनुगमन गर्ने भएकाले सत्ताको मनोवैज्ञानिक त्रास मात्र 

होइन, दसैँ मानेको निसानी स्वरूप हात र खुट्टाको छाप घरको मूल ढोका छेउमा लगाउनै पर्ने नियती पनि उनीहरूले भोगेकै कुरा बूढापाकाहरूको सम्झना जिउँदै छँदैछ । 

पछिल्लो समयमा लिम्बूहरू गोर्खा भर्तीमा जान थालेपछि पल्टनघरमा राखिएका बाहुनबाजेहरू मार्फत दसैँ याक्थुङ लाहुरेहरूको खाकी लुगाको फेरो समाएर याक्थुङ घरभित्र खुरुन्दार गरेर चुलोमा नै पुग्यो, अझ धेरै ढुक्कका साथ धनदौलतको रबाफसँग मिसिएर । विवाहपछि टीका लगाउने संस्कृतिलाई अठ्याएर याक्थुङहरूको जीवनको अभिन्न अङ्ग बन्ने प्रयास ग¥यो । यसकै निरन्तरताको डोरो समाएर याक्थुङ चेली माइतीले फूल लगाउनु नहुने मुन्धुमी आस्थालाई लात मार्दै हिन्दूहरूको भाइटीकामा फूलमाला लगाइदिने सम्मको हर्कत सारै सहजरूपमा हुँदै आएको छ । 


दसैप्रति गैह्रदसै“वाला वा याक्थुङहरूको अभिमत के ?
संसारका जुनसुकै जाति वा समुदाय आआनो चाडपर्वप्रति गर्व गर्दछन् र त्यसैमा रमाउने गर्दछन् । यस प्रकारको चाडपर्वले बालबालिका र नयाँ पुस्तालाई मनोरञ्जन र उत्सवउत्साह दिन्छ भने पाको पुस्ता आनो सजातीय सभ्यतामा विकसित भएको मूल्य, मान्यता, संस्कार, संस्कृति र जीवन दर्शन हस्तान्तरण गर्न र जीवनमा पुनर्ताजगी ल्याउन लागिपर्दछन् । यही मान्यता याक्थुङ जातिमा पनि लागू हुनुपर्छ अर्थात् आनो सजातीय चाडपर्वहरू जो विगतका सत्ताका कारण ओझेलमा परेकै किन नहुन्, तिनलाई पालन वा पुनर्पालन गर्नुपर्छ । मूलतः हिन्दूहरूको चाड दसैँ वा अन्य चाडको विरोध वा समर्थन गर्नुको कुनै तुक छैन, नेपालको अन्तरिम संविधान २०६३ ले “राज्यले नागरिकहरूका बीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव” नगर्ने समानताको हकको प्रत्याभूति गरेपछि । मुलुक धर्म निरपेक्ष भएपछि सबैले सबै जातजाति वा सम्प्रदायले मान्ने चाडपर्वको सम्मान गर्नुपर्छ । यसको मतलब कसैको कुनै चाड पर्वको विरोध वा समर्थन होइन समानताको आधारमा सम्मान र सद्भाव राखिनुपर्छ । 

• सरकारी रबैया
विगतमा एक भाषा, एक भेष, एक धर्मको नीति लागू गर्न शासकहरूले दसैँलाई सबै जाति, धार्मिक सम्प्रदायमा राज्यशक्तिको दुरूपयोग गरी लाद्ने काम गरे । यसले गर्दा तत्तत् जातिको जातीय अस्तित्व नामेट हुनुका साथै उनीहरूले मान्ने विभिन्न चाडपर्वहरू प्रायः लोप नै हुन पुगे । यस प्रकारको दमनको जाँतोमा याक्थुङ समुदाय पनि नराम्ररी पिसिएकै हो । यस प्रकारको दमनबाट उन्मुक्ति पाउनका लागि धेरै याक्थुङ सपुतहरूले लिदानीपूर्ण आन्दोलन र त्याग गरेका छन् । 
मुलुक गणतान्त्रिक युगमा प्रवेश गरी धर्म निरपेक्षता संविधानमा सुनिश्चित भए पनि व्यवहारमा त्यो उजागर सकेको छैन । नेपाली मिडियाले कहिलै गैह्रहिन्दू चाडपर्वलाई प्राथमिकतामा राखेको छैन भने हिन्दूहरूको चाडपर्व शनैः शनैः हाइहाइमा परिआएको सबैको सामु छँदैछ । अहिले पनि राज्यले सबैभन्दा लामो समयसम्म दसैँमा विदा दिने गर्दछ भने वर्षभरिमा चाडपर्व मान्ने पेश्की पैसा दसैँमा नै दिने गरेको छ । यसले के स्पष्ट हुन्छ भने परोक्षरूपमा हिन्दू चाडले हिजो जस्तै राज्यको काखको न्यानो राम्ररी नै पाइरहेको छ । संविधानको मर्म र सबै समुदायको आदर्श सपना भनेको यस मुलुकमा रहेका सबै जातिले मान्ने चाडपर्वले समान सम्मान र आदर पाउनु हो । यो अवस्था सिर्जना भएको अवस्थामा मुलुक साँच्चै नै धर्म निरपेक्ष भएको अवस्था हुने छ ।

• टुङ्गाउनी
दसैँसँग याक्थुङ्हरूको रगत वा हाडनाताको साइनो सम्बन्ध लाग्दैन । याक्थुङहरूले दसैँ मान्ने प्रसङ्गलाई एकजना सामन्तले भलाद्मी तर दमित व्यक्तिसँग गाँसेको मितेरी साइनो वा बोलचालको साइनोसम्मको रूपमा लिन सकिन्छ । याक्थुङहरू नेपाल मुलुकका एक जाति–राष्ट्र हुनुको नाताले उनीहरू आनो सभ्याता, संस्कृति, चाडपर्वप्रति गौरव गर्दछन् । विगतमा राज्यको जाँतोमुनि जतिसुकै पिसिएको भए पनि उनीहरू मुलुकको अन्तरिम संविधानले प्रत्याभूत गरेको समानताको हकको आधारमा सबै जातजाति र तिनले मान्ने चाडपर्वप्रति समान सम्मान र सद्भाव राख्दछन् र सोही अपेक्षा पनि गर्दछन् । 

दसैँप्रति हुरुक्क हुनु अर्काको पोइसँग सती जानु या जोइसँग पति जानु जस्तै हो भने त्यसको अन्ध विरोध अनावश्यक इखको काउसो लाएर गरिने छोइछिटे प्रतिक्रियात्मक प्रवृतिको द्योतक हो । आफ्नो सभ्याता र जीवन दर्शनबाट उदात्त उद्भव भएका चाडहरू निर्धक्कसाथ मान्नु र अरुको चाडप्रति सद्भाव राख्नु अपेक्षित व्यवहार हो जसमा सर्वजन हित निहित छ । ००
स्रोत : तान्छोप्पा मासिक, वर्ष १७, अङ्क १०
वि. सं. २०६९, कात्तिक